पिताः गुरु र मित्र

बाउ र दाजु सँगै स्नातक तहमा भर्ना हुनुभयो । म आइए दोस्रो वर्षमा पढ्थें । तीनै बाउ–छोरा सँगै कलेज जान्थ्यौं । दाइ र बुवा एकै बेन्चमा बस्नुहुन्थ्यो । अंग्रेजीका लेक्चरर नारायणसिंह गुरुङले बुवालाई इंगित गर्दै भन्ने गर्नुहुन्थ्यो, “बुझयौ टीकाराम ? नबुझ्े छोरासँग सोध्ने !”

सदाका लागि छाडेर जानेलाई कसरी सम्झ्निुपर्छ ? मलाई थाहा छैन । मेरो ससुराल गाउँ, देउखुरीको सत्गौवा गोटियार परिवारमा पुर्खाहरूलाई सम्झ्ंिदै प्रत्येक वर्ष बरखी कार्यक्रम गरिन्छ । मेरो गाउँ, मजगैया गोटियारमा बरखी कार्यक्रमबारे मलाई थाहा छैन । मेरा पिता टीकाराम चौधरी गएको वर्ष २ असारमा बित्नु भएपछि वार्षिक पुण्यतिथिमा पारिवारिक भेटघाटको आयोजना गरियो । यो लेखनीमा म पिता–सम्झ्ना पस्किंदैछु ।

त्यसो त बाल्यकालमा पिताबाट जति सान्निध्यता पाइनुपर्ने हो, त्यति पाइएन । पिताजी हुनुहुन्थ्यो सल्यानमा फरेष्टरको जागिरे, वर्षमा दशैं अनि अरू बेला एकाध पटक मात्रै घरमा झ्ुल्किने । घर छोड्दा पिताजीले बाँसका थुप्रै कलम बनाइदिनुभएको हुन्थ्यो । जति दिन घरमा रहनुहुन्थ्यो, बिहानै बाँसका ती कलमले लेखेका एक पाना अक्षर देखाउनुपथ्र्यो उहाँलाई । कुनै अक्षरको गोलाइ, लम्बाइ, चौडाइ नमिल्दा पिताजीले अर्को पानामा आफैंले लेखेर देखाउनुहुन्थ्यो । त्यसलाई पुनर्लेखनमा सुधार्ने प्रयास गरिन्थ्यो । पिताजी वर्ष दिनपछि आउँदा ३६५ पृष्ठ हातेलेखन तयार हुन्थ्यो । अहिले पनि हामी तीनै भाइका अक्षर राम्रा छन् । यद्यपि ठूल्दाइको लेखन अझ् अब्बल छ, छापाभन्दा कम नाइँ । दाइ ऋषिराज र भाइ देवराज दाङ देउखुरीको बाल जनता उच्च माविमा शिक्षक छन् । कालोपाटीमा जब तिनले केही लेख्छन्, विद्यार्थी तिनका अक्षर देखेर चकित पर्छन्, र भन्छन्, ‘ओहो सरका कति राम्रा अक्षर !’ यो सुन्दर अक्षरको उपहार हामीले पिताजीबाट पाएका थियौं ।

यसरी पिताजी हाम्रो पहिलो गुरु हुनुहुन्थ्यो । गुरु भनेको गुरु नै हुने रहेछन् । पिताजीका जस्ता सुन्दर अक्षर हामीले बनाउनै सकेनौं । मैले उहाँको हस्तलिखितमा थारू बाल कविता प्रकाशन गर्ने सोच बनाएको थिएँ । नमूनाको रूपमा उहाँले केही पृष्ठ लेखेर पठाउनु पनि भएको हो । यद्यपि प्रकाशकले नमान्दा त्यो प्रयोग मैले गर्न सकिनँ । अहिले पिताजीको त्यो उपहार सँगाल्न नपाउँदा साह्रै थक्थक् लाग्छ, मलाई ।

मेरो ठूल्दाजु कक्षा ६ र म कक्षा ४ मा पढ्दा हामी दुई विषयमा फेल भयौं । एसएलसीमा मात्रै सुनिएको ‘ब्याक पेपर’ प्रणाली हामीकहाँ प्रावि तहमै लागू भएको थियो, अमेरिकाबाट पढेर आएका हेडसर राजेन्द्रप्रसाद चौधरीको निर्देशनमा । संयोगवश पिताजी त्यसबेला घर आउनुभएको थियो । जागिरमा जानुअघि उहाँले त्यसबेला भनेका दुई शब्दले हामी दुई भाइको जिन्दगी नै मोडियो । उहाँले भन्नुभएको थियो, “छोरा हो, तिमीहरू आफ्नो लागि पढ्दैछौ, अरू कसैका लागि होइन । यो गाउँमा पढेर जागिरका लागि गाउँ छोड्ने म मात्रै हुँ । तिमीहरू पनि भोलि पढेर असल मान्छे बन्नु छ । म जस्तै देश दुनियाँ घुम्नु छ । त्यसैले पढाइमा ध्यान देओ ।” यसरी हामी दुई भाइको दिल दिमागमा ‘आफ्नो लागि पढ्दैछांै, अरू कसैका लागि होइन’ भन्ने उहाँको भनाइ सुपरग्लुझ्ैं टाँसियो । त्योभन्दा अघि बाआमाको लागि, समाजलाई देखाउनका लागि पढ्दैछौं भन्ने भ्रम पालेका थियौं हामीले । त्यो भ्रम टुटेपछि ‘ब्याक पेपर’ दिएर पास हुने हामीहरू कक्षामा अब्बल ठहरिन थाल्यौं । दाइ त अर्को सालबाट फस्र्टको फस्र्ट हुनुभयो । म भने दोस्रो नम्बरबाट पहिलोमा उक्लिन सातौं कक्षासम्म कुर्नुप¥यो ।

यिनका अभिभावक पहाडमा जागिरे छन् कसले गर्दिन्छ ‘गाइड’ र यिनीहरू तेजिला छन् ? सबैको मनमा यही प्रश्न खेल्थ्यो । ‘तिनीहरू त बाघको दूध खाएर पढाइमा तेजिला भएका रे !’ यस्तो हल्ला पनि चल्यो गाउँघरमा । हजार रुपैयाँको बिटो बोकेर देउखुरी, गंगदी गाउँकी एक महिला कक्षामा सधैं फेल हुने आफ्नो छोराको लागि बाघको दूध किन्न मेरी आमाकहाँ आइपुगेकी थिइन् रे ! आमाले यो प्रसंग अहिले पनि सुनाउनुहुन्छ । पढाइको नशा यसरी बसेको थियो कि हामी बिदा मनाउन मामा घर जाँदा पनि कापी, किताब बोकेरै जान्थ्यौं । यसरी हाईस्कूलबाट पढाइमा लगाएको तनमन क्याम्पस पुग्दा समेत जारी रह्यो ।

‘नो नलेज, विडाउथ कलेज’
२०४२ सालमा हुनुपर्छ मेरो दाजु, एसएलसीमा राप्ती अञ्चल टप हुनुभएको थियो । तर, राजधानीमा धेरै कलेजमा साइन्समा एप्लाइ गर्दा नाम निक्लिएन । अमृत साइन्स कलेजमा नाम निस्किएको धेरै ढिलो खबर पाइयो । त्यसैले राप्तीको एक मात्र महेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, दाङमा दाजु मानविकीमा भर्ना हुनुभयो । यही बीचमा पहाडमा जागिरे पिताजीलाई गाउँले मित्र देवमणि चौधरीले पत्र पठाए । पढाइको महŒव बुझउँदै त्यो पत्रको कुनामा अंग्रेजीको एउटा टुक्का उल्लेख थियो, ‘नो लाइफ विडाउथ वाइफ, नो नलेज विडाउथ कलेज !’ यही टुक्काले पिताजीलाई क्याम्पस भर्ना हुन हुटहुटी जाग्यो । उहाँ छँदाखाँदाको जागिरबाट राजीनामा दिएर पढ्न आउनुभयो । पाँच वर्षसम्म ब्याक पेपर दिएर आइए पास हुनुभयो । संयोगवश सोही वर्ष दाजुले रेगुलर आइए कटाउनुभयो । अनि बाउ–छोरा सँगै स्नातक तहमा भर्ना हुनुभयो । म त्यसबेला त्यही क्याम्पसमा आइए दोस्रो वर्षमा पढ्थें । हाम्रो गाउँ छुट्की घुमना हुँदै लमही बजारबाट २५ किमी पहाडको उकालो बाटो साइकलबाट घोराही नजिकको क्याम्पस जान सम्भवै थिएन । त्यसैले क्याम्पसको दक्षिणको गाउँ पनौरामा हाम्रो डेरा थियो । तीनै बाउ–छोरा सँगै कलेज जान्थ्यौं । दाइ र बुवा एकै बेन्चमा बस्नुहुन्थ्यो । अंग्रेजीका लेक्चरर नारायणसिंह गुरुङले कक्षाको टुंग्याउनीमा बुवालाई इंगित गर्दै भन्ने गर्नुहुन्थ्यो, “बुझयौ टीकाराम ? न बुझ्े छोरासँग सोध्ने !”

स्नातक पहिलो वर्ष बुवाले नियमित कक्षा लिनुभयो । उहाँसँग त्यो एक वर्ष सँगै बसाइ मेरो लागि उत्कृष्ट विश्वविद्यालयको पढाइभन्दा कम थिएन । बुवा, दाजु र म सँगै क्याम्पसको वातावरणमा रमाउँदा साथीहरू छक्क पर्थे । गाउँको खेत खलिहानदेखि बजारको चोक–चौराहामा हाम्रैबारे चर्चा हुन्थ्यो । मेरा आफ्ना सहकर्मी बाहेक बुवा र दाजुका सहकर्मी पनि मेरा असल साथी थिए । त्यसैैले, मेरो साथी–सर्कलको दायरा धेरै फ¥याक थियो । स्नातक पहिलो वर्षमा नेपाली विषय मात्रै कटाउन सक्नुभयो उहाँले । हजुरबुवाले बीच–बीचमा तानो कस्नुहुन्थ्यो, “बुद्धि बिग्रियो यसको । छोरा–नातिहरूलाई पढाउने बेला, आफू पढेर बस्छ ।”

एक दिन डेराबाट आफ्ना लुगाफाटो मिलाउँदै पिताजीले हामी दुई भाइलाई भन्नुभयो, “छोरा हो, म तिमीहरूको उत्साह बढाउन सँगसँगै एक वर्ष रेगुलर पढें । क्याम्पसको अथाह ज्ञान मैले लिइसकें । अब विद्याको गहिराइ नाप्ने जिम्मा तिमीहरूको ।” २०५३ सालमा एम.ए. पढ्न काठमाडौं आउने बेला पिताजीले आशीर्वाद दिनुभयो, “माइला, पढाइको नियमित खर्च तिम्रो लागि पठाउन सकुँला या नसकुँला मलाई थाहा छैन । तर, तिम्रो भाग्य रहेछ भने चाँडै काम पाउनेछौ । काम गर्दै पढाइलाई निरन्तरता दिनेछौ ।” पिताको आशीर्वचनले काम ग¥यो । पत्रकारितामा रुचि राख्ने मैले काठमाडौं टेकेको भोलिपल्टै काम पाएँ । र, पढाइलाई निरन्तरता दिएँ ।

पिताजीसँग जोकोहीलाई उत्साहित बनाइदिने गज्जबको क्षमता थियो । शिक्षामा हरदम अभिप्रेरणा दिने उहाँ जस्तो फराकिलो सोच राख्ने अभिभावक मैले पाएँ, त्यस्ता तमाम अभिभावकहरू भइदिने हो भने पिता र पुत्रहरूको दूरी घटेर मित्रतामा बदलिन कत्ति बेर लाग्ने छैन । शतप्रतिशत साक्षरतामा यो देश पनि चाँडै दरिनेछ ।

मास्टरी पनि गरेका पिताजी दाङको जनज्योति प्रावि, घुम्नाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, बाल जनता उच्च मावि वनगाउँको शिक्षक–अभिभावक संघको सदस्य भई शैक्षिक अभियानमा लाग्नुभयो । थारू तथा नेपाली भाषाको गीत लेखन, संकलन, गायनमा रुचि थियो, उहाँको । उहाँका रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित पनि छन् । उहाँको सम्झ्नामा अक्षय कोष खडा गरी गीत, संगीतमा लाग्ने स्रष्टालाई पुरस्कृत गर्ने मनसुवा पालेको छु, मैले । पिताजी मेरो पहिलो गुरु । पितालाई गुरुदक्षिणा तिर्ने शायद यही सुन्दर तरिका हुनेछ ।

सर्वहारी पत्रकार हुन् ।

commercial commercial commercial commercial