मलाई ‘शिक्षक’ बनाउनेहरू

बालबालिकाको निर्दोष कथन र निष्फिक्री हाँसोलाई म कहिल्यै अवरोध गर्दिनँ । ‘मिच म त तपाईंसँग बिहे गर्छु’ भन्ने कक्षा दुईको सानो विद्यार्थीको अबोधपनले मेरो पेशा रमाइलो बनाइदिन्छ । यस्तै यस्तै अनुभवले मलाई ‘म शिक्षक’ बनाए जस्तो लाग्छ ।

२०७१ सालको कुरा । शिक्षा कार्यालय काठमाडौंले दिएको प्रावि तहको स्थायी नियुक्ति पत्र बुझ्ें । त्यसमा विद्यालयको ठेगाना लेखिएको थियो— पुरानो नैकाप, काठमाडौं । नियुक्ति पत्र पाएपछि खुशी, डर र उत्सुकताका पत्रैपत्र मेरो अगाडि  छरिरहेका थिए । त्यसबेला म कीर्तिपुरमा बसेर विश्वविद्यालयमा स्नातकोत्तर दोस्रो वर्षमा पढ्दै थिएँ ।

समयमा विद्यालय पुग्नु र पहिलो चोटि राम्रो ‘इम्प्रेसन’ दिनुपर्छ भन्ने लागेर, समयमै डेराबाट निस्कें र नयाँ नैकाप, काठमाडौंमा पुगें । “त्यो स्कूल पुग्न कति समय लाग्छ यहाँदेखि ?” भनेर स्थानीय व्यक्तिलाई सोध्दा जवाफ आयो, “त्यहाँ गाडी जाँदैन; हिंडेर जाँदा एक घण्टा लाग्ला; उकालो छ ।” त्यो जवाफसँगै शहरमा जागिर खाने, शहरमै बस्ने, शहरका चोकमा साँझ्–बिहान साथीभाइसँग जम्मा भएर गफ लगाउने, हिंड्ने–डुल्ने मेरो धोकोको पोको एकाएक छरिबरी, रित्तो भो !

तर स्कूलमा पुगेपछि मेरो मन फर्कियो । सुक्खा डाँडामा यतिको हराभरा र सुन्दर जंगल, त्यसमाथि त्यतिको आकर्षक सामुदायिक स्कूल, मैले सोचेकी थिइनँ । स्कूलमा पुगेर हेडसरलाई भेटें । “यहाँ हाजिर हुँदैन; अहिले अस्थायीको आन्दोलनले गर्दा हाजिर नगराउने कुरा भएको छ” भन्ने जवाफ आयो ।

एक महीनापछि म स्कूलमा हाजिर भएँ । हाजिर गरेपछि लाग्यो, “अब मैले जागिर खाएँ ।” मनमनै एउटा मीठो तर अनौठो अनुभूति भैरह्यो । त्यहाँका शिक्षक साथीहरूले ‘मिस’ भनेर बोलाउँदा शुरूमा झ्न् अनौठो र कता–कता अप्ठ्यारो पनि लाग्यो । “म मिस पो भएँ ? हो त नि ! यो मेरा साना दुःखले आज्र्याको सम्बोधन हैन !” मनमनै फिस्स हासें ।

“आजबाट तपाईं यो विद्यालयको शिक्षक, जिन्दगीको पहिलो जागिर, पहिलो कर्मथलो, तपाईंले पशुपतिनाथ माने पनि यही, सुमेरु माने पनि यही” हेडसरले यसरी कुरा शुरू गर्नुभो । स्कूलसँग साइनो गाँसिदिनुभयो । पहिलो कर्मथलोमा जब साइनो र सम्बन्ध जोडिन्छ त्यो आफ्नो लाग्छ, जब आफ्नो लाग्छ त्यहाँ आफ्नोपन हुन्छ । जहाँ आफ्नोपन हुन्छ, त्यहाँ माया बस्छ । ‘मेरो पहिलो कर्मथलो’ यति भन्नासाथ हुरुक्क भएर माया लागेर आयो ।

“कक्षा २ मा जानु त मिस” भनेर प्रावि इन्चार्ज सरले कक्षा देखाइदिनुभयो । कक्षामा जानु ? त्यहाँ गएर के भन्ने ? कसरी पढाउने ? ओहो यो संसारमा शिक्षक हुनु जस्तो अप्ठ्यारो केही छैन क्या हो ? सोच्दासोच्दै म कक्षामा पुगें । कक्षा २ का विद्यार्थी देखेपछि म आफैं लाज र डरले रातो–पीरो हुन पुगें, तर त्यो कुरा मैले मात्र थाहा पाएँ भन्ने लाग्छ । म स्कूलमा जागिर खान गएकी थिएँ र जागिर खाने भएरै म कक्षामा गएँ ।

मलाई त्यहाँसम्म पु¥याउनको निम्ति मेरो परिवारले गरेको दुःख र संघर्षको चुली भत्काउने हतियार नै त्यही जागिर थियो । आफू कक्षा १–२ मा हुँदा आफूलाई पढाउने शिक्षक सम्झ्ें, कसरी सिकाउनुहुन्थ्यो, के गर्दा हामी रमाउँथ्यौं, कसरी खुशी पार्नुहुन्थ्यो, बिजुली चम्के जसरी झ्ल्याकझ्ुलुक यादहरू आए । हामीलाई सानोमा पढाउनुहुने शिक्षकका अनुहार अगाडि आए । शायद यसभन्दा अगाडि मैले यसरी मेरा शिक्षकलाई सम्झ्ेकी रहेनछु । पछि मेरा विद्यार्थीले पनि यसरी नै सम्झ्निे ठाउँ राख्न सकुँला त ? आफैंलाई प्रश्न पनि गरें । तर मलाई अब जागिर खानु थियो खाएँ, स्कूल गइरहें ।

प्राविको शिक्षक थिएँ, तर मलाई केटाकेटी भनेपछि पहिल्यैदेखि झ्र्को लाग्थ्यो । एक दिन केजी क्लासमा गएँ । आँगनमा कुखुराका चल्ला छरिए जस्ता फुरुरु परेका साना केटाकेटी थिए । उनीहरू ‘नयाँ मित, नयाँ मित’ भनेर मेरो वरिपरि झ्ुम्मिएर बसे । ‘नयाँ मित’ भनेको सुनेपछि शुरूमै मलाई अलिकति रमाइलो लाग्यो । “नयाँ मित, यो हेल्नु न मेलो घाउ” भन्दै चल्दा–खेल्दा कोतरकातर पारेका घाउ देखाउन थाले । कसैले मसँग यस्तो कुरा छ भनेर आफ्नो सामान निकालेर देखाउन थाले ।

मलाई सोची नसक्नुको, थेगिनसक्नुको रमाइलो भयो । “तिमीहरू भएर नै मैले जागिर पाएको, त्यसैले म यहाँ आएकी हुँ ।

तिमीहरूबाट पनि केही कुरा लिनु छ, र आफूसँग भएको धेरै कुरा दिनु छ, त्यसैले त म तिमीहरूको मित !” मलाई यस्तो लाग्यो । किनकि, बालबालिकाले ‘इमोसनल सपोर्ट’ खोज्छन्, मलाई ध्यान देओस् भन्ने चाहन्छन्, आफ्ना कुरा सुनाउन चाहन्छन् भन्ने थाहा थियो ।

जुन दिनदेखि विद्यार्थीको ‘मित’ भएँ त्यसपछि जागिर मेरो जिम्मेवारी बन्यो, रहर र उद्देश्य पनि बन्यो । म फुरुङ्ग परेर स्कूल जान थालें । पहिला कसरी पिरियड सकेर निस्किऊँ जस्तो लाग्थ्यो । त्यसपछि लाग्न थाल्यो, कसरी राम्ररी सिकाएर, बुझएर निस्किऊँ ।

साँझ्पख हातमा मोबाइल बोकेर टि.यू. तिर लुखुरलुखुर डुल्न जाने, अनेकथरी गफ लगाउने र घत परेका कुरामा चिअर्स भन्दै हात चुट्काउने दिन मबाट विस्तारै टाढा हँुदै थिए । कीर्तिपुरबाट आउन–जान धेरै टाढा परेकोले स्कूल नजिकै गाउँमा बस्न थालें । त्यसपछि ममा झ्न् सजगता थपियो । हिंड्ने, बोल्ने, लगाउने कुरामा पनि पहिला जस्तो निष्फिक्रीपन सुहाउँदैन भन्ने बोध हुन थाल्यो । विस्तारै आफ्नो कर्ममा भिज्दै गएँ । कोही अभिभावकले आफ्नो बच्चाको पढाइ बारे सोध्दा आफूप्रति गहन जिम्मेवारी रहेको महसूस हुन थाल्यो । घरमा या स्कूलमा विद्यार्थीलाई कसरी राम्रो गरी सिकाउने भन्ने सोचाइले हरदम ठाउँ जमाइराखेको हुन्थ्यो ।

पहिला पहिला मतलब नहुने, बाटोमा देखिने भेटिने केटाकेटी पनि अब आफ्ना विद्यार्थी जस्ता लागेर हरेक बालबालिकामा आफ्नोपन महसूस हुन थाल्यो । कक्षामा कमजोर मानिएका विद्यार्थीलाई अथवा व्यवहारमा सुधार ल्याउनुपर्ने विद्यार्थीमा केही सकारात्मक परिवर्तन खोज्ने गर्थें, त्यो विस्तारै पाउँदै जाँदा असाध्यै खुशी लाग्थ्यो । त्यहाँ मेरो मात्र प्रयासले त हँुदैनथ्यो, तर सन्तुष्टि लिन मिल्ने ठाउँ भने अवश्य हुन्थ्यो । सामुदायिक विद्यालयका धेरैथरी विद्यार्थीलाई एउटै वातावरणमा सिकाउनु त्यति सजिलो छैन ।

संस्कार र संस्कृतिलाई निकै महŒवपूर्ण मान्छु म । जबसम्म विद्यार्थीले शिक्षकमा आफ्नोपन देख्दैन, फरक भाषा–संस्कृति लिएर भौगोलिक रूपमा विभिन्न ठाउँबाट आएका विद्यार्थीले शिक्षकलाई ‘आफ्नो मान्छे’ नमान्न र विद्यालयमा रमाएर सिक्न नसक्ने हुन सक्छन् । त्यसैले विभिन्न पृष्ठभूमिबाट आउने विद्यार्थीलाई आफूसँग नजिक्याउनु हरेक शिक्षकको एउटा ठूलो जिम्मेवारी हो भन्ने महसूस मैले गरें । यसको लागि समायोजनको सबैभन्दा राम्रो विधि नै खेल रोजें ।

कक्षा १ मा जाँदा सबै विद्यार्थी झयालमा चढेर चलिराखेका हुन्थे । तल झ्र भन्दा ‘बोकेला झल्नु न’ भन्थे । तिमीहरू आफैं झ्र्न सक्छौ, म बोक्दिनँ भन्दा जवाफ आउँथ्यो, “तपार्इंले अहिले बोकेला झल्नुभयो भने पछि हामी नि तपाईंलाई बोक्चाम नि है !” एउटाको ‘है’ मा सबैजना हो मा हो थप्थे, म एक्लै तलबाट हेरेको हे¥यै हुन्थें । मान्छेलाई पछिको कत्रो डर हँुदोरहेछ र त्यो डरमा अलिकति भरको कत्रो विश्वास हुँदोरहेछ त ! उनीहरूले पछि बोक्छौं भनेपछि म खुशी भएर बोकेर झरिदिन्थें । यहीबेला सम्झ्न्थिें म सोलोमन आस्च ९क्ययिmयल ब्कअज० को सामाजिक अनुरूप प्रयोग (Social conformity experiment) को सिद्धान्त । सो सिद्धान्त अनुुसार व्यक्ति समूहबाट अलग्गिने डरले र आफू एक्लैले भनेको भन्दा समूहले भनेपछि त्यही ठीक होला भनेर आफूलाई गलत लागे तापनि समूहले सही हो भनेपछि त्यसमै ढुक्क हुने गर्छ ।

विद्यार्थीले बेला–बेला झ्ुक्किएर ममी भन्ने गर्छन् र निकै नराम्रो कुरा बोलेझ्ैं गरेर झ्स्किन्छन् । म हाँसिदिन्छु र उनीहरू राम्रो कुरा गरे जसरी रमाउँछन् । आफ्ना विद्यार्थी खुशी भएर रमाउँदा मलाई पनि साँच्चै नै औधी खुशी लाग्छ । चाहे त्यो जुनै प्रसंगमा होस्, बालबालिकाको निर्दोष कथन र निष्फिक्री हाँसोलाई म कहिल्यै अवरोध गर्दिनँ । ‘मिच मेरो नयाँ पेन्ती हेल्नु त’ भनेर देखाउने एक कक्षाकी नानी, ‘म त तपाईंसँग बिहे गर्छु’ भन्ने कक्षा दुईको सानो विद्यार्थीको अबोधपनले मेरो पेशा रमाइलो बनाइदिन्छ ।

यस्तै यस्तै अनुभवले मलाई ‘म शिक्षक’ बनाए जस्तो लाग्छ । अरूले दिने सम्मानका कुरा आफ्नो ठाउँमा छ, तर आफूभित्र भने शिक्षण पेशामा रहँदाको जति आत्मसम्मान अरूमा होला जस्तो लाग्दैन । शिक्षक भनेपछि समाजको एउटा नमूना व्यक्ति मानिन्छ । गलत आचरण देखाउँदा, एउटा मन्त्री भएर नि ! यस्तो गर्ने अथवा एउटा अधिकृत भएर नि यस्तो गर्ने भनेर त्यति भनिंदैन जति ‘शिक्षक भएर पनि यस्तो ?’ भनेर औंला उठाइन्छ । किनकि, शिक्षकबाट राम्रो कुराको धेरै अपेक्षा गरिएको हुन्छ । शिक्षण पेशा कोशीको जल जस्तै हो, जो आफैंमा पवित्र छ । शिक्षण पेशा छोडेर जानेले पनि कतै आफूलाई चोख्याउनु पर्दा ‘म शिक्षक हो’ भन्नेसम्मको ठाउँ रहन्छ ।

कीर्तिपुर मावि, कीर्तिपुर, काठमाडौं

commercial commercial commercial commercial