बालअधिकारः शारीरिक दण्डका विकल्प

हाम्रो देशमा बालबालिकाका केही व्यवहारलाई अभिभावक, विद्यालय र शिक्षकबाट समेत समस्याको रूपमा लिने र त्यसको प्रतिक्रियास्वरूप प्रभुत्वशाली अभ्यासको रूपमा फरक–फरक डिग्रीको शारीरिक दण्ड दिने गरेको पाइन्छ । बालबालिका शुरूका तीन वर्षसम्म पूर्ण रूपमा अभिभावकको संरक्षणमा घरमा नै रहने हुँदा उनीहरूका व्यवहारलाई समस्याको रूपमा लिइँदैन । तर जब बालबालिका बाहिरी समाजसँगको सम्पर्कमा जान्छन्, उनीहरूले फरक खालका व्यवहार देख्छन् र सिक्छन् जसलाई परिवारमा समस्याको रूपमा लिइन्छ ।

विद्यालय जान थालेपछिका व्यवहारलाई त झ्न् घर र विद्यालय दुवैसँग अलग गर्न नमिल्ने साझ समस्याको रूपमा लिइन्छ । यस्ता समस्या बालअधिकारको दृष्टिबाट महŒवपूर्ण हुन्छन् । त्यो अवस्थामा अनुभव गरिने समस्या निम्नानुसारका हुने गर्छन् ः
–    समयको न्यून परिपालना तथा सरसफाइमा अनियमितताः जस्तैः विद्यालय ढिलो आउनु, विना पोशाक विद्यालय आउनु ।
–    शैक्षिक क्रियाकलापसँग सम्बन्धितः जस्तै; अपूर्ण गृहकार्य, आशा गरिएको भन्दा तल्लोस्तरको शैक्षिक प्रगति, विना पुस्तक विद्यालय आउनु ।
–    विद्यालयले आशा गरे अनुरूपको व्यवहार कक्षाकोठामा प्रदर्शन नहुनुः कक्षाको पठनपाठनमा ध्यान नदिनु, गफ गर्नु, हल्ला गर्नु ।
–    असामाजिक व्यवहारः अरूलाई हैरानी दिने खालका काम गर्नु, कक्षामा अन्य विद्यार्थीलाई व्याकुल पार्नु, चोर्नु, ढाँट्नु ।
–    आक्रामक व्यवहार जसले अरूलाई चोट वा आघात पु¥याउँछन्ः जस्तै अरूलाई धम्की दिने, साथीहरू माथि हमला गर्ने, अरूको अधिकारको हनन् गर्ने, व्यक्तिगत वा सार्वजनिक सम्पत्तिको जानाजान तोडफोड गर्ने आदि ।

विद्यार्थी या बालबालिकाको यस्ता समस्याको समाधानको लागि शिक्षक तथा अभिभावकले आफ्नो अनुभवका अतिरिक्त सामाजिक मनोपरामर्शको माध्यमबाट उनीहरूमा सकारात्मक बानी व्यहोराको विकास गर्न र स्व–अनुशासन सिक्न प्रेरित गर्ने उपाय अवलम्बन गर्नु उत्तम हुन्छ । मनोपरामर्शदाताको व्यवस्था विद्यालयले गर्नुपर्छ । बालबालिकाको समस्या पहिचानको लागि मनोपरामर्शदाता निरन्तर बालबालिका, अभिभावक र शिक्षक समेतको सम्पर्कमा रहिरहनुपर्छ । मनोपरामर्शदाताले समय समयमा र फरक–फरक कक्षामा अभिभावक र शिक्षकको अनुपस्थितिमा कार्यशाला सञ्चालन गर्नुपर्छ । विद्यालयले बाहिरका समेत मनोपरामर्शदातालाई वेलावेलामा बालबालिकासँग भेट गराउने र कार्यशाला सञ्चालन गर्ने गर्नुपर्छ ।

हामीले हाम्रा बालबालिकालाई आफूले त शारीरिक दण्ड दिन सक्दैनौं नै, सँगै विभिन्न बहानामा बालबालिकालाई शारीरिक दण्ड दिन स्वीकृति दिने अधिकार पनि हामीलाई छैन । हामीले त केवल मानवअधिकारमैत्री र बालमैत्री वातावरणको सिर्जना गर्न सहयोग गर्ने मात्र हो । देख्दा सामान्य लागे पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्दा तल उल्लिखित बुँदाहरू शारीरिक दण्डका भरपर्दा विकल्प हुन सक्छन् ः
–    अभिभावक तथा शिक्षकले— हरेक बालबालिकाको सकारात्मक र सम्मानयोग्य व्यवहारप्रति अभिरुचि राख्ने ।
–    सकारात्मक व्यवहारको प्रवद्र्धन र हौसला प्रदान गर्न विभिन्न तरीकाहरू अवलम्बन गर्ने ।
–    एउटा बच्चाको उपलब्धिलाई अर्को बच्चासँग कहिल्यै तुलना नगर्ने । तर बच्चाको पूर्व उपलब्धिलाई भने निर्देश गर्ने ।
–    कुनै विषयमा आफूले कुनै प्रतिक्रिया दिनुभन्दा पहिले बालबालिकालाई नै प्रष्ट पार्ने मौका दिने ।
–    बालबालिकाले सुधार गरेका कुरालाई प्रशंसा गर्दै मौखिक रूपमा महŒव दिने ।
–    कुनै पनि कुरामा सचेत गराउनुपूर्व सावधानीका साथ सच्याउने मौका दिने ।
–    आक्रामक वा अरूलाई चोट पु¥याउने कार्यलाई सावधानीपूर्वक अरू बालबालिकाको सुरक्षा गर्दै सक्रियतापूर्वक उनीहरूको कुरा सुन्दै शान्त भएर सो अवस्थाको सामना गर्ने ।
–    मनोपरामर्शदाता तथा अन्य परामर्शदाताको सहयोगमा गलत धारणा परिवर्तन गर्न प्रयास गर्ने ।
–    उत्तरदायित्व, इमानदारी, रुचि जस्ता मूल्यवान व्यवहार प्रदर्शन गर्दा बालबालिकालाई पुरस्कृत गर्ने ।
–    कुनै काम पूरा गर्न पूर्ण रूपमा असमर्थ भएको भए पनि त्यसमा गरिएका राम्रा प्रयासहरूको भने पहिचान गर्ने ।
–    बालबालिकाले जिम्मा लिएको काम समयमा नै पूरा नगरे थप समय उपलब्ध गराउने तथा थप सूचना वा जानकारी दिने ।
–    बालबालिकाको आशातीत व्यवहार र परिणामको बारेमा बालबालिकासँग नै सहमति गर्ने ।
–    मार्गनिर्देश र नियमहरू बालबालिकाको सहमतिमा बनाउने ।

बालबालिकामा सकारात्मक सोचको विकास गर्न अभिभावकले दैनिक केही समय उद्देश्यपूर्वक नै बालबालिकासँग खर्चने गर्नुपर्छ । बालबालिकालाई ‘केही थाहा नभएका’ जस्तो नठानी आफू जस्तै परिपक्व ठान्ने र बालमनोविज्ञान बुझ्ेर व्यवहार गरेमा पनि बाल बिजाइँ र दण्ड दिनुपर्ने अवस्थाको न्यूनीकरण हुन्छ । निम्नानुसारको उपायद्वारा बालबालिकालाई प्रभावमा पार्न र शारीरिक दण्ड दिनुपर्ने स्थिति सिर्जना हुन नदिन निम्न उपायहरू उपयोगी हुन सक्छन्ः
–    तपार्इंको अपेक्षा के हो ? स्पष्ट निर्देशन दिनुहोस्, जस्तै, ‘राम्रो बन !’ को सट्टा ‘शान्त होऊ !’ ‘तिमी ... गर !’ को सट्टा ‘म....चाहन्छु !’ भन्ने जस्ता लबजको प्रयोग गर्नुहोस् ।
–    नकारात्मक वा न... आदेश (नगर, नखाउ, नचल, ननाच आदि) को प्रयोग नगर्नुहोस् ।
–    बालबालिकालाई आफ्ना स्पष्ट सीमा आफैं तोक्न दिनुहोस् ।
–    आफ्नो ढृढ र शान्त स्वभाव प्रदर्शन गर्नुहोस्— रिसाएको जस्तो स्वर÷लयको प्रयोग नगर्नुहोस् ।
–    नकारात्मक अर्थ लाग्ने तारा, चिह्न वा अङ्क प्वाइन्टको प्रयोग उनीहरूको कपीमा नगर्नु होस् ।
–    बालबालिकाले दुव्र्यवहार दोहो¥याइरहेमा १०–१५ मिनेटको समय लिएर÷दिएर भए पनि सहमतिमा पुग्ने प्रयास गर्नुहोस् ।
–    विद्यार्थी र शिक्षकको सम्बन्ध सुमधुर बनाउँदै बालबालिकालाई केन्द्रविन्दुमा राखी बालमैत्री वातावरणको सिर्जना गर्नुपर्ने आफ्नो दायित्व सधैं सम्झ्रिहनुहोस् ।

बालबालिका तपाईंको सहयोग चाहन्छन्, दण्ड होइन !
बालबालिकाको स्वभाव वातावरणीय बहुगुणी तत्वहरू जस्तै अभिभावकीय व्यवहार, घर र विद्यालयको अनुशासनको पद्धति, घरायसी तनाव (घरेलु हिंसा, वैवाहिक असङ्गति)सँग अन्तरक्रिया गर्दछन् । कतिपय बालबालिका विद्यालयको चाहना अनुसारको शैक्षिक, सामाजिक र अन्तरवैयक्तिक सम्बन्धमा प्रगति गर्न तयार भइसकेका हँुदैनन् । त्यसैले बालबालिकामा निहित व्यवहारहरू समयमा नै बुझने प्रयास गरिएन भने भावनात्मक समस्याको रूपमा असभ्य व्यवहारमा समेत परिणत हुन सक्छ । भिन्न भिन्न परिवेशबाट आएका बालबालिकालाई मनोसामाजिक सीपहरू सिक्ने अवसर पनि प्रदान गर्नुपर्छ । यसरी बालबालिकाका समस्यायुक्त व्यवहारलाई वयस्क मानिसले विभिन्न मनोसामाजिक र जैविक तत्वहरूको अन्तरक्रियाका उपजको रूपमा हेर्ने गरियो भने बालबालिका सहयोग चाहन्छन्, दण्ड होइन भन्ने बुझन सजिलो हुन्छ ।

शिक्षाको अधिकारका बाधा
कतिपय बालबालिका विभिन्न कारणवश विद्यालय जान थालेको लामो समयसम्म पनि निरक्षर नै रहने तथा कुनै योग्यता हासिल नगरी विद्यालय छोड्नुपर्ने जस्ता समस्याबाट पीडित हुन्छन् । त्यस्ता बालबालिका निरन्तर पढाइ–लेखाइमा सहभागी भइरहन नसक्ने कारणले गर्दा विद्यालय जान मन गर्दैनन् । तर अभिभावकले यही विन्दुमा दण्ड जस्तो अस्त्रको प्रयोग गर्दछन्, जुन शिक्षा प्राप्तिको लागि थप बाधा बन्न जान्छ । संयुक्त राष्ट्रसंघको बालअधिकार समितिले बालबालिकालाई शिक्षा प्राप्तिका लागि निम्नानुसार बाधक तत्वहरू औैंल्याएको छ— शुल्क तथा पढाइ सम्बन्धी खर्च, पारिवारिक गरीबी र अपर्याप्त सामाजिक सुरक्षा योजना (स्वास्थ्य बीमा समेत), पर्याप्त सरसफाइलगायत सुविधाको अभाव, निरन्तर क्रूर, अमानवीय तथा अपमानजनक व्यवहार, विद्यालयभित्र यौन दुव्र्यवहार (विद्यार्थीका र शिक्षकका समेत) निर्मूल गर्ने प्रभावकारी उपायको कमी, बाल शिक्षणका निष्प्रभावी तरिका, विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गर्न नसक्नु र कमजोर बालबालिकालाई बलियाले तर्साउने, धम्क्याउने जस्ता क्रियाकलाप । यसका अतिरिक्त प्रायः विद्यालयले पनि बालबालिकाको काम र परिवारको हेरचाह गर्ने दायित्वको आवश्यकतालाई शिक्षासँग तादात्म्य मिलाउने गरी लचकता नअपनाएको पाइन्छ ।

बालअधिकार समितिले जेनेरल कम्मेन्ट नं.१ (२००१) मार्फत बालकेन्द्रित शिक्षण विधि, बालमैत्री वातावरण र बाल सशक्तीकरणमा जोड दिंदै सहभागितामूलक र सहयोगात्मक शिक्षण पद्धतिको महŒवमा बल दिएको छ । त्यस्ता उपायहरू कक्षा शिक्षणमा लागू गरेमा शारीरिक दण्ड दिनुपर्ने अवस्था नै आउँदैन ।

बालबालिकालाई दिइने शारीरिक दण्ड गैरकानूनी हो । बालबालिकाको शारीरिक मानसिक विकास, परिपक्वता, सामाजिकीकरण, आशातीत शैक्षिक प्रगति हँुदै सर्वाङ्गीण विकासको लागि शारीरिक दण्ड बाधक छ । तसर्थ हामीले दण्ड दिनुपर्ने अवस्थाको सिर्जना नै नगर्नु र अवस्था आइपरेमा पनि त्यसलाई अन्य कुरातिर मोडी मनोरञ्जन गराउनु, रमाइलो पार्नु वा सिर्जनात्मक क्रियाकलापतिर लैजानु बालअधिकारको दृष्टिकोणबाट समेत लाभदायी हुन्छ ।

(सापकोटा राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत हुन् ।)

commercial commercial commercial commercial