यसरी बढाउन सकिन्छ शिक्षामा प्रतिफल

सामुदायिक विद्यालयका शिक्षक केही राजनीतिमा प्रेरित र धेरैजसो राजनीतिबाट प्रताडित छन् । अभिभावक पनि धेरै चासो राख्दैनन् । विद्यार्थी गृहकार्य गर्न अल्छी गर्छन् । शिक्षक संंख्या कम हुनाले गृहकार्य राम्ररी परीक्षण हुन पनि सक्दैन ।

मानिसले हरेक कार्यमा लगानी पछि असल प्रतिफलको आशा राख्छ । हाम्रो देशमा पनि आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य गराउन राज्यले वर्षेनि ठूलै धनराशि खर्चने गरेको छ । तर यसको प्रतिफल नगन्य देखिएको छ । पसलेले उही प्रकृतिका वस्तुलाई फरक–फरक मूल्य भन्यो भने बढी मूल्यको वस्तु नै असल होला भन्ने ठानी महँगै वस्तु किने झ्ैं निजी विद्यालयमा अभिभावकको प्रत्यक्ष लगानी भएकै कारण त्यहाँ विद्यालयले माग गरेका सबै कुरा दिन अभिभावकहरू तयार हुन्छन् । घरमा विभिन्न अभाव भए पनि विद्यार्थीलाई अभाव हुँदैन । शिक्षक निजी व्यक्तिका अधीनमा रहनाले अनुशासित र नियमित हुन्छन् । आफ्नो लगानी सम्झ्ेर स्वयं अभिभावकहरू गृहकार्य गराउँछन् ।

तर सामुदायिक विद्यालयका शिक्षक केही राजनीतिमा प्रेरित र धेरैजसो राजनीतिबाट प्रताडित हुन्छन् । प्रत्यक्ष लगानी नभएकोले अभिभावक पनि विद्यार्थीको पढाइप्रति चासो राख्दैनन् । विद्यार्थी गृहकार्य गर्न अल्छी गर्छन् । यहाँ कर्तव्य भन्दा अधिकारकै व्याख्या बढी हुने गर्छ । शिक्षक संंख्या कम हुनाले गृहकार्य राम्ररी परीक्षण हुन पनि सक्दैन । निःशुल्क पाठ्यपुस्तकको गुणस्तर कमजोर छ । वैशाखमा वितरण गरिएको पुस्तक भदौसम्ममा च्यातिएर आधा मात्र रहन्छ । बाँकी सात÷आठ महीना पढ्ने किताब हुँदैन । शिक्षकहरू पढाउन भन्दा पेश गर्नुपर्ने विभिन्न कागजात मिलाउन विद्यालय–समयलाई नै उपभोग गर्छन् । शिक्षण कार्यभन्दा मूल्याङ्कन पद्धति बढी हावी छ । अनि कसरी होला गुणस्तरीय शिक्षा ?

गर्न चाहे पक्कै हुन्छ
–    निजी विद्यालयमा प्रयोग भए जस्तै गुणस्तरीय पाठ्यपुस्तक व्यवस्था गरी स्वयं अभिभावकलाई खरीद गर्न लगाउने । (किताबको जतन हुन्छ)
–    आधारभूत तहमा विभिन्न खाले छात्रवृत्तिका नाममा खोलो बगाउने कार्य अन्त्य गर्दै नियमित र जेहेनदार सीमित विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था गर्ने । (मिहिनेती विद्यार्थीलाई प्रोत्साहन गर्न)
–    अति विपन्न परिवारका बालबालिकाका लागि विद्यालयमै आवासको व्यवस्था गरी शिक्षा दिने । (पारिवारिक झ्मेला र बालश्रमबाट मुक्त गर्न)
–    शैक्षिक गतिविधि संचालन गर्ने व्यक्तिलाई आर्थिक र प्रशासनिक काम नलगाउने । (शिक्षणमा लगाव र पारदर्शिता बढ्छ)
–    नगन्य विद्यार्थी भएका विद्यालय गाभेर आवश्यक ठाउँमा विषय अनुसार योग्यता पुगेका शिक्षकको व्यवस्था गर्ने ।
–    दुई परिपाटीको शिक्षा नीति अन्त्य गर्दै सबैलाई सामान्य शुल्कको व्यवस्था गरी न्यून आयस्रोत भएका विद्यार्थीलाई नगदको सट्टा आवश्यक सामग्रीको व्यवस्था विद्यालयमार्फत मिलाउने ।
–    आफ्ना सन्तानलाई घरधन्दा वा बच्चा धरालो बनाई विद्यालय नपठाउने अभिभावकलाई वडा कार्यालयले दिने सेवामा रोक लगाई अनिवार्य र नियमित विद्यालय पठाउन बाध्य गराउने ।
–    सुविधा दिंदा जातका आधारमा नभई वर्गका आधारमा गर्नुपर्ने ।

छात्रवृत्तिको खोलै बग्छ, गुणस्तर बढेन ।
जनजाति र अन्य गरीब छन्, पत्तो रहेन । ।
जाति हैन वर्ग छुट्याइ, समान व्यवहार गरौं ।
मूल्याङ्कन त पहिचान हो, सिकाइलाई जोड गरौं । ।

श्री खाटमन्दिर आधारभूत विद्यालय, त्रिनपा–८, बागचौरी, उदयपुर

commercial commercial commercial commercial