संगीतका प्रेरणा तबला गुरु पं. होेमनाथ उपाध्याय

प्रसिद्ध तबलावादक तथा उत्कृष्ट प्रस्तोता पं. होमनाथ उपाध्यायले भारतका पण्डित रामजी मिश्र, अहमदजान थिरकुवा तथा नेपालका शम्भुप्रसाद मिश्र जस्ता प्रसिद्ध गुरुहरूबाट संगीत शिक्षा लिएका थिए । तर उनी तबलावादक मात्र थिएनन्, नेपाली सांगीतिक क्षेत्रका ज्ञाता, कुशल शिक्षक तथा विद्वत् व्यक्तित्व पनि थिए । भारतको प्रयाग संगीत समितिबाट तबला विषयमा स्नातकोत्तर गरेका उपाध्यायले अमेरिकाको क्यालिफोर्निया, पोर्टलैण्ड, कोलोराडो र वाशिङ्टन राज्यका विश्वविद्यालयहरूमा पटक–पटक गरी झ्ण्डै दुईदशक नेपाली संगीत र तबला शिक्षण गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालय तथा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा समेत संगीत विशेषज्ञको रूपमा कार्य गरेका थिए । पं. उपाध्याय आफ्नो व्यावसायिक यात्राको आरम्भका लगभग पाँच वर्ष बलिउडका प्रसिद्ध संगीतकार आर.डी. बर्मनको समूहमा समेत संलग्न थिए ।

धेरै वर्षसम्म नेपालमा तबलावादनका पर्यायका रूपमा चिनिएका र विश्वकै उत्कृष्ट तबलावादकको श्रेणीमा गनिएका पं. उपाध्यायले राज्यको तर्फबाट कुनै उपाधि वा सम्मान नपाए तापनि निजी तथा सार्वजनिक क्षेत्रबाट धेरै पदक, सम्मान र पुरस्कार प्राप्त गरेका थिए । उनको भौतिक शरीर आज हाम्रोसामु छैन तथापि उनका कृति, रचना तथा स्वदेश, विदेशमा रहेका उनका हजारौं शिष्यहरूले उनको योगदानलाई अमर पार्ने काम गरिरहेका छन् । यस्ता गुणी व्यक्तित्वसँगका केही अविस्मरणीय सम्झ्नाहरूलाई श्रद्धाञ्जलीस्वरुप यहाँ उल्लेख गरेको छु :

हाम्रो बाल्यकालमा सञ्चार र मनोरञ्जनको मुख्य साधन रेडियो थियो । एकाबिहानै धार्मिक कार्यक्रमसँगै खुल्ने अधिकांश रेडियो सेटहरू राति राष्ट्रगान बजेपछि मात्र बन्द हुन्थे । घरमा रेडियो नबजे पनि टोल, छिमेक, पसल र चोकमा घन्किने रेडियोले सबैलाई मनोरञ्जन गराइरहेका हुन्थे । त्यसैले रेडियो प्रस्तोताका स्वर वा नाम कसैका लागि पनि अपरिचित रहँदैनथे ।

समाचारमा कृष्णा ताम्राकार, प्रवीण गिरी, धार्मिक कार्यक्रममा पुरुषोत्तम सापकोटा, फर्माइसी गीत कार्यक्रममा पाण्डव सुनुवार, साहित्यिक कार्यक्रममा यज्ञनिधि दाहाल तथा बाल कार्यक्रममा वासुदेव मुनाललगायतका प्रस्तोताहरू त्यसबेलाका सेलिब्रिटी नै थिए । यस्तै कार्यक्रमहरूको माझ् शास्त्रीय संगीतको कार्यक्रममा ‘तबलामा साथ दिने’ संगीतकारको रूपमा प्रायः उद्घोषकले लिने एउटा नाम थियो, पं. होमनाथ उपाध्याय, जसलाई चिन्ने र जान्ने चाहना मेरो बालमनमा जरो गाडेर बसेको थियो ।

२०३३ सालमा मेरा काका, पत्रकार एवं अर्थशास्त्री महेशचन्द्र रेग्मी एशियाको नोवल पुरस्कारको रूपमा चिनिने रामोन म्यागसेसे अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको थियो । त्यसबेला उहाँलाई अभिनन्दन गर्न एउटा सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा मैले सितारवादन गर्नुपर्ने भयो । र, त्यहाँ मलाई तबलावादक शंकरबहादुर थापाले संगत गरिदिनुपर्ने थियो । तर, कार्यक्रम शुरू हुने बेलासम्म पनि शंकर थापाजीलाई नदेख्दा मेरो बालमन अत्तालिन थाल्यो ।

त्यतिञ्जेलसम्म मैले थापाजीसँग नै अभ्यास गर्दै आएको थिएँ । मलाई डराएको देखेर होला, एकजना पातलो तर आकर्षक र उज्यालो अनुहार भएका व्यक्तिले सान्त्वना दिंदै, “बाबु, म संगत गरिदिन्छु, डराउनुपर्दैन” भने । उनलाई मैले चिनेको थिइनँ । तर उनलाई अरूले गरेको आदर देखेर यी पक्कै पनि ठूलै कलाकार हुन् भन्ने अनुमान चाहिं गरिसकेको थिएँ ।

अहिले पनि त्यो दृश्य म झ्ल्झ्ली सम्झ्न्छिु । कलाकारको परिचयको क्रममा उद्घोषकले “तबलामा पं. होमनाथ उपाध्याय” भनेपछि भने म स्तब्ध नै भएको थिएँ । आफ्नो जीवनकै पहिलो प्रस्तुतिमा आफूले सधैं नाम सुनेको र चिन्न चाहेको व्यक्तिको संगत पाउनु मेरो सौभाग्य थियो । पछि थाहा पाएँ, उहाँसँग हाम्रो परिवारका मान्यजनहरूको बनारसदेखिको पुरानै परिचय तथा हिमचिम रहेछ । त्यस दिनपछि हाम्रो भेटघाट बढ्दै गयो र अन्तरंग सम्बन्ध स्थापित हुनगयो । म क्रमशः उहाँलाई आफ्नो संगीतको संरक्षकको रूपमा हेर्न थालें । वास्तवमा मलाई यस क्षेत्रमा अगाडि लाग्न, सघाउन र मेरो वादनलाई खार्नका लागि उहाँले ठूलै मिहिनेत गर्नुभएको थियो ।

मेरो बुवा पं. सतीशचन्द्र रेग्मी, रेग्मी सांगीतिक घरानाका तेस्रो पुस्ताका सदस्य हुनुहुन्थ्यो । तर नेपाली संगीतकारहरूको बीचको आपसी खिचातानी र इष्र्यालु वातावरणबाट दिक्क भएर उहाँ त्यो माहोलबाट टाढै बस्न रुचाउनुहुन्थ्यो । त्यसैले सांगीतिक समुदायमा मलाई परिचित गराउने र रेग्मी घरानाको वादन विशेषतालाई जनमानसमा उजागर गराइदिने काममा होमनाथ दाइको उल्लेखनीय योगदान रहेको थियो ।

पछि मैले भारतीय सांस्कृतिक केन्द्रबाट छात्रवृत्ति प्राप्त गरी दिल्लीबाट संगीतमा उच्च शिक्षा हासिल गर्ने मौका पाएँ । चार वर्ष भारतमा पढेर नेपाल फर्केपछि होमनाथ दाइसितको सम्बन्ध अझ् प्रगाढ भयो । उहाँकै अग्रसरतामा हामीले ‘प्रस्तार’ नामक लोक शास्त्रीय सांगीतिक समूह स्थापना ग¥यौं, जहाँ ताल वादनमा उहाँ स्वयं, सितारमा म, बेलामा नोर्बु लामा र बाँसुरीमा मनोज सिंह थियौं । प्रस्तार छोटै समयमा नेपाली सांगीतिक परिवेशमा स्थापित भयो । समूहका कारण नियमित अभ्यास र भेटघाट बढ्यो र उहाँसँगको सामीप्य अझ् गाढा भयो, जसले मलाई संगीतका विविध पक्षका सम्बन्धमा शिक्षित, दीक्षित र स्थिर हुन मद्दत ग¥यो ।

त्यसै बेला अमेरिकाको कोलोराडोस्थित लायन्स क्लब अफ बोल्डरबाट हामीलाई कार्यक्रम प्रस्तुतिका लागि निम्तो आयो । वरिष्ठ नृत्यकार सुरेश मिश्र तथा पं. होमनाथ उपाध्यायका साथमा मैले लगभग ६ महीना (२०४८ साल पुसदेखि २०४९ जेठसम्म) अमेरिकाका विभिन्न शहर तथा विश्वविद्यालयमा झ्ण्डै ५२ वटा सांगीतिक प्रस्तुति तथा शैक्षिक प्रवचन गर्ने मौका पाएँ । त्यस्ता खारिएका व्यक्तित्वहरूसँगको लामो संगतले मलाई संगीतलगायत जीवनका अन्य धेरै पक्षहरूको विषयमा समेत बुझने र सिक्ने अवसर दिलायो ।

अमेरिका बसाइको अन्त्यतिर न्यूजर्सीस्थित एउटा संगीत विद्यालयबाट हामीलाई कामको प्रस्ताव आयो । धेरै विचार–विमर्श पछि हामीले प्रस्ताव अस्वीकार गरी नेपाल नै फर्कने निर्णय ग¥यौं । त्यस क्रममा पं. उपाध्यायले भन्नुभएको वचन अहिले पनि मेरो मनमा ताजै छ, “बाबु, जुन इज्जत र प्रतिष्ठा आफ्नो मातृभूमिमा पाइन्छ त्यो संसारमा कहीं गएर पनि पाउन सकिन्नँ । आज हामी यहाँ काम गरेर बस्यौं भने हामीलाई इज्जत र मान गर्ने साथीहरूले समेत हाम्रो साथ छोड्नेछन्, तसर्थ काम गरेर बस्नेभन्दा कामका लागि समय समयमा आउने लक्ष्य राख्नुपर्दछ ।” उहाँले मलाई पटकपटक यस्ता सुझव र सल्लाह दिएर सही मार्गनिर्देश गरिदिनुभएकै कारण आज मैले संगीत क्षेत्रमा केही उपलब्धि हासिल गर्न सकेको हुँ । मेरो सांगीतिक यात्राको लगभग २६ वर्षको अवधिमा मैले यस्ता धेरै अवसर प्राप्त गरें । तर मलाई विदेशमा बस्ने रहरले कहिल्यै आकर्षित गर्न सकेन ।

मलाई लाग्छ, यसमा दृढ बनाउनमा होमनाथ दाइकै सल्लाहले मार्गदर्शन गरेको हो ।

२०५३÷५४ सालतिर पं. उपाध्याय एकाएक मबाट विस्तारै टाढिन थाल्नुभयो । उहाँको मप्रतिको व्यवहार पनि अर्कै हुनथाल्यो ।

मबाट अन्जानमा केही गल्ती भएछ कि भनी आफ्ना कर्म र व्यवहारको समीक्षा गर्ने प्रयास गरें । तर कसैगरी पनि त्यसको भेउ पाउन सकिनँ । जुन व्यक्तिलाई मैले आफ्नो आदर्श र मार्गदर्शक मान्दथें, जसको छत्रछायाँमा मात्र अघि बढ्न सकिन्छ भन्ने म ठान्दथें त्यही व्यक्तिसँग सम्बन्ध चिसिंदा म अत्यन्तै मर्माहत भएँ । आफूलाई थप कमजोर र निराश हुनबाट जोगाउनका लागि बाँसुरीवादक मनोज सिंह र तबलावादक अतुल गौतमको सहयोगमा सुकर्म सांगीतिक समूहको स्थापना गर्नतिर लागें । यसको केही समयपछि पं. उपाध्याय पनि अमेरिकाको सान्त बारबरास्थित क्यालिफोर्निया विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीको रूपमा त्यसतर्फ लाग्नुभयो । लगभग एक दशक अमेरिका नै बसेर उहाँ २०७० सालमा मात्र नेपाल फर्कनुभयो ।

पं. उपाध्याय अमेरिकाबाट फर्केपछि भने हाम्रो सम्बन्ध पुरानै रूपमा अगाडि बढ्यो । भेटघाट, अभ्यास, कार्यक्रमहरूमा सहभागिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणहरूले निरन्तरता पाउन थाले । २०७१ को मंसीरमा बनारस हिन्दू विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय वाद्य गोष्ठी तथा संगीत सम्मेलनमा नेपालको तर्फबाट हामी दुवैको सहभागिता रह्यो । त्यसै वर्ष चैतमा पाकिस्तानको इस्लामावाद तथा लाहोर शहरमा आयोजित सुकर्मको कार्यक्रममा अतिथि कलाकारको रूपमा उहाँ सहभागी हुनु हाम्रा लागि एउटा सौभाग्यको विषय भयो । उहाँ संलग्न रहनुभएका ती प्रस्तुतिले ज्यादै प्रशंसा समेत आर्जन गरेका थिए । उहाँसँग यूरोपियन राष्ट्रहरूको सांगीतिक भ्रमण गर्ने वर्षाैंदेखिको मेरो अधुरो चाहना पूरा गर्ने अवसर पनि मैले त्यही वर्ष प्राप्त गरें । २०७२ साउन÷भदौमा यूरोपियन राष्ट्रहरूमा कार्यक्रमका लागि सुकर्मलाई प्राप्त निमन्त्रणामा हामीले उहाँलाई सहभागी बनाउन सक्यौं, जुन कार्यक्रमलाई यूरोपियन श्रोताहरूले अत्यन्तै उत्कृष्ट माने । उल्लिखित तीनवटा यात्रामा उहाँको साथ पाएको कुरा सम्झ्ँदा अहिले पनि मलाई सुखद् अनुभूति हुन्छ ।

पं. उपाध्यायको जीवनशैली हामी सबैका लागि अनुकरणीय थियो । नित्य बिहान उठेर योगसाधनाका साथै निरन्तर संगीतको अभ्यास गरी संगीत प्रशिक्षणको कार्यमा संलग्न रहनुहुन्थ्यो । उहाँका केही इच्छा र योजनाहरू थिए– संगीत क्षेत्रमा केही गर्नुपर्दछ भन्ने भावना थियो र त्यसका लागि निरन्तर प्रयत्नरत रहनुभयो । उहाँ एउटा सामान्य व्यक्ति हुनुहुन्थ्यो तर योगदानको आधारमा कुनै महाविद्यालयभन्दा कम हुनुहुन्नथ्यो । नेपालमा तबला शिक्षा वा तबलाको विकासमा उहाँको योगदानलाई मूल्यांकन गर्ने हो भने आज नेपालमा भएका झ्ण्डै ८० प्रतिशत तबलाका शिक्षक वा वादकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उहाँसँग सिकेको पाइन्छ । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान वा त्रिभुवन विश्वविद्यालयले करोडौं रुपैयाँ खर्च गरेर उत्पादन गर्न नसकेको सांगीतिक जनशक्ति उहाँले आफ्नो एक्लो प्रयासबाट सम्भव गराउनुभएको थियो ।

होमनाथ दाइभन्दा अगाडि कमै मात्र नेपाली कलाकारहरू आफ्नो व्यक्तिगत प्रयासमा विदेश भ्रमण गर्दथे । सत्ता र व्यवस्थासँग नजिक भएका केही कलाकारहरूले मात्र तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान वा नेपाल सरकारको सांस्कृतिक प्रतिनिधिमण्डलमा सामेल हुने अवसर प्राप्त गर्दथे । तर निजीस्तरमा नेपाली संगीतलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सन्दर्भमा उहाँको महŒवपूर्ण योगदान रहेको थियो र हामी पछिल्लो पुस्ताका लागि उहाँ उत्प्रेरक नै हुनुहुन्थ्यो । उहाँ शिक्षित र अंग्रेजी भाषामा दक्ष हुनुहुन्थ्यो, जसले गर्दा कार्यक्रम आयोजकहरूसँग सम्पर्क र सम्बन्ध बढाउने कलामा उहाँ सक्षम हुनुहुन्थ्यो । सम्भवतः व्यक्तिगत प्रयासमा नेपालका अरू सबै शास्त्रीय संगीत कलाकारहरूभन्दा बढी विदेश भ्रमण गर्ने कलाकारको सूचीमा उहाँ पर्नुहुन्थ्यो ।

विधिको विडम्बना, निरन्तर कर्म गरिरहेको अवस्थामा अचानक उहाँ अस्वस्थ हुनुभयो । परीक्षणको क्रममा पेटको आन्द्रामा क्यान्सर जस्तो घातक रोगले उहाँलाई आक्रमण गरी शरीरका अन्य भागमा समेत फैलिइसकेको ज्ञात हुन आयो । क्यान्सर जस्तो अत्यन्तै महँगो उपचार एउटा नेपाली शास्त्रीय संगीतकर्मीको निम्ति ठूलै चुनौतीको विषय थियो । तथापि, उहाँको परिवार र हामी संगीतकर्मीहरूले उपचारका लागि हरसम्भव प्रयास ग¥यौं । प्रभावकारी उपचारका लागि नेपाल सरकारका सम्बन्धित निकाय, नेपाल संगीत नाट्य प्रतिष्ठानलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग नेपाल शास्त्रीय संगीत समाजका तर्फबाट औपचारिक रूपमा अनुरोध समेत गरियो । तर विडम्बना, हाम्रो अनुरोधले मूर्तरूप लिनुपूर्व नै उहाँको देहावसान भयो ।

प्रस्तुतिका शैली, संगत गर्ने विशेष किसिमको दक्षता, सहयोगी एवं मिलनसार स्वभावका कारण जहाँ शास्त्रीय संगीतका कार्यक्रम हुन्थे त्यहाँ पं. उपाध्यायको उपस्थिति निर्विकल्प मानिन्थ्यो । गायन, वादन वा नृत्य कुनै पनि विधामा होस्, सबै कलाकारको पहिलो रोजाइमा होमनाथ दाइ नै पर्नुहुन्थ्यो । संगतमा मात्र होइन उहाँको एकल तबला वादन प्रस्तुति पनि त्यत्तिकै आकर्षक र बेजोडको हुन्थ्यो भने उहाँमा संगीतको सैद्धान्तिक पक्षमा पनि राम्रो पकड थियो ।

यस्ता व्यक्तिको साथ र सामीप्यतामा आफ्नो बाल्यकाल तथा युवावस्था बिताउन पाउनु मेरा लागि वास्तवमा एउटा गौरवकै विषय थियो । त्यसबाहेक मेरा लागि थप सौभाग्यको विषय हो, मेरो जीवनका सबैजसो प्रथम सांगीतिक कार्यहरू मैले पं. होमनाथ उपाध्यायका सामीप्यतामा नै गर्न पाएँ । मलाई जीवनभर उहाँको जुन सान्निध्य र अभिभावकत्व प्राप्त भयो, त्यसनिम्ति म उहाँप्रति सदासदा अनुगृहीत रहनेछु । पं. होमनाथ दाइ मेरा लागि अविस्मरणीय रहनुहुनेछ । अस्तु ।

संगीत विभाग
पद्मकन्या बहुमुखी क्याम्पस, त्रि.वि.वि.
संस्थापक, सुकर्म सांगीतिक समूह

commercial commercial commercial commercial