बालबालिकाले पाठ बिर्सलान्; शिक्षकलाई बिर्संदैनन् !

एउटा अभिभावकलाई आफ्ना नानीहरू सर्वस्व हुन् । एउटा परिवारको भविष्य त्यो परिवारका नानीहरूसँग जोडिएको हुन्छ । एउटा गाउँ–टोल वा देशको सुरक्षा र भविष्य अन्ततः बालबालिकामा निर्भर हुन्छ । त्यसकारण पनि उनीहरूलाई अनुशासन र सही शिक्षामा हुर्काउनुपर्छ ।

नानीलाई शारीरिक र मानसिक यतना विना हुर्काउन निम्न उपाय र व्यवहार अपनाउनुपर्छ :

आमाबुबा मिलेर बस्नुपर्छ
नानीहरूलाई हुर्काउन आमाबाबुको महŒवपूर्ण भूमिका हुन्छ । छोराछोरीले आमाबाबुबाट धेरै कुरा चाहन्छन्, आशा गर्दछन् । तर, सबैभन्दा बढी; तिनले आमाबाबु मिलेर बसुन् भन्ने चाहन्छन् । आमाबाबुले एकअर्काप्रति माया, वास्ता, आदर, इज्जत गरेको छोराछोरीहरू चाहन्छन् । झ्गडा नगरी मिलेर बसेको हेर्न चाहन्छन् । उनीहरू आमाबाबुले आफूलाई पिटेको, गाली गरेको, लुगा नकिनिदिएको, घुम्न जान नदिएको आदि सबै कुरा भुल्न सक्छन् तर आमाबाबु आपसमा झ्गडा गरेको कहिल्यै पनि देख्न चाहँदैनन् । आमाबाबु एकआपसमा झ्गडा गर्ने, कचकच गर्ने, एकले अर्कालाई शंका गर्ने, जाँडरक्सी खाने, जुवातास खेल्ने, घरमा ढिलो आउने जस्ता कुरा छोराछोरीले कहिल्यै रुचाउँदैनन्, त्यस्तो देख्नु नपरोस् भन्ने ठान्छन् । यस्ता कुराले छोराछोरीलाई धेरै दुःखित तुल्याउँछ ।  अन्ततः परिवार नै दुःखित हुन्छन् । आमाबाबुको सम्बन्धमा खटपट आएमा छोराछोरीहरूमा मनोवैज्ञानिक असर परेको हुन्छ । तसर्थ, बच्चाको सुखद र सफल भविष्यको निम्ति आमाबाबु मिलेर बस्नुपर्छ ।

बालबालिकाले पनि आमाबाबालाई बुझ्नुपर्छ
आमाबाबुको गुण छोराछोरीले तिर्ने प्रयास गर्नुपर्छ । छोराछोरीहरूले याद राख्नुपर्छ, उनीहरूलाई बढी प्रेम गर्ने, वास्ता गर्ने मानिस भनेका आमाबाबु नै हुन् । अरूले त डाह, इष्र्या, आरिस, खिसी गर्न सक्छन् । यदि हामी आमाबाबुबाट राम्रो चाहन्छौं भने हामीले पनि आमाबाबुको आज्ञा पालना गर्नुपर्दछ । आमाबाबुको आज्ञा पालना गर्दा हामी स्वस्थ र सुरक्षित मात्र होइन सफल पनि हुन सक्छौं ।

सबैका आमाबाबु आफ्ना छोराछोरीले नाम कमाउन्, दाम कमाउन्, शिक्षित होउन्, अशल बनुन्, नमूना बनुन् भन्ने नै चाहन्छन् । बिग्रेको, कुलतमा फसेको, इज्जत गुमाएकोे, आदर नगरेको, नराम्रो व्यवहार गरेको देख्न चाहँदैनन् । आफ्ना छोराछोरीका असल कुरा सुन्न चाहन्छन् ।

बालबालिकालाई शासन गरेर होइन, अनुशासनमा सिकाउनुपर्छ
भनिन्छ, परिवार नै बालबालिकाको पहिलो विद्यालय हो । आज धेरै मानिस सफल र उच्च ठाउँमा पुगेर पनि असफल भएका छन् । कतिले अनुशासनलाई बेवास्ता गर्दा अवसर प्राप्त गरेर पनि गुमाएका छन् । ज्ञान र क्षमताको अभावले भन्दा बढी अनुशासनहीनताको कारणले धेरै मानिस जोखिममा परेका छन् । अनुशासनको महŒव बुझ्ेकै कारण घर–परिवार र विद्यालयहरूमा अनुशासनलाई उच्च मानिंदै आएको छ । तर अनुशासन के हो भन्ने सवालमा भने हामी प्रायः अनभिज्ञ छौं ।

समग्रमा, व्यक्ति आफैंले आफूलाई नियन्त्रण गर्नु वा शासन गर्न सक्नु नै अनुशासन हो । अरूले अरूमाथि गरिने चाहिं अनुशासन होइन, शासन मात्रै हो । शासन गरे जस्तो ‘अनुशासन गर्न’ सकिन्न, यो सिकाउन चाहिं सकिन्छ । आज घरघरमा, परिवार परिवारमा, अनुशासन सिकाउनु जरूरी छ । कसैले गरेको शासन निरन्तर नहुन सक्छ तर सिकेको अनुशासन जीवनपर्यन्त कामयावी हुन्छ । आजै सोचौं कतै हामी शासन मात्र गरेर अनुशासन पो भन्दैछौं कि ? । हामीले नानीहरूमाथि शासन गर्ने होइन, आफू दृष्टान्त बनेर अनुशासन सिकाउन सक्नुपर्छ ।

बालबालिकालाई प्रेममा सिकाउनुपर्छ
बालकलाई ऊ हिंड्नुपर्ने बाटोमा सही तालीम दिइयो भने वृद्ध अवस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन । कति छोराछोरीहरू बदमास पनि हुन सक्छन्; त्यस्तालाई पनि प्रेममा सिकाउन सक्नुपर्छ । अरू मानिसकोे अगाडि मेरो छोरो–छोरी बदमास छ, मूर्ख छ, अट्टेरी, घमण्डी छ भन्ने अथवा डुलुवा, भतुवा र कुकुर, कुकुर्नी जस्ता शब्द लिएर गाली गर्ने काम कहिल्यै गर्नुहुँदैन । यसो गर्दा उनीहरूले आफू बद्नाम भएको महसूस गर्छन् । यस्ता शब्द प्रयोग गरेर बच्चा हुर्काउन सकिन्न । उनीहरूलाई शारीरिक र मानसिक यातना दिएर होइन प्रेममा हुर्काउने हो । हामी एउटा गीत गाउँछौं, ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा !’ तर प्रेमले मानिसको जीवन धेरै फरक पार्दछ । बुझैं ।

बालबालिकालाई सोच्न र खोज्न सिकाउनुपर्छ
यसको एउटा तात्पर्य के हो भने बालबालिकालाई सिकाउनु भनेको उनीहरूमा बाहिरबाटको कुनै नयाँ कुराहरू भरिदिनु होइन । नयाँ कुराको माध्यमबाट उनीहरू भित्रै लुकिरहेको अथाह क्षमतालाई बाहिर ल्याउन मद्दत गर्नु हो । माउपोथीको भूमिका निर्वाह गर्नु हो । हामीले बुझनुपर्दछ, पोथीले ढुंगालाई ताप दिएर चल्ला कोरलेको होइन, बरू जुन अण्डालाई उसले ताप दियो त्यो अण्डाभित्र चल्लामा रूपान्तरण हुनसक्ने गुण विद्यमान थियो । यसरी नै, बालबालिकालाई सिकाउनु भनेको न कि माटोमा सास भर्नु हो, न कि ढुंगालाई हिंड्ने बनाउनु हो; बरू उनीहरू भित्रै भएको अथाह गुणलाई बाहिर प्रकट गराउन मद्दत गर्नु हो । मारिया मन्टेसरीले यही निष्कर्ष निकालिन कि, “शिक्षण गर्नु भनेको बालबालिकामा निहित गुणहरूलाई बाहिर ल्याउन मद्दत गर्नु हो ।”

बालबालिकालाई पढाउने होइन, सिकाउनुपर्छ
‘भन्नु नै सिकाउनु होइन’ यो भनाइ आजीवन शिक्षण पेशामा बिताएका डा. एलेन एफ मियर्सको हो । वास्तवमा भन्न जति सजिलो छ सिकाउन कैयौं गुणा अप्ठेरो छ । सिकाइले सिकाउने व्यक्तिको जीवन जिउनुको माग गर्दो रहेछ । हामी धेरै भन्दा रहेछौं, तर कम सिकाउँदा रहेछौं र त हाम्रा बालबालिका जीवनको परीक्षामा फेल हुँदारहेछन् । यथार्थमा हाम्रा नानी–बाबुहरू हामीभन्दा धेरै चनाखा हुन्छन् । त्यसै भएर एक अमेरिकी पत्रकार फ्राङ्कलिन पी जेम्सले भनेका पनि थिए, “तिमीले केटाकेटीबाट धेरै कुरा सिक्न सक्छौ, तर त्यसको लागि तिमीसित धैर्य कति छ ?”

हुन पनि, बालबालिकाले तपाईं हाम्रो जीवनलाई नजिकबाट नियालिरहेका हुन्छन् । शिक्षकले पढाएका पाठ विद्यार्थीले चाँडै भुल्न सक्छन् । तर शिक्षक कसरी जिउनुहुन्छ भन्ने विद्यार्थीले कहिल्यै भुल्दैनन् । त्यसैले आजको आवश्यकता भनेको शिक्षकले आफ्नो जीवनबाट सिकाउनु हो । आज धेरै मानिसले पढेका छन्, तर तिनले केही पनि नसिकेका कारण ठूलो मूल्य चुकाउनु परेको छ । वास्तवमा बालबालिकाको पहिलो स्कूल घर हो, र दोस्रो चाहिं विद्यालय । यी दुवै ठाउँमा बालबालिकाले के पढे भन्दा बढी के सिके भनेर हेरौं र सिक्ने वातावरणको सृजना गरौं । केनिस जे. मोकको सिद्धान्त अनुसार— बालबालिकाले देखेको कुरा ९० प्रतिशतसम्म सम्झ्न सक्छन् । सफल शिक्षामा विद्यार्थीको लागि पहिलो र मुख्य शिक्षण सामग्री अभिभावक र शिक्षकहरूको जीवन नै हो ।

बाल शिक्षाशास्त्री गिजुभाई (सन् १८८५–१९३९) भन्छन्, “आफूले जस्तो आचरण गरे पनि आफ्ना सन्तानलाई चाहिं सुसंस्कृत बनाउन सक्छौं भन्ने कुनै बाबुआमाले ठान्छन् भने ती ठूलो भूल गरिरहेका हुन्छन् । आमाबाबु र घर नै संसारका सबैभन्दा ठूला र शक्तिशाली स्कूल हुन् । घरमा बिगारेका बालबालिकालाई विद्यालय र शिक्षकले त के, ईश्वरले पनि सुधार्न सक्तैन ।” एउटा बालबालिकाको लागि आमाबाबु जति महŒवपूर्ण छन् सिकाइमा त्यतिकै मात्रामा शिक्षक पनि महŒवपूर्ण छन् । यसैले भनिन्छ, “शिक्षण कार्य जागीर होइन मिसन हो, यो एक गम्भीर जिम्मेवारी हो ।”

शिक्षक र अभिभावकले ख्याल गर्नुपर्ने केही व्यावहारिक कुरा
अभिभावक र शिक्षक बालबालिका जस्तै बन्न कोशिश गर्नुपर्छ । उनीहरूलाई प्रशस्त समय दिनुपर्छ । नानीहरूलाई समय दिन नसक्ने अभिभावकले शारीरिक र मानसिक यातना नदिई तिनलाई हुर्काउन सक्दैनन् । उनीहरूले कस्तो वातावरण चाहन्छन् त्यो कुरा थाहा गर्नुपर्छ र उनीहरूसँगै सहभागी हुन सक्नुपर्छ । वास्ताको अनुभूति दिलाउन सक्नुपर्छ । कहिल्यै पनि बेवास्ताको अनुभूति गर्न दिनुहँुदैन । उनीहरूको साथी बन्न कोशिश गर्नुपर्छ । उनीहरूसँगै खेल्ने, नाच्ने, उफ्रने, गाउने, एक्सन गर्ने, आर्ट गर्ने गर्नुपर्छ । हर सक्ने काममा उनीहरूलाई सहभागी गराउनुपर्छ । कतिचोटि हामीलाई रिस पनि उठाउने नानीहरू हुन्छन् त्यस्तो अवस्थामा आफू संयम हुन कोशिश गर्नुपर्छ । त्यस्तो अवस्थामा पनि हाँसेर तपाईंहरूले राम्रै गर्न आँट्नु भएको थियो अन्जानमा गलत हुन पो गएछ, अब थाहा भयो यसरी गर्दा गल्ती हुँदोरहेछ भनी सम्झउनुपर्छ । रिसलाई सम्हाल्न नसक्नेले नानीहरूलाई शारीरिक यातना विना हुर्काउन सक्छन् जस्तो लाग्दैन ।

राम्रो काम गर्नेलाई केही उपहार, आफूले सक्ने प्रतिज्ञा गर्नुपर्छ । तर उपहार दिंदा पक्षपातको भावना जागृत हुने खालको व्यवहार हामीबाट झ्ल्कनु हुन्न । मैले झ्ण्डै १० वर्षदेखि नानीहरूको बीचमा काम गर्दै आइरहेको छु । पहिला पहिला त आफू जसरी हुर्कियो त्यसरी नै हुर्काऊँ जस्तो लाग्थ्यो । तर समय र प्रविधिले समाज कहाँबाट कहाँ पुगिसक्यो । कतिचोटि राम्रो गर्न खोज्दा खोज्दै गलत गरी पठाउँछन्, त्यस्तो अवस्थामा पनि उनीहरूकै अर्थात् स्वयं व्यक्तिकै अनुमतिमा निर्णय गर्नुपर्छ । गलत गरेबापत उपहार नपाउने हो कि कुनै सानो काम दिने हो कि छलफल गर्नुपर्छ ।

नानीहरूसँग भाइचाराको व्यवहार गर्नुपर्छ ताकि तपाईं र मसँग कुरा गर्दा खुलेर गर्न सकुन् । मेरो पनि चार वर्षको नानी छन्, जसले मलाई ‘यार’ भन्छन् । उनी मसँग खुलेर कुरा गर्छन् । सानो भन्दा सानो कुरा पनि सुनिदिने गर्नुपर्छ । उनीहरू सानो छन्, त्यसकारण सानै सोच्छन्, सानै विचार गर्छन्, भन्ने कुरा सदैव ख्याल गर्नुपर्छ । शारीरिक र मानसिक यातनाले नानीहरूलाई सुधार्न सकिन्न । उनीहरूलाई समय, माया, वास्ता, सही हेरविचार, सही शिक्षा, सही नियम, सही अनुशासन, असल व्यवहार र बोलीवचन गर्न नजान्दा हामीले नानीहरूलाई गलत मार्गतिर धकेल्दा रहेछौं । जब असल नानीहरू हुन्छन्, तब एउटा घर राम्रो हुन्छ, जब असल बालबालिका हुन्छन्, तब सुन्दर देशको कल्पना हुन्छ !

commercial commercial commercial commercial