वक्तृत्वकलाका तीन सूत्र

म आफूले पहिलो पटक मानिसहरूका अगाडि उभिएर बोलेको, भनौं भाषण गरेको दिन कहिल्यै भुल्न सक्दिनँ । सन् १९६४ मा न्यूयोर्कमा पहिलो पटक प्रस्तुति (Presentation) गर्दा म २९ वर्षको थिएँ । जनरल इलेक्ट्रिक (जीई) को प्रोजेक्ट म्यानेजरको हैसियतमा मैले एउटा नयाँ प्लास्टिक कम्पनीका बारे ३०० भन्दा बढी कर्पोरेट हस्तीहरूका सामु आफ्ना विचारहरू प्रस्तुत गर्नुपर्ने थियो । एक हप्ता अघिदेखि नै मैले त्यहाँ बोल्नुपर्ने एक–एक शब्द लेखेर तयारी गरेको थिएँ र त्यसलाई दोहो¥याई–दोहो¥याई चर्को आवाजमा पढ्दै अभ्यास पनि गरेको थिएँ । तर पनि, त्यसअघि ठूलो जमातका अगाडि बोल्ने अनुभव नभएको र अलि–अलि भक्भकाउने बानीका कारण मेरो धेरैजसो समय तनावमै बित्न गयो । परिणामतः मेरो त्यो दिनको प्रस्तुति दमदार हुन सकेन ।

तर मैले बोल्ने काम कहिल्यै छाडिनँ ।

आज, भाषण गर्न वा विचार र प्रस्तावहरू अरूसामु प्रस्तुत गर्नु भनेको मलाई रोमाञ्चित गर्ने मुख्य क्रियाकलापहरूमध्ये एक हो । संसारका १० लाखभन्दा बढी दर्शक र श्रोताहरूका अगाडि प्रत्यक्ष उभिएर बोलिसकेपछि अब चाहिं सही तरिकातिर आइरहेको छु भन्ने लागिरहेछ । साथसाथै, व्यक्तिको वाक् कौशलप्रति पनि मेरो रुचि बढिरहेको छ । किनकि, हिजो जस्तो लेखेरै मात्र अब जीवन चल्दैन । व्यक्तिगत जीवनमा होस् वा व्यावसायिक जीवनमा; हामी जसरी बोल्छौं, हाम्रो व्यक्तित्व त्यसैअनुरूप निर्माण हुन्छ ।

हुन त सार्वजनिक भाषण वा प्रस्तुतिबारे बजारमा बग्रेल्ती पुस्तक नपाइने होइनन् । तर, आफ्नो अनुभवका आधारमा म यहाँ वक्तृत्वकलाका मुख्य तीनवटा सूत्र प्रस्तुत गर्दैछु :

पहिलो सूत्रः आफ्ना कुरा प्रष्ट र सरल ढंगले राख्नुस् । कतिपय वक्ताहरू मञ्चमा उक्लेपछि आफ्ना कुरा श्रोता र दर्शकको भावनामा चोट नपरोस् भनी शिष्टतापूर्वक अभिव्यक्त गर्न चाहन्छन् । त्यसक्रममा कहिलेकाहीं उनीहरू सोझ्ै भन्दा पनि कुरालाई अलि घुमाउरो गरी राख्छन् । अनि कुनै बेला चाहिं उनीहरू श्रोतालाई तथ्यांकै तथ्यांकमा पुरिदिन्छन ताकि तथ्याङ्क आफैंले केही सन्देश दिउन् । तर, यसो गर्दा श्रोताहरू अक्सर नराम्रोसित अल्मलिन्छन् ।

राम्रा भाषण र प्रस्तुतिले श्रोतालाई सन्देश पछ्याउन लगाउँदैनन् । तिनको चूरो कुरा छर्लङ्ग हुन्छ जसलाई प्रष्ट र जोडदार आवाजमा तर्क, विश्लेषण र आवश्यक तथ्याङ्कका साथ प्रस्तुत गरिएको हुन्छ । हुन सक्छ सबै प्रष्टताका बावजूद पनि श्रोताहरू तपाईंको निष्कर्षसँग सहमत नहुन सक्छन् । तर, गोलमटोल ढंगको प्रस्तुतिमार्फत उनीहरूलाई अन्योलमा पार्नुभन्दा असहमत नै सही, प्रष्ट बनाउनु उत्तम हो ।

दोस्रो सूत्रः आफ्ना श्रोतालाई सकेसम्म थाहा नभएका कुरा सुनाउनुस् । जब कुनै म्यानेजर कार्यकारी वा बोर्डसमक्ष आफ्ना कुरा राख्न आउँदा हामीले पहिले नै कुनै स्रोतबाट थाहा पाइसकेको कुरा फलाक्न थाल्छ, त्यो बेला म छक्क पर्छु । मैले अनगिन्ती वक्ताले आफ्ना भाषणहरूमा चल्तीका उक्ति र कथनहरूलाई आफ्नै जसरी प्रस्तुत गरेको पनि सुनेको छु ।

जब तपाईं कुनै समूह वा भीडका सामु बोल्नुहुन्छ, तपार्इंको एउटा उद्देश्य उनीहरूलाई तरङ्गित पार्ने हुनुपर्छ । तपार्इंले उनीहरूलाई त्यस्ता सूचना वा प्रसंग सुनाउनुपर्छ, जुन उनीहरूले चनाखो बनेर सुनिरहुन् । तर, यस्तो गर्न विना तयारी सम्भव छैन । किनकि, भाषण गर्नु भनेको कुनै सूचना वा दृष्टिकोण अरूका कानसम्म सर्लक्क पु¥याइदिनु मात्र होइन, जुन कुरा उनीहरू टाउको हल्लाउँदै सुनून् तर चाँडै बिर्सिउन् । राम्रो भाषणले त लामो समयसम्म पनि उनीहरूको मथिङ्गललाई रोमाञ्चित पारिरहन सक्नुपर्छ ।

तेस्रो सूत्रः आफूभित्रको जोशलाई उम्लिन दिनुहोस् । श्रोताले जहिले पनि ऊर्जाशील, विचारवान तथा तार्किक वक्तालाई रुचाउँछन् । आफूभित्रको ज्वाला श्रोताहरूमाझ् विस्फोट गर्दा तपाईंको पोल्टामा हानि भन्दा बढी लाभ नै धेरै पर्न आउँछ । यसबाट तपाईं आफ्नो विषयप्रति कतिसम्म निष्ठावान हुनुहुन्छ भन्ने पनि पुष्टि हुन्छ ।

हिजोआज म बोलिरहँदा मेरो ध्यान मनैदेखि उम्लिरहेका हरफहरूमाथि हुन्छ । उदाहरणका लागि, म्यानेजरहरूका लागि मेरो सबैभन्दा महŒवपूर्ण सन्देश– उनीहरूले आफ्ना कर्मचारीको मन छोउन् भन्ने हुन्छ । आफ्ना कर्मचारीका चासोका विषयप्रति संवेदनशील बनिदिंदा काममा उत्प्रेरणा थपिन जान्छ । यस कुराप्रति अत्यन्तै सचेत व्यक्ति भएकाले मैले एक पल्ट म्यानेजरहरूसित कड्केरै भनिदिएँ, “यदि तिमीहरू आफ्ना निम्ति काम गर्नेहरूका लागि नै दिक्कलाग्दो बनिरहेका छौ भने सबैभन्दा पहिले आफ्नै गालामा चड्कन हान ।”

तर यो कुरा म्यानेजरहरूका लागि मात्र होइन, सार्वजनिक रूपमा बोल्ने वक्ता माथि पनि लागू हुन्छ । यदि तपाईं आफ्ना श्रोताहरूका लागि पट्यारलाग्दो हुनुहुन्छ भने आफैंलाई चड्कन हान्नुहोस् । किनकि, श्रोतालाई दिक्क पार्नुहुँदैन, भाषणले त उनीहरूलाई रमाइलो गरी कुरा भन्न र बुझउन सक्नुपर्छ । यो कुरा असम्भव पनि होइन । आफ्ना भनाइलाई जटिल नबनाउनुहोस् । सन्दर्भ र दृष्टिकोणका माध्यमबाट श्रोताको मस्तिष्कलाई अरू फराकिलो पारिदिनुहोस्, भाषण आफैं राम्रो हुन्छ ।

सबैभन्दा महŒवपूर्ण कुराचाहिं, सार्वजनिक भाषण र प्रस्तुति वक्ता र श्रोता दुवैका लागि रोमाञ्चक बन्न सक्नुपर्छ । राम्रा भाषण र प्रस्तुतिमार्फत तपाईं आफ्नो करिअरको ग्राफलाई झ्न् झ्न् माथि उकास्न सक्नुहुन्छ । सफल वक्ताले पाउने सबैभन्दा ठूलो पुरस्कार यही हो ।

(जनरल इलेक्ट्रिकका पूर्व प्रमुख वेल्च हाल आफ्नै नामको म्यानेजमेन्ट इन्ष्टिच्यूटका कार्यकारी अध्यक्ष छन् ।)

भाषान्तरः शेखर खरेल

https://www.linkedin.com/pulse/giving-presentation-three-ways-leave-your-fingerprint-jack-welch

commercial commercial commercial commercial