अभिभावक आफैं उदाहरण बन्ने

एउटा बच्चा जन्मनु, बढ्नु, हुर्कनु, ज्ञान, बुद्धि, विवेक प्राप्त गर्नुमा— उसको घर नै पहिलो पाठशाला हो भने घरपरिवारका सदस्यहरू पहिलो गुरु हुन् । यसकारण बच्चाको व्यक्तित्व निर्माणमा घरपरिवारको प्रमुख भूमिका हुन्छ । दण्ड–सजाय बालबालिकामा अन्तरनिहित प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व विकासको प्रमुख बाधक हो । बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड नदिइकन पनि बढाउन–हुर्काउन सकिन्छ । त्यसनिम्ति निम्न कुराहरू ध्यानमा राख्नुपर्छः
१.    बालबालिकाको सिकाइ जन्मदेखि नै शुरू हुन्छ । उनीहरूलाई सानै उमेरदेखि कुनै काम लगाउनु पर्दा प्रोत्साहन गर्ने गर्नुपर्दछ । त्यसबाट उनीहरूभित्र आत्मविश्वास विकास हुँदै जान्छ । उदाहरणको लागि स्याबास, राम्रो ग¥यौ, आदि ।
२.    अभिभावकरू बच्चाको व्यक्तित्व विकासको नमूना बन्नुपर्छ । किनकि सानो उमेरको बच्चाले आफ्ना बाबुआमा तथा अन्य घर परिवारका सदस्यले गरेको व्यवहारको सिको वा नक्कल गर्ने गर्दछन् ।
३.    बालबालिकाले कुनै काम गर्दा बिग्रन सक्छ, त्यस्तो अवस्थामा गाली भन्दा सम्झउने÷बुझउने गर्नुपर्दछ ।
४.    बालबालिका ज्यादै उत्सुक हुन्छन्— हरेक चिज जान्न खोज्ने, बुझन खोज्ने, प्रयोग गर्न खोज्ने । के हो ? कसरी ? भन्ने जिज्ञासा राख्छन् । त्यस्तो अवस्थामा झ्र्को नमानी आवश्यक जवाफ दिनुपर्दछ ।
५.    बच्चाहरू फरक–फरक व्यक्तित्व, क्षमता, रुचि तथा प्रकृतिका हुन्छन्, एक बच्चालाई गरिने व्यवहार उस्तै तथा उही तरीकाले अर्को बच्चामाथि गरिनुहुँदैन वा स्वाभिमानमा चोट पुग्ने कुनै कार्य गर्नुहुँदैन ।
६.    अभिभावकले छोराछोरीबीच विभेद हुने कुरा कहिल्यै गर्नुहुँदैन, किनकि जसलाई विभेद गर्न खोज्यो उसले आफू तिरस्कृत भएको महसूस गर्न सक्छ ।
७.    बालबालिकाको व्यवहारको सूक्ष्म मूल्याङ्कन गरौं, गलत आदत हटाउन रचनात्मक उपायहरू खोजांै, माया गरौं, विश्वास गरौं, यसो गरे हुन्छ कि ? उसो गरे हुन्छ ? यसरी कि उसरी विकल्प दियौं । असल व्यक्तित्व तथा राम्रो वाक्यको प्रयोग गरौं, जस्तै तिमीले गर्न सक्छौ ! तिमी असल छौ आदि ।
८.    बालबालिकाप्रति नम्र र साथी जस्तै व्यवहार गर्नुपर्छ । घरपरिवारको सुख–दुःखमा उनीहरूको सहभागिता खोज्नु पर्दछ । किनकि यसो गरिएमा पछि गएर उनीहरू आफ्ना हरेक कुरा अभिभावक समक्ष राख्न सक्छन् ।

रचनात्मक सुधारका केही उपाय

१. विद्यालय जान नमान्ने
सामान्यतया ३ देखि ६ वर्षसम्म विद्यालय जाने प्रारम्भिक अवस्था हो । शुरू–शुरूमा बालबालिका विद्यालय जान मन गर्दैनन् किनभने बच्चाहरू अभिभावकसँग टाढा र एक्लोपन महसूस गर्छन् । अभिभावकहरूले भए भरको बल लगाउने, कसैले पिट्ने, गाली गर्ने, डर देखाउने गरेको पाइन्छ । तर मैले निम्न गर्ने गरेको छुः
क) सकारात्मक धारणाको विकासः विद्यालय दण्ड–सजाय दिने स्थान हो भनेर कहिल्यै भन्नुहुँदैन । ‘तिमी जस्ता साना–साना नानीहरूले रमाई–रमाई पढ्ने, खेल्ने, गाउने तथा नाच्ने स्थान हो’ भनेर बताउने र पढी–लेखी असल मानिस भइन्छ भन्ने उदाहरण दिने ।  
(ख) असल मित्रः शुरू–शुरूमा बालबालिकासँगै आफू पनि विद्यालय जाने । विद्यालय गई, ‘देख्यौ तिमी जस्तै नानीहरू कसरी रमाई–रमाई खेलिरहेका’ भनी अवलोकन गराउने । विद्यालय जाने आदत नपरुञ्जेल उनीहरूलाई विद्यालय लान÷ल्याउन सघाउने ।
(ग) दबाबः भर्खर विद्यालय जान थालेका बालबालिकाहरूलाई विद्यालय जानुपर्छ भनेर पटक–पटक दबाब दिनुहुँदैन । छिटो–छिटो होमवर्क गर भनेर प्रेसर दिनु पनि राम्रो होइन, विस्तारै बानी बसाल्ने कोशिश गर्नुपर्दछ ।
(घ) मायाः बालबालिकाहरूलाई माया, ममता र ढाडस दिनुपर्दछ तर धेरै पुलपुल्याउनु भने हुँदैन ।
(ङ) बालमैत्री वातावरणः विद्यालय र कक्षाकोठाको वातावरण बालमैत्री हुनु आवश्यक हुन्छ; तब मात्र विद्यालयप्रति बालबालिकाको सकारात्मक धारणा विकास गर्न मदत पुग्दछ ।
(च) प्रोत्साहन र प्रशंसाः बालबालिकाले आफूले गरेको कुनै कार्यको स्वामित्व तथा प्रशंसा खोज्ने गर्दछन् । त्यसकारण उनीहरूले गरेका राम्रा कामको प्रशंसा गर्न पछिपर्नु हुँदैन ।

२. धेरै टिभी हेर्ने समस्या
मनोरञ्जन बालक, युवा तथा वृद्धा सबैलाई मन पर्दछ । त्यसमा बालबालिकाले टिभी हेर्न खोज्नु स्वाभाविक हो । तर बालबालिकाहरूलाई बढी टिभी हे¥यो भनेर ठाडै दण्डसजाय दिनेतिर लाग्नुहुँदैन । बरु उपयुक्त समय तालिका बनाएर विभिन्न कार्यक्रम हेर्न दिएमा ‘अर्ति’ को समस्याबाट मुक्ति पाउन सहज हुन्छ । यसका निम्ति तलका बुँदा ध्यानमा राख्नु उचित हुन्छः
–    टिभी हेर्न निर्धारित समय तालिका बनाउने र परिवारका सबै सदस्यले त्यसको पालना गर्ने ।
–    परिवारका सबै सदस्य मिलेर टिभी हेर्ने । टिभी हेर्दा बालबालिकालाई काम लाग्ने, सन्देशमूलक कार्यक्रम हेर्ने । समय–समयमा उनीहरूको जिज्ञासाको झ्र्को नमानी सम्बोधन गर्ने ।
–    टेलिभिजन बालबालिकाले पढ्ने÷लेख्ने कोठामा राख्नु उपयुक्त हुँदैन । अथवा, राख्नै पर्ने भए बालबालिकाले पढ्ने÷लेख्ने बेलामा टिभी खोल्नुहुँदैन ।
–    अभिभावक स्वयं नमूना बन्न सक्नुपर्दछ । आफू चाहिं टिभी हेरिरहने तर बालबालिकालाई ‘पढ, लेख, यस्तो काम गर’ भन्नु राम्रो होइन । बालबालिकामा ‘आफूले हेर्नु हुने, मैले चाहिं किन हेर्न नहुने ?’ भन्ने जिज्ञासा पैदा हुन्छ ।
–    बढी टिभी हेर्दा हुने हानि–नोक्सानीको बारेमा बालबालिकालाई बताउने ।
–    टिभी हेर्न निर्धारित समय तालिकाको पालना गर्नेहरूलाई प्रशंसा तथा प्रोत्साहनको व्यवस्था गर्ने ।

३. गृहकार्य गर्न नमान्ने
कतिपय बच्चाहरू गृहकार्य गर्न नमान्ने, गर्नु परे झ्गडा गर्ने र बच्चा विद्यालय नजाला कि भन्ने भयले अभिभावक आफैंले गृहकार्य गरिदिने चलन पनि छ । कतिपय अभिभावकले आफ्नो गृहकार्य गर्नमा सहयोग गर्न नसक्दा पनि बच्चाहरू गृहकार्य गर्न नमान्ने अवस्था देखिएको छ । कहिलेकाहीं अभिभावकले सिकाएको कुरा शिक्षकले गलत भनिदिनाले पनि बालबालिकाले आफ्नो अभिभावकप्रति अविश्वास गरेको पाइएको छ ।

समस्याको रचनात्मक समाधान कसरी ?
–    घरमा रमाइलो वातावरण बनाउने, बालबालिकालाई पढ्न तथा लेख्न उत्साहित गर्ने र आफूले पनि आफ्ना बच्चाहरूप्रति बढी समय दिने ।
–    गृहकार्य दिंदा उसको क्षमता, रुचि अनुसारको गृहकार्य दिने ।
–    बालबालिकाको वास्तविक समस्या पहिचान गरी मनोवैज्ञानिक उपचार गर्ने ।
–    गृहकार्य गर्ने; पढ्ने, खेल्ने र टिभी हेर्ने समय तालिका बनाई कार्यान्वयन गर्ने ।
–    समयमा गृहकार्य गर्ने बालबालिकालाई प्रोत्साहन तथा सकारात्मक पृष्ठपोषण दिने, जस्तै धन्यवाद आदि ।
–    गृहकार्यमा विविधता ल्याउने जसले गर्दा बालबालिकामा नयाँपनको आभास हुन जान्छ ।
–    गृहकार्य र पढाइ वातावरण मिलाउने सन्दर्भको लागि अभिभावकले चनाखो भई घरायसी कार्यबोझ् कम गरिदिने आदि ।

४. चोरी गर्ने
साना–साना बालबालिकाहरू राम्रो देख्नासाथ नयाँ सामानप्रति आकर्षित हुन्छन् । उनीहरूमा त्यस्ता सामान लिन पाए हुन्थ्यो भन्ने भावनाको विकास हुन्छ र सल्लाह विनै सामान लिने गर्दछन् । यस्तो प्रवृत्तिलाई चोरीको संज्ञा दिइन्छ । अभिभावकले उचित समयमा ध्यान नदिंदा वा सही मार्गदर्शनको अभावबाट यो लतको सिर्जना भएको पाइन्छ ।

केटाकेटीहरू जन्मँदै राम्रो वा नराम्रो आदत लिएर जन्मने गर्दैनन् । पालनपोषणको क्रममा आफूभन्दा ठूलाले गरेको प्रभाव र नक्कलबाट खास आदतको शुरूआत हुने गर्दछ । समयमै ध्यान पु¥याउन सके खराब आदतको रोकथाम सम्भव छ तर दण्डसजायले यसको समाधान दिंदैन । खराब आदत न्यूनीकरणको लागि निम्न उपायहरू अपनाउन सकिन्छः

–    अभिभावकले बालबालिकाको लागि आफैं नमूना बनेर अनुकरणीय व्यवहार प्रस्तुत गर्ने ।
–    बालबालिकाको आधारभूत आवश्यकताहरू पूरा गरिदिने ।
–    नैतिक शिक्षालाई व्यावहारिक रूपमा लागू गर्ने ।
–    विभिन्न क्रियाकलापहरू जस्तै नाटक, कथा, कविता आदि माध्यमद्वारा चोरी गर्नु राम्रो होइन भन्ने चेतना जगाउने ।
–    पकेट खर्च दिने ।
–    बालबालिकाको झेलामा कुनै नौलो वस्तु कहाँबाट कसरी आयो भनी जानकारी लिने र जसको हो उसैलाई फर्काउन आग्रह गर्ने ।
–    चोरी गर्न आदत परेका बालबालिकाहरूलाई शारीरिक सजाय दिनुभन्दा चोरी गर्नु अपराध हो भन्ने भावना जगाउने । चोरी गर्नुको कारण पत्ता लगाई त्यसलाई हटाउन सहयोग गर्ने ।
–    मनोवैज्ञानिक परामर्शदाताको सहयोग लिने ।

५. झ्ूट बोल्ने
झ्ूट बोल्ने एउटा नराम्रो बानी हो । यसरी झ्ूट बोलाइ आदतको रूपमा विकास हुँदा थप समस्या आउन सक्छ । झ्ूट बोल्नुको पछाडिका केही कारणः
–    गृहकार्य नगर्दा सजाय पाउने डरले ।
–    असत्यलाई सत्य बनाउने प्रयास ।
–    कुनै काम गर्ने इच्छा नहुँदा नहुँदै बाध्य बनाइएमा ।
–    घरमा अनावश्यक कडा अनुशासन भएमा ।
–    साथीभाइको अगाडि फुर्ती लगाउन आदि ।

समाधान कसरी ?
–    बालबालिकासँग अभिभावकहरूले कहिल्यै झ्ूट नबोल्ने । अभिभावक आफैंले नमूना बनेर असल व्यवहार प्रस्तुत गर्ने ।
–    घरको वातावरण रमाइलो दण्ड मुक्त राख्ने ताकि आफ्नो समस्या बालबालिकाले प्रष्टसँग राख्न सकुन् ।
–    कुसंगतबाट झ्ूट बोल्न सिकेको भए त्यस्ता साथीहरूको संगतबाट टाढा राख्ने ।
–    खेल एवं कथा कहानीको माध्यमबाट झ्ूट बोल्नुहुँदैन भन्ने शिक्षा दिने ।
–    झ्ूट बोल्ने सम्झउने÷बुझउने र सामान्य दण्ड स्वरूप सिर्जनात्मक कार्य गर्न लगाउने जस्तै बिरालो, कुकुर जस्ता जनावरहरूको आवाज नक्कल गर्न लगाउने ।

(बालज्योति नेरा प्रावि, पुजा–४, प्यूठान)

commercial commercial commercial commercial