बाल–आत्महत्या डिप्रेसन मात्र कारण होइन

अमेरिकामा हालसालै गरिएको एक नयाँ अनुसन्धानले १२ वर्षभन्दा कम उमेरमा आत्महत्या गर्ने बालबालिकामा ध्यान वा एकाग्रता न्यून हुने समस्या (Attention Deficit Disorder-ADD) नामको बिमार पाइएको जनाएको छ ।

किशोरावस्थामा आत्महत्या गरेका दुईतिहाइ बालबालिकामा अवसाद (Depression) मुख्य समस्या रहेको पनि पाइएको छ ।

सन् २००३ देखि २०१२ सम्ममा आत्महत्या गर्ने अमेरिकाका १७ वटा राज्यका ५–११ वर्ष उमेर समूहका ८७ बालबालिका र सोही समयावधिमा आत्महत्या गर्ने १२–१४ वर्षका ६०६ बालबालिकाको तुलनात्मक अध्ययनबाट सो तथ्य बाहिर आएको हो ।

पेडियाट्रिक्स जर्नलमा प्रकाशित उक्त अनुसन्धान अनुसार दुवै उमेर समूहका एकतिहाइ बालबालिकामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ ।

आत्महत्या रोकथामका लागि भएका प्रयासहरू मुख्यतया उदासीनता भएका बालबालिकाको पहिचान गर्न केन्द्रित रहेको भए पनि यो रणनीतिले मात्रै कम उमेरमै आत्महत्याको जोखिममा रहेका बालबालिकाको समस्या सम्बोधन गर्न नसक्ने खुलासा भएको छ ।

उक्त अध्ययनका एकजना लेखक तथा चिकित्सक जेफ्री ब्रिज भन्छन्, “हामीले कम उमेरका बालबालिकाको व्यवहारका संकेतहरूमा बढी ध्यान पु¥याउनुपर्छ ।” अमेरिकी आत्महत्या रोकथाम संगठनका अनुसन्धान उपप्रमुख जिल हार्केभी फ्राइडमेन सहमति जनाउँछन्, “आत्महत्याको जोखिममा रहेका सबै व्यक्तिलाई अवसाद नै भएको हुन्छ भन्ने छैन ।”

डा. ब्रिज भन्छन्, “यो अध्ययनले बालबालिकाको आत्महत्याको प्रमुख कारक ‘एडीडी’ नै हो भन्ने तथ्य स्थापित नगरे पनि बालबालिकाका आत्महत्याहरू आवेगात्मक हुने धेरै सम्भावना हुन्छ ।” अन्य विज्ञहरू भने यति थोरै बालबालिकामा गरिएको अध्ययनलाई आधार मानेर निष्कर्ष निकाल्न नसकिने बताउँछन् ।

आत्महत्या शास्त्र सम्बन्धी अमेरिकी संगठनका प्रमुख डेबिड एन. मिलर उक्त अध्ययनले ध्यान नपु¥याइएको जनसंख्याप्रति ध्यानाकर्षण गराएको भए पनि आवेगले बालबालिकाको आत्महत्यामा त्यति ठूलो भूमिका खेल्छ भन्ने कुरामा सहमत छैनन् । उनी भन्छन्, “आवेगले आत्महत्यामा ठूलो भूमिका खेल्दैन भन्ने प्रशस्त आधार छन् ।”

हार्वर्ड चिकित्सा स्कूलका एसोसिएट प्रोफेसर तथा बालमनोचिकित्सक डा. नान्सी रपापोर्ट भन्छिन्, “ध्यान वा एकाग्र न्यूनताको शंका गरिएका सबै बालबालिकामा सो समस्या नभएको पनि हुन सक्छ । १२ वर्षभन्दा कम उमेरमा द्विध्रुवीय विकार (Bipolar Disorder) को निदान नहुन पनि सक्छ । त्यसैले ध्यान न्यूनता र द्विध्रुवीय विकारका बीचमा अनुसन्धाताहरूमा भ्रम वा द्विविधा उत्पन्न भएको पनि हुन सक्छ ।”

हालै प्रकाशित नयाँ रिपोर्टका अनुसार आत्महत्या गर्ने बालबालिकामध्ये प्राथमिक विद्यालय जाने उमेरका ३७ प्रतिशत बालबालिका काला जातिका रहेका छन् भने १२ प्रतिशत बालबालिका मात्र गोरा जातिका रहेको पाइएको छ ।

उक्त अध्ययनमा साना बालबालिकाले आत्महत्या पूर्व गरेका क्रियाकलाप, घटना र परिस्थितिहरूको विस्तृत वर्णन गरिएको छ । प्रायः बाल–आत्महत्याका घटनामा आत्महत्या पूर्व बालबालिकाको आफन्तजन वा साथीसँग झ्गडा भएको पाइएको छ । करीब एकतिहाइ बालबालिकाले विद्यालयमा कुनै न कुनै कठिनाइ वा समस्या झ्ेलेको र लगभग त्यति नै बालबालिकाले तत्काल संकटको सामना गरेको पाइएको छ ।

“साना बालबालिकासँग झ्गडा वा द्वन्द्व सुल्झउने, आफ्ना भावनाबारे कुरा गर्ने अथवा समाधान खोज्ने शब्दहरू हुँदैनन्” डा. हार्केनी भन्छन् । उनका अनुसार आफ्ना नानीहरूलाई, “के तिमीलाई अब नबाँचौं जस्तो लागेको छ ?” भनेर सोध्न सकिन्छ ।

यसले उनीहरूको मनमा आत्महत्याको विचार रोप्दैन बरू कुराकानीलाई थप सहज बनाउँछ ।

अध्ययनमा समावेश गरिएका करीब ७०० बालबालिकामध्ये झ्ण्डै ३० प्रतिशत बालबालिकाले कसै न कसैसँग आफूलाई आत्महत्याको विचार आएको बताएका थिए । जुनसुकै उमेरको मानिस होस् आत्महत्याको विचार आउनुलाई गम्भीर रूपमा लिनु जरूरी हुन्छ । त्यस्तै बालरोग विशेषज्ञ, अभिभावक र विद्यालयसँग सम्बन्धित व्यक्तिहरूले बालबालिकासँग यस विषयमा छलफल गर्नु महŒवपूर्ण हुन्छ ।

“हामीलाई थाहा छ, प्रायः केटाकेटीहरू आफैंले आत्महत्याको सोचबारे बताउँदैनन्” डा. मिलर भन्छन्, “तर हामीले सोध्यौं भने अवश्य बताउने छन् ।”

(द न्यूयोर्क टाइम्स; १९ सेप्टेम्बर २०१६ बाट)

भाषान्तरः दीपक नेउपाने

commercial commercial commercial commercial