क्रियापद

“अनुकरणात्मक, युग्मक र ध्वन्यात्मक शब्दहरूमा नेपाली भाषा अत्यन्तै धनी छ । संसारका धेरै अरू समृद्ध भाषाहरूभन्दा पनि अधिक छन् हामीसँग त्यस्ता शब्द” भन्थे विद्वान् कोशकार, सरदार नरेन्द्रमणि आ.दी., त्रिचन्द्र कलेजका पहिला नेपाली प्रिन्सिपल । त्यस्ता शब्दहरूको प्रारम्भिक नमूनास्वरूप एउटा सानो मसिनो किताब समेत प्रकाशित गरेका थिए उनले २०२६ सालमा ‘हाम्रा युग्मक र ध्वन्यात्मक शब्द’ भन्ने । त्यो कार्य त्यतिकै रोकियो, अघि बढेन उनको अस्वस्थताका कारणले । त्यसलाई अलि अघि बढाए विराटनगरका प्राज्ञ नरेन्द्र चापागाईले त्यसको २५ वर्षपछि । २०५१ सालमा उनको ‘नेपाली अनुकरणात्मक शब्द’ भन्ने किताब छापिएको फेला पर्छ ।

ध्वन्यात्मक, अनुकरणात्मक तथा युग्मक शब्दहरूमा नेपाली भाषा तुलनात्मक रूपमा अरू भारोपेली भाषाहरूभन्दा धनी भएजस्तै हाम्रा क्रियापदहरू पनि अलि व्यापक छन् कि भन्ने लाग्छ मलाई । एउटै क्रिया जनाउन पनि वैकल्पिक रूपमा हामी धेरै प्रकारका शब्द प्रयोग गर्छौं, अथवा उही शब्दलाई पनि बढाइ–चढाइ–उचाइ थप्दै लान्छौं । अंग्रेजीको त कुरै छाडौं मैले जानेका अरू भारोपेली भाषामा पनि क्रियापदहरूको त्यो पौल छैन । यो हाम्रो भाषाको एउटा विशेषता नै हो कि जस्तो लाग्यो र यो कलम चलाउने जमर्को गरेको हुँ । यद्यपि, पाठकहरूले यत्ति बुझ्दििनुपर्छ— यो ‘स्तम्भकार’ यस विषयको विशेषज्ञ होइन, उल्ले त आफ्नो लामो जीवनक्रममा आफूले सुनेर बुझ्ेका र बटुलेका केही अनुभव बाँड्न खोजेको मात्र हो ।

सबभन्दा पैले हामीले नगरी नहुने एउटा महŒवपूर्ण कामको क्रिया, ‘खानु’ बाटै शुरू गरूँ । खाने कामका लागि नेपालीले कति तहका क्रियापद प्रयोग गर्छन् गनी हेरौं । खायो, खाई, खाए, खाइन्, खानुभयो, खाइबक्सियो (र त्यसैको संक्षेपीकरण, खाइस्सियो) र ज्युनार भयो । यो त साधारण खाने कुरा मात्र भयो । त्यसैको अझ् तल्लो स्तरमा जाऊँ । घिच्यो, घिची, घिच्नुभो, घिचिस्यो । अझ् तल जाऊँ । हस्यु¥यो, हसुरी, हसुर्नुभो, हसुरिस्यो, ढाडियो, ढाडिस्यो । कति भयो ? हिन्दीमा या अंग्रेजीमा यी शब्दलाई उस्तै गरी उतार्न सकिन्छ ? सकिन्न । मैले कोशिश गरिहेरें । त्यति मात्र होइन, मैले यो ‘खाने’ कुरामा अझ् अलिकता खोजिपसें । व्यंग्य गर्न या गिज्याउन पनि पाइँदो रहेछ यो ‘खाँदा’ त ! हेरौं न । यो ‘भोजन’ हुँदो रहेछ, ‘नैवेद्य’ हुँदो रहेछ । कैले ‘एकै गाँस’ भएर जाँदो रहेछ यो, कैले चाहिं ‘कृष्णार्पण’ भैदिंदो रहेछ ! अनि, नेठ्सम्म नेठेपछि कोही उग्राउँदो पनि रहेछ । अरू कति भनौं ?

मुखबाट भित्र जाने प्रक्रियामा त्यति विधि क्रियापद देखिए हाम्रा भने मुखबाट बाहिरिने के के हुँदो रहेछ ? ‘भन्ने’ क्रिया या ‘भन्नु’ क्रियापद नै हेरौं । भन्यो, भनी, भने, भनिन्, भन्नुभयो, भनिबक्सियो (भनिस्सियो), मर्जीभयो र हुकुमभयो । गणतन्त्र आएपछि पछिल्लो एउटालाई ड्याग लाग्यो । तर त्यो लागे पनि कोशमा रहेको यसको स्थान सुरक्षित नै रहन्छ । ‘अप्रचलित’ भन्ने विशेषण जोडिएर यो रहिरहन्छ, रहोस् । तर, मुखबाट बाहिरिने सन्देशवाहक वस्तु त ‘भन्नु’ ले मात्र भ्याउँदैन । कुरा अरू पनि हुन्छन्, कुराहरू पनि हुन्छन् । कुरा गर्नु, कुराकानी गर्नु, बातमार्नु, गफ गर्नु, गफगाफ गर्नु, कराउनु, चिच्याउनु, फलाक्नु, गर्जनु मात्र होइन; प्रलाप गर्नु, विलाप गर्नु इत्यादि पनि ‘भन्नु’ क्रियाकै पर्यायवाची शब्द हुन् । यी शब्दहरूमा कति त यस्ता छन् जसलाई उल्था गर्नु प¥यो भने माथि भनेजस्तै एकले पुग्दैन अनेक शब्द जुटाउनु पर्छ ।

नेपाली भाषा कति समृद्ध छ कतिपय कुरामा भन्ने देखाउन यी दुइटा क्रियापद मात्र उदाहरणका रूपमा हामीले हे¥यौं । यस्तै गरेर कैयौंको अध्ययन गर्न सकिन्छ, गरिहेरे हुन्छ विद्वानहरूले । हामी चाहिं यो प्रकरण टुंग्याउनेतिर जाऔं ।

माथि हामीले ‘ज्युनार’, ‘मर्जी’ र ‘हुकुम’ जस्ता आदरार्थी अथवा अचेलको भाषामा दरबारिया शब्द बोल्यौं । तर दुःख लागे पनि भन्नुपर्छ साँच्चैका दरबारिया शब्द भने नेपाली भाषाबाट अब हराएका छन् । ती शब्द अब बोलिन्नन् । अलिकति त नजानेरै हो । अनि अरू चाहिं प्रयोग गर्ने ठाउँ नपाएर पनि ती बिर्सिइँदै गएका हुन् । मेरो भाग्यले मैले भने केटाकेटी बेलादेखि नै दरबारिया भाषासँग खेल्न पाएँ । मैले बोल्नु प¥यो त्यसैले बिस्तारै सिक्दै जानु प¥यो । मेरा हजुरबा, भाषाविद् तथा कोशकार राममणि आ.दी. आफैं दरबारिया हुनुहुन्थ्यो । तथापि उहाँले समेत राजमाता (श्रीपाँच) बाट दुईचार ओटा नेपाली दरबारिया शब्द सिक्नु परेको थियो । यो कुरा उहाँले आफ्नो आत्मकथामा लेख्नुभएको छ । ‘जुर्राफ’ र ‘लबस्तरी’ जस्ताका शब्दार्थ उहाँलाई स्वयं श्रीपाँचले दिनुभएको थियो रे उहाँको ‘मणिकोश’ मा राख्न । त्यस्तै हाम्रा ऐलेका कोशकारहरूलाई पछि काम लाग्लान् भनी मैले बाल्यकालमा सिकेका केही शब्द र अर्थ यहाँ तल दिंदैछु ।

मान्छे जन्मेदेखि मरेसम्मका लागि प्रयोग हुने नेपाली दरबारिया क्रियापद, मैले सम्झ्ेसम्मका यी हुन्ः जन्मे= पैदा भयो; नुहाइदिए= स्नान गराए; तेल लगाइदिए= तेल्हारी गराए; सुते= (सुतिबक्स्यो होइन) सुकलाभो; उठे= जागाभो; खाए= ज्युनारभो, मुते= सुचीभो; हगे= दिसाभो; दूध खुवाए= बुबु ज्युनार गराए; आए÷गए= सवारीभो; बसे= राजभो; उठे (खडा भए)= उठिबक्स्यो; बिरामीभए= आरामभएन; निको भए= आरामभो; मोटाए= गाथलाग्या; पेट बोकिन्= दुईज्यूभो; जन्माइन्= पैदा गरिबक्स्यो; बान्ता गरिन्= वमनभो; मरे÷मरिन्= स्वर्गेभो; जलाए÷पोले= दाहाभो; इत्यादि ।

यो एउटा सानो फिरिस्त मात्र हो । बनाउने हो भने हाम्रो नेपाली दरबारिया शब्दको एउटा छुट्टै कोश बन्न सक्छ । हाम्रो भाषा कति धनी रहेछ भन्ने बुझ्न्थ्यिो । तर के गर्नु ? अब त त्यस्तो कोश बने नै पनि त्यसलाई ‘हाम्रा विलुप्त शब्दहरू’ भन्ने नाम दिनुपर्नेछ । अब ती नबोलिने भैसके !

(स्तम्भकारको अप्रत्याशित निधनका कारण यो लेखसँगै ‘हाम्रा शब्दहरू’ स्तम्भको अधुरो यात्रा यहीं टुंगिएको छ । स्तम्भकार क.दी. अमर रहुन् ! – सम्पादक)

commercial commercial commercial commercial