सामुदायिक अध्ययन केन्द्रमार्फत जीवनपर्यन्त सिकाइ

सरकारले शिक्षामा सुधारका लागि निरन्तर प्रयास गरेको भए तापनि नेपालले अझ्ै समस्या झ्ेलिरहेको छ । शिक्षाले धेरै क्षेत्र ओगट्न सकेको छैन । शिक्षामा समतामूलक पहुँच छैन (खासगरी उच्च शिक्षा र प्रौढ शिक्षा तथा तालीममा) । शिक्षाको गुणस्तर कमजोर छ । प्रौढ साक्षरता दर न्यून छ र अधिकतम बालबालिका आधारभूत शिक्षा पूरा नगरी बीचैमा विद्यालय छाड्छन् ।

घोक्ने, परीक्षालाई केन्द्रमा राखेर पढ्ने, पढाउने र निजी शिक्षा अत्यन्त खर्चिलो हुने नेपाललगायत अन्य केही एशियाली देशको नीतिगत चिन्ताको विषय बनेको छ । व्यापक प्रयास र उल्लेख्य लगानी हुँदाहुँदै पनि विद्यालय उमेरका बालबालिकाको ठूलो सङ्ख्या माध्यमिक तहको शिक्षा पनि पूरा नगरी बीचैमा विद्यालय छोड्छन् । यसले शिक्षामा प्रणालीगत रूपमा नै एउटा बलियो वैकल्पिक उपायको अति नै खाँचो रहेको देखाउँछ— जहाँ सिकारुका लागि पर्याप्त लचकता अपनाइएको होस् र जसले गर्दा सबैले सिकाइ प्रक्रियामा सहभागी भई आफ्ना सिकाइ आवश्यकता पूरा गर्ने अवसर प्राप्त गर्न सकून् । यस सन्दर्भमा जीवनपर्यन्त सिकाइ सबै उमेरका मानिसका निम्ति उपयोगी हुन सक्छ । यसबाट व्यक्ति र सिङ्गो समाजलाई नै ठूलो फाइदा पुग्न सक्छ ।

जीवनपर्यन्त सिकाइको अवधारणा
नेपालमा जीवनपर्यन्त सिकाइलाई आधिकारिक रूपमा परिभाषित नगरिएको भए पनि सरकारी नीति तथा योजनालाई आधार मान्दा जीवनपर्यन्त सिकाइ अरीतिक, अनौपचारिक र औपचारिक शिक्षाका माध्यमबाट जीवनभर गरिने सिकाइ हो । जसले सिकाइका लागि सिकारुको क्षमता, माग र रुचिमा जोड दिन्छ, जुन समय र परिस्थिति अनुसार परिवर्तन भइरहन्छन् (आचार्य, सन् २०१४) । जीवनपर्यन्त सिकाइ सापेक्षिक हुन्छ । विकसित देशहरूले जीवनपर्यन्त सिकाइलाई भूमण्डलीकरण अनुरूप ‘ज्ञानको अर्थतन्त्र’, आर्थिक उत्पादकत्व र सक्रिय नागरिकतासम्बन्धी मुद्दाहरू सम्बोधन गर्न प्रयोग गरेका छन् । तर, नेपाल जस्ता विकासशील राष्ट्रहरूले जीवनपर्यन्त शिक्षालाई साक्षरताको विकास, आत्मनिर्भरता, सामाजिक हित र आयआर्जनको माध्यमका रूपमा लिएका छन् (शिक्षा मन्त्रालय, सन् २०१५) । यसलाई नेपालमा दमनमा परेकालाई सशक्तीकरण गर्ने माध्यमका रूपमा पनि लिइएको छ । नेपाली समाजमा जीवनपर्यन्त सिकाइ जान्नका लागि सिकाइ, गर्नका लागि सिकाइ, बन्नका लागि सिकाइ र मिलेर बस्नका लागि सिकाइको अनौपचारिक वा अरीतिक प्रक्रियाको निरन्तर यात्राका रूपमा रहेको छ (युनेस्को, सन् १९९६) ।

जीवनभर सिक्न सक्ने र समाजमा भइरहेको विकाससँग घुलमिल हुँदै अगाडि बढ्न मानिसले सिकाइलाई निरन्तरता दिइरहनुपर्नेमा जीवनपर्यन्त सिकाइले जोड दिन्छ । काम गरेर खाने कम शिक्षित समूह, विद्यालयबाहिर रहेका युवा, थप शिक्षा लिन चाहेका तर विद्यालय वा शैक्षिक संस्थामा गएर शिक्षा लिन नसक्ने मानिसहरूले खुला तथा दूर शिक्षा जस्ता लचक र सिकाइका वैकल्पिक माध्यमको उपयोग गरी जीवनपर्यन्त सिकाइमा सहभागी हुन सक्छन् । राष्ट्रिय नीति तथा प्रणालीले सबै सिकारुलाई जुनसुकै योग्यता र स्थानका भए पनि भेदभाव नगरिकन सिकाइको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

त्यसका लागि सूचना तथा सञ्चार प्रविधिको खाँचो पर्छ र सामाजिक, सांस्कृतिक र कार्यगत जीवनका औपचारिक, अनौपचारिक र अरीतिक पक्षहरू समाविष्ट भएको एउटा नयाँ विषयको खाँचो पर्छ । जीवनपर्यन्त सिकाइले यो खाँचो पूरा गर्छ । जीवनपर्यन्त सिकाइ प्रणालीले तीन ओटा सिद्धान्तलाई जोड दिन्छ ः (१) जीवनपर्यन्त सिकाइका विभिन्न स्वरूपहरूको क्रम, (२) सिकाइका औपचारिक, अनौपचारिक र अरीतिक माध्यमहरूबीचको अन्तरक्रिया र एकीकरण जसले गर्दा जीवनका हरेक क्षेत्र (विद्यालय, कार्य क्षेत्र, सामाजिक र व्यक्तिगत जीवन) मा सिकाइ विस्तार गर्न सकिन्छ; र (३) खुला तथा दूर शिक्षाको उपयोग गर्ने जीवनपर्यन्त सिकाइको नयाँ कार्य ढाँचालाई सिकाइको राष्ट्रिय मूल्याङ्कन, प्रमाणीकरण र मान्यतासहित मूलधारको शिक्षाको एउटा महŒवपूर्ण अंगका रूपमा अवलम्बन गरिनुपर्छ (शर्मा, सन् २०११) ।

नेपालको सन्दर्भमा जीवनपर्यन्त सिकाइका केही आधारभूत तŒवहरू प्रस्तुत गर्न सकिन्छ ः १) जीवनपर्यन्त सिकाइको आधारशिलाका रूपमा साक्षरता, (२) मानिसले जीवनभर सिक्न सक्छ भन्ने विश्वास र यसको वास्तविकता, (३) सफल जीवनका लागि आवश्यक पर्ने सीप, ज्ञान र अभिवृत्ति हासिल गर्न सहयोग गर्ने प्रयासहरू, (४) सिकाइ विभिन्न माध्यमबाट र विभिन्न ठाउँमा हुन सक्छ । जस्तै, औपचारिक शैक्षिक संस्थाका माध्यमबाट र रोजगार, नागरिक सहभागिता, खुला तथा दूर शिक्षा र स्वसञ्चालित अरीतिक क्रियाकलाप जस्ता अनौपचारिक÷अरीतिक अनुभवहरूबाट पनि सिकाइ हुन सक्छ; र (५) व्यक्तिगत भिन्नताअनुसार एकीकृत सहयोगी प्रणालीको आवश्यकता जसले व्यक्तिलाई दक्षता र आत्मनिर्णयको क्षमता हासिल गर्न प्रेरित गर्छन् । सरकारले सिकाइका खुला, लचक र विविध माध्यमहरू सिर्जना गर्नुपर्छ र यस्तो सिकाइको मूल्याङ्कन र प्रमाणीकरण गर्दै मान्यता दिनुपर्छ ।

जीवनपर्यन्त सिकाइ स्थल
कुनै पनि सामुदायिक अध्ययन केन्द्रको मुख्य उद्देश्य भनेको सबैका लागि जीवनपर्यन्त शिक्षाका माध्यमबाट व्यक्तिलाई सशक्तीकरण गर्ने, साक्षरता प्रवद्र्धन गर्ने, समुदायको विकास गर्ने र समुदायका सदस्यहरूको आयमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउने हो । अर्को शब्दमा, सामुदायिक अध्ययन केन्द्रको मुख्य जोड मानिसलाई न्यून आय (इन्कम पोभर्टी) र न्यून क्षमता (क्यापाबिलिटी पोभर्टी) सँग जुध्न सक्ने बनाउनु हो । यस सन्दर्भमा सामुदायिक अध्ययन केन्द्रले सुविधाबाट बञ्चित, पिछडिएका र सीमान्तकृत समूहहरूलाई सिर्जनशील हुन, विश्लेषणात्मक हुन, उत्पादनशील हुन र आफ्नो निर्णय आफैं गर्न सक्ने बनाउन नयाँ क्षेत्र प्रदान गर्छ ।

सामुदायिक अध्ययन केन्द्र स्थानीय व्यक्तिहरूको अधीनमा हुन्छ । यसको व्यवस्थापन र सञ्चालन पनि उनीहरूले नै गर्छन् ।

उनीहरूले आफ्ना आवश्यकता सम्बोधन हुने सिकाइ क्रियाकलापहरू आयोजना गर्छन् । सामुदायिक अध्ययन केन्द्रलाई समुदायभित्रका मानिसहरूको सिकाइ केन्द्रका रूपमा लिइन्छ । यसले जनसहभागिता, विविध किसिमका शैक्षिक क्रियाकलाप र व्यक्तिगत विकासमा जोड दिन्छ । सामुदायिक अध्ययन केन्द्रले अनुभवमा जोड दिन्छ । त्यसैले यसले पाठ्यक्रमलाई स्थानीय जीवन पद्धतिसँग जोड्छ । यसले सबैको पहुँचयोग्य खुला र सिकारु केन्द्रित विधि र स्व–सिकाइमा जोड दिन्छ । यसले विभिन्न तहका शैक्षिक तथा तालीम कार्यक्रम प्रदान गर्छ र यसका लागि शैक्षिक प्रविधि र सिकाइका स्रोतसाधनको प्रयोग गर्छ । तसर्थ सामुदायिक अध्ययन केन्द्र सिकाइको एउटा सशक्त स्थल बन्न सक्छ । यसले सबैका सिकाइ आवश्यकता पूरा गर्न सक्छ ।
देशका विभिन्न भागमा सञ्चालित १३ ओटा सामुदायिक अध्ययन केन्द्रको सञ्चालन सफल भएपछि यसबाट प्रेरित भई युनेस्कोले सन् २००३ मा मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा सामुदायिक अध्ययन केन्द्रको विस्तार कार्य शुरू ग¥यो ।

सामुदायिक अध्ययन केन्द्रको सम्भाव्यता सकारात्मक हुने ठानी यसले अनौपचारिक शिक्षा र साक्षरताका माध्यमबाट स्थानीय मानिसको सशक्तीकरण गर्न सकिने भन्दै नेपाल सरकारले त्यतिवेला कायम रहेका २०५ निर्वाचन क्षेत्रमध्ये प्रत्येकमा एउटा सामुदायिक अध्ययन केन्द्र स्थापना गर्ने निर्णय ग¥यो । परिणामतः सबैका लागि शिक्षा कार्यक्रम २००४–२०१५ (शिक्षा मन्त्रालय, सन् २००३) र विद्यालय क्षेत्र सुधार योजना २००९–२०१५ (शिक्षा मन्त्रालय, सन् २००९) ले पनि स्थानीय समुदायलाई सिकाइका अवसरलगायत अन्य स्थानीय विकासका सम्भावनाहरू खुला राख्न विशेष गरी ग्रामीण क्षेत्रमा सामुदायिक अध्ययन केन्द्रहरूको सङ्ख्या वृद्धि गर्नुपर्ने सिफारिश ग¥यो । नेपाल सरकार, गैरसरकारी संस्था र युनेस्को नेपालको पहलमा सामुदायिक अध्ययन केन्द्रहरूको क्रमशः विस्तार भइरहेको छ । सन् २०१५ सम्ममा देशमा २ हजार १२० ओटा सामुदायिक अध्ययन केन्द्रहरू सञ्चालनमा रहेका छन् (अनौपचारिक शिक्षा केन्द्र, सन् २०१५) । तीमध्ये अधिकांश ग्रामीण क्षेत्रमा रहेका छन् । सामुदायिक अध्ययन केन्द्रको महŒव दिनानुदिन बढ्दै गएको देखिए तापनि मानिसमा सामुदायिक अध्ययन केन्द्रको स्पष्ट अवधारणा अझ्ै भइनसकेको अवस्था छ ।

जीवनपर्यन्त सिकाइ प्रवद्र्धन
सामुदायिक अध्ययन केन्द्रले समुदायका हरेक व्यक्तिलाई सिकाइका विभिन्न उपायहरू देखाउँदै लचकता, विकल्प र सिक्ने विभिन्न माध्यम खुला राख्छ । सामुदायिक अध्ययन केन्द्रमा सिकाइमा लचकता हुने र विभिन्न माध्यममा शिक्षण हुने हुँदा यसले जीवनपर्यन्त सिकाइको महŒव बढाएको छ । भौगोलिक दूरी, समय र शैक्षिक तहले जीवनपर्यन्त सिकाइको पहुँचमा बाधा पु¥याउँदैन । सामुदायिक केन्द्रले खुला र दूर शिक्षामार्फत सहयोग गर्ने नयाँ जीवनपर्यन्त सिकाइ कार्यक्रमले विभिन्न शैक्षिक संस्था र कार्यक्रमहरूबीचमा बृहत् सामञ्जस्यता र समन्वयको आधार खडा गर्छ । यसले अझ् राम्रो र अझ् लचकदार सिकाइका माध्यम सिर्जना गर्छ । यसले आधारभूत शिक्षा, उच्च शिक्षा, व्यावसायिक शिक्षा र प्रौढ शिक्षाका साथै श्रम बजारलाई एकअर्कामा जोड्छ । सिद्धान्ततः यसले विद्यालय, प्रारम्भिक शिक्षा साथै प्रौढ शिक्षा, व्यावसायिक शिक्षा र तालीम संस्था, विश्वविद्यालय, ट्रेड युनियन र उद्योग व्यवसाय जस्ता विभिन्न सरोकारवालाहरूलाई रचनात्मक बहस गर्न प्रेरित गर्छ (टोरेस, सन् २०१४) ।

सामुदायिक अध्ययन केन्द्रहरूले समुदायका सबै सदस्यहरूका सिकाइ आवश्यकता सम्बोधन गर्न सक्छन् किनभने ः (क) सामुदायिक अध्ययन केन्द्रहरूको व्यवस्थापन र सञ्चालन समुदायका सदस्यले नै गर्छन् र उनीहरूले अपनत्वको महसूस गर्छन्; (ख) सामुदायिक अध्ययन केन्द्रका कार्यक्रमहरू आवश्यकतामा आधारित हुन्छन् र समुदायका सदस्यका सिकाइ आवश्यकता पूरा गर्न ती कार्यक्रमहरू सञ्चालन गरिन्छ; (ग) सिकाइ क्रियाकलापहरू विभिन्न विकल्पहरूको प्रयोग गर्न मिल्ने गरी लचकदार हुन्छन् जसले गर्दा विद्यालयबाहिर रहेका युवा, काम गर्ने महिला तथा पुरुष र सिक्न चाहने सबै सिकारुका सिकाइ आवश्यकता पूरा हुन्छन्; (घ) सामुदायिक अध्ययन केन्द्रहरूले प्रारम्भिक बाल विकासदेखि विश्वविद्यालयसम्मका सिकाइ अनुभवहरू प्रदान गर्छन् साथै जीवनोपयोगी सीप सिकाइका अनुभव र युवा तथा प्रौढका लागि आयआर्जनका सीपहरू सिकाउँछन्; (ङ) समुदायका प्रत्येक सदस्यका सिकाइ आवश्यकता पूरा हुने गरी साक्षरता, औपचारिक, अनौपचारिक र अरीतिक सिकाइ विधिहरू एकीकृत गर्छन्; (च) खुला र दूर सिकाइ, वेबमा आधारित सिकाइ, सिकाइ स्रोत केन्द्र, काममा आधारित सिकाइ क्रियाकलाप आदिका माध्यमबाट शिक्षण सिकाइका लचक विधिमा सिकारुका इच्छानुसारका विभिन्न शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन गर्छन्; (छ) बचत तथा ऋण समूह सञ्चालन गर्छन्, सहकारी सञ्चालन गर्छन्, उत्पादनशील उद्योग व्यवसाय सञ्चालन गर्न सिकाउँछन्, समुदायका सदस्यहरूले आपूmलाई आवश्यक जानकारी तथा सिकाइका स्रोतहरू प्राप्त गर्न सक्ने सूचना केन्द्र सञ्चालन गर्न सक्छन्; (ज) सम्बन्धित मन्त्रालय र विभागसँग सहकार्य र नेटवर्क विस्तार गरी कृषि विस्तार, स्वास्थ्य शिक्षा तथा सेवा, उद्योग व्यवसायको विकास र अन्य उपयोगी सेवाहरूको समुदायस्तरमा प्रबन्ध गर्न सक्छन्; र (झ्) विद्यालय जाने बालबालिकालाई विद्यालय बाहेकका समयमा सिकाइमा सहयोग गर्न सक्छन् ।

चुनौती
विभिन्न सम्भावना हुँदाहुँदै पनि नेपालमा सामुदायिक अध्ययन केन्द्रहरूका केही चुनौती र सीमितताहरू छन् । सामुदायिक अध्ययन केन्द्रहरूले आर्थिक अभाव झ्ेलिरहेका छन् । सिकाइ पूर्वाधारहरू पनि राम्रा छैनन् । पर्याप्त स्रोतसाधन, बलियो नीतिगत व्यवस्था र कानूनी आधार अनि नागरिकको सक्रिय सहभागिता र अति समर्पित व्यवस्थापन समूह भए मात्र सामुदायिक अध्ययन केन्द्रहरूले सबैका लागि जीवनपर्यन्त सिकाइ प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्न सक्छन् ।

यी आवश्यकताहरूको पर्याप्त व्यवस्था भएमा सामुदायिक अध्ययन केन्द्रहरूले जीवनपर्यन्त सिकाइसँग सम्बन्धित शैक्षिक कार्यक्रमहरू प्रदान गरी व्यक्तिलाई जिउन सहज बनाउँछन् । आफ्नो पूर्ण क्षमता विकास गर्न सघाउँछन् । सम्मानपूर्वक बाँच्न र काम गर्न सहयोग गर्छन् । विकासका काममा पूर्णरूपले सहभागी हुन सघाउँछन् । जीवनस्तर सुधार्न सहयोग गर्न सक्छन् ।

सुसूचित निर्णय गर्न र सिकाइलाई निरन्तरता दिन सहयोग गर्छन् ।

सामुदायिक अध्ययन केन्द्रको विकासमा समुदायका सबै सदस्यको सचेतना निर्माण गर्नु तथा सक्रिय सहभागिता सुनिश्चित गर्नु र यसको प्रगति अनुगमन गर्नु चुनौतीपूर्ण कार्य रहेको छ । कार्यक्रममा समुदायको सहभागिता र कार्यक्रमको छनोट, योजना, कार्यान्वयन र अनुगमनमा उनीहरूको संलग्नतालाई सामुदायिक अध्ययन केन्द्रका क्रियाकलापहरूको प्रवद्र्धनका लागि अत्यावश्यक मानिन्छ । यसका अतिरिक्त, सामुदायिक अध्ययन केन्द्रमा सहभागी हुनेहरूको सशक्तीकरण र समावेशिता सामुदायिक अध्ययन केन्द्रमा आधारित जीवनपर्यन्त सिकाइ कार्यक्रमका लागि एउटा महŒवपूर्ण पक्ष हो । तर, समुदायका सबैलाई सिकाइ प्रक्रियामा कसरी सामेल गराउने र उनीहरूका लागि सामुदायिक अध्ययन केन्द्रलाई स्रोतसाधन सम्पन्न कसरी बनाउने भन्ने कुरा चुनौतीको विषय हो ।

जीवनपर्यन्त सिकाइलाई औपचारिक सिकाइले ओझ्ेलमा पारेको छ । नेपालमा यसलाई त्यति धेरै चासो दिइएको छैन ।

यसलाई नीतिगत दस्तावेजहरूमा पनि स्पष्ट उल्लेख गरिएको छैन । न त राष्ट्रियस्तरमा नै परिभाषित गरिएको छ । तसर्थ, साक्षरता, प्रौढ शिक्षा र जीवनपर्यन्त शिक्षाको एउटा विस्तारित दृष्टिकोण निर्माण गर्नु आवश्यक छ । जीवनपर्यन्त सिकाइको महŒव बुझउन सरकारलाई कसरी सहयोग गर्ने र अनौपचारिक शिक्षा र जीवनपर्यन्त शिक्षाका लागि आर्थिक स्रोत बढाउन कसरी घचघचाउने भन्ने कुरा अर्को चुनौतीको विषय हो ।

अनौपचारिक र अरीतिक सिकाइलाई मान्यता दिन र वैधता प्रमाणित गर्न राष्ट्रिय योग्यता प्रणाली छैन । नेपालले जीवनपर्यन्त सिकाइको प्रणालीगत रूपमा विकास गर्न सकेको छैन । राष्ट्रिय योग्यता प्रणाली नभएको अवस्थामा अनौपचारिक÷अरीतिक सिकाइ प्रक्रियामा सहभागी भई सिक्न सिकारुलाई प्रेरित गर्न सकिएको छैन । सिकाइका विभिन्न स्रोतहरू, स्व–अध्ययन प्याकेज, तालीमप्राप्त सहजकर्ता, सूचना तथा सञ्चार प्रविधिसहित कम्प्युटरबाट सिक्ने विधिलगायत सुविधासम्पन्न खुला सिकाइ स्रोत केन्द्र जीवनपर्यन्त सिकाइका लागि चाहिने आवश्यकताहरू हुन् । प्रत्येक सामुदायिक केन्द्रमा यिनको व्यवस्था गर्नुपर्छ । सबै सामुदायिक अध्ययन केन्द्रमा सिकारु केन्द्रित सिकाइ स्रोत केन्द्र सञ्चालन गर्न शुरूमा ठूलो लगानी चाहिन्छ ।

commercial commercial commercial commercial