रोम रोममा बस्ने गुरु !

परापूर्वकालमा, जुन दिन कक्षामा मैले अंग्रेजी र गणितका अप्ठ्याराहरू बुझ्निँ, त्यही दिनदेखि मेरो पढाइको दुर्गतिको दिनगन्ती शुरू भएको थियो । मैले त्यही बेला ‘सर ! मैले यहाँ यो कुरा बुझ्निँ, कृपया मलाई बुझइदिनुस् !’ भन्न सकेकी भए निश्चय नै वर्षौं वर्ष मानसिक तनाव खेप्नु पर्थेन । र गुरुका पारखी नजरले पनि ‘यो केटीले केही बुझ्निजस्तो छ है !’ भन्ने ठम्याएर थोरै अतिरिक्त समय खर्चेर मलाई तत्कालै बुझइदिएका भए अहिले म यो दुःखेसो हैन शानदार विद्यार्थी कालको चर्चा गरिरहेकी हुन्थें ।

“लिखितम् .... जिल्ला सप्तरी, प्रगन्ना फत्तेपुर–प्रमाणपुर, वार्ड नम्बर–१ मा बसोवास गर्ने फलानाको नाति, ऐ ऐ फलानोका छोरा श्री फलाना, आगे ....”

पहाडे कागतमा यस्तो बेहोराका चंगाजस्ता लाम्चा अक्षरमा लेखिएका एक–दुई तमसुक सानैदेखि देख्दै आइरहेकी थिएँ ।

उहिलेको दामी बिस्कुटको चारकुने सानो टीनको बट्टा थियो हामीसँग, आमाले भनेअनुसार शायद सानोमा मैले खाएको ‘गुल्कोस्’ बिस्कुटको होला । त्यही टीनको कन्तुरमा आमाले महŒवपूर्ण कागजपत्र राख्नुहुन्थ्यो । ती कागजातमा जग्गाधनी लालपुर्जा, मालपोतका रसिद, नागरिकता प्रमाण–पत्र, कपाली तमसुक, बुवाको नागरिकताको अस्थायी निस्सा आदि हुन्थे ।

फत्तेपुर–प्रमाणपुरको सानो बजारछेउ एउटा धरमभकारी थियो । बाल्यकालको सम्झ्नामा त्यही धरमभकारीको चाक्लो बरण्डामा बसेर केटाकेटीले समवेत घोकेको दृश्य सजीव भएर आउँछ, ‘दु एकान् दु, दु दुनी चार ...।’ बच्चाहरूको त्यो झ्ुण्डमा म पनि हुन्थें । नजिकैको प्रहरी चौकीमा मेरा बुवा हवल्दार हो कि असई हुनुहुन्थ्यो । मास्टरजी हुनुहुन्थ्यो, भेलु झ डाक्टरका भाइ बलराम झ । सोही कालखण्डमा हत्केलामा कर्चीले सट्काएर घोकाइएको १५ सम्मको पहाडा अद्यापि कण्ठस्थ छ मलाई, भलै उच्चारणमा मधेशी हरकको नोस्टाल्जिया बल्झ्न्छ ।

जन्मथलो राजविराजमा तीन वर्षकी हुँदा मलाई बुवाले शिशु कक्षामा हाल्दिनुभको रे ! साधारणतया, तीन वर्षका कुरा बच्चाहरू सम्झ्ँदैनन् क्यार, तर मलाई झ्ल्याकझ्ुलुक् याद छन् । सिलोटमा खरीले कोरेको र स्कूलले दिएको दुई चार थान कापी र केही शिशाकलम घर ल्याएको घटना स्मृतिमा टड्कारै छन् । त्यसपछिको फ्ल्यासब्याक पूरै सादा छ । मानसपटलमा यादको क्रमलाई धरमभकारीमा चिच्याई–चिच्याई पढेको दृश्यले जोड्छ, शायद म त्यतिबेला कक्षा एकमा थिएँ ।

बुवाको धरान सरुवा भएपछि मलाई त्यहाँ कक्षा तीनमा भर्ना गरियो । तीन कक्षाबाट अंग्रेजी पढाइ शुरू हुन्थ्यो । तीन र चार कक्षा धरानमै पढें । त्यतिन्जेल पढाइ खासै गाह्रो लागेको थिएन । समस्याको थालनी त्यो बेला भयो जब फेरि फत्तेपुरमै ल्याएर मलाई पाँच कक्षा नपढाई ६ कक्षामा भर्ना गरियो । अङ्ग्रेजीको अप्ठ्यारो उति सम्झ्न्नँ तर गणितले त्यही बेलादेखि तर्साउन थाल्यो । जोडघटाउको खड्गो त सजिलै कटाएकी थिएँ, तर जब गुणन र भागाका अंकहरूबीच दशमलव ढसमस्सिन थाल्यो, भएभरको बल लाएर पनि मैले दशमलवरूपी मिहीन थोप्लोलाई नाघ्न सकिनँ । अनि त हात उठाएँ । त्यसमाथि थपिए ल.स., म.स. । त्यसपछि त मेरो बुद्धिमा ठप्पै बिर्को लाग्यो । जसोतसो ६ कक्षा पास भएँ, शायद गुरुहरूले दया गरेर ग्रेस मार्क दिए ।

सात कक्षामा भर्ना हुने बेला, दमक सरुवा हुनुभएका बुवाले फेरि मलाई आफूसँगै लानुभो र दश वर्षकी फुच्ची मलाई आठ कक्षामा भर्ना गरिदिनुभो । बुवा सरुवा हुनुभएका स्थान र फत्तेपुरबीच आतेजाते गरेर मेरो उमेरका तीन चार वर्षहरू फुर्मासी खर्च झ्ैं बेमतलव मासिएका थिए । छिप्पिएका आठ कक्षाका सहपाठीसामु जहिल्यै आफूलाई दीनहीन पाउँथें । उनीहरू कोहीसँग झयामिन सकिनँ । पढाइमा तेज भएकी भए शायद थोरै शिर उठाउने हिम्मत गर्थें तर पढाइमा, उमेरमा र कदकाठीमा पनि सारै सानी आफूलाई स्कूले परिवेशमा ‘एलियन’ नै लाग्थें ।

दमकको आठ कक्षाको पढाइ मेरा निम्ति लज्जा, असुरक्षा र हीनताबोधको पर्याय बनेको थियो । झ्ण्डै ६ महीनापछि परिवारमा परेको बज्रपातका कारण मेरो पढाइ रोकियो र मलाई फत्तेपुर नै फर्काइयो । बुवासँग दमक नगएर फत्तेपुरमै घरबारी सम्हाल्न थाल्नुभएको थियो आमा । म धरमभकारीको ट्यूसने हुँदैखेरि बुवाको सञ्चित तनखा र आमाको नाककान बुच्याएर सानो घरखेतको जोरजाम गरिएछ । त्यही बेलादेखि सप्तरीको प्रगन्ना फत्तेपुर–प्रमाणपुर हाम्रो स्थायी थातथलो बनेछ ।

शिक्षाको गोरेटोमा भर्खर ताते गर्दै गरेको फत्तेपुरमा सात कक्षासम्म पढाइ हुने निमावि सञ्चालनमा थियो । गाउँदेखि १३ किमी परको कञ्चनपुरको हाईस्कूलमा फेरि कक्षा आठैमा भर्ना भएँ र दिनैपिच्छे घरबाट बसमा धाएर त्यहीं नै दश कक्षासम्म पढेजस्तो गरें । उहिल्यै धरमर भैसकेको मेरो अध्ययन र सिकाइको जगले शक्तिशाली भूकम्पजस्तो आठ, नौ र दश कक्षाका झ्ट्का थेग्न सकेन, फलस्वरुप मेरो शैक्षिक धरहरा गल्र्यामगुर्लुम ढल्यो, म एसएलसीमा फेल भएँ । त्यसपछिको एसएलसी परीक्षामा सामेलै भइनँ, पढाइप्रतिको मेरो उदासीनताले भयङ्कर वितृष्णाको रूप लियो । मलाई मोहभङ्ग भयो पढाइको नाउँसँग ।

पाठ्यपुस्तकमा घोत्लिएर दिमागलाई कष्ट दिनु भन्दा गाईगोठालो बन्नु हाइसञ्चो लाग्यो ।

फेरि एसएलसीको जाँच दिने जमर्को नगरेकी र परीक्षाको फारम भर्न दिएको पैसा चना–चट्पटे खाएर सकेकी मलाई देखेर आमा विरक्तिनुभएको थियो । र अबउसो छोरीले पढेर खाँदिन भन्ठानेर मन मारिसक्नुभएको थियो । त्यही मौका छोपेर साँझ्को घुर्मैलो अँध्यारोमा कुटुम्बहरू मलाई माग्न फाट्टफुट्ट हाम्रो घरमा आउन थालेका थिए । उति बेला तिनैमध्ये एक लाहुरेको हात समाएकी भए शायद म यति बेला हङकङ, ब्रुनाई वा युकेका गोर्खा कोलोनीमा दुईचार सन्तान स्याहारिराखेकी हुन्थें र कहिलेकाहीं फत्तेपुर सम्झ्ेर ‘सिकमानी’ हुन्थें । अथवा कुनै अलाहुरेको घरको भित्तो टाल्दै छोराछोरीका कर्म चलाउँदै हुन्थें ।

त्यो बाटो समातेकी भए शायद मैले जिन्दगीभर क्याम्पसको अनुहार देख्ने थिइनँ र शायद क्याम्पसका कक्षाहरूमा गुरुहरूले अङ्ग्रेजीमा लेखेर दिएका नोटहरू पढ्न र बुझन सक्दिनथें । शायद म अङ्ग्रेजीमा लेखिएका पूरै कोर्स बूकलाई सन्दर्भ सामग्रीका रूपमा पढेर नर्सिङ अध्ययन गर्न सक्दिनथें र ‘सङ्घर्ष’ नामको चरालाई चिन्दै नचिनी त्रि.वि., शिक्षण अस्पतालमा नर्सको सम्मानित जागिर खाँदिनथें । शायद म हेल्थ मेजर लिएर ताहाचल क्याम्पसमा पढ्दिनथें वा म राजनीतिशास्त्रकी विद्यार्थी बनेर काठमाडौंका अन्य कलेज धाउँदिनथें । शायद म अङ्ग्रेजी साहित्य कहिल्यै पढ्न सक्दिनथें र शायद म लेखक पनि बन्न सक्दिनथें ।

हो, म उल्लिखित कुनै एक सम्भावनामा दुरुस्त फेरिइसकेकी हुन्थें, यदि ऐन मौकामा रामनारायण सरले मेरो जीवनमा जबर्जस्ती प्रवेश नगर्नुभएको भए !

एक ब्याचले एसएलसी दिइसकेको फत्तेपुर माविका अङ्ग्रेजी शिक्षक रामनारायण सरको प्रसिद्धि र लोकप्रियता चुलिएको थियो । सरको नाउँसुवासबाट हदैसम्म प्रभावित मेरी आमाले उनैसँग ट्यूसन पढेर एसएलसीको जाँचमा पुनः बस्न मलाई करकर गर्न थाल्नुभो । आमाको मन राखिदिन रामनारायण सरसँग एक हप्ता ट्युसन पढे झ्ैं गरें, त्यसपछि ‘ह्या ! त्यो सरलाई पनि खासमा केही नआउँदोरछ !’ भनेर आमालाई सुनाउँदै ट्यूसन कक्षाको बीट मार्दिएँ ।

मैले त ट्यूसन छाडें तर रामनारायण सरले ज्यान गए मलाई छाड्नु भएन । भेटेपिच्छे सोध्नुहुन्थ्यो, ‘किन आउँदैनस् रे पढ्नलाई ?’

मसँग किसिम किसिमका उत्तर तयार रहन्थे, ‘सर ! घरमा काम बढेको छ अचेल’, ‘सर ! आजकल अलि सन्चो छैन’, ‘सर ! रोपाईं चलिरा’छ’, ‘सर ! मकै रुङ्न जानुपर्छ’ ... ।

तर सरको चित्त के बुझथ्यो ! छुट्टिंदा जहिल्यै कडा आदेश दिनुहुन्थ्यो, ‘यी सब बहानाबाजी छाडी दे ! खुरुक्क पढ्न आइहाल् !’

म मुर्मुरिन्थे भित्रभित्र । एकदम रीस उठ्थ्यो सरसँग । सोच्थें, ‘हैन, यो सरलाई किन यत्रो खस्खस् ? उनको स्कूलमा पढेकी उनकी विद्यार्थी पनि त हैन म ! बेकारमा किन यिनी टाउको दुखाउँछन् आफ्नो र मलाई पनि धुरुक्क पार्छन् ?’

एक दिन त आजित भएर मैले चिया दोकानमा गन्गन् गर्न थालेका सरलाई भनिदिएँ, “सर ! ट्यूसन पढ्ने साथीका अघिल्तिर मलाई अझ्ै लाजमर्नु हुनु छैन ।’

त्यति भनिसकेर चियामा पाउरोटी चोबल्दै खान थालें । आमा छेउमै बसेर चिया पिउँदै हुनुहुन्थ्यो, सर चियासँगै गम खान थाल्नुभो ।

मेरो पढाइप्रति आमा र रामनारायण सरको रातोदिनको कचकचका कारण मेरो चित्तले शान्ति गुमाइसके झ्ैं लाग्थ्यो ।

मानसिक द्वन्द्व मच्चिरहन्थ्यो मभित्र तिनताका । आफ्नै कमसल दिमाग र अज्ञानतालाई ढाकछोप गर्दागर्दा थाकिसकेकी थिएँ ।

आकाशको बरु कतै छेउ भेटिएलाजस्तो लाग्थ्यो तर मेरो समस्याको छेउटुप्पा अनन्तमा विलीन भएको थियो । नजान्ने विद्यार्थी हुनुजस्तो पीडा र अपमानबोध अर्थोक केही नहुनेरैछ, म एक किसिमको नैराश्यतर्फ सुस्तरी बढ्दै थिएँ । मेरो दुःखको पहाड सगरमाथाजस्तै लाग्थ्यो र यस कारण बढी विचलित र निरास हुन्थें कि, मेरो समस्या र मलाई कसैले बुझदै बुझदैन । उसो त, स्वयंले आफ्नो व्यथा बुझ्ेको ठोकुवा गर्न पनि सक्दिनथें, बस् मेरो दिमाग र बुद्धि धारिलो–तेजिलो छैन, त्यसैले अरूले जसरी मेरो बोधो मगजले ज्ञानगुनका कुरा टपक्क टिप्न सक्दैन भन्ने चाहिं महसूस हुन्थ्यो ।

चिया र गम खाइसकेपछि मेरो अनुहारमा हेर्दै सर हाँस्नुभो, ‘हेर् ! एक हप्ताको ट्यूसन पढेर घाटा केही भएन उल्टै नाफा भएछ । आफू भुस्कोल विद्यार्थी भन्ने त जानिस् कम् से कम् ?’

अपमानको पीडाले मेरा आँखा भरिए । बेन्चीबाट जुरुक्क उठें र टाउको निहु¥याएर चप्पलले भुईं कोट्याउन थालें ।

छोरीको आँसुले द्रवित बन्दै आमाले मुख फोर्नुभो, ‘सर ! यसले आमाको दूध पूरा खान पाइनँ, गाईको दूध र गुल्कोस् बिस्कुट खुवाएर हुर्का’को यसलाई । सानोमा दूधकट्वी भएर पो यसको दिमाख जाम भो कि ?’

‘दिमाग यसको बिलकुल ठीक छ !’ आमालाई आश्वस्त पार्नुभो सरले ।

अनि म नजिक आएर स्नेहसिक्त हातले मेरो केश सम्याउँदै भन्नुभो, ‘हेर् दैया ! मेरो कहा मान्, आ महीना दिन ट्यूसन पढेर हेर् ! सब चिन्ता छाडी दे खाली मेहनत गर्, काहे की हरेक मर्जको दवा छ दुनियामा । तँ सिर्पm सरमलाई मार् गोली आ नजानेको कुरा फटाक् से सोधी हाल् ! जडी कुरा बस् उही सरम हो, सरमलाई धोबीपछाड् दे आ बुझीहाल् की तेरो सब साथी पहिले सेम टु सेम तँजस्तै सर्माउने डरछेरुवा थियो ...’

‘अबुई ! हो र भनेको ?’ मनको दियोमा आशाको पाँचसुते जोरबत्ती धप्प बल्यो । आफ्नो अनुहारको उज्यालो आमाको अनुहारमा सरे झ्ैं लाग्यो । किन किन रामनारायण सरको बोलीमा एक पटक भर पर्न मन लाग्यो ।

त्यस पछि म नियमित ट्यूसन पढ्न थालें रामनारायण सरकहाँ । सरले पहिले मलाई अङ्ग्रेजीका माने घोकाउनु भो । त्यो कुन गाह्रो कुरा थियो र ! मैले सजिलै अङ्ग्रेजी शब्द–भण्डार बढाएँ । क्रमैसँग पार्टस् अफ स्पिच, टेन्स आदि सिकाउँदै जानुभो सरले । जगबाटै पढाइ थालिएकाले मलाई नबुझ्ेका कुरा बुझ्निँ भन्न अप्ठ्यारो पनि लागेन, त्यसमाथि हकार्पकार् नगरी जति समय लागे पनि धैर्यसाथ सम्झउने–सिकाउने सरको बानीले गर्दा ममा हीनताबोध कहिल्यै हावी हुन पाएन । भय र संकोचलाई जीउबाट टक्टक्याएर मिल्काइदिएँ र म निर्भय बनेर शिक्षा ग्रहण गर्न थालें । महीना दिनमा मैले टेन्स र भी वान्, भी टु र भी थ्री पानी बनाएँ ।

सरसँग पढेको एक महीना पुगेपछि मेरो गणित र विज्ञानको ट्यूसन पनि अंग्रेजी सँगसँगै चालू भयो । गणित र विज्ञानका सरहरूले पनि शुरूबाटै ती विषयहरू सिकाउन थाल्नुभो, शायद रामनारायण सरले मेरो कमजोरीबारे उहाँहरूलाई बताइदिनुभएको थियो । तीन महीनाको ट्युसनपछि आत्मविश्वास नाउँको सुखद् अनुभूतिले मेरो दुःखी आत्मालाई ‘तँ पनि अरू सरह पढ्न र बुझन सक्छस् !’ भनेर भरथेग गर्न थालेको थियो । सरहरूले मेरो समस्याको सही पहिचान गर्नुभएको थियो ।
बाफ रे ! ‘मैले पनि केही जानें, केही बुझ्ें’ भन्ने अनुभव सारै सुखद् हुँदोरैछ । आत्मविश्वास जागेपछि संसारका हरेक विषय र वस्तु सकारात्मक देखिंदारैछन् । मलाई पनि जीवन–जगतका पाटाहरू मोहक र सुन्दर लाग्न थालेका थिए । जम्माजम्मी ६ महीना ट्यूसन पढें । त्यो अवधिमा सरहरूले ममाथि निकै परिश्रम र समय खर्चिनुभो । मैले पनि जीउज्यानले मिहिनेत गरें ।

ट्यूसन कक्षा सकिए पनि नियमित अध्ययन र अभ्यास छाडिनँ । घरमा अब करकापले हैन रमाएर पढ्थें किनकि पढाइमा लगानी गरेको ऊर्जाको नतीजाले मलाई उत्साहित तुल्याउँथ्यो । पहिले त्यस्तो हुँदैनथ्यो । पाठ्यपुस्तकका जटिल प्रश्नका ताला कति नै बल गर्दा पनि खुल्दैनथे । थालनीमै बुझइको चाबी हराएपछि त्यसो हुनु स्वाभाविकै थियो । तर त्यति बेला मलाई यो गूढ रहस्य के थाहा ! आफ्नै लाटो बुद्धिका कारण मेरो दिमागमा केही नघुसेको भन्ठानेर दिग्दार हुन्थें ।

स्कूलको रेकर्डमा विद्यार्थीको रूपमा नाउँ दर्ता छ । स्कूल जानु–आउनु गरेको छ । पढेको पनि छ, विद्यालयको शुल्क पनि समयमा बुझएको छ, तर पढाइको नाउँमा केही नभएको खोक्रो र खाली टाउको बोकेर बाँचिरहेको विद्यार्थी नाउँको निरीह जीवको मानसिक अवस्था कति टिठलाग्दो हुन्छ भन्ने शायदै कसैले सोच्छ । कक्षामा गुरुले केही सोध्न खोजे उनको आँखामा नपरुँ भन्दै लास्ट बेञ्चमा बन्न बाध्य र कक्षा चलिरहँदा सहपाठीको टाउकोपछिल्तिर छेलिने ध्याउन्नमै सारा समय तुर्ने कमजोर विद्यार्थीको हीनताबोध र आत्मपीडा वर्णनातीत हुन्छ ।

म यस मानेमा भाग्यमानी लाग्छु आफैंलाई कि मैले जीवनको निर्णायक घडीमा रामनारायण सरजस्ता निस्वार्थी र गुणी गुरुको मार्गदर्शन पाएँ । त्यो पनि आफ्नो रहरले हैन, उहाँको करले । यसरी गुरुले नै जबर्जस्ती पढाएर सिकाएर शिक्षाको उज्यालो बाटोमा अघि लाइदिने सौभाग्य त मजस्ती विद्यार्थीले पुर्पुरोमा लेखाएरै ल्याएको हुनुपर्छ । शायद उहाँले ममा निहित सिक्ने क्षमताको भेउ पाउनुभएको थियो र चाहनुभो होला कि, गाईगोठालो गर्र्दैमा वा कलिलो उमेरमै बिहेबारी गरेर घर व्यवहार धान्दैमा भविष्यको एउटा राम्रो विद्यार्थीको जुनी नबितोस् ।

रामनारायण सरजस्ता परोपकारी गुरुहरू विद्यार्थीका रोम रोममा मीठो स्मृति बनेर आजीवन बस्दछन्, यस्ता गुरुलाई सम्झ्ँदा मात्र कृतज्ञताका मिहिन संवेदनाले आँखा भिज्छ र गर्वले शिर ठाडो हुन्छ । मलाई यस्तो प्रायः भैरहन्छ । जीवन भनेको सिकिरहनु हो र म हरेक सिक्ने–सिकाउने क्रममा र आफ्ना लेखनीहरूमा सरलाई भेटिरहेकी हुन्छु । कलेज पढ्दा धेरै पटक मैले शिक्षकको भूमिका निर्वाह गरेकी छु र सहपाठीहरूलाई नबुझ्ेका विषय बुझउन मद्दत पनि गरेकी छु । त्यस्ता विशेष बेलामा मनमनै म रामनारायण सरसँग प्रार्थना गर्थें, ‘सर ! मलाई आशिष दिनुहोस् ! हजुरले जस्तै विद्यार्थीको कमजोरी र समस्या बुझ्ेर सही उपचार गर्न सकूँ !’

रामनारायण सरसँग ट्यूसन पढ्न थालेको झ्ण्डै वर्ष दिनपछि कञ्चनपुरको हाईस्कूलबाट मैले सबै विषयमध्ये अङ्ग्रेजीमा सर्वाधिक ७१ अंक ल्याएर दोस्रो डिभिजनमा एसएलसी पास गरें । पछि गाइँगुइँ चलेको थियो, ‘कल्पनाले अंग्रेजीमा जिल्ला टप गरी !’

(संस्मरण, निबन्ध र कथा लेखनमा सक्रिय बान्तवाको उपन्यास ‘कायाकल्प’ प्रकाशित छ ।)

commercial commercial commercial commercial