पाठ्यक्रमले तोकेको पाठ्य घण्टी कहिल्यै पुग्दैन

१०) २०७१ मा लेखिएको छ— “एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय खुल्नेछ । प्रति विषय वार्षिक पाठ्यभार १७० हुनेछ र १०४ घण्टा मूल्याङ्कन सम्बद्ध क्रियाकलाप सञ्चालन गरिनेछ । माध्यमिक तहमा पठनपाठन सञ्चालनका लागि सामान्यतया ४५ मिनेटको एक घण्टी हुनेछ, तर विद्यालयले वार्षिक पाठ्यभार नघट्ने गरी ६० मिनेटको एक घण्टी पनि निर्धारण गर्न सक्नेछ । कुनै एक विषयको पठनपाठन सञ्चालनका लागि खर्च भएको कम्तीमा ३२ घण्टाको समयावधिलाई एक पाठ्य घण्टा (Credit hour) मानिनेछ ।”

पाठ्यक्रमले स्पष्ट रूपमा कुन पाठ्यवस्तुलाई कति क्रेडिट आवर दिने भनी किटान समेत गरिदिएको छ । त्यसअनुसार १ ग्रेड पोइन्ट (जीपी) बराबर ३२ घण्टा (क्रेडिट आवर) मानेर कुल ग्रेड पोइन्ट ४ हुँदा जम्मा १२८ घण्टा पढाउनुपर्ने व्यवस्था गरिएको छ । तर दैनिक पिरियड एक घण्टाको नभई ४५ मिनेटको मात्र हुँदा १२८ घण्टालाई सो बमोजिमको पिरियडमा बदल्दा १७० पिरियड हुन आउँछ । अर्थात् साप्ताहिक क्रेडिट आवर ६ भएको विषय १९२ पिरियड (दिन) पढाउनुपर्ने हुन्छ भने साप्ताहिक क्रेडिट आवर ५ मात्र भएको विषय माध्यमिक तहको एउटा विषयको निम्ति १७० (४५ मिनेटको) पिरियड तोकिएको छ ।

वर्षभरिमा कति पिरियड (दिन) पढाइ हुन्छ त ?
गत शैक्षिक सत्र (२०७२) मा चितवन जिल्लाको एउटा सामुदायिक विद्यालयमा भएका क्रियाकलापहरूको हरेक दिनको अभिलेख पात्रोमा राख्दै जाँदा चाखलाग्दो र अचम्मको नतीजा सामुन्नेमा आयो । उक्त विद्यालयले जिल्ला शिक्षा कार्यालयको क्यालेण्डर अनुसार नै वैशाखको ७ गतेसम्म भर्ना अभियान सञ्चालन गरी वैशाख ८ गतेबाटै कक्षा आरम्भ ग¥यो । चैत महीनामा पनि तोकिएकै दिनबाट वार्षिक परीक्षा सञ्चालन भई वर्षभरिको शैक्षिक क्रियाकलाप टुंग्यायो । तर समग्रमा एउटा विषयकै पढाइ सरदर १३० पिरियड मात्र हुन गएको छ । त्यसो हुँदा बाँकी ४० पिरियडको पाठ विषय शिक्षकहरूले कसरी पढाए होलान् ? एकै पिरियडमा तीन÷चार पिरियडको पाठ पढाइयो वा पढाउँदै पढाइएन ? जसरी तसरी कोर्स सिध्याइएको हो भने पनि के विद्यार्थीले ती पाठ राम्रोसँग बुझ्े होलान् ?

नेपाल सरकारले विद्यालय खुल्ने दिन २२० तोके तापनि उक्त सामुदायिक विद्यालय वर्षभरिमा २२४ दिन खुलेको देखिन्छ । अर्थात् सरकारी मापदण्ड भन्दा चार दिन बढी खुलेको छ । उक्त शैक्षिक सत्रमा एक दिन पनि बन्द, चक्काजाम जस्ता ‘बोनस बिदा’ पनि भएनन् । भूकम्पका कारण विद्यालय बन्द भएका दिनहरू पनि वर्षे बिदाको ५० दिन भित्रै समायोजन गरिएको थियो । परिणामतः साउन महीनामा ज्यादै थोरै दिन मात्र वर्षे बिदा लिएको देखिन्छ ।      

अब अर्को तथ्याङ्क हेरौं । सो विद्यालय २२४ दिन खुले तापनि त्यहाँ ७० दिन पढाइ हुन सकेन वा पाएन । नेपाल सरकारको पाठ्यक्रमले नजरअन्दाज गरेको अथवा वास्ता नगरेको गम्भीर कुरा यहींनेर छ । ती ७० दिनमध्ये ४१ दिन परीक्षा अर्थात् मूल्यांकन क्रियाकलापमा प्रयोग भए तापनि बाँकी २९ दिनको बारेमा पाठ्यक्रमले सम्बोधन गर्न सकेको छैन । वास्तवमा यसरी पनि विद्यालयमा करीब ३० दिन पढाइ हँुदैन । ती २९ दिनमध्ये कुनै पनि दिनलाई सो दिन गरिएको क्रियाकलाप घटाएर पढाइ हुने दिनमा गाभ्न मिल्ने सम्भावना देखिंदैन ।

तालिका–२ अनुसार जम्मा १५४ दिन वा पिरियड पढाइ भएको देखिन्छ । यो संख्या त हप्तामा ६ दिन नै पढाइ हुने विषयको लागि भयो । तर पाठ्यक्रमले कक्षा ९ र १० मा सबै विषयलाई हप्तामा ५ पिरियड मात्र तोकेको छ । अर्थात् यसो हुँदा १५४ दिन पढाइ हुने दिनमध्ये एउटा विषयले सरदर १४० पिरियड मात्र प्रयोग गर्न पाउँछ । यसरी १५४ बाट १४० मा झ्र्न गयो पढाइ हुने दिन । अर्को पढाइ हुने दिन घटाउने तŒव त झ्न् छँदैछ— शिक्षकले वर्षभरिमा पाउने पर्व विदा ६ दिन, अनौपचारिक बिदा ६ दिन र बिरामी बिदा १२ दिन गरी २४ दिन । ल बिरामी बिदा संचित गरेपछि रकम पाइन्छ, तर संचित नहुने, पैसा नपाइने पर्व र अनौपचारिक (१२ दिन) बिदा त लिनै प¥यो । यो बिदा पनि शिक्षकले लिएपछि त एउटा विषयको पढाइ हुने सरदर दिन १३० पिरियडमा कायम हुन आउँछ । यही हो वास्तविक पढाइ हुने दिन । सुत्केरी बिदा, सुत्केरी स्याहार विदा अनि काजक्रिया बिदा जस्ता बिदाहरूले पनि पढाइ हुने दिनलाई घटाउन भूमिका खेल्दछ नै ।

समस्या के हो त ?
१७० पिरियड पढाइ हुनुपर्नेमा १३० पिरियड मात्र पढाइ हुने गरेको पाइयो । बाँकी ४० पिरियडको पाठ विद्यार्थीले कहिले र कसरी पढ्न पाउने ? यस विषयमा आवश्यक बहस–विश्लेषण गरी उचित समाधान खोजिनु जरूरी छ । अन्यथा पाठ्यक्रमले तोके अनुसारको पिरियड (दिन) संख्या र वास्तवमा पढाइ हुने पिरियड (दिन) संख्याबीच तालमेल नमिलाई बनाइएको अव्यावहारिक वार्षिक पाठयोजनाको शिकार सधैं विद्यार्थी वर्ग भइरहनुपर्दछ । यसबाट निस्कने कमजोर नतीजाको अपजस चाहिं विषय शिक्षकले बोक्नुपर्दछ । यस्तो पाठ्यक्रम तयार पार्ने विज्ञ र तयार पार्न लगाउने निकाय चाहिं सधैं पानी माथिको ओभानो बन्ने क्रिया कालान्तरसम्म चलिरहन पाउनेछ ।

यसका असर के–के हुन् त ?
यसरी पाठ्यक्रमले तोके अनुसारको पिरियड (दिन) संख्याभन्दा वास्तवमा पढाइ हुने पिरियड (दिन) संख्या कम हुँदाहुँदै बनाइएको अव्यावहारिक वार्षिक पाठयोजना अनुसार गरिएको शिक्षण क्रियाकलापबाट यस प्रकारका असर निस्कन सक्दछन् ः
१)    पाठ्यक्रमले तोके बमोजिम १७० पिरियडको वार्षिक पाठयोजना शिक्षकले बनाएर पढाउँदा तथा माथि उल्लिखित कारणले गर्दा १३० दिन मात्र पढाउनु पर्दा, तोकिएका पाठहरू सिध्याउन नसकिने अवस्था आउँछ । यस्तो अवस्थामा शिक्षकले एकै पिरियडमा दुई वा तीन वटासम्म पाठहरू पढाएर कुदाउने गर्दछन् । शिक्षकले कोर्स त सिध्याएको हुन्छ तर विद्यार्थीले बुझ्ेको हुँदैन अर्थात् विद्यार्थीले चाहिं कोर्स सिध्याएको हुँदैन । जसले गर्दा धेरै विद्यार्थीलाई ग्रेस नम्बर दिई कक्षा उकास्नुपर्ने हुन्छ । उनीहरूमा सम्बन्धित विषयको आधारभूत ज्ञान समेत नहुँदा माथिल्लो कक्षामा विद्यार्थी र शिक्षक दुवैलाई पढ्न अनि पढाउन समस्या पैदा हुन्छ ।
२)    नेपाली, सामाजिक, स्वास्थ्य, जनसंख्या तथा वातावरण जस्ता घरैमा बसी स्वाध्ययन गरेर पनि केही गर्न (तर पूरा चाहिं हैन) सकिने विषय बाहेक अन्य विषयहरू अंग्रेजी, गणित र विज्ञान जस्ता विषयका लागि विद्यार्थीले अतिरिक्त कक्षा नलिई पाठ पूरा गर्न सम्भव नै छैन । यो समस्याको समाधान स्वरुप नेपालका विद्यार्थी कोचिङ वा ट्यूसनको नाममा अतिरिक्त कक्षा लिन बाध्य छन्, अभिभावकहरू अतिरिक्त आर्थिक व्ययभार बहन गर्न राजी छन् । तर यो समस्याको जड के हो ? समाधान के हो ? खोजी गर्न कोही तत्पर देखिंदैनन् ।

समाधानका उपाय के हुन सक्लान् त ?
१. कि त पाठ्यक्रममा भएको प्रति विषय वार्षिक पाठ्यभार १७० लाई घटाएर अनि सोही बमोजिम पाठ्यवस्तुलाई समेत समायोजन गरेर १३० मा झर्नुपर्दछ, कि त पढाइ हुने दिन बढाउने उपायको खोजी हुनुपर्दछ ।
२. पाठ्यक्रममा कुन पाठ्यवस्तु (content) लाई कति पिरियड (दिन) समय दिने भन्ने किटान गरिएको छ, तर यति मात्र पर्याप्त हँुदैन । पहिलो त्रैमासिकमा कुन–कुन पाठ्यवस्तु पढाउने अनि दोस्रो र अन्तिममा कुन–कुन पाठ्यवस्तु पढाउने भनी राष्ट्रिय स्तरमा नै पाठ्यपुस्तकसँग सम्बद्ध गराई वार्षिक योजना प्रकाशन गरिनु जरूरी छ । कक्षा ९ र १० लाई सबै त्रैमासिक परीक्षामा एउटै ग्रीड प्रयोग गरी मूल्यांकन गर्ने परिपाटी अत्यन्तै अव्यावहारिक र अवैज्ञानिक छ । यसो गर्दा पढाउँदै नपढाएको क्षेत्र तथा पाठ्यवस्तुबाट समेत प्रश्नपत्र निकाल्नुपर्ने हुन्छ । जस्तैः, कक्षा ९ को प्रथम त्रैमासिक परीक्षामा अंग्रेजीको ११ प्रकारको व्याकरण सबै, अनि ग्रीडमा उल्लिखित सबै प्रकारको गाइडेड राइटिङ मध्येबाट कुनै दुई प्रश्न सोध्ने गरिन्छ । यी सबै पाठ्यवस्तुहरू प्रथम त्रैमासिक परीक्षामा पढाउन सम्भव हँुदैन । तसर्थ कक्षा ९ को हरेक त्रैमासिक परीक्षाको लागि र कक्षा १० को हरेक त्रैमासिक परीक्षाको लागि छुट्टाछुट्टै ग्रीडको व्यवस्था गरिनुपर्दछ ।
३.    यसरी हरेक त्रैमासिक परीक्षाको लागि यी तीनवटा कुराहरूः क) हरेक त्रैमासिक अवधिमा पढाउनुपर्ने पाठ्यवस्तुको विवरण, ख) स्पष्ट रूपमा पढाउनुपर्ने पिरियड भार वा संख्या, ग) स्पष्ट रूपमा कुनै त्रैमासिक अवधिमा पढाएको पाठ्यवस्तुबाट मात्र प्रश्न सोधिन गरी तयार पारिएको ग्रीड, भएको एउटा शैक्षिक सामग्री तयार गरी हरेक विद्यार्थीलाई शैक्षिक सत्रको शुरूमा नै वितरण गरी सोको बारेमा कम्तीमा एक दिन सो तीन वटा सामग्रीको बारेमा अभिमुखीकरण समेत सबै विद्यार्थीलाई दिइनुपर्दछ । जसले गर्दा विद्यार्थीले समेत कुन त्रैमासिकमा कुन कुन पाठ्यवस्तु अध्ययन गर्नुपर्ने हो र कति पिरियड (दिन) पढ्नुपर्ने हो थाहा पाउँदछ । अझ् यो जानकारी अभिभावकहरूले समेत प्राप्त गर्न सके झ्न् राम्रो । शिक्षकहरूले समेत कुनै कारणवश सो अवधिमा बिदा लिई वा अन्य कारणले सो त्रैमासिक अवधिमा तोकिएको दिन पूरा पढाइ गर्न नसकेको खण्डमा कुनै उपयुक्त दिन मिलाई आफ्नो जिम्मेवारी पूरा गर्नै पर्ने परिपाटीको पनि विधिवत् रूपमा थालनी गर्नुपर्दछ । बरू शिक्षकहरूलाई प्रोत्साहन स्वरुप पर्व बिदा ६ दिन र अनौपचारिक विदा ६ दिनको समेत संचित भएको खण्डमा तलबमान बमोजिम रकम सुविधा उपलब्ध गराउने व्यवस्था गरिनुपर्दछ ।
४)    एउटा त्रैमासिकमा पढाइएको पाठ्यवस्तु बारेमा त्यही त्रैमासिकमा मात्र प्रश्न सोधिने, अन्य त्रैमासिकमा चाहिं नसोधिने व्यवस्था मिलाउनुपर्दछ । जसले गर्दा विद्यार्थीलाई घोक्ने र सम्झ्ने प्रवृत्तिको सट्टा सिर्जनशील बन्न मद्दत पुग्दछ । साथै विद्यार्थीलाई सिर्जनशील बनाउन ‘एउटा कक्षाः एउटा पाठ्यपुस्तक’ को सट्टा ‘एउटा कक्षाः अनेक पाठ्यपुस्तक’ को नीति लागू गर्नुपर्दछ ।

(तामाङ शैक्षिक तालीम केन्द्र भरतपुर, चितवनका रोष्टर प्रशिक्षक हुन् ।)

commercial commercial commercial commercial