बालबालिकालाई स्मार्टफोन कहिले दिने ?

‘फोन नभई मान्दै मान्दैन’ भन्दै स–साना बालबालिकालाई समेत अभिभावकले आफ्नो स्मार्टफोन सुम्पेको दृश्य हामीले घरघरमा देखेका छौं । ‘सबै जान्दछ’— साना छोराछोरीको फोन चलाउने सीप देखेर दङ्ग पर्ने बाबुआमाहरू पनि हामीमध्येमै छौं । तर बाल–मनोविज्ञान र प्रवृत्तिलाई महŒव दिने जिम्मेवार अभिभावक र अध्येताहरू बालबालिकालाई कुन उमेरदेखि स्मार्टफोन दिनु उपयुक्त होला भन्ने बारेमा गम्भीर छलफल र अध्ययन गर्न थालेका छन् ।

२२ जुलाई, २०१६ को इन्टरनेशनल न्यूयोर्क टाइम्स मा प्रकाशित एक रिपोर्ट अनुसार अमेरिकामा बच्चाले सामान्यतया १० वर्षको उमेरमा पहिलो स्मार्टफोन पाउने गरेको इन्फ्लुएन्स सेन्टर नामक संस्थाको पछिल्लो अध्ययनले देखाएको छ । सन् २०१२ को अध्ययनमा यो उमेर १२ वर्ष थियो । इन्टरनेट सुरक्षाका विशेषज्ञहरूका अनुसार सात वर्षदेखि नै स्मार्टफोन चलाउने बालबालिका समेत भेटिएका छन् ।

इन्फ्लुएन्स सेन्टर की स्टेसी डिब्रोफले बताए अनुसार, आफ्नो फोन दिन झ्र्कोे लागेर बच्चालाई सानैमा फोन किनिदिने बाबुआमाका कारण फोन पाउने औसत उमेर अझ् कम हुँदै गइरहेको छ । तर पछिल्लो अध्ययन र अनुभवले भन्छ— बालबालिकालाई स्मार्ट फोन दिन जति ढिलो ग¥यो त्यति जाती । कोही विशेषज्ञ १२ वर्षका बच्चालाई स्मार्ट फोन दिनु उचित ठान्छन् त कोही १४ वर्षमा । तर ‘ढिला शुरू गर्नु’ मा चाहिं सबैको सहमति देखिन्छ । कमन सेन्स मिडिया का व्यवस्थापक जेम्स पी स्टेयरको परिवारमा छोराछोरीलाई हाईस्कूल शुरू गरेपछि मात्रै फोन दिने नियम छ ।

बालबालिकालाई सकभर ढिलो मात्र स्मार्ट फोन दिनुपर्छ भन्ने मतको कारण हो, ‘त्यस्तो फोनले गर्दा उनीहरूको ध्यान पढाइबाट हट्न सक्छ तथा उनीहरू अनलाइन दूराचारीहरूको चंगुल र अश्लील च्याटको कुलतमा फस्न सक्छन्’ भन्ने हो ।

ओहायो राज्यमा इन्टरनेट सुरक्षा विज्ञका रूपमा ख्याति कमाएकी जेसी वाइनबर्गर भन्छिन्, “यो मनचिन्ते झेली (पेण्डोराज बक्स) जति ढिलो खोल्यो त्यति नै राम्रो । यो उपकरणमा नियन्त्रण गर्न सके अश्लीलताको कुलतमा फस्ने सम्भावना पूरै हट्न सक्छ तर त्यसो गर्न सजिलो भने छैन ।”

अनुसन्धान
केही तथ्यांक हेरौं । उनै वाइनबर्गरले, ूत्जभ द्यययनभथmबल भ्हष्कतकस् ब्लम ज्भुक ष्ल थ्यगच ऋजष्मिुक द्यबअप एयअपभतू (भूत छ र त्यो तपाईंको बच्चाकै खल्तीमा छ)  नामक किताब लेखेकी छन् । त्यसनिम्ति उनले डेढ वर्ष लगाएर ७० हजार बालबालिका बीचमा सर्वेक्षण गरिन् । सर्वेक्षणको क्रममा उनले के पाइन् भने अमेरिकी बालबालिकाहरूमा सामान्यतया यौन च्याट पाँचौं कक्षामा हुँदा शुरू हुन्छ, ८ वर्षको उमेरमा अश्लील चित्र हेर्न शुरू हुन्छ र ११ वर्ष पूरा हुँदा नहुँदै कतिपय बालबालिका अश्लील चित्रको कुलतमा फसिसकेका हुन्छन् ।  

कमन सेन्स मिडिया ले गरेको अर्को अध्ययनका १२४० जना सहभागी अभिभावक र बालबालिकामध्येका ५० प्रतिशत बालबालिकाले आफूलाई स्मार्टफोनको लत लागिसकेको बताएका थिए । ६६ प्रतिशत अभिभावकले आफ्ना छोराछोरीले फोन धेरै चलाएको गुनासो गरे र ५५ प्रतिशत बालबालिकाले यो कुरामा सहमति जनाए । ३६ प्रतिशत अभिभावकले स्मार्टफोन चलाउने विषयमा छोराछोरीसँग दिनहुँ झ्गडा हुने गरेको बताए । अर्को अध्ययनमा कोलोराडोको एउटै हाईस्कूलका करीब १०० विद्यार्थी मोबाइलमा नग्न तस्वीर साटासाट गर्ने कुलतमा फसेका पाइए ।

स्मार्टफोनका फाइदा हुँदै नभएका होइनन् । स्मार्टफोनबाट पढाइ सपार्न, साथीहरूसँग कुरा गर्न; नयाँनयाँ साथी बनाउन र इन्टरनेटमा रहेको सीमाहीन ज्ञानको फाइदा पनि लिन सक्छन् बालबालिकाले । तर यसका लागि खासगरी अभिभावक र शिक्षकहरूले धेरै प्रयत्न गर्नुपर्छ ।

उपाय के त ?
स्मार्ट फोनको समस्या नेपालमा पनि डरलाग्दो ढंगबाट प्रवेश गरिसकेको छ । यो चुनौती सामना गर्ने पहिलो उपाय हो; बालबालिकालाई स्मार्टफोन दिने बारेमा घरमा अभिभावकले र स्कूलमा स्कूल तथा शिक्षकहरूले व्यावहारिक नियम बनाउने र त्यसको कडाइका साथ पालना गर्ने । यस्ता नियम प्रत्येक बाबुआमाले तथा विद्यालयले आफ्नो आवश्यकता अनुसार बनाउन सक्छन् । बालबालिकालाई दिइने फोनको प्राविधिक पक्ष बुझ्ेर, त्यसका हानिकारक पक्षहरू नियन्त्रण गर्ने गरी सेटिङ मिलाउनु पनि एउटा उपाय हुन सक्छ । तर यो उपायको प्रयोग गर्न आम नेपाली अभिभावक र शिक्षकलाई सजिलो छैन किनभने मोबाइल प्रविधि बारे उनीहरूभन्दा पचासौं पाइला अगाडि बालबालिका नै हुन्छन् ।

आईफोनका लागि एप्पलले अभिभावकहरूलाई धेरै स्वतन्त्रता दिएको छ, चाहे सफारी ब्राउजरबाट अश्लील सामग्री हेर्नबाट रोक्न होस् या एप चलाउँदा खर्च हुने डाटा रोक्न । एन्ड्रोइड फोनहरूमा त्यस्तो सेटिङ राखिएको छैन, तर गुगलको एप–स्टोरमा गएर नियन्त्रण गर्ने कैयौं एपहरू डाउनलोड गर्न भने सकिन्छ । वाइनबर्गरलाई मन परेको एप चाहिं त्तगकतयमष्य हो । उनी यो एपमा अभिभावकले बच्चाको म्यासेज हेर्नेदेखि स्मार्टफोन बन्द गरिदिनेसम्म सबै सुविधा भएको बताउँछिन् । यो तरीका अलि छुच्चो देखिए तापनि, वाइनबर्गरका अनुसार यसो गर्नु अभिभावकको कर्तव्य हो ।

आफ्ना छोराछोरीलाई वाइनबर्गर भन्छिन्, “अभिभावकको रूपमा मेरो एउटा मात्रै उद्देश्य भनेको तिमीहरूलाई मैले जानेसम्मको राम्रो बाटो देखाउनु हो । म तिमीहरूलाई सुरक्षित रूपमा हुर्काउन चाहन्छु । मेरो कुरा तिमीहरूलाई चित्त नबुझला– नबुझेस्; तर म आफ्नो कर्तव्य गरी नै रहन्छु ।”

हामी सबैले यति भन्न सक्यौं भने बालबालिकालाई उनीहरूको खल्तीको भूतबाट थोरै भए पनि जोगाउन सक्छौं । ७

प्रशान्त ज्ञवाली

commercial commercial commercial commercial