नेपाली समाजको विकासमा भाषाले पारेको असर

नेपालको शिक्षाका बारेमा चर्चा गर्दा भन्ने गरिन्छ– ‘प्रायः सरकारी विद्यालय र कलेजमा अंग्रेजी विषय पनि नेपाली माध्यममा पढाइन्छ भने निजी शिक्षण संस्थामा नेपाली विषय पनि अंगे्रजी भाषामा !’ भनाइको आशय नेपालका शिक्षण संस्थाहरूमा चरम असमानता छ भन्ने हो । त्यहाँ भाषासँगै पढाउने समय, विषयवस्तु र ज्ञान हस्तान्तरणमा समेत असमानता छ । परिणामतः सरकारी शिक्षण संस्थाबाट दीक्षितहरूका लागि अंग्रेजी भाषा दुरुहको दुरुह नै रहन्छ भने महँगो शुल्क लिने निजी शिक्षण संस्थाबाट दीक्षितका लागि नेपाली भाषा र त्यसमा लेखिएका आलेख या नेपालीमा दिइने प्रवचनहरू काम नलाग्ने हुन्छन्, किनभने उनीहरूले त्यो पढ्न या सुनेर मनन् गर्नै सक्दैनन् ।

अल्पविकसितको दर्जाबाट विस्तारै माथि उठ्ने जमर्को गरिरहेको नेपालजस्तो मुलुकका लागि यस्तो विपरीत दिशामा अघि बढिरहेको शिक्षाले कहाँ–कहाँ असर पार्छ भनेर हामीमध्ये धेरैले सोचेका छैनौं । तर यसरी विकसित शिक्षाका कारण हाम्रा दुवै प्रकारका जनशक्ति शिक्षित या दक्ष होइन, अर्ध शिक्षित या अर्ध दक्ष मात्र हुन् भन्न सकिन्छ । किनभने निजी शिक्षण संस्थामा पढेकाहरूको नेपाली भाषामा दक्खल हुँदैन; साथै उनीहरूसँग नेपालको ग्रामीण र परम्परावादी परिवेशको यथेष्ट ज्ञान पनि रहँदैन । जन्ममा नेपाली भए पनि जब उसमा आफ्नो भनिएको समाजको बारेमै राम्रो जानकारी छैन भने उसले अरूको समाजमा र आफ्नो समाजको तुलना गरी राम्रो र नराम्रो छुट्याउन, आफ्ना राम्रा पक्षहरूलाई अन्यत्र स्थापित गर्ने पहल गर्न र अन्यत्रबाट सिकेर आफ्नो भनिएको समाजका लागि अनुकूल नीति र कार्यक्रम सुझउन सम्भव हुँदैन ।

त्यसो त, बी.ए. या एम.ए.को डिग्री पाएपश्चात् पनि त्यस्ता विद्यार्थी पुनः पढेर नेपाली भाषा र नेपालको ग्रामीण जीवनका बारेमा पोख्त बन्न नसक्ने होइनन् । तर अंग्रेजी र अन्य भाषालाई माध्यम बनाएर शिक्षित नेपाली नागरिकले पछि गएर नेपाली भाषामा दक्षता हासिल गर्न भाषिक कक्षाहरू लिएको, मिहिनेत गरेको उदाहरण अति नै कम भेटिन्छ । परिणामतः अंग्रेजी माध्यममा दीक्षित नेपालीका सामु आफ्नो दक्षता अनुरूपको जागिरमा आवेदन दिएर नेपालकै कुनै विदेशी संस्थामा काम गर्ने; स्वरोजगार बन्ने या विदेश पलायन हुने बाहेकका विकल्प खासै देखिंदैनन् । यसनिम्ति उदाहरण खोज्न धेरै टाढा पनि जानुपर्दैन— बूढानीलकण्ठ स्कूल, सेन्ट जेभियर्स र सेन्ट मेरिज जस्ता केही समय अघिदेखि नै अंग्रेजी माध्यममा पढाइ हुने उच्च माध्यमिक विद्यालय र कलेजबाट दीक्षितहरूलाई हेर्दा पुग्छ । उनीहरूमध्ये एकदमै थोरैको संख्यामा आज नेपालमा काम गरिरहेका भेटिन्छन् भने देश बाहिर रहेर पनि नेपाललाई नै आफ्नो अध्ययन र कामको विषय बनाउन लालायितको प्रतिशत पनि नगन्य नै छ ।

जहाँ रहेर पनि नेपाललाई आफ्नो अध्ययन र कामको विषय बनाउने नेपालीको सानो समूहलाई हेर्दा बाल्यकालमा या अध्ययनको समयमा नेपालको ग्रामीण परिवेशसँग भिज्ने मौका पाएकाहरू नै ठूलो संख्यामा रहेका पाइन्छन् । नेपालका गाउँ र समाजमा नभिजी, अंग्रेजी माध्यमका विद्यालयमा पढी विदेशिएकामध्ये केही विज्ञता हासिल गरिसकेपछि पुनः नेपाल फर्किएको पनि पाइन्छ । तर यिनीहरूको शिक्षा र दक्षता अनि नेपाली धरातलीय यथार्थ फरक पर्ने भएकाले उनीहरूले दिने सुझव, बनाइदिने योजना र कार्यक्रमहरू प्रायः असफल हुने गरेका छन्, कतिपय सन्दर्भमा त तिनका सुझव, नीति या कार्यक्रमले उल्टो नतीजा पनि दिएका छन् । कैयौं प्रयासका बाबजूद आजसम्म पनि नेपाली समाज पछाडि परिरहनुको एउटा कारण नेपाली समाज र नेपालको धरातलीय यथार्थ नबुझ्ी थोपरिएका योजना र कार्यक्रम नै हुन् भन्नमा अप्ठ्यारो मान्नुपर्दैन ।

अब अंग्रेजी भाषा पनि नेपालीमा पढेर दीक्षित हुनेको कुरा गरौं । यस्तो जनशक्तिको प्रमुख कमजोरी भनेको आफूले देखेका र अनुभव गरेका कुरालाई समालोचनात्मक तरीकाले प्रस्तुत गर्न नसक्नु हो । विश्वमा एकदमै सानो समूहको भाषाका रूपमा रहेको नेपालीमा मात्र आफूलाई सीमित गराउँदा अरू भाषाभाषीहरूले समाजका यी र यस्तै विषयलाई के कसरी हेरेका छन् र उनीहरूको हेराइमा के कस्ता कमजोरी छन् भनेर जान्न र त्यसमा आफ्ना प्रतिक्रिया व्यक्त गर्न सकिंदैन । न त अरूले पेश गरेका भिन्न ढाँचाका कार्यक्रमका बारेमा केही भन्न सकिन्छ । त्यसैगरी ‘मेरो समाजका राम्रा कुरा यी यी हुन्, यसलाई यसरी यसरी मनन् गर्न सकिन्छ’ भनेर आफ्नो समाजका सबल पक्षहरू स्थापित गर्न पनि उसलाई कठिन हुन्छ । परिणामतः आज नेपालमा प्रचलित प्रथा र परम्पराका नराम्रा पक्षहरूको बारेमा मात्र बढी परिचर्चा भइरहेको छ । यहाँ राम्रा र मननयोग्य कुनै रीतिस्थिति, परम्परा र मूल्य–मान्यता नै नभए झ्ैं गरेर बाह्य जगतले हामीलाई ‘यो गर र त्यो गर’ भनेर सुझव दिइरहेको अवस्था एकातिर छ भने अर्कोतिर बाह्य जगतले दिएका सबै सुझव राम्रै होलान् भन्ने अनुमानमा ‘यस यस वि विल डु इट’ भनेर मुन्टो हल्लाएर स्वीकार्नेको जमात झ्न् झ्न् ठूलो हुँदै गएको छ ।

‘हामीमा यी यी राम्रा कुरा छन् र नराम्रा कुरालाई सुधारेर राम्रा र यहाँको माटोमा स्थापित मान्यताहरूलाई अगाडि लैजाने स्थान हाम्रै समाज र संस्कृतिमा छ’ भनेर वकालत गरिदिने बलियो जमात समाजमा नभएकै कारण आज हामीले आफ्नो मौलिकता गुमाउँदै र अर्काको समाजमा स्थापित मूल्य र मान्यतालाई अनुसरण गरिरहनु परेको छ । यसरी अरूका कुरालाई हुबहु अनुसरण गर्ने गरेको आजको परिस्थितिलाई ‘समाज विकासतर्फ अगाडि बढिरहेको छ’ भनेर ठान्नु भ्रम मात्र हो । समाज विज्ञानको भाषामा हाम्रो अहिलेको अवस्थालाई वास्तविक विकास मानिंदैन । अर्काका सामाजिक मूल्य–मान्यता नक्कल गर्ने समाज दिगो रूपमा अगाडि बढ्न पनि सक्दैन । निरन्तरको राजनीतिक अस्थिरता, नक्कल गर्ने र नगर्नेका बीचको खाडल तथा सामाजिक द्वन्द्व जस्ता आज नेपाली समाजले भोगिरहेका परिणामलाई माथि वर्णन गरिएको भाषिक समस्याको एउटा उपजका रूपमा पनि हेर्न सकिन्छ ।

कसले के गर्ने त ?
प्राथमिक शिक्षाको उद्देश्य मानिसलाई अक्षर चिन्न र पढ्न, सामान्य चिठीपत्र लेख्न, दैनिक जीवनमा आइपर्र्ने जोड, घटाउ जस्ता सामान्य हिसाबकिताब गर्न सक्षम बनाउने हो भने उच्चशिक्षाले चाहिं एउटा विद्यार्थीलाई पढाइका माध्यमबाट विभिन्न समाजको अध्ययन गर्ने, ती समाजमा विद्यमान राम्रा र नराम्रा कुराहरू अनि त्यसका असर र प्रभाव बारे जान्ने तथा त्यस प्रकारका राम्रा र नराम्रा कुराहरू किन स्थापित भएछन् भनेर कारण खोज्ने सीपको विकास गर्न मद्दत गर्नुपर्छ । यसरी; उच्च शिक्षा प्राप्त व्यक्तिको काम आफ्नो मात्र नभई विभिन्न समाजको बारेमा जानकारी राख्ने र आफूले प्राप्त गरेका जानकारी अरूहरू समक्ष प्रस्तुत गरेर त्यसलाई स्थापित पनि गर्नुपर्ने भएकोले यस्ता कामका लागि त्यस्ता व्यक्तिमा सकेसम्म बढी भाषाको ज्ञान र दक्षता आवश्यक मानिन्छ । अर्को शब्दमा भन्दा, कुनै एउटा समाजका बारेमा बुझन त्यस समाजले प्रयोग गर्ने भाषामा दक्षता र त्यस समाजबारे आफूले सिकेका कुराहरूबारे छलफल चलाउन र त्यो समाजमा विद्यमान राम्रा र नराम्रा परम्परा र प्रयासबारे बाहिरी जगतलाई जानकारी गराउन अर्को कुनै अन्तर्राष्ट्रिय भाषाको ज्ञान आवश्यक हुन्छ । माथिको विश्लेषणका आधारमा नेपालका शैक्षिक संस्थाले आफू कसका लागि र कस्तो जनशक्ति तयार गर्दैछु भनेर सोच्न र आफ्ना कमजोरी सच्याएर समय–परिवेश अनुरूपको भाषिक नीति बनाई व्यवहारमा उतार्न ढिला भइसकेको छ ।

केटाकेटीहरू आफ्नो मातृभाषा र स्थानीय भाषाभन्दा अरूको भाषामा रमाउँदा आफू पनि ‘वाह वाह’ गरेर सँगसँगै रमाउने र हौसाउने नवधनाढ्य एवं नवशहरियाहरूले पनि के बुझनु जरूरी छ भने भाषा र ज्ञान दुई फरक कुरा हुन्, अंग्रेजी भाषा खरर्र बोल्दैमा उसमा कुनै विषयको राम्रो ज्ञान र दक्षता हुन्छ नै भन्ने हुँदैन । नेपाली ग्रामीण समाजको बारेमा यथेष्ट ज्ञानका लागि नेपालीसहितका नेपालका भाषामा राम्रो दक्खल आवश्यक पर्छ । र, नेपाली समाजबारे राम्रो सुझ्बुझ् विनाको अंग्रेजी माध्यमको शिक्षा मात्र त न हिजो नेपाल पक्षीय थियो, न आज छ र न भोलि रहनेछ । आज नेपालका शहरहरूमा देखिएका अंग्रेजी भाषामा मात्र पढाउने शैक्षिक संस्थाबाट दीक्षितमध्ये अधिकांश जनशक्तिले देशभित्र या विदेशमा कतै पनि योग्यता अनुसारको काम पाउन नसकेर अन्यत्र जानु पर्नाको प्रमुख कारण पनि यही हो । नेपालका दुवै प्रकारका शैक्षिक संस्था र त्यहाँ काम गर्ने शिक्षक, कर्मचारी अनि विद्यार्थी र अभिभावकले यो कुरा बुझन अब अरू ढिला गर्नुहुन्न ।

तर आजको परिस्थितिमा यसको प्रमुख अवरोधक चाहिं नेपालजस्ता देशका हुनेखाने मानिने परिवार र समाज नै देखिने रहेछ । नसक्नेले अरुको भाषा सिकाएनन् भनेर नेपाली भाषामा मात्र पढाउन सफल ती गरिब र असहायलाई यस कमजोरलाई देखाएर आरोप लगाउन मिल्दैन र सकिदैंन ।
कला संकाय, काठमाडौं विश्वविद्यालय

commercial commercial commercial commercial