इन्टरनेटले बढायो दूरी !

टेक्नोलोजीः आजको परिवेशमा छाएको, सम्मान पाएको र सबैले मनपराएको शब्द । यो शब्द जति उच्चारण ग¥यो त्यति नै पढेलेखेको र होशियारको दर्जामा राखिन्छ मान्छेलाई । झ्नै यसको प्रयोग गर्नेहरू त आधुनिक मानिसको पंक्तिमा आफूलाई उभ्याउन खोज्छन् र यसको प्रयोगबाट असम्भव शब्दलाई परास्त गर्न पनि पछि हट्दैनन् । यही टेक्नोलोजीले जन्माएको सन्तान मोबाइल आफ्नो पुर्खा टेलिफोन र कम्प्युटरभन्दा निकै लोकप्रिय छ । घर, अफिस, बाटोघाटो, स्कूल, कलेज जताततै देखिन्छ यो ।
आजको युगमा यो मानिसको सबैभन्दा अनन्य साथी भइसकेको छ । यो विनाको जिन्दगी शायद कसैले परिकल्पना नै गर्न सक्दैन । हुन पनि यसले हाम्रो दैनिक दिनचर्या कति सहज गरिदिएको छ । पहिला पहिला आफ्ना साथीभाइ नातागोतासँग सम्पर्क गर्न डाँडा काटी जानु पर्दथ्यो वा यातायातको विभिन्न साधन प्रयोग गर्नुपर्दथ्यो । तर अहिले विश्वको कुनै कुनामा जो–कोहीसँग क्षणभरमा सम्पर्क हुन्छ । झ्नै इन्टरनेट प्रविधिको जन्मपछि यो भेटघाट अझ्ै सहज बनेको छ । मोबाइल र इन्टरनेटको जोडीलाई सबैले सह्राएका छन् । कसैसँग सम्पर्क गर्न होस् या आफ्नो विचार राख्न होस्; केही कुरा सोधपुछ गर्न होस् या केही कुरामा तर्क दिन होस्; यसको प्रयोगले सबैलाई सजिलो बनाएको छ । आजको विश्वव्यापीकरणको युगमा सूचना र संचार रथका दुई पांग्राभन्दा गलत नहोला । यो सूचना र संचारलाई प्रोत्साहन दिने तिनै मोबाइल र इन्टरनेट हुन् ।

यति धेरै प्रबल पक्ष हुँदाहुँदै पनि केही वर्गद्वारा किन तिरस्कृत छ यो प्रविधि ? विश्वका जुनै कुनाका मान्छेसँग सम्पर्क गर्न सहज बनाउने यो मोबाइल र इन्टरनेटले किन एउटै कोठामा बसेका आफन्तलाई टाढा–टाढा बनाइदिएको छ ?  

मोबाइल–इन्टरनेट भन्दा अघिको हिजोको नेपालमा घरपरिवार, टोलछिमेक र समाजका मानिस एकआपसमा आफ्ना सुखदुःख, भेटेर–बोलेर व्यक्त गर्दथे भने अहिले ‘फ्रेन्ड रिक्वेष्ट’ मै सीमित भयो परिचय । कुनै बखत साथीभाइसँग खेली–कुदी रमाउने गरिन्थ्यो भने अचेल मोबाइल गेममै अड्कियो मनोरञ्जन । त्यति मात्र नभई माया र स्नेहले भरिएको चिठ्ठी पत्रलाई पनि इमेल र एस.एम.एस.ले उछिन्यो । अहिले अभिभावकहरूका लागि टाउकोदुखाइ भएको छ यो साधन । बच्चाहरूको शारीरिक स्फूर्ति ल्याउने गेमका स्थानमा मोबाइलको गेमले पुनस्र्थापना गर्न खोज्दैछ ।

मोबाइल र इन्टरनेट हाम्रा लागि वरदान पनि हुन सक्छन् तर शर्त के हो भने यसको उपयोग सहीरूपमा हुन सक्नुपर्छ । यो प्रविधिलाई हामीले हरेक पल सफलताको सिंढी चढ्न प्रयोग गर्न सक्नुपर्छ, ताकि यसको प्रभावले कुनै परिवारका सदस्य टाढिएको महसूस नहोस्, केटाकेटीले खेलकुद गर्न नबिर्सिउन्, साथीभाइसँगको आत्मीयता नटुटोस् र सबैभन्दा महŒवपूर्ण यसले हाम्रो देश निर्माणमा टेवा पु¥याओस् ।

पाठशाला नेपाल फाउण्डेशन, काठमाडौं

commercial commercial commercial commercial