पर्वत जिल्लामा पुस्तकालयको अवस्था

कुनै पनि विद्यालयको एउटा सुरक्षित, व्यवस्थित कोठामा पुस्तक तथा शैक्षिक सामग्री जम्मा गरी शिक्षक र विद्यार्थीको निम्ति दैनिक एक वा दुई घण्टाभन्दा बढी समयसम्म खोल्ने र पढ्ने व्यवस्था गरी नियमानुसार सञ्चालन हुने पुस्तकालयलाई ‘विद्यालय पुस्तकालय’ भनिन्छ । कतिपय ठाउँमा विद्यालय खुल्ने समयभन्दा अघिपछि, समुदायको आवश्यकता र चाहना अनुसार पनि पुस्तकालय सञ्चालन गरेको पाइन्छ । यस्ता पुस्तकालयमा बालबालिकाको रूचिका कथा, कविता, नाटक, चित्र कथा, खेलौना तथा शिक्षक र समुदायका व्यक्तिहरूले अध्ययन गर्ने पुस्तक, पत्रपत्रिका संकलित हुन्छन् ।

पर्वत जिल्ला खानीगाउँ–२ मा अवस्थित मोती सामुदायिक पुस्तकालय २०१६ सालमा स्थापना भएको हो । यसका संस्थापक अध्यक्ष भोलानाथ शर्मा हुनुहुन्थ्यो । सन् २००४ मा रूम टु रिड नामक संस्थासँग मोती पुस्तकालयको साझ्ेदारी सम्झैता भएपछि विद्यालय पुस्तकालयको विकास र विस्तारको नयाँ आयाम शुरू भयो । सो सम्झैता अनुसार पर्वत जिल्लामा स्थापित विद्यालय–पुस्तकालयहरूको व्यवस्थापन हेर्ने जिम्मेवारी मोती पुस्तकालयको काँधमा रहेको छ । हाल पर्वत जिल्लामा रूम टु रिड, रिड नेपाल, नेपाल लाइब्रेरी फाउण्डेसन क्यानडा, जिशिका, जिविस कार्यालयलगायत विभिन्न संघ–संस्था तथा सम्बन्धित विद्यालयको सहकार्यमा (२०७२ पुस मसान्तसम्म) १७० विद्यालयमा विद्यालय पुस्तकालय संचालित छन् ।

२०७२ साल वैशाख १२ गतेको भूकम्प तथा जेठ २९ को परकम्पबाट यहाँका पुस्तकालयमा धेरै ठूलो असर प¥यो । यस जिल्लाका १७० मध्ये ६० विद्यालयका पुस्तकालय पूर्ण रूपमा बन्द रहेको पाइएको छ ।

इन्द्रप्रसाद सापकोटा
लाइब्रेरियन, मोती सामुदायिक पुस्तकालय, पर्वत

commercial commercial commercial commercial