शिक्षक बन्न सकिनँ !

नरेन्द्र युवन

पेशा रोज्ने अवसर नपाएकोमा मलाई कहिलेकाहीं जीवनसँग अफसोच लाग्दछ । म शिक्षक बन्न चाहन्थें तर बन्न सकिनँ । गैरसरकारी संस्थाहरूमा काम गर्दछु । मैले गर्न सक्ने काम भनेको मनोविमर्श हो । कामसँग खुशी छु । समस्या भएका मनहरूसँग त व्यवहार गरिरहेकै छु । तर पनि मनको एकान्त कुनामा शिक्षक बन्ने र बालबालिकाको मनसँग रमाउने रहर छ ।

कहिलेकाहीं दण्डरहित शिक्षण, विद्यालयमा आधारित मनोसामाजिक हेरचाह, सामुदायिक मनोसामाजिक कार्यकर्ता शिक्षक तालीम आदिमा प्रशिक्षकको रूपमा उभिन्छु । शिक्षक साथीहरू रमाउनुहुन्छ । म शिक्षक साथीहरूलाई भन्छु, विद्यार्थीलाई खोज्नुस् बालबालिकासँग अन्तरनिहित प्रतिभालाई पहिचान गर्नुस्, बालबालिकालाई सम्मान गर्नुस्, उनीहरूको विद्यालयमा बाँच्ने जीवनशैलीलाई सजिलो गराइदिनुस् । म यही कुराका निम्ति शिक्षक साथीहरूलाई सधैं प्रेरित गर्दछु । व्यवस्थित तरीकाले मलाई तालीम चलाउन सिकाउने एउटा मेरो देशको महान् स्रोत सामग्री शिक्षक मासिकलाई हार्दिक अभिनन्दन !

मन्थली, रामेछाप

commercial commercial commercial commercial