मन परेका लेखको सूची

वीरबहादुर सेजवाल

मेरो पेशागत दक्षता, निपुणता, शिक्षण सीप, शिक्षण कला, शिक्षण  शैली, शिक्षण बिधि र शिक्षण प्रस्तुतिका क्षेत्रमा नवीनतम परिवर्तन ल्याउन शिक्षक मासिकले अहं भूमिका खेलेको छ । यति मात्र नभई मेरा विद्यार्थी भाइ–बहिनीका लागि पठनपाठनमा निखारपना ल्याउन यसले सघाउ पु¥याएको छ । शिक्षक मासिक पत्रिकाको प्रथम अंक ‘माघ २०६४ सालदेखि हालसम्म प्रकाशित सबै अंक’ मैले अध्ययन गरेर सुरक्षित राखेको छु । शिक्षण कार्यमा प्रयोग गरेर लक्षित समूहलाई सघाउ पु¥याएको छु ।

म कक्षा कोठामा पठनपाठन गर्दा आफ्नो मौजूदा प्रस्तुतिलाई सुधार गर्न, नयाँ ज्ञान, दृष्टिकोणसँग परिचित हुन, विषयवस्तुको थप ज्ञान प्राप्त गर्न, शिक्षक तालीमका लागि उपयोगी विषयवस्तु हासिल गर्न, केही अनुसन्धानमूलक एवम् खोजमूलक सामग्रीमार्फत विद्यार्थीका बानी व्यवहारमा परिवर्तन ल्याउन र विशेष गरेर आफू र आफ्नो पेशालाई अद्यावधिक गरेर विद्यार्थीको चौतर्फी विकास गर्न शिक्षक मासिकको प्रयोग गर्दै आएको छु । यसै गरेर शिक्षक तालीम तथा अन्य कक्षामा अध्यापन गर्ने शिक्षकहरूलाई पनि अध्ययन अध्यापनमा सघाउन सक्षम भएको छु । मैले मन लगाएर पढेका र अध्ययन अध्यापनमा उपयोग गरिएका शिक्षक मासिकमा प्रकाशित मुख्य लेख यस प्रकार रहेका छन् ः
–    फागुन २०६४, ब्याङ्क छाडेर स्कूल
–    वैशाख २०६५, कमजोर विद्यार्थीलाई सबल बनाउने सूत्र
–    साउन २०६५, अरूभन्दा बढी पढ्नुपर्छ शिक्षकले
–    असोज २०६५, प्रवचनदेखि सात ुभ्ु सम्म
–    माघ २०६५, कुशल शिक्षणका २५ सूत्र
–    चैत २०६५, विद्यार्थीलाई उत्प्रेरित गर्ने १५ बुँदा
–    वैशाख २०६६, खाँचो बालमैत्री शिक्षाको
–    साउन २०६६, ब्मबउतष्लन त्भहतदययप ायच भ्ीत्  
–    असोज २०६६, पढ्ने बानी यसरी बढाउन सकिन्छ
–    मंसीर २०६६, क्ष् इलथि धबलत तय भलवयथ mथ अजष्मिजययम, mब।
–    माघ २०६६, ज्यध तय त्भबअज न्चबmmबच रु
–    चैत २०६६, सफलताको सूत्र  
–    असार २०६७, त्जभ ऋजबििभलनभक बलम भहअष्तझभलत या तभबअजष्लन बिचनभ ऋबिककभक।
–    कात्तिक २०६७, महान शिक्षक, महान राष्ट्र
–    माघ २०६७, आदर्श व्यवस्थापनका १० आधार
–    चैत २०६७, प्रेरक गुरु, महान चेला
–    वैशाख २०६८, एक्काइसौं शताब्दीका सीपहरू
–    भदौ २०६८, हामी शिक्षक
–    फाल्गुन २०६८, त्भबअजष्लन च्भबमष्लन ग्कष्लन ब्गतजभलतष्अ ःबतभचष्बकि।
–    वैशाख २०६९, नयाँ वर्षको नयाँ तयारी
–    जेठ २०६९, असल शिक्षकका सात गुण
–    चैत २०६९, समस्यामूलक प्रश्न, समस्याको पहिचान र उत्तर लेख्ने विधि
–    वैशाख २०७०, फिनल्याण्डको शिक्षाका केही रोचक तथ्य
–    जेठ २०७०, सिकाइ सामग्री र शैक्षिक गुणस्तरको साइनो
–    साउन २०७०, गतिलो शिक्षक बन्ने काइदा
–    पुस २०७०, प्रभावकारी सिकाइका उत्प्रेरक मार्ग
–    जेठ २०७१, अब त ब्लगर पो बन्नुपर्छ
–    साउन २०७१, स्कूलमा राजनीति बन्द हुनुपर्छ
–    मंसीर २०७१, अंग्रेजी सिक्न सिकाउन केही उपयोगी वेबसाइट
–    जेठ २०७२, विपत्तिको घडीमा शिक्षकको कार्य
–    साउन २०७२, ध्यान एसएलसीमा होइन प्राविमा केन्द्रित गरौं
–    भदौ २०७२, कार्यमूलक अनुसन्धान किन र कसरी ?
–    कात्तिक २०७२, कसरी हटाउने राजनीतिको फोहर ?
–    मंसीर २०७२, इजीआरः के, किन र कसरी ?

शिव जन उमावि
शीतलपाटी, सल्यान

commercial commercial commercial commercial