शिक्षक का सामग्री सबै उपयोगी छन्

मासिक पत्रिकाहरूमध्ये उपयोगी एवं लोकप्रिय बन्न पुगेको छ शिक्षक मासिक । शिक्षक, विद्यार्थी, प्रशासक, राजनीतिज्ञ, समाजसेवी तथा सबै तहका पाठकका लागि उपयोगी छ । यद्यपि यसले सबै शिक्षकका आवश्यकता र रुचिलाई पूर्ण रूपमा समेट्न सकेको छैन ।

तैपनि शिक्षक, विद्यार्थी, कर्मचारी तथा अन्य नागरिकका समेत मुटुको ढुकढुकी हुन शिक्षक मासिक सफल भएको छ । म २०६७ सालदेखि निरन्तर रूपमा शिक्षक मासिक पढ्दै आइरहेको छु । एउटा शिक्षकको रूपमा म शिक्षक मासिकको प्रयोग यसरी गर्दछु ः
–    शिक्षण सिकाइ प्रक्रियालाई परिमार्जन एवम् परिष्कृत गर्न
–    शिक्षक सेवा आयोगको परीक्षाको तयारी गर्न
–    नवीनतम ज्ञान, सीप र प्रविधिसँग परिचित हुन
–    शिक्षण पेशासँग सम्बन्धित समस्याको समाधानको जानकारी पाउन
–    शिक्षा–शिक्षणसँग सम्बन्धित समसामयिक विषयको जानकारी लिन
–    फुर्सदमा सोधिने समस्याहरूको समाधान पठाउन
–    शिक्षण सिकाइसँग सम्बन्धित जिज्ञासाहरू पठाउन
–    शिक्षक सँग सम्बन्धित विभिन्न प्रतियोगितामा सहभागिता जनाउन
–    आफ्नो व्यवहारमा सुधार ल्याउन
–    नेपालको शैक्षिक विकृति, विसंगतिको बारेमा थाहा पाउन
–    पुराना मासिक पत्रिका हेरी ज्ञान बढाउन

यसलाई अझ्ै बढी उपयोगी बनाउनका लागि निम्न प्रयासहरू भए राम्रो हुन्थ्यो !
–    शिक्षक सेवा आयोगको परीक्षामुखी भएर विशेषाङ्क निकाल्नुपर्ने
–    राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा घटेका महŒवपूर्ण घटना समावेश गर्नुपर्ने
–    कक्षा कोठामा उपयोग हुने किसिमका शिक्षण विधिका कुरालाई प्राथमिकता दिनुपर्ने  
–    शिक्षा ऐन, शिक्षा नियमावली र शिक्षक सेवा आयोग नियमावली संशोधन हुँदा जस्ताको त्यस्तै संशोधित विषय प्रकाशित गर्नुपर्ने
–    पाठकका प्रश्न, जिज्ञासा तथा सुझवलाई सकेसम्म समेट्ने प्रयास गर्ने
–    शिक्षा क्षेत्रका विषयलाई बढी जोड दिने
–    पत्रिकामा रिपोर्ट र समाचारलाई छाप्न बढी स्थान दिनुपर्ने ।

श्री सगरमाथा उमावि रानीबास–८
घोरेटार, भोजपुर

commercial commercial commercial commercial