विद्यालय शिक्षाको गुणस्तर सन्दर्भमा ‘नासा’ परिणामले देखाएका सङ्केत

शिक्षाको गुणस्तर विश्लेषण गर्ने विभिन्न आधारहरू हुन सक्दछन् । त्यसमध्ये एउटा महत्वपूर्ण आधार— कुनै कक्षा वा तह पूरा गरे पछि विद्यार्थीले के कति सिके अर्थात् तिनले के कस्ता सक्षमता ९एचयfi अष्भलअथ० हासिल गरे र ती सक्षमताले भावी जीवन र अध्ययनलाई कत्तिको सहयोग गर्न सके भन्ने हो । अर्को शब्दमा, विद्यार्थीले पाठ्यक्रमद्वारा अपेक्षित सक्षमता के–कति हासिल गर्न सके भन्ने कुरा ले शिक्षाको गुणस्तर को महत्वपूर्ण पक्षलाई समेटेको हुन्छ । सिकाइस्तर सम्बन्धी यस्तो जानकारीबाट शिक्षा प्रणालीले न्याय र समता कत्तिको कायम गर्न सकेको छ भन्ने आकलन गर्न पनि सघाउ पुग्छ । जस्तो; शिक्षण सिकाइ प्रक्रिया र समग्र शिक्षा प्रणालीले कुनै खास समूह, वर्ग वा क्षेत्रलाई मात्र पक्षपोषण गरी अरूलाई कठिनाइमा पारेको वा बहिष्कृत गरेको त छैन भन्ने जस्ता समताका सूचकहरू पहिल्याउन पनि मद्दत पुग्छ ।

नेपालमा विद्यार्थीको सिकाइ उपलब्धिको राष्ट्रिय स्तर मा परीक्षण गर्ने कार्य अलि पहिले देखि नै हुँदै आएको भए पनि यसको व्यवस्थित र नियमित शुरूआत भने वि.सं. २०६६ मा ‘शैक्षिक गुणस्तर परीक्षण केन्द्र’ को स्थापना पछि मात्र भएको देखिन्छ । यसै क्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ को अन्त्यतिर कक्षा ८ को गणित, नेपाली र विज्ञान विषयमा राष्ट्रिय स्तर कै प्रतिनिधित्व हुने गरी सामुदायिक र संस्थागत या निजी विद्यालयका समेत गरी ४६ हजार २६६ जना विद्यार्थी माझ् सञ्चालन गरेको ‘विद्यार्थी उपलब्धि परीक्षण’ (National Assessment of Student Achievement NASA - 2016) को नतिजा केही दिन अघि सार्वजनिक भएको छ । सोे परीक्षणमा विद्यार्थीका तहगत सक्षमतालाई ६ तहमा विभाजन गरेर सोही अनुसार विद्यार्थीले प्राप्त गर्नु पर्ने उपलब्धि के कति र कुन तहमा प्राप्त गर्न सके भन्ने हेरिएको छ । सो परीक्षणको नतिजा विश्लेषणको क्रममा सक्षमताको कुनै तह विशेषमा के कति विद्यार्थी पुग्न सके भन्ने नतिजा पनि निकालिएको छ । नतिजा विश्लेषणको यही आधारमा यो लेखाइमा कक्षा ८ का के कति विद्यार्थीले परीक्षण गरिएका विषयमा के सिके वा के कस्ता सक्षमता प्राप्त गरे भन्ने विश्लेषण गरिएको छ ।

उपलब्धि परीक्षणमा परिभाषित उपलब्धिका तह

शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सार्वजनिक गरिएको उपलब्धि परीक्षण प्रतिवेदनमा परीक्षणका क्रममा प्रयोग गरिएका प्रश्नले विद्यार्थीका के कस्ता सक्षमताहरूको परीक्षण गर्द छन् भनी प्रत्येक प्रश्नको व्याख्या गरिएको थियो । यसमा विद्यार्थीले प्राप्त गरेको अङ्कका आधारमा विभिन्न प्रश्नहरूमा विद्यार्थीको उत्तर दिन सक्ने क्षमता पहिचान गरी सम्पूर्ण विद्यार्थीलाई ५०० औसत अङ्क भएको स्केलमा राखेर उत्तर दिने क्षमताका आधारमा अत्यन्तै कमजोर देखि उत्कृष्टसम्म कति विद्यार्थी कहाँ–कहाँ पर्दछन् भनी विद्यार्थीको स्तर निर्धारण गरिएको छ । यसरी स्केलमा रहेका विद्यार्थी संख्यालाई अपेक्षित सक्षमता र विद्यार्थीको अङ्कका आधारमा ६ भागमा (न्यून देखि उच्च तहमा) विभाजन गरी प्रत्येक तहमा पर्ने विद्यार्थीको विषयगत क्षमता उल्लेख गरिएको छ ।

उपलब्धि परीक्षणको नतिजा विश्लेषणका आधारमा विद्यार्थीको सिकाइस्तर को व्याख्या तथा यसले सङ्केत गरेका पक्षहरूको चर्चा गर्नु अघि सक्षमताका ६ तहअन्तर्गत प्रत्येक तहमा पर्ने विद्यार्थीले के कस्ता सक्षमता प्रदर्शन गर्न सक्दछन् भन्ने छलफल गर्नु सान्दर्भिक हुनेछ । सूक्ष्म रूपमा हेर्ने हो भने सक्षमताका तहलाई विषयगत विश्लेषण आवश्यक भए पनि समग्रमा प्रवीणताका प्रत्येक तहले देखाउने सिकाइ क्षमतालाई सामान्य रूपमा व्याख्या गर्न सकिने हुन्छ । यसमा तह १ र २ मा रहेका विद्यार्थीको सिकाइस्तर सम्बन्धित कक्षा वा तहमा अपेक्षित सिकाइस्तर भन्दा ज्यादै तल रहेको देखिन्छ । अझ् तह १ मा रहेका विद्यार्थीमा सम्बन्धित तह वा कक्षाको सिकाइका लागि आवश्यक तयारी समेत पर्याप्त नभएको देखिन्छ । तह २ मा रहेका विद्यार्थीमा सामान्य रूपमा सम्बन्धित तह वा कक्षाको सिकाइका लागि आवश्यक ज्ञान र सीप प्राप्त गरे पनि , ती ज्ञान र सीपलाई उपयुक्त ढंगले प्रयोग गर्ने क्षमताको विकास भएको देखि ंदैन । साथै सम्बन्धित तह वा कक्षाको सिकाइ क्षमताका सन्दर्भमा यस तहका विद्यार्थीले केही प्रारम्भिक र सामान्य ज्ञान र सीप प्राप्त गरे पनि ती ज्ञान र सीपलाई सं गठित गर्ने र समस्या समाधानमा प्रयोग गर्ने सामथ्र्यको अभाव देखिन्छ । यसबाट , तह १ र २ मा रहेका विद्यार्थीलाई अतिरिक्त र विशेष सहयोग विना अग्रिम सिकाइमा सरिक हुन र सिकाइलाई प्रयोग गरी समस्या समाधानमा कठिनाइ हुने देखिन्छ ।

सिकाइ सक्षमताको तह ३ मा रहेका विद्यार्थीले सामान्य रूपमा निर्धारित तहको सिकाइका लागि पूर्ण तयारी सहित सम्बन्धित तह वा कक्षाका आधारभूत ज्ञान र सीप प्राप्त गरे पनि उनीहरूमा सिकेका ज्ञान र सीपलाई सं गठित गरी समस्या समाधानमा प्रयोग गर्ने क्षमताको पर्याप्त विकास भएको हुँदैन । यस्तो अवस्थाका बालबालिकालाई सिकाइलाई सं गठित गर्ने र समस्या समाधानमा प्रयोग गर्ने क्षमता विकास गर्ने पर्याप्त अवसर आवश्यक हुन्छ । त्यस्तो अवसर प्राप्त गर्न सकेनन् भने बालबालिकाहरू सिकाइका उच्च तहमा विकास हुने दिशातर्फ जानुभन्दा यथास्थितिमा रहने वा क्रमशः कमजोर हुँदै जाने सम्भावना प्रबल रहन्छ ।

केन्द्रले तयार गरेको कक्षा ८ को उपलब्धि परीक्षण ढाँचा तथा परीक्षणको नतिजा समेतलाई आधार मानी तयार गरिएको सक्षमता वा प्रवीणताको व्याख्या हेर्दा, तह ४ सम्मको सक्षमतालाई कक्षा ८ का विद्यार्थीको आवश्यक न्यूनतम सक्षमता मान्न सकिने देखिन्छ । यस तहका विद्यार्थीहरू सम्बन्धित कक्षाका विद्यार्थीले प्राप्त गर्नु पर्ने सिकाइस्तर अनुरूपको ज्ञान र सीप पर्याप्त मात्रामा प्राप्त गरी नियमित स्वरूपका समस्या समाधान गर्न सक्षम हुन्छन् । साथै, उनीहरू सिकाइलाई सृजनात्मक प्रयोग गरी विशिष्ट प्रकृतिका समस्या समाधान र परिस्थिति अनुकूल सिकाइको प्रयोग गर्ने क्षमताको विकास का लागि तयार भएका हुन्छन् ।

विद्यालयमा शिक्षक पर्याप्त छन्/छैनन् ? शिक्षकको योग्यता र दक्षता कस्तो छ ? उनीहरूको पेशागत विकास र उत्प्रेरणा कस्तो छ भन्ने जस्ता पक्षहरू विद्यार्थीको सिकाइ सुधारका लागि महत्वपूर्ण हुन्छन् ।

तह ५ ले सम्बन्धित कक्षामा अपेक्षा गरिएका सक्षमताहरूमा पूर्णता प्राप्त गरी सिकेका ज्ञान, सीप र क्षमतालाई सृजनात्मकरूपले प्रयोग गरी नियमित तथा विशिष्ट प्रकृतिका समस्या समेत समाधान गर्ने र समाधानको सामान्य विश्लेषण गर्ने क्षमता प्रदर्शन गर्न सक्ने सक्षमतालाई जनाउँदछ । यसप्रकार तह ५ को सिकाइ सक्षमतालाई कक्षा ८ को सिकाइको उच्च स्तर मानिएको छ । त्यसैले हाम्रा सिकाइ प्रक्रियाले विद्यार्थीलाई तह ५ को सिकाइ सक्षमता प्राप्तितर्फ डो¥याउन सक्नु आवश्यक छ । तह ६ भने यो कक्षाको उच्च तह मानिए पनि यो तह यस कक्षाको अपेक्षित सक्षमता भन्दा केही उच्च विश्लेषणात्मक क्षमता भएकाले सबै विद्यार्थीमा यो तहको सक्षमताको अपेक्षा सान्दर्भिक देखि ंदैन । तापनि , यसबाट केही विशेष रुचि तथा क्षमताका विशिष्ट र प्रतिभाशाली विद्यार्थीका सक्षमतालाई पहिचान गर्ने र त्यस्ता क्षमता विकास मा विद्यार्थीलाई प्रोत्साहित गर्न सहयोग पुग्नेछ ।

कक्षा ८ का विद्यार्थीको सक्षमताका तहको व्याख्या

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै सार्वजनिक गरेको कक्षा ८ मा २०७३ सालमा सञ्चालित उपलब्धि परीक्षण (नासा) को नतिजाका आधारमा विभिन्न उपलब्धिस्तर प्राप्त गर्ने विद्यार्थीको अनुपातमा विषयगत रूपमा केही भिन्नता रहे पनि समग्रमा विद्यार्थीले अपेक्षित उपलब्धिस्तर प्राप्त गर्न सकेको देखि ंदैन । गणित विषयको नतिजा हेर्दा करीब १५ प्रतिशत विद्यार्थीले मात्र तह ५ वा सोभन्दा माथिल्लो स्तर प्राप्त गरी सम्बन्धित कक्षामा अपेक्षा गरिए अनुसारको पर्याप्त सक्षमता हासिल गरेको देखि एको छ । त्यस्तै विज्ञानमा यस्ता विद्यार्थीको प्रतिशत करीब ११ मात्र रहेको छ । नेपाली विषय अन्तर्गत पढाइ र लेखाइमा पर्याप्त सक्षमता हासिल गर्ने विद्यार्थीको प्रतिशत १० रहेको छ । यी तीन वटै विषयमा पर्याप्त सक्षमता प्राप्त गर्ने विद्यार्थीको प्रतिशतमा खासै ठूलो भिन्नता न देखि एकाले समग्रमा यी सबै विषयमा पर्याप्तस्तर को सक्षमता प्राप्त गर्ने विद्यार्थीको संख्या वा प्रतिशत न्यून रहेको भन्न सकिन्छ । सँगैकोग्राफमा २०७३ सालको उपलब्धि परीक्षण (नासा) मा कक्षा ८ को विज्ञान विषयमा सिकाइका विभिन्न तहमा रहेका विद्यार्थी प्रतिशत देखाइएको छ । त्यसै गरी, तह चारसम्मको उपलब्धि प्राप्त गर्ने विद्यार्थीको प्रतिशत हेर्दा गणितमा ५४ प्रतिशत रहेको छ भने विज्ञानमा यो ४४ प्रतिशत मात्र छ । माथि उल्लेख भए अनुसार तह चारसम्मको उपलब्धिलाई कक्षाको न्यूनतम सक्षमता मान्ने हो भने गणितमा करीब ४६ प्रतिशत र विज्ञानमा करीब ५६ प्रतिशत विद्यार्थीले न्यूनतमस्तर को सिकाइ पनि गरेका छैनन् । नेपाली विषयअन्तर्गत पढाइ लेखाइमा भने न्यूनतमस्तर पूरा गर्ने अर्थात् तह चारसम्मको उपलब्धिस्तर प्राप्त गर्ने विद्यार्थीको प्रतिशत केही उच्च अर्थात् ६९ प्रतिशत रहेको छ । सम्बन्धित कक्षाको सिकाइ सक्षमतामा प्रवेश नै न गरेका अर्थात् कक्षागत सिकाइस्तर भन्दा निकै तल (तह १ र २ मा) रहेका विद्यार्थी पनि उल्लेख्य संख्यामा छन् । यस्ता विद्यार्थीको प्रतिशत गणित, नेपाली र विज्ञानमा क्रमशः १५, ५ र १७ रहेको छ ।

तह १ र २ मा रहेका विद्यार्थीको सिकाइस्तर सम्बन्धित कक्षा वा तहमा अपेक्षित सिकाइस्तर भन्दा ज्यादै तल रहेको देखिन्छ । अझ् तह १ मा रहेका विद्यार्थीमा सम्बन्धित तह वा कक्षाको सिकाइका लागि आवश्यक तयारी समेत पर्याप्त नभएको देखिन्छ ।

समग्रमा; विज्ञान र गणितमा न्यूनतमस्तर को सिकाइ सक्षमता पनि प्रदर्शन गर्न नसक्ने विद्यार्थीको संख्या ठूलो रहेको देखिन्छ भने थोरै विद्यार्थीले मात्र ‘पर्याप्तस्तर को सक्षमता’ प्राप्त गर्न सकेका देखिन्छन् । यसले समग्र शिक्षण सिकाइ प्रक्रिया र वातावरणप्रति विश्वस्त हुने आधार देखि ंदैन भने अर्कोतिर यो अध्ययनले देखाएका सिकाइ उपलब्धिमा भएको विभिन्न किसिमको असमान तालाई यसले थप पुष्टि गरेको छ । उपलब्धिमा लैङ्गिक, भाषिक, जातजातिगत, सामाजिक, आर्थिक अवस्था लगायतका आधारमा देखि एका भिन्नताले हाम्रा शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक प्रणालीहरू— देशको विविधतालाई प्रोत्साहित गर्ने र त्यसको उचित व्यवस्थापन गर्ने दिशामा कमजोर रहेको देखिन्छन् । त्यसै गरी; यो अध्ययनले कक्षा क्रियाकलाप र गृह कार्यको नियमितता तथा पृष्ठपोषणले विद्यार्थीको सिकाइ उपलब्धिमा उल्लेख्य प्रभाव पारेको पनि देखि एको छ । सिकाइ सुधारका लागि कार्यक्रम तर्जुमा गर्दा यी पक्षहरूमा विचार पुर्याउनु उपयोगी हुन्छ ।

सुधार कसरी ?

समग्रमा; विद्यार्थीको सिकाइस्तर कमजोर देखि एको छ । त्यसमा पनि अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइस्तर ज्यादै कमजोर रहेकाले यसलाई सुधार गर्ने दिशामा सबैले आ–आफ्नो दायित्व निर्वाह गर्नु अनिवार्य देखिन्छ । तर सुधारको शुरूआत कसले र कहाँबाट गर्ने ? यसलाई कसरी निरन्तरता दिने ? कसको के जिम्मेवारी र उत्तरदायित्व हुने ? भन्ने जस्ता विषयमा विभिन्न मत रहेका छन्; जुन स्वाभाविक पनि हो । तथापि  दोषारोपण भन्दा प्रत्येकले आफ्नो जिम्मेवारी र उत्तरदायित्व खोज्ने बेला आएको छ । यसो भयो भने मात्र सुधारका कार्यहरू प्रारम्भ गर्न सकिने हुन्छ ।

सुधार कहाँबाट थाल्ने भन्ने निश्चित विन्दु तोक्न सकिंदैन । फेरि विभिन्न तह र व्यक्तिले गर्ने कार्य अन्तरसम्बन्धित भएकाले पनि यसमा शुरू र अन्त्यको प्रश्न सान्दर्भिक नहुन सक्छ । समग्रमा हेर्दा, विद्यालयमा शिक्षक पर्याप्त छन्/छैनन् ? शिक्षकको योग्यता र दक्षता कस्तो छ ? उनीहरूको पेशागत विकास र उत्प्रेरणा कस्तो छ ? भन्ने जस्ता शिक्षक तयारी, आपूर्ति र विकास सँग सम्बन्धित पक्षहरू विद्यार्थीको सिकाइ सुधारका लागि महत्वपूर्ण हुन्छन् । त्यसैले यसमा पर्याप्त छलफल , पुनरावलोकन र सुधार आवश्यक देखिन्छ ।

त्यसै गरी, अर्को महत्वपूर्ण पक्ष भनेको विद्यार्थीले सिक्नका लागि के कस्ता अवसर प्राप्त गरेका छन् ? के विद्यालयहरू नियमित सञ्चालन हुन्छन् ? कक्षाहरू कत्तिको नियमित छन् ? शिक्षकले कक्षाकोठामा बिताएको समय विद्यार्थीको सिकाइका लागि कति उपयोगी छ ? विद्यार्थीहरू के–कस्ता क्रियाकलाप मा सहभागी हुन्छन् ? विभिन्न किसिमका विविधतालाई कक्षाकोठामा कत्तिको सम्बोधन गरिएको छ ? विद्यार्थीको सिकाइस्तर र कठिनाइ पहिचान के कसरी गरिन्छ ? यसलाई विद्यार्थीको सिकाइ सुधार र शिक्षकको शिक्षण सुधारमा कतिको प्रयोग गरिन्छ ? भन्ने जस्ता कक्षाकोठा शिक्षण सिकाइसँग सम्बन्धित पक्षहरू पनि त्यतिकै महत्वपूर्ण हुन्छन् । विद्यालयको समग्र व्यवस्थापनको प्रभाव पनि विद्यार्थीको सिकाइमा देखिन्छ । त्यसै गरी, पाठ्यक्रम तथा पाठ्यपुस्तकको सान्दर्भिकता र उपयुक्तता समेत यससँग सम्बन्धित छ ।

शैक्षिक सुधारको कुरा गर्दा शिक्षामा गरिने लगानीले गुणस्तर सुधारमा सहयोग गर्न सकेको छ वा छैन ? के सरकारले न्यूनतम लगानी गरेको छ ? न्यूनतम लगानीलाई प्राथमिकताका आधारमा प्रभावकारी र मितव्ययी ढंगले खर्च गरिएको छ ? भन्ने प्रश्न पनि सान्दर्भिक देखि न आउँछन् । यसरी हेर्दा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विद्यालय तथा शिक्षाका र समुदाय सबैले आ–आफ्नो दायित्वको खोजी गर्नु आवश्यक देखिन्छ ।

यो नतिजा लगायत अन्य अध्ययनहरूले समेत केही सामुदायिक विद्यालयहरूले रराम्रो उपलब्धि प्राप्त गरेको पनि देखाएका छन् । त्यसबाट सिकाइ या शैक्षिक सुधार कार्य सम्भव छ भन्ने तथ्यको पुष्टि हुन्छ ।

निष्कर्ष

विद्यार्थी उपलब्धि परीक्षण (नासा) को नतिजाले विद्यालयको सिकाइ वातावरणमा सुधार गर्नु अत्यावश्यक भएको स्पष्ट गरेको छ । विद्यार्थीको सिकाइस्तर को उल्लिखित विश्लेषणका आधारमा सुधारका लागि अबको दायित्व कस्तो हुनुपर्ला र सो दायित्व कसले निर्वाह गर्ने भन्ने विषयमा केही संकेत गरिएका छन् । त्यसबाट विद्यार्थीको सिकाइ सुधारको लागि थप छलफल गर्न, सुधारका क्षेत्र पहिचान गर्न र सुधार कार्य प्रारम्भ गर्न सहयोग पुग्ने ठानिएको छ

यो नतिजा लगायत अन्य अध्ययनहरूले समेत केही सामुदायिक विद्यालयहरूले रराम्रो उपलब्धि प्राप्त गरेको पनि देखाएका छन् ।
त्यसबाट सिकाइ या शैक्षिक सुधार कार्य सम्भव छ भन्ने तथ्यको पुष्टि हुन्छ । हो; त्यसनिम्ति सम्बन्धित प्रत्येक निकाय र व्यक्तिहरूले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नु र विद्यार्थीको सिकाइप्रति सबै उत्तरदायी हुनु भने आवश्यक छ । जिम्मेवारी र उत्तरदायित्वको कुरा गर्दा सबै तहका सरकार, समुदाय तथा अभिभावक, विद्यालय व्यवस्थापन तथा प्रधानाध्यापक र शिक्षक आदि कोही पनि आ–आफ्नो उत्तरदायित्वबाट उम्किन मिल्दैन । तर सिकाइ सुधारमा शिक्षकको कुशलता, क्रियाशीलता, उत्प्रेरणा तथा सकारात्मक सोच नै सबैभन्दा महत्वपूर्ण हुन्छ । तसर्थ शिक्षक आफैंले पनि यो पक्षलाई विचार गर्नु पर्दछ भने अन्य पक्षहरूले पनि शिक्षकको यो भूमिका समेतलाई प्रोत्साहन हुने गरी सुधारका कार्यहरू सञ्चालन गर्नु आवश्यक देखिन्छ ।

डा. पा ै डे ल शैक्षिक गुणस्तर परीक्षणको न्द्र का पर मु ख हुन

commercial commercial commercial commercial