जीवनकै गुरु !

शिक्षक मासिकको नाम र काम दुवै मिलेको छ । ज्ञान र चेतना, विचार र अनुभूति, अनुभव र बुद्धि, सीप र सिर्जना, प्रयोग र प्राप्ति जे खोजे पनि दिएको छ शिक्षक ले । जीवनमा सफल बन्नका लागि एउटा गुरु चाहिन्छ र मैले शिक्षकलाई जीवनको गुरुको रूपमा लिएको छु । शिक्षक को एउटा चेलाको नाताले सर्वप्रथम शिक्षक लाई सलाम !

सिन्धुलीको एउटा दुर्गम गाउँमा काठमाडौँबाट पत्रपत्रिका आइपुग्न महीनौँ लाग्छ । शिक्षक प्रकाशित भएको एक महीनापछि मेरो हातमा पर्छ । तर पनि शिक्षक मेरा लागि कहिल्यै पुरानो हुँदैन । सधैँ ताजा । विचार र सिर्जनाको नयाँपन नै शिक्षक को पहिचान हो । कहिल्यै पुरानो नहुनु शिक्षकको गुण । सधैँ जीवित रहने अमर विचारहरू शिक्षक मा पाइने कोसेली । मेरो मन कहिल्यै पनि शिक्षक मा नगएको हुँदैन । शिक्षक मन अड्याउने साधन । शिक्षक दिमागको साथी । ज्ञानको स्रोत । चेतनाको दियो । विचारको पोयो । भावनाको डोरी । सम्मानको पगरी । गतिशील जीवनको प्रगतिशील बाटो ।

म शिक्षक लाई विद्यार्थीसँग पु¥याउँछु । शिक्षक र अभिभावकलाई देखाउँछु । आफ्नो साथमा राख्छु र शिक्षक ले देखाएका बाटाहरूलाई पछ्याउने कोसिस गर्छु । शिक्षण विधि र प्रविधि सम्बन्धी केही नयाँ कुरा आएका छन् कि भनेर विषयसूची हेर्छु ।

विद्यालय व्यवस्थापनका तरीकाहरू सिक्न शिक्षक को सहयोग लिन्छु । नियमित शिक्षण कार्यमा सुधार ल्याउन शिक्षक को सहयोग लिन्छु । शिक्षक पढ्दा मन प्रफुल्ल हुन्छ । आनन्द आउँछ । पाउँदा शिक्षक बाट आफ्नो कुरा पाइन्छ । शिक्षकको आत्मबल बढाउने कुरा । शिक्षकको ज्ञान र चेतनाको संसार बढाउने कुरा । विचारलाई फराकिलो बनाउने कुरा । भावनालाई डो¥याउने कुरा । डा. तीर्थबहादुर श्रेष्ठ र डा. विद्यानाथ कोइरालाका लेखहरू बढी मन पर्छन् । विद्यानाथको लेख पढ्दा उहाँसँगै बसेर कक्षा लिइरहेको जस्तो हुन्छ । उहाँलाई शिक्षक मा पढ्न पाउँदा खुसी लाग्छ । नपाउँदा दुःख ।

शिक्षा क्षेत्रका सम्पूर्ण जानकारीहरूलाई समेटेर शिक्षक ले पाठकको प्यास मेटेको छ । शिक्षक मा सोचेका कुरा छन् । खोजेका कुरा छन् । सिक्नका लागि प्रशस्त सामग्री छन् । शिक्षण पेशामा संलग्न भएका अथवा चाहनेहरूका लागि । शिक्षाको संस्थागत विकास र सुधार गर्न चाहनेका लागि । शैक्षिक जगत्को सामान्य जानकारी राख्न चाहनेका लागि । शिक्षक का लागि ।

अभिभावकका लागि । बुद्धिजीवी, समाजसेवीका लागि । विद्यालय व्यवस्थापक र प्रशासकका लागि । सबैका लागि शिक्षक सहयोगी र उपयोगी छ ।

शिक्षक रोचक छ । ज्ञानबद्र्धक छ । उपयोगी छ । पठनीय छ । कुनै पनि कुराको एउटा सीमा हुन्छ । आधार हुन्छ । त्यसलाई बिर्सिएर कुनै टिप्पणी गर्नु उचित हुँदैन । यसको प्रभावकारिताका लागि व्यवस्थापक गतिशील र सिर्जनशील हुनु आवश्यक हुन्छ । यो माथि माथि मात्र नबसोस् तल तल पनि पुगोस् । ठूलठूला बौद्धिकले मात्र होइन, ससाना पाठकले पनि नियमित रूपमा पढ्ने साधन बन्न सकोस् । शिक्षाको जग भनेको प्राथमिक तह हो । प्राथमिक तहमा धेरै समस्या छन् । ती ओझ्ेलमा परेका समस्याको  खोजीनिती हुनुप¥यो ।

शिक्षक राम्रा पनि छन् । नराम्रा पनि छन् । विद्यालय राम्रा पनि छन् । नराम्रा पनि छन् । ठीकठीकै खालका पनि छन् । राम्रो हुनुको पनि कारण हुन्छ । नराम्रो हुनुको पनि कारण हुन्छ । राम्रो नराम्रोको तुलना हुनु पर्छ । नियमनकारी निकायलाई यी काम गर्ने फुर्सद छैन । मौनताले प्रगतिको संकेत गर्दैन । छलफल हुनुपर्छ । राम्रा नराम्रा सबै कुरा सार्वजनिक हुनुपर्छ । कति राम्रा विद्यार्थी होलान् । कति नराम्रा होलान् । राम्रो नराम्रो खोजी गरिदिने निकाय पनि हुनुप¥यो । यसका लागि शिक्षक ले विद्यार्थीका लागि छुट्टै स्तम्भ खडा गरिदिनुप¥यो ।

सामुदायिक शिक्षाको गुणस्तरका विषयमा धेरै गुनासा सुन्नुपरेको छ । यो सुन्नु नपरे हुन्थ्यो । शिक्षण एउटा उत्कृष्ट पेशा भएर पनि सामुदायिक विद्यालयका शिक्षकले कडा आलोचनाको सामना गर्नुपरिरहेछ । यसबाट मुक्त हुन पाए हुन्थ्यो । सबै शिक्षकहरू प्रतिष्ठित र सम्मानित हुने दिन कहिले आउला, कसरी आउला ! शिक्षकको रूपमा मेरो जीवनको सपना यही हो ।

शिक्षकका माझ्मा लोकप्रिय भइसकेको शिक्षक ले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि उपयोेगी सामग्रीहरूलाई बढी प्राथमिकता देवोस् । सामुदायिक शिक्षाभित्र रहेका कैयन् भ्रम र नकारात्मक पक्षहरूलाई उजागर गर्नु आवश्यक छ । शिक्षक मा केही पृष्ठहरू थपियोस् । पृष्ठहरू थप गर्दा मूल्य वृद्धि हुने कुरालाई जायजै ठहराउनुपर्छ । शिक्षक मा सामुदायिक शिक्षा सम्बन्धी गतिविधिहरूको एउटा नियमित स्तम्भ नै होस् । ‘ध्यान एसएलसीमा होइन प्राविमा केन्द्रित गरौँ’ (साउन, २०७२) र ‘लेखनकला सिक्न र सिकाउन सकिन्छ’ (असोज, २०७२) जस्ता सामग्रीले शिक्षाको गुणस्तर माथि उठाउन सहयोग पु¥याउन सक्छन् । यस्ता सामग्रीहरूलाई प्राथमिकता दिइयोस् । सामुदायिक शिक्षालाई नयाँ उचाइ प्रदान गर्न आवश्यक छ । धेरै मानिसको भनाइ के रहेको छ भने ‘शिक्षकले हेलचेक्य्राइँ गर्नाले शिक्षाको गुणस्तर खस्किएको हो । सुधारको उपाय शिक्षककै हातमा हुन्छ । शिक्षकले नचाहेसम्म सुधार हुन सक्तैन ।’ सत्य यही हो । तथ्य यही हो । यस तथ्यलाई आत्मसात् गरेर मात्र सुधार खोज्नुपर्छ । कामै नलाग्ने त शिक्षकहरू छैनन् होला । काम गर्ने आँट, जाँगर, दक्षता, तत्परता भएका शिक्षकलाई अभियानमा परिचालन गर्न सकिन्छ । शिक्षक ले यो अभियानको नेतृत्व गरोस् । शुभकामना शिक्षक लाई यो छ कि शिक्षक संसारलाई चियाउने आँखीझयाल बनोस् ।

श्री बेङ्कटेश्वर उच्च मावि, बाहुनतिल्पुङ, सिन्धुली

commercial commercial commercial commercial