विद्यार्थीलाई पनि केही भए हुन्थ्यो !

बुबा शिक्षक भएको र उहाँले निरन्तर पढ्ने गरेको यो पत्रिका मैले कक्षा ८ मा पढ्दा पहिलो पटक पल्टाएर हेरेँ । यस भित्रका विविध जानकारीमूलक लेख–रचना, अनुसन्धानमुखी दृष्टिकोण र शैक्षिक समाचार लगायत विविध विषयहरूले मेरो मन छोयो । शिक्षा प्राप्तिको गोरेटोमा अग्रसर मेरो शैक्षिक यात्रालाई रोचक र तथ्यपरक बनाई मभित्रको प्रतिभालाई सृजनशील बनाउन यसले औधी सहयोग पु¥याएको छ; लेख्नका लागि झ्कझ्क्याएको छ, कलम उठाउनका लागि प्रेरणा थपेको छ ।

हुन त कक्षा ८ को अध्ययन शुरू गरेपछि २ वर्ष अगाडिबाट मात्र नियमित अध्ययन गर्न शुरू गरेको शिक्षक मासिकले मेरो अध्ययन यात्राको शैक्षिक पाठ्यक्रम भित्रका सामग्री समेट्ने नगरेको भए पनि ज्ञानविज्ञानका रोचक, तथ्यमूलक र कौतुहलपूर्ण सामग्री प्रकाशन गरी अगाडि बढिरहेको छ । तसर्थ बढीभन्दा बढी शैक्षिक पत्रिकाका रूपमा समायोजन हुँदै विद्यार्थीका अनुभव, चिन्तन र संस्मरणहरू समेटेर अझ्ै रोचक र प्रभावकारी बनाउनुपर्ने ठान्छु । सिद्धान्तको विश्लेषण र विवेचनाभन्दा वा पुस्तक समीक्षाभित्र धेरै पृष्ठ संख्या खर्चिनुभन्दा सृजनालाई प्राथमिकता दिएर विद्यार्थी स्तम्भभित्र रोचक लेख–रचनाहरू समेटिनु उपयुक्त ठान्छु । स्थलगत रिपोर्टका रूपमा समेटिने सन्दर्भ उत्कृष्ट लाग्छ । यसले मेरो विद्यालय र समीक्षाको दायराभित्र परेको विद्यालयबीचको आर्थिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक तुलनात्मक अध्ययनलाई सहयोग पु¥याएको छ । ‘विषय सन्दर्भ’, ‘हेराइ र बुझइ’ डा. तीर्थबहादुर श्रेष्ठका विज्ञानपरक लेख ‘नेपाल अध्ययन’, ‘मनका कुरा’ आदि स्तम्भहरूका साथै शैक्षिक समाचारले सबैलाई सुसूचित तुल्याएको छ ।

विगतका अंकहरूमा प्रकाशन हुने गरेका कथा स्तम्भलाई टुटाइएकोमा दुःख लागेको छ । विद्यार्थीका धारणा, विचार र टिप्पणी तथा शैक्षिक यात्रामा सँगालेको अनुभव, भविष्यका इच्छा, अपेक्षाहरूको स्मरण तथा सृजनशील लेख रचनाहरूलाई निरन्तरता दिँदै प्रमुख रूपमा समेटिनुपर्छ । शैक्षिक क्षेत्रमा संलग्न प्रशासक, अनुसन्धानकर्ता र शिक्षकको मात्र नजिकको साथी नबनी प्रभावकारी शैक्षिक सामग्रीका रूपमा रूपान्तरित भएर हामी लाखौँ विद्यार्थीको उपयुक्त सहयात्री बन्न सकेमा सुनमा सुगन्ध थपिनेछ भन्ने मेरो विचार हो । शैक्षिक बहस चलाएर विद्यालय तहदेखि उच्च शिक्षाका तहमा देखिने समस्या, चुनौती र अप्ठ्याराहरूको चिरफार गरी अनिर्णयको बन्दी बनिरहेका हजारौँ विद्यार्थीलाई उपयुक्त गन्तव्य दिलाउन सक्षम बन्नुपर्छ ।

सत्यवती उमावि, हँसरा, गुल्मी, कक्षा १०

commercial commercial commercial commercial