शिक्षक लाई शिक्षककै सुझव

नाम मात्र हेर्ने हो भने शिक्षक मासिक शिक्षकसँग मात्रै सम्बन्धित भए जस्तो देखिए तापनि यसभित्र प्रकाशित भएका र हुने गरेका हरेक सामग्री शिक्षक, विद्यार्थी, अभिभावक एवं अन्य सबैका लागि उत्तिकै महŒवपूर्ण र पठनयोग्य छन् ।
पछिल्ला दिनहरूमा विद्यालय शिक्षासँग सम्बन्धित प्रसिद्ध पुस्तकहरू दिवास्वप्न, तोत्तो–चान जस्ता पुस्तकहरू आफ्नै प्रकाशनमा प्रकाशित गरेकाले झ्नै शिक्षक मासिकको गरिमा बढ्न गएको छ ।

२०६७ सालमा शिक्षक मासिकको नियमित पाठक बन्न पुगेँ । हाल मसँग त्यसपछिका सबै अंक सुरक्षित छन् । शिक्षक मासिकलाई मैले कक्षा कोठामा एउटा सामग्रीको रूपमा प्रयोग गर्ने गरेको छु । यसमा प्रकाशित हुने ‘फुर्सद’ स्तम्भका शब्दखेल, अन्ताक्षरी र सामान्य ज्ञानका समाधानहरू मासिक रूपमा पठाउने गरेको छु । यसबाट आफूमा विभिन्न कुराहरूको खोजी गर्ने बानीको विकास भएको छ । एउटा महीना बितेर अर्को महीना लाग्नासाथ शिक्षक किन्न बजार पुगिहाल्छु । यदि आफू बजार जान भ्याइनँ भने जाने व्यक्तिलाई ल्याउन लगाई नछुटाई अध्ययन गर्छु । शिक्षक पत्रिका एक किसिमले अम्मल नै जस्तो भएको छ ।

हरेक दृष्टिले शिक्षक मासिक शैक्षिक क्षेत्रको एउटा महŒवपूर्ण दर्पण बन्न पुगेको छ । यसले शिक्षा क्षेत्रका विविध गतिविधिहरूलाई उजागर गरी सुधारतर्फ हामी सबै सरोकारवालाहरूलाई मार्गदर्शकको रूपमा काम गरिरहेको छ । शिक्षक मासिकलाई अझ् प्रभावकारी, उपायोगी र पाठक प्रिय बनाउन निम्न सुझव अघि सार्न चाहन्छु ः
१.    विज्ञापनलाई भन्दा पाठकद्वारा पठाइएका लेख रचना प्रकाशित गर्नेतर्फ ध्यान पु¥याउनुपर्छ ।
२.    शैक्षिक समाचारको दायरा अलि फराकिलो बनाउनुपर्छ ।
३.    विद्यार्थीका रचनालाई पनि स्थान दिए थप पाठक बढ्ने थिए ।
४.    रेडियोबाट प्रसारण भएका शिक्षा–संवाद अंकहरूलाई पत्रिकामा पनि प्रकाशित गर्नुपर्ने ।
५.    विद्यालय तथा विश्वविद्यालयका मात्र नभएर विभिन्न शैक्षिक निकायहरूका गतिविधिहरू पनि समय समयमा प्रकाशित गरिदिए अझ् राम्रो हुन्थ्यो ।
६.    विद्यालय शिक्षासँग सम्बन्धित कक्षा कोठा, शैक्षिक सामग्री, शिक्षण विधि तथा क्रियाकलाप जस्ता कुराहरू नियमित रूपमा नछुटाई प्रकाशित हुनुपर्छ ।
७.    राम्रा विद्यालयले गरेका नयाँ अभ्यास प्रकाशित गर्दा अरू विद्यालयले पनि त्यसको सिको गर्ने मौका पाउने थिए ।
८.    पाठकले पठाएका सानातिना लेख रचना पनि प्रकाशित गर्नेतर्फ ध्यान पु¥याउनुपर्छ ।
९.    नेपालको शैक्षिक प्रणाली सुधार गर्न टेवा मिल्ने थप सामग्री प्रकाशित गरिनुपर्छ ।

 श्री गणेश मावि, भीमखोरी–८, शिखरपुर, काभ्रे

commercial commercial commercial commercial