अक्षरसँग पलाएको हर्ष

अहिले सम्झ्रिहेकी छु, मैले त्यस पलको हर्ष कसैसँग बाँड्न सकिनँ तर मैले पहिलो अक्षर भुइँमै भए पनि लेख्न जानेकी थिएँ, मनमनै भए पनि उच्चारण गर्न जानेकी थिएँ । म यति खुसी भएकी थिएँ, मैले पटकपटक धुलो उडाएर लेखेकी थिएँ क, किनभने मैले यही अक्षर चिन्नका लागि पटकपटक सिन्का भाँचेँ, धुलामा औँला धसारेर कलिला छाला उप्काएँ । त्यति मात्र होइन, बिहानको शीत बटुकामा थापेर त्यसमा औँला चोबलेर, ढुङ्गामा रगटेर अक्षर लेख्दा रगत छरछरी बगाएकी थिएँ । साँच्चै त्यो सबै गर्नाको पछाडि कुनै खास कारण थियो भने अक्षर लेख्न जान्नु वा चिन्नु थियो । त्यो अहिले पूरा भएको थियो । पूरा हुँदा म आफैले माटो आकाशतिर हानेर धुलैधुलो बनेकी थिएँ । त्यस दिन मैले जानेको कुरो सबैले देखून् भनेर धुलामा निकै ठूलो क लेखेर राखेकी थिएँ । तर मेरो अक्षर हेर्न त परै जावोस् उल्टै त्यसमाथि टेकिदिएर नामेट बनाइदिए अर्थात् मेरो पहिलो अक्षर क कसैले नदेखी मेटिएर गयो ।

आखिर जिन्दगी नै नामेटजस्तै भएको मान्छेलाई एकपछि अर्को चोट सहन त बानी नै परिसकेको हुँदो रहेछ । म पनि त्यही बानी परिसकेको मान्छेभित्रकै मान्छे थिएँ, मेरो खुसीमा खुसी हुने मान्छे कोही थिएन, दुःखमा पनि दुःखी हुने कोही थिएन । त्यस दिन मैले खुसीले लेखेको अक्षर जुत्ताले कुल्चिदिँदा मन नराम्रोसँग चिरियो । त्यसको अनुभूति अरूसँग प्रकट गर्दा चिच्याएर गरेँ । किनभने मलाई त्यो कुरो अति असह्य भयो । सायद कुल्चिनेहरूप्रति आक्रोश त्यस रूपमा अभिव्यक्त भएको थियो । त्यो चिच्याहटलाई मान्छेहरूले आक्रोशको रूपमा बुझ्ेनन् । यो केटी डरले या भोकले चिच्याई भने । मेरो बँचाइको त्यो कालखण्ड ज्यादै रोमाञ्चक छ, जसलाई मैले खोलेर कसैलाई पनि देखाएकै छैन । जुन खोल्दैछु अर्थात् तपाईंलाई भन्दैछु । अँ, मैले पहिलो अक्षर चिन्दाको खुसी बाँड्ने मान्छे कोही थिएन, त्यो खुसी मैले यही निर्जीव धरतीसँग माटो उडाएर बाँडेकी थिएँ र आपूm धुलैधुलो भएर रमाएकी थिएँ ।

अरूलाई जस्तो हातले सफा कापीमा कलमले लेख्न जति सजिलो मलाई भुइँमा सिन्काले अक्षर बनाईबनाई लेख्न कहाँ थियो र ? हो, म काँडैकाँडाले घेरिएकी थिएँ, जसलाई पन्छाउँदै मैले अर्को अक्षर लेख्नुपथ्र्यो, त्यो पनि खुला धरतीमै लेखेँ । दोस्रो अक्षर ऊ, त्यो लेख्दा पनि म अत्यन्तै फुरुङ्ङ भएँ । त्यस पटक भने हर्षका आँसु पनि बगाएँ तर अरूले देख्लान् भनेर हत्त न पत्त पुछेँ । तेस्रो अक्षर पनि त्यही भुँइमा लेखँे व ।

शरीर पनि सन्तुलनमा नरहने भएकाले मलाई अक्षर लेख्न सारै गाह्रो थियो । औँला काँप्थे । मैले पहिलो पटक मरीतरी अक्षर लेखेँ । सबै अक्षर लेख्न धेरै समय लाग्यो । जति समय लागे पनि आखिर धैर्य गर्नुपर्दो रहेछ । त्यतिबेला मलाई अरूसँगको सञ्चार त्यति सहज कुरो थिएन । यतिसम्म कि भोक लाग्दा भोक लाग्यो भन्ने शब्द वा सङ्केत थिएन र म प्याक्क मुख बाइदिन थालेँ ।

अनि अरूले यो केटीलाई भोक लागेछ भनेर बुझन थाले । प्यास लाग्दा पानीको गाग्रो देखाउँथेँ, त्यसलाई प्यास लागेछ भन्ने सङ्केतको रूपमा बुझथे, दिशा पिसाब लाग्दा गुप्ताङ्गतिर देखाउँथेँ, अनि कुनै कुरा हो होइन भन्दा हो भनेर सहमति जनाउँथेँ भने होइन भनेर विमति जनाउँदा खुट्टा हल्लाउँथेँ । यी थोरै सङ्केत मात्र थिए म र स्वजनसँग सञ्चार गर्ने सूत्र भनौँ या माध्यम जे भनौँ । सायद यी सङ्केतहरू पनि नहुँदा हुन् त कल्पना गर्नुहोस् त जीवन कस्तो हुन्थ्यो ?

त्यसैले होला मान्छेहरू भन्छन्— “जहाँ जीवन छ, त्यहाँ बाँच्ने कला पनि हुन्छ ।” आखिर मेरो जीवनमा यही ध्रुवसत्य लागू भयो । मैले जीवनलाई बँचाउनु नै थियो, जीवनलाई चाहिने आधारभूत कुराको माग गर्नु नै थियो किनभने मैले पनि आमाको गर्भबाट भुइँमा खस्दा आपूmसँगै अरूको जस्तै खाने मुख र पेट लिएर खसेकी थिएँ । अर्थात् भोक, प्यास, मलमूत्र सबै थोक लिएर धरतीमा खसेकी थिएँ । त्यो भोक, प्यास मेट्ने र मेटिएपछि बेलाबेला शरीरले उत्सर्जन गर्ने तरिका त मैले जान्नै प¥यो र जानेँ । यी सीमित सङ्केतले मलाई जीवन जसोतसो चलाउने काममा ठूलै मद्दत गरे ।

अँ, म आपूmले अक्षर जान्दा, चिन्दाको खुसीको बारेमा भन्दै थिएँ र बताउँदै थिएँ । मैले पहिलो अक्षर लेख्न जान्दाको हर्ष त भनिसकेँ । मैले त्यसबेला कसैको स्याबासी र न्यानो ढाडस पाइनँ बर खुसीले माटो उडाउँदा आमाको मज्जाको गाली भने धेरै पटक खाएकी छु । उनले भनेको नमान्दा गोदाइ पनि खाएँ । तर त्यो मेरो खुसीको क्षणलाई न उनको गालीले टार्न सक्यो न त गोदाइले छेक्न सक्यो । त्यो उत्सव माटो छरेर मज्जाले मनाएँ मैले; त्यहीँ खुसीको उत्सव हर्षाश्रु बगाएर मनाएँ । उफ ! म हुन पनि जिन्दगीको कस्तो मोडमा रहेछु ! जहाँ न खुसीमा कोही खुसी हुने मान्छे हुँदो रहेछ, न त दुःखमा माया गरेर सुमसुम्याइदिने नै । मलाई पनि लाग्थ्यो, आफ्नो त्यो सफलतामा कोही सामेल भएर मसँगै रमाइदियोस् र माया गरेर कपाल सुमसुम्याइदियोस् ।

अनि म दुःखी हुँदा न्यानो हातले ढाडस दिएर कलिला कुम मायाले थपथपाउँदै भनोस्— “हत्तेरिका लाटी, जिन्दगीप्रति यति दुःखी हुने हो ?” तर मलाई कसले भन्थ्यो र ? किनभने म सबैबाट तिरस्कृत केटी न थिएँ । मलाई देख्दा सबै मान्छेहरू मुखले त ‘बिचरा, कठैबरी’ भन्थे, मनमनै भने ‘तँ चाडै मर् भन्थे’ जुन कुरा उनीहरूको व्यवहारबाट बुझथेँ म ।

सायद काँडा नबिझ्ेको भए मलाई शीतलताको अनुभूति कहिल्यै प्राप्त हुने थिएन होला । त्यसैले त म फूलसँगैका ती काँडाहरूलाई पनि उत्तिकै माया गर्छु र आफ्ना जीवनका सुख–दुःखका पलहरूलाई पनि समान रूपले माया गर्छु ।

अक्षरहरूसँगै फुलेका खुसीलाई पनि टिपेँ, दुःख पीडा दर्दहरूलाई पनि टिपेँ अर्थात् अक्षरका पूmलहरूसँगै असीम खुसीका पलहरू पनि चुमेँ ।

मेरो पहिलो शब्दै कलम बनेछ, किनभने मलाई कलमको ठूलो आवश्यकता थियो जुन मैले पाएकी थिइनँ । त्यो कुरो प्राप्त गर्ने एउटा लक्ष्यजस्तै बनेको थियो । पहिलो शब्द बनाउन जानेकोमा म निकै हर्षित थिएँ । यस पटक भने मैले धुलो उडाएर हर्ष मनाइनँ तर खित्का छोडेर मनाएँ । म त्यसरी हाँस्दा पनि यो केटी हाँस्ने कारण कुन थियो भन्ने पत्तो लाउन चाहेनन् । मैले एकपछि अर्को गर्दै निकैवटा शब्दहरू बनाउँदै गएँ । मैले त्यसैसँग नयाँपनको निर्माण पनि गरेँछु । समय जिन्दगी सँगसँगै थोपाथोपा बनेर बग्दो रहेछ । मैले त्यही समयको थोपाथोपाभित्र मान्छे हुनाको मूल्य खोजेँ ।

अब बाबाले बहिनीलाई क का कि की सिकाउन थाले । उसले अक्षर औँलाले देखाउँदै दोहो¥याइ तेह¥याइ पढ्न थाली । म छेउमा गएर उसले हातले देखाएको अक्षर कुन हो मनमनै आपूm पनि त्यसको उच्चारण गर्दै भुइँमा अक्षरहरू कोर्न थालेँ । उसले पटकपटक दसौँ बीसौँ चोटि दोहो¥याएकीले मेरो दिमागले छिट्टै टिपिहाल्यो । लेख्दा पनि उसले धेरै पटक लेख्नुपरेकाले कापीका पानाहरू धेरै सकिए । मलाई भने मौका साह्रो मज्जाले परेको थियो । उसले लेखेर फालेका कापीहरूले पनि मलाई ठूलै मद्दत पु¥याए । म फालेको ठाउँमा दिउँसो कोही नभएको बेला घिस्रिँदै गएर थोत्रा कापीहरू बटुल्थेँ र त्यहाँ भएका अक्षरहरू मनमनै धोको पुगुन्जेल दोहो¥याउने तेह¥याउने गर्थें । अँगार पनि मैले भेट्ने ठाउँमा फालिएको हुन्थ्यो । अँगारले ढुङ्गामा लेख्थँे । बाबाआमा, भाइबहिनी घर नफर्कुन्जेल मेरो दिनभरिको कामै त्यही हुन्थ्यो । उनीहरू घर फर्किएको गन्ध पाउने बित्तिकै परै देख्दै हतारहतार अँगारले कोरेको ढुङ्गामा माटो हालेर खुट्टाले दलेर मेटिहाल्थेँ । त्यो थोत्रो कापी पनि उनीहरूले हतपत नदेख्ने ठाउँमा राख्थेँ । बस्, आपूm उनीहरूले छोडेकै अवस्थामा जस्तै स्वाभाविक रूपमा बस्थेँ । अँगारले घर कोर्न हुँदैन रे, ऋण लाग्छ रे भन्थे र केटाकेटीलाई त्यसरी कोर्दा हप्काउँथे । बाबाआमाले कोर्न दिँदैनथे । तर मैले उनीहरूका आँखा छलीछली अँगारले मज्जाले लेखिदिएँ या कोरिदिएँ । यसरी नै सिकेर जानेँ मैले अक्षर । जुन रहस्यको बारेमा जान्न तपाईंको मनमा उत्सुकता होला, आज मैले त्यो खोलिदिएँ ।

मान्छेले अरूसँग सञ्चार गर्ने माध्यम नपाएपछि त्यो कसरी खोज्दो हो तपाईं कल्पना गर्नुहोस् । म त्यही माध्यमविहीन केटी थिएँ । तर म मान्छे थिएँ, कुनै पशु थिइनँ, मसँग धेरै कुराहरू नभए पनि सोच्ने र चिन्तन गर्न सक्ने दिमाग थियो, अरूले भनेको सुन्न सक्ने कान थियो । अनि धमिलै भए पनि आँखामा केही देख्न सक्ने शक्ति र खुट्टाका औँलाहरूमा केही चलाउन सक्ने शक्ति बाँचेको थियो । यी थोरै मात्र थिए काम लाग्ने चीज मसँग । अरू त सबै बेकम्मा कामै नलाग्ने थिए । हो, यिनै थोरै चीजबाटै संसारसँग आपूm जोडिने पुलको निर्माण गरेकी थिएँ । म त्यो समयका ती पलहरू कहिल्यै बिर्सन सक्दिनँ जहाँबाट मैले जिन्दगीका पानाहरूमा सुनौला रङ भर्न सुरु गरेकी थिएँ । हो, मेरा जीवनका यस्ता खण्डहरू पनि छन् जुन खण्ड पल्टाउँदा म स्वयम् पनि स्तब्ध र हर्षित एकै चोटि हुन पुग्छु । अँ, मैले क का कि की पनि ज्ञ सम्म कहिले माटामा सिन्काले कोरेर कहिले अँगारले ढुङ्गामा कोरेर भए पनि जानेँ । कति सुखद पाना थियो त्यो ! त्यसलाई कसैले पल्टाएर हेर्न त्यतिबेला खोजेन । कसैले मैले भुइँमा कोर्दै गरेको देखे भने ‘यसले जानेर के फाइदा ? उनी भुसमाथिको लिउन हो’ भन्थे ।

क्या गजबको छ हामी नेपालीहरूको परम्परा । चालचलन । निर्बलप्रति माया, ममता राख्ने त कहाँ हो कहाँ उनीहरू सबै कुरामा निर्बल हुन्छन् भन्ने खालको मानसिकता छ । यहाँ धेरै मान्छेको सोचाइ त्यही रोगले आक्रान्त छ भने मैले कुन फरक व्यवहार पाऊँ र ! अहँ, मैले फरक व्यवहार पाउन नसके पनि आफ्नो लक्ष्यका बाटाहरू हिँड्न छोडिनँ ।

ती बाटाहरू सजिला थिएनन् अबड्याङखबड्याङ, बाङ्गाटिङ्गा, कतै ढुङ्गाका ढिस्काहरू कतै काँडैकाँडा थिए । यी सबलाई कुल्चिएर हिँड्न कहाँ सजिलो कुरो थियो र ! यी बाटाहरू डोजरले र कुल्लीहरूले खनेका थिएनन्, जुन भौतिक रूपमा ग्राबेल ओछ्याएर पिच गरेर सहज बनाउन सकिन्छ, जहाँ मैले एक पाइला पनि कहिल्यै टेकेकी छैन । यो कहिल्यै नटेकेको बाटाको कुरा गरेकी होइन मैले । त्यो मैले पटकपटक टेकेको र हिँडेको जिन्दगीको बाटो हो । जुन बाटामा मलाई पटकपटक चोट लाग्यो, ठेस लाग्यो, काँडा बिझयो, घाउ भयो र पनि यो बाटो अति प्रिय लाग्छ र म अहिले पनि यही बाटो हिँडिरहेछु हिँडिरहेछु ! अझ्ै सरल र सहज कहाँ बनेको छ र ! अक्षरहरू जान्नु नै यसलाई अलिकति भए पनि सहज बनाउनु नै थियो । यो अक्षरले दिएको हर्ष थियो जसले हृदयभरि आनन्दको अनुभूति दिएको थियो ।

(लेखकको पुस्तक ‘जीवन काँडा कि पूmल’ बाट)

commercial commercial commercial commercial