शिक्षकले चाहेमा यस्तो यस्तो गर्न सक्छन्...

‘शिक्षकले चाहेमा गर्न सक्छन्’ कार्यक्रम समकालीन सामुदायिक विद्यालय सुधारका लागि कोसेढुंगा सावित भएको मानेको छु । शिक्षा नीति, लगानी र तालीमको अपेक्षागत उपलब्धि हासिल नहुनुमा शिक्षकको भूमिका नै केन्द्रीय रहेको ठान्छु । कर्मशील शिक्षकहरूमा अन्याय नहोस् तर कतिपय मनोवृत्तिमा विचलित शिक्षकहरूबाटै गुणस्तरीय शिक्षाको स्तर खस्किएको निश्चित छ । यसै सन्दर्भमा भन्न चाहन्छु...

शिक्षकले चाहेमा :

  • Ÿ    परिवेश परिवर्तन ९ऋयलतभहत अजबलनभ० गर्न सक्छन् ।
  • Ÿ    गुणस्तरीय शिक्षाका खातिर मतियार र सुन्दर भविष्यको हतियार बन्न सक्छन् ।
  • Ÿ    विद्यार्थीरूपी खाली भाँडामा अनुशासनको राग भर्न सक्छन् र राम्रो शिक्षाको सुनिश्चितताका लागि अवरोधहरूसँग टकराव गर्न सक्छन् ।
  • Ÿ    विद्यालयमा थालिएका नयाँ योजना र अभियानमा समर्थन गर्न र परिवर्तनका योजनाको कार्यान्वयनमा आपूmलाई समर्पण गर्न सक्छन् ।
  • Ÿ    विद्यार्थीलाई हैकम लाद्ने पारखी होइन, उनीहरूको असल सारथी बन्न सक्छन् ।
  • Ÿ    ‘विद्यार्थीले किन सिकेन ?’ भनेर कराउने होइन, ‘कसरी सिकाउन सकिन्छ ?’ भनी आफै भित्र समस्या समाधानका लागि हराउन सक्छन् ।
  • Ÿ    जोखिम मोल्न सक्छन्, सिकाइका विविध विधिहरूलाई एउटै विषयवस्तु शिक्षणमा घोल्न सक्छन्, निष्क्रिय मनोवृत्तिका विरुद्घ निडर भएर बोल्न सक्छन् ।
  • Ÿ    शिक्षक अर्थपूर्ण सिकाइका लागि योजनाकार पनि बन्न सक्छन् । तर कुन योजनाको ? शिक्षण सुधार योजनाको । विद्यालय सुधार अभियानको । माहोल निर्माणको । समुदायको विश्वास जित्ने अभियानको । शिक्षकप्रतिको अटल विश्वास जित्ने कार्यको । अझ्ै, आपूmलाई कसरी बढीभन्दा बढी सिकाइका खातिर विद्यालयमा खटाउन सकिन्छ भन्ने आत्मिक मानसिकता परिवर्तनको । हो, शिक्षक सबै थोक बन्न सक्छ र गुणस्तरीय शिक्षाको उद्गम विन्दु बन्न सक्छ । शिक्षकले चाहेमा गर्न सक्छ र उसैले चाहेमा खत्तम पार्न पनि सक्छ ।
  • Ÿ    विद्यार्थीको हृदयमा बस्न र समुदायको प्रत्येक तप्कामा पस्न सक्छ ।
  • Ÿ    अनुभवको सौन्दर्यमा जीवनको कला र विषयवस्तुको मर्ममा विद्यार्थीको गला भर्न सक्छ ।
  • Ÿ    ‘मेरो असल काम नै म जिउने माम हो’ र ‘समुदायको भरोसा नै मेरो आत्मसम्मान हो’ भनी स्वअभिपे्ररित हुन सक्छ ।
  • Ÿ    असल शिक्षक भएर जिउने चाहनामा जीवनका कैयौं वहाना भुल्न सक्छ ।

शिक्षकहरूले के गर्न सकेनन् त ?

  • Ÿ    शिक्षकले सरकारी नियमको न्यूनतम सिकाइको घेरा तोड्न र सरकारी नियममा विद्यालयको आफ्नै मौलिक परिवर्तनको विनियम जोड्न सकेनन् ।
  • Ÿ    लगानी र सिकाइ उपलब्धि समानुपातिक सम्बन्धमा रहनुपथ्र्यो तर शिक्षकले व्युत्क्रमानुपातिक सम्बन्धलाई छोड्न सकेनन् । लगानी र पारिश्रमिक बढ्यो तर सिकाइ उपलब्धि उकालो चढेन । किनकि, परिवर्तन प्रवृत्तिमा हुनु जरूरी छ । हो, शिक्षकले मनोवृत्ति परिवर्तन गर्न सकेनन् ।
  • Ÿ    नेपालको तालीमले सिकाइको डिग्रीलाई समानुपातिक बनाउन सकेन । किनकि, तालीम दिने कुरा थिएन तर लिने कुरा थियो । त्यहाँ, प्रवृत्ति बाधक बन्यो तर शिक्षक सिकाइका लागि साधक बन्न सकेनन् । तालीम प्राप्त शिक्षक बढे तर सिकाइ उपलब्धि घट्यो । कारण, शिक्षकलाई सिकाउन गाह्रो छ । ऊ सिक्ने जात होइन तर नगर्ने कामहरूको खात बन्न छोडेन ।
  • Ÿ    नेपालका सामुदायिक विद्यालयहरूमा राम्रो गर्न खोज्नेहरू अदृश्य शिकार हुन्छन् । आफूदेखि आफैमा धिक्कार हुन्छन् । किनकि, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न जानेनन् । जाने तर आफू पायक मिलाएर जाने । अन्तत, सिकाइ गुणस्तरमा उल्टी हाने ।
  • Ÿ    ‘राम्रो’ को मर्यादालाई ‘हाम्रो’ ले उछिन्यो ग¥यो । चाहेको बेला सूर्य अँध्यारो भो ।
  • Ÿ    स्वाभिमानको भाषा भुली अभिमानको सुली चढ्दा शिक्षकले परिवर्तन गर्न सकेनन् । सिकाइ परिवर्तन सामूहिक कार्य हो भन्ने बुझन कठिन भो । विद्यालय परिवारमै मालपोत कार्यालयको प्रवृत्तिगत संस्कृति विकास हुँदा गुणस्तरीय शिक्षाले निकास पाएन । हो, औसतमा भन्दा शिक्षकले यही काम गर्न सकेको छैन ।
  • Ÿ    शिक्षकले अधिकार बुझ्ेको छ तर कर्तव्य बुझ्ेको छैन । यो कुरा गर्दा विरोधी भइन्छ । अधिकारपछि कर्तव्य आउँछ भने सोचौं— कर्तव्यपछि अधिकार झ्न् छिटो आउँछ र माग्न सजिलो पनि हुन्छ ।
  • Ÿ    शिक्षकले धेरै दु:ख गरेको छ । सलाम छ । तर गुणस्तरीय शिक्षाको मलम पनि त छ ! किन कर्तव्य र चिन्तनको मलम भुलियो ? तसर्थ, शिक्षकको ढंगमा परिवर्तन हुनु जरूरी छ । शिक्षक यसैमा चुकेको छ । यसरी समग्रता भन्दा कर्मयोगी शिक्षकहरूको मन नदुखोस् ।

‘शिक्षकले चाहेमा गर्न सक्छन्’ कार्यक्रमले :

  • Ÿ    सधैं सिद्घान्तको व्याख्या मात्र होइन, सफलताको कथा पनि खोज्नुपर्छ । ‘यो यो गर्ने’ मात्र होइन, ‘यो यो गरें’ पनि खोतल्नुपर्छ । निराकार योजनाले सिकाइ उपलब्धि साकार हुँदैन । तसर्थ, यो कार्यक्रमले शिक्षक अनुसन्धानका कार्यपत्र खोेज्नुपर्छ ।
  • Ÿ    वैज्ञानिक एपिजे अब्दुल कलामका अनुसार “सफलताका कथाहरू मात्र नपढ, तिनीहरूमा एउटा सन्देश मात्र हुन्छ । असफलताका कथाहरू पढ, तिमीले सफल हुने सूत्र फेला पार्नेछौ ।” हो, हामी शिक्षकहरू सफलताका कथाहरू पढ्न माहिर छौं तर अर्थपूर्ण सिकाइका पटकथा बुन्न इच्छुक छैनौं । आफ्ना असफलताका कथाहरू पढ्नु छैन, तर अरूकै कथाहरूको उपदेशक बन्छौं । हिम्मत छ भने गुरुहरू, विद्यालय परिवर्तनको चमत्कार गरेर देखाऔं । आफै कथा बनौं । आफैलाई पढौं । बुद्घ, आइन्स्टाइन, न्युटन, रविन्द्रनाथहरूले आफैलाई पढे र त मरेर पनि आज करोडौंले पढिरहेका छन् । यस कुराको बोधका लागि यो कार्यक्रम पूर्ण सार्थक छ, तर सार्थक त्यतिखेर हुनेछ, जब हामी आफ्नै मनोवृत्ति परिवर्तन गर्नेछौं ।

विद्यालय परिवर्तनको अभियानमा कार्यक्रमहरू :

  • Ÿ    एक शिक्षक एक ल्यापटप : सिकाइमा प्रविधिको प्रयोग ।
  • Ÿ    घरदैलो अभियान : सिकाइ घर–घरबाट जागरण हुनुपर्छ ।
  • Ÿ    Pray Time Speech Programme : विद्यार्थीहरूले बोल्न सक्नुपर्छ ।
  • Ÿ    Daily Reporting Programme (DRP) : विद्यार्थीहरूले दैनिक घटना बोध गर्नुपर्छ ।
  • Ÿ    सिकाइमा तहगत सन्तुलन : जुन कक्षामा जे सिक्नुपर्छ, त्यो त्यहीँ सक्नुपर्छ ।
  • Ÿ    गणितमा गीति–शिक्षण विधिको प्रयोग : सिकाइ मनोरञ्जनात्मक हुनुपर्छ ।
  • Ÿ    विद्यालयमा प्रणालीगत सुधार : नेतृत्वको मानसिकताका भरमा विद्यालय चल्दैन ।
  • Ÿ    सामूहिक भावनाको विकास : सामूहिक एकताको प्रयासको प्रतिफल नै सिकाइ सुधार हो ।
  • Ÿ    समर्पणगामी भूमिका : १०–४ को ड्युटीले मात्र परिवर्तन सम्भव छैन । अतिरिक्त परिश्रम आवश्यक ।
  • Ÿ    गणित विषयक विशिष्ट श्रेणी पुरस्कार : उत्कृष्टताका लागि उत्प्रेरणात्मक कार्यक्रम गरिनुपर्छ ।
  • Ÿ    कार्यमूलक अनुसन्धान : शिक्षकले योजनागत वास्तविक शिक्षण गरेको प्रमाण ।
  • Ÿ    विद्यालय आन्तरिक तालीम शाखा : विद्यालय स्वयं शिक्षकका लागि शिक्षण सिकाइ सुधारको केन्द्र बन्नुपर्छ ।
  • Ÿ    विद्यार्थीलाई माया र विश्वास : उसलाई सजिलै सिकाउनु छ ।
  • Ÿ    विद्यालयको हितमा आवश्यक परे जोखिम : शिक्षकको कुभलो शिक्षकले नै गर्न सक्छन् ।
  • Ÿ    विद्यार्थी जागरण अभियान : विद्यार्थी पनि सिक्न इच्छुक हुनुपर्छ ।
  • Ÿ    नियमित अभिभावक भेला कार्यक्रम : अभिभावक पनि सिकाइका साझ्ेदार हुन् ।
  • Ÿ    शिक्षणमा नयाँ–नयाँ विधिहरूको संयोजन : एउटै विषयवस्तुमा एउटै मात्र विधि पर्याप्त हुँदैन ।
  • Ÿ    कमजोर विद्यार्थीलाई सिकाइमा प्राथमिकता : सिकाइको मर्म नजान्नेलाई सिकाउनु हो ।
  • Ÿ    विद्यालय अभिलेखीकरण अभियान : इतिहास बोल्ने माध्यम अभिलेखीकरण ।


(गणित शिक्षक)
सरस्वती उ.मा.वि., भोटेचौर–१, सिन्धुपाल्चोक

(२०७२ असोज १६ गते सिन्धुपाल्चोक जिल्लाको मेलम्चीस्थित इन्द्रेश्वरी उमाविमा आयोजित ‘शिक्षकले चाहेमा गर्न सक्छन्×’ विषयक क्षेत्रीय अन्तरक्रिया कार्यक्रममा प्रस्तुत विचार । — सम्पादक)

commercial commercial commercial commercial