मालश्री र दशैं

दशैं एउटा चाड मात्र होइन, याम हो । दशैं विजया दशमी मात्र होइन, न त नवरात्री मात्र दशैं हो । दशैं आएको अनुभूति हामीलाई पात्रो वा भित्तेपात्रोले होइन, शरद् ऋतुको मौसमले दिन्छ, अनेक थरी फूलहरूले दिन्छन्, धान हुने ठाउँमा खेतबाट आएको बास्नाले दिन्छ । दशैं घरमा भन्दा पहिले परिवेशमा आउँछ ।
दशैंका बेला बिहान बिहान नगर वरिपरि रहेका मातृशक्तिका पीठहरूमा पुगेर नेवारहरूले बजाउने मालश्रीको धुन दशैंको ‘श्रव्यप्रतीक’ भएको छ । उहिले काठमाडौं उपत्यकामा मात्र गुञ्जिने मालश्रीको धुन पहिले रेडियो नेपालले र अहिले एफएमहरूले नौरथाभर देशैभरि घन्काउँछन् । दशैंको टीका थाप्ने बेलामा मंगल धुनका रूपमा मालश्रीको रेकर्ड बजाउने चलन पनि कति ठाउँमा देखिन्छ ।
लगभग एक शताब्दी अघिको दशैं सम्झ्निे थोरै शतायुमध्येका एक जना हुनुहुन्छ, सत्यमोहन जोशी। । उहाँ ‘मालश्री काठमाडौं उपत्यकाको शरद् ऋतुको ऋतुगान हो’ भत्रुहुन्छ । कविशिरोमणि लेखनाथको प्रसिद्ध दशैं कविता ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा; भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा” सम्झ्ँिदै उहाँ भत्रुहुन्छ, “दशैंको अष्टमी ‘महाष्टमी’ भन्दा एक महिनाअघि, इन्द्रजात्रा अघिको अष्टमीदेखि मालश्री गाउने चलन हो । वर्षा सकिएर आकाश खुलेका बेला, फूलहरू फुलेका बेला गाइने मालश्रीको धुनमा चाडपर्व र मौसमको उमंग सुत्र सकिन्छ । मालश्रीका शब्दहरूमा भने भगवती र शक्तिको आराधना हुन्छ । मालश्री गाउने परम्परा मूलतः काठमाडौं उपत्यकाका नेवारहरूको भए पनि यसका शब्द भने नेपाली लगायतका विभित्र भाषाका छन् ।”
जोशी बताउनुहुन्छ, “नेवार महिलाहरू, भर्खर भर्खरका ठिटाठिटीहरू मालश्री गाउँदै विभित्र शक्तिपीठहरूमा धूपबत्ती चढाउन जाने र गीत गाउँदै आउने फर्कने चलन अहिले पातलो भएको छ । अरू संगीतबाट प्रभावित युवाहरू शक्तिपीठतिर त्यति जादैनन् । दशैंभरि मालश्री गाएपछि धनश्री गाउन थालिन्छ । तिहारको ऋतुगान धनश्रीमा चाहिँ नारायणको वन्दना गरिन्छ ।”
हामी मालश्री गाउँछौं, बजाउँछौं । हिन्दुस्तानी शास्त्रीय रागहरूमा मालश्री भत्रे एउटा राग छ, जुन सामान्य श्रोताले सुन्दा पनि हाम्रो मालश्रीभन्दा फरक सुनिन्छ । संगीतज्ञ डा. ध्रुवेशचन्द्र रेग्मीका अनुसार यी दुई रागको ‘थाट’ नै फरक छ । थाट भनेको हिन्दुस्तानी संगीतको एउटा व्याकरणिक उपकरण हो, जसलाई पश्चिमा संगीतको स्केलसित तुलना गर्न सकिन्छ । जम्मा १० थाटमध्ये मालश्री ‘खमाज’ थाटका नजिकमा पर्छ । रेग्मी भत्रुहुन्छ, “केही विद्वान्ले यसलाई कल्याण थाटसित सम्बन्धित मानेका छन्, कसैले भने राग भैरवको रागिनी मात्र। । यो रागको विशेषता के हो भने रागमा सामान्यतः ५ स्वर हुनै पर्नेमा यसमा मुख्य ४ स्वर मात्र छन् । नेपालमा प्रचलित मालश्री ‘काफी’ थाटको राग पिलुसित सम्बन्धित छ ।”
“यस्तो हुन्छ, कहिलेकाहीँ नाम उही हुन्छ र रूप फेरिन्छ, कहिले रूप उही हुन्छ, नाम फेरिन्छ । हिन्दुस्तानी संगीतको ध्रुपद यहाँ आएर ध्रुवागीत भएको पनि त्यस्तै हो ।”
अर्जुन श्रेष्ठ