अभियन्तालाई साधुवाद !

‘विद्यालय शिक्षामा सुधार, चाहे शिक्षकले सक्छन्...’ अभियानका सञ्चालकहरूलाई साधुवाद !
देशको विद्यालय शिक्षा सुधार्ने वा यथास्थितिमा चलाउने भन्ने दुईमध्ये पहिलो विकल्प उपयुक्त र आवश्यक पनि हो । सुधार्ने प्रयास कसै न कसैले त गर्नै पर्ने थियो, त्यो शुरू भएको छ । यसका अभियन्ताहरू हुन्— डा. विद्यानाथ कोइराला, सूर्योदय शैक्षिक प्रतिष्ठान लगायत ।

निजी विद्यालयको व्यवस्थापनमा बढी नै कडाइ गरिएको छ, तर त्यसको ठीक उल्टो सामुदायिक विद्यालयहरूको व्यवस्थापन फितलो भएका कारण स्थिति नाजुक बनेको छ । त्यसैले निजी विद्यालयहरूले केही खुकुलो र सामुदायिक विद्यालयहरूले केही कडाइ गरेर सन्तुलन मिलाउन आवश्यक देखिन्छ । सरकारी विद्यालयको पनि स्थिति नियन्त्रण बाहिर नै भने गइसकेको छैन ।

सुधार्न सकिन्छ । सामुदायिक विद्यालयमा केही प्रस्तावित बाहेक सबैमा दरबन्दी करीव करीव पूरा छन् । दरबन्दीका शिक्षक पनि पर्याप्त छन् । सबै शिक्षकको न्यूनतम शैक्षिक योग्यता पुगेको छ । अझ् कोही कोही त माथिल्लो शैक्षिक योग्यता भएका पनि छन् । तालीम आदिको व्यवस्था पनि छ । तलब लगायत न्यूनतम सुविधाको प्रत्याभूति पनि छ, तर पनि पढाइ राम्रो नभएर दुनियाँमा नैराश्य पैदा भएको छ; किन ? यो प्रश्न पहिले त शिक्षक मित्रहरूलाई नै गर्नुप¥यो । त्यसपछि शिक्षकहरूले आफ्ना समस्या व्यक्त गर्नुहोला ! कति जायज, कति नाजायज, छुट्याउन सजिलो हुनेछ । वास्तविक समस्या भए तिनको समाधान खोज्नुप¥यो; वहानाबाजीलाई रोक्नुप¥यो ।

विद्यालय सुधार्ने क्रममा कुन कुन सूचकलाई आधार मान्ने भन्ने कुरा महŒवपूर्ण हुने देखिन्छ । जस्तै ः शिक्षक–विद्यार्थीको बाक्लो उपस्थिति वा शैक्षिक उपलब्धि या परीक्षाको परिणामलाई मान्न सकिएला तर त्यतिले मात्र पुग्दैन कि ? त्यसै गरी शैक्षिक उपलब्धि उच्च हुन उपस्थितिका अतिरिक्त अन्य सूचकहरू पनि पूरा हुनु आवश्यक हुन्छ । जस्तै ः शिक्षा ऐन–नियममा व्यवस्था भएका कुराहरू लागू भए÷नभएको, आर्थिक लगायत प्रशासनिक अभिलेखहरू व्यवस्थित भए÷नभएको, जवाफदेहिता, मितव्ययिता, पारदर्शिता आदि ।

शैक्षिक उपलब्धि बाहेकका अन्य कुराहरू किन महŒवपूर्ण हुन् भन्ने हेर्न एउटा दृष्टान्त लिऊँ ः आर्थिक कारोबार पारदर्शी नभएका विद्यालयहरूमा प्रअ बाहेक अन्य शिक्षक–कर्मचारीले आर्थिक कारोबारमा अत्यधिक चासो राख्ने गरेको पाइएको छ । यसरी चासो हुनु भनेको आर्थिक कारोबारमा शंका–उपशंका हुनु हो । मनमा शंका पालेर गरिएको काम प्रभावकारी बन्न नसक्नु स्वाभाविक हो । तसर्थ, पारदर्शिता जस्ता सूचकहरूलाई पनि आधार मान्नुपर्ने देखिन्छ ।

यस प्रकारको गम्भीर विषयमा सरकारका अधिकारीहरूको पनि महŒवपूर्ण भूमिका रहन्छ होला । आआफ्नो क्षेत्रबाट सरकारका अधिकारीहरूले पनि जवाफदेही भएर काम गर्ने कि ? किनकि सरकारका अधिकारीले अलिकति खटेर आफ्नो कर्तव्य पूरा गरी दिँदा मात्र पनि दुनियाँमा नैराश्य कम हुने कुरा स्वतःसिद्ध छ । जस्तै ः अनुगमन, निरीक्षण, मूल्याङ्कन आदिको माध्यमबाट ऐन–नियमको पालना गराइदिन म सादर अनुरोध गर्दछु ।

आशा गरौँ; सबैले आआफ्नो ठाउँबाट आआफ्नो कर्तव्य पूरा गर्दा अवश्य सफल हुनेछौँ ।

अध्यक्ष, जनता प्राथमिक विद्यालय, हौँचुर–६, खोटाङ

commercial commercial commercial commercial