गुणस्तर : बौद्धिकताको कि शारीरिकताको ?

माधवजीले पाँच प्रतिशत खराब शिक्षक भनेका छन् । वास्तवमा यो पनि मिथ्या प्रक्षेपण हो । यस सानो अंशले कहिल्यै पनि शिक्षा वा कुनै पनि संस्थाको गुणस्तर खस्काउन सक्तैन । बरु पाँच प्रतिशत इमानदार होलान् ।

कलानिधि दाहाल

माघ २०७१ को शिक्षक मा छापिएको ‘बूढा शिक्षकलाई किन गाली ?’ शीर्षकले टक्क रोक्यो । लामो समय शिक्षण पेशामा, त्यो पनि तह अनुसारको माथिल्लै ओहदामा रहेका शिक्षक कृष्णकुमार कार्कीजीको लेख पढ्दै गएँ । उनले ‘किन गाली ?’ भनेकोमै आश्चर्य लाग्यो । गाली गर्ने छुट सबैलाई छ, त्यो उनलाई पनि छ, तर गालीमा ‘तुक’ कति छ ? दम कति छ ? त्यो चाहिँ महŒवपूर्ण हुन्छ । कार्कीजीले गालीलाई माध्यम बनाएर आफ्नै कमजोरी प्रकट गरेको पाएँ मैले । ‘गाली नगरिदिनोस् न !’ भन्दै निरीह याचना गरेको अनुभव गरेँ ।

यसै गरी मैले माधव अधिकारीको लेख ‘चौतर्फी आक्रमणमा ढल्दै सामुदायिक विद्यालय’ (शिक्षक २०७१, मंसीर) पनि दोहो¥याइ–तेहे¥याइ पढेँ । एक ठाउँमा माधवजीले आत्मालोचनात्मक वाक्य ‘म आफै पनि यसमा जिम्मेवार छु’ सम्म भनेका छन् तर उद्धृत वाक्यको आशय अर्को हुने कुनै पनि सङ्केतका वाक्य वा अर्थ यहाँ पाइन्नन् । अझ् लेखभरि सामुदायिक विद्यालय मात्र विश्लेषित देखिन्छ, जब कि शैक्षिक गुणस्तर समाप्तिमा सम्पूर्ण सरकारी विद्यालय पर्छन् र सरकारकै हण्डी खाने शिक्षक÷शिक्षिका पर्छन् । यसमा माधवजीले पाँच प्रतिशत खराब शिक्षक भनेका छन् । वास्तवमा यो पनि मिथ्या प्रक्षेपण हो ।

यस सानो अंशले कहिल्यै पनि शिक्षा वा कुनै पनि संस्थाको गुणस्तर चाहेर पनि खस्काउन सक्तैन । बरु पाँच प्रतिशत इमानदार होलान् तर पन्चानब्बे प्रतिशत चाहिँ खराब शिक्षक÷शिक्षिकाको जमातले सरकारी÷सामुदायिक विद्यालय समाप्त पारेका छन् ।

उनीहरू योग्य छैनन् भन्ने होइन तर नियत चाहिँ सफा छैन । नियत सफा बनाएर किन दुःख गर्ने ? आरामले गुड्डी चुटेकै भरमा, महिनामा एक दिन गएर हाजिर बजाएकै भरमा, नतिजा शून्य भए पनि हामीले तिरेको करले राज्यको ढुकुटीबाटै तलब आइहाल्छ, समय मात्र बिताएपछि निवृत्तिभरण लिन पाइहालिन्छ । यसमा तलदेखि माथिसम्म च्यानल मिलाएर कानूनी आँखामा छारो हालेकै छ अनि किन दुःख गर्ने ? यसतिर माधवजीको दृष्टि किन नगएको ? आफू त्यसमै भएर हो ? शिक्षक आफै पनि दोषी छैनन् । कारण, माधवजी जस्तै वकालत गरिदिने शक्ति समूह सिँढीसिँढी बनेर पिँढीपिँढीमा उभिदिएपछि शुरूमा पढ्ने दुःख किन गर्ने ? प्रमाणपत्र लिएर जागिरमा होमिएपछि नियत सफा र इमानदारी बनाउँदै पढाउने दुःख किन गर्ने ?
बहसको विषय उमेर होइन, शारीरिक बनोट होइन, बनोटको परिवर्तन पनि होइन । बहसको विषय भनेको व्यक्तिभित्र निहित नियतको हो । हाम्रा सामुदायिक विद्यालयको स्तर समाप्त हुनमा पहिलो कारक तŒव हो नातावाद । जिल्ला शिक्षा कार्यालयदेखि शिक्षा अधिकारी हुँदै मन्त्रालयसम्मका आसेपासे, आउरेबाउरे, पालेपियनसम्मका आफन्त र अक्षम व्यक्तिको भर्तीस्थल सरकारी विद्यालयलाई बनाएपछि भन्नोस्, त्यस क्षेत्रबाट राज्यले १६ प्रतिशतभन्दा बढीको उपलब्धि कसरी पाउँछ ?

कैयौं सरकारी÷सामुदायिक विद्यालयतिर छिर्नोस्; हेडमास्टरका श्रीमतीहरू, जो पाँचौँ पटकसम्म एस.एल.सी. अनुत्तीर्ण भई थाकेका छन् अथवा जसले एस.एल.सी. के हो ? थाहै पाएका छैनन्, तिनीहरू सात–आठ कक्षासम्म अद्यावधि पढाइरहेकै भेटिन्छन् । हेडमास्टर, सहायक हेडमास्टरसम्मका आफन्तदेखि छरछिमेकीसम्मले यही नाट्यलीला विद्यालयमा गरिरहेका छन्, अनि कसरी शैक्षिक गुणस्तरको आशा गर्ने ? अझ् अर्को विकराल समस्या त के छ भने राज्यले नियुक्त गरेका कतिपय स्रोतव्यक्तिहरू, जसलाई पठनपाठनको ‘प’ पनि थाहा छैन, तिनीहरू केही न केही निहुँ निकालेर वर्षौंवर्षदेखि आँखाको नानी बन्दै आएका, एउटा विद्यार्थी पनि एस.एल.सी. मा कहिल्यै अनुत्तीर्ण नभएका शिक्षकको कक्षामा विद्यार्थी शान्त भएर बसेको देख्ता डाहले छटपटाएर भन्छन्— “तपाईंले विद्यार्थीलाई ‘डिमोरलाइज’ गर्नुभएको रहेछ ।” वा रे स्रोतव्यक्ति ! तिम्रो जागिर खाने पारा रमाइलो रहेछ ! तिनै स्रोतव्यक्ति अर्को कमजोर शिक्षकले लिएको कक्षा, जहाँ हल्लखल्ल भइरहेको छ, त्यहाँ पुगेर भन्छन्— “तपाईंले विद्यार्थी नियन्त्रण गर्न सक्नु भएन, मोटिभेट गर्न सक्नु भएन ।” यस्ता व्यक्तिका हातमा शिक्षाको ‘रिमोट’ सुम्पेपछि, राज्य ! तैंले पाउने उपलब्धि के ?

शैक्षिक गुणस्तर समाप्तिको दोस्रो कारक तŒव हो किनुवा सर्टिफिकेट । यसको व्याख्या गरिरहनै पर्दैन । छिमेकी राष्ट्रबाट किनिएका सर्टिफिकेटको भरमा जागिर खाएकाहरू त छानबिन गर्न लागेपछि धेरै हटे । भर्खरकै कुरा हो— शिक्षा कार्यालयले सक्कल सर्टिफिकेट मागेपछि एउटै जिल्लाका २६ जना शिक्षकले एकै पटक राजीनामा टक्य्राए । तिनले बिगार्नेजति बिगारे ।

पेन्सन पाकुन्जेलको समयावधिमा कति विद्यार्थीसँग खेलबाड भयो होला ? यसलाई तदारुकतासाथ अगाडि बढाउने हो भने पनि आंशिक सुधार र असलको रोजगारीसमेत शुरू हुन्छ सक्थ्यो । तर गर्छन् यिनीहरू ? उत्तर नकारात्मक नै छ । मित्रराष्ट्रको त छानबिनले हटाउन सक्छ तर योभन्दा पनि सस्तो मूल्यमा हाम्रै सानोठिमीदेखि लिएर उच्च शिक्षाको कथित धरोहर बल्खुबाट समेत वितरण भइराखेका छन् । माधवजीलाई म प्रश्न गर्छु— उनका आँखा यसतिर किन नगएका हुनन् ? कानूनी रूपमा यस्ता सर्टिफिकेटधारीहरू बलिया छन् । कसैका बाबुको तागत छैन अवधि नपुगी यिनीहरूलाई हटाउन ।

सरकारी÷सामुदायिक विद्यालयको स्तर समाप्तिको तेस्रो कारक तŒव हो— एउटाको नामबाट अर्कोलाई लेख्न लगाएर लिइने सर्टिफिकेट । हरेक वर्ष परीक्षा हलबाट अर्काको नामको प्रवेशपत्रमा अर्कैको फोटो टाँसेर अर्कैले परीक्षा लेखिरहँदा नै रंगेहात समातेका प्रशस्त उदाहरण राज्यकै आँखामा छन् । पक्रिएका त पक्रिए, नपक्रिएकाको प्रमाणपत्र त निकै गतिलो आउँछ, कारण योग्य व्यक्तिकै नतिजा हो यो । यस्ता अर्काले लेखिदिएर राम्रो श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र लिने हरिलट्ठकहरूले जागिरको नियुक्तिपत्र लिने ठाउँ त यिनै सरकारी÷सामुदायिक विद्यालय नै हुन् । यिनीहरू हृष्टपुष्ट छन्, खाइलाग्दा छन् । माधवजीलाई म प्रश्न गर्छु— तिनलाई सम्मान गर्न जाने कि ? उनीहरूलाई निकाल्ने त कानूनी आधार छैन । यस्ताहरू हिजो थिए, आज छन्, भोलि पनि रहिरहनेछन् । माधवजी ! अब गुणस्तर कहाँबाट शुरू गर्ने ?

सरकारी÷सामुदायिक विद्यालय÷महाविद्यालयको गुणस्तर मृत्युको चौथो कारक तŒव हो— राजनीतिमा लागेका धमिरा, जसलाई मैले चाकडी÷चाप्लुसी भन्ने गरेको छु । ‘चरी’ मैले पढाएको विद्यार्थी हो । उसले म कार्यरत स्कूलबाट नौ कक्षा उत्तीर्ण गर्न नसकेपछि अर्को विद्यालयमा गयो यसै कारक तŒवको आधारले । पछि देशलाई नै आफ्नो रिमोटमा राख्ने बन्यो । के.पी. ओलीले कति नमिठो नाटक खेले, सबैका सामु छ । नेतालाई नेता, मन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री बनाउने त यिनै झेलेहरू हुन् । यस्ता झेलेको काँधमा बसेर खोले खाएका नेताले झेले भर्ती गर्ने ठाउँ कुन त ? सरकारी÷सामुदायिक विद्यालय नै होइनन् ?

सोह्र र चौरासीको शैक्षिक नतिजा पनि स्पष्ट छ । गैरसरकारी विद्यालय÷महाविद्यालयमा माथिका चार तŒवले खासै प्रभाव पार्न सक्तैनन् । कथं त्यहाँ पनि यी तŒव घुस्न पाए भने यिनीहरू पनि सकिन्छन् । सरकारी क्षेत्रतिर नलाग्ने सङ्कल्प गर्दै निजी विद्यालय÷महाविद्यालयमा स्थायी भएका शिक्षक÷शिक्षिकाहरू उमेरको डाँडो पार गर्दा पनि सम्मानित नै छन्, शरीर चाउरियोस्— सम्पूजित छन्, थोते बनून्, लोते हउन्— विद्यार्थीका आस्थाका धरोहर छन् । तिनबाटै प्राप्त शिक्षाले छयासी प्रतिशतको आँकडा जन्मिने गरेको हो । यो आँकडा बरु बढ्न सक्छ, घट्ने कुरै छैन । यसका तŒव नै असल नियत, समर्पित भावना र पेशाप्रतिको ‘इन्ज्वायमेण्टमय’ समर्पण हुन् । माधवजीलाई म फेरि प्रश्न गर्छु— यसतिर दृष्टि गएको छ ?

माधवजी कति वर्षका हुन्, मलाई थाहा छैन । उनको शारीरिक बनोट कस्तो छ, त्यो पनि थाहा छैन । तर यस वाक्यको पेट बोलीमा रहेको ‘त्यस्तासँग छात्र÷छात्रा कति आकर्षित होलान् ?’ ले मलाई अर्को आश्चर्यमा पा¥यो । अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई शारीरिक आकर्षण सिकाउन शृंगारपटारको सजधज रटाउन विद्यालय÷महाविद्यालय पठाउँदैनन् अवश्य ।

शिक्षा वा चेतना कसरी दिन्छन् भन्नेचाहिँ महŒवपूर्ण कुरा हो । माधवजीलाई अझ् यो पनि जानकारी गराऊँ— शिरमा गगल्स सिउरेर, तीसौँ हजारका सुट पहिरिँदै गालामा पाउडर र शरीरभरि सेन्ट छर्केर कक्षाभित्र छिर्ने शिक्षक, चिम्टीले रौँ मिलाएर प्रकारप्रकारका नङपोलिस गर्दै ओठभरि लिपस्टिक घसी जग्गेमा बस्न लागेकी बेहुली सिँगारिएझ्ैँ सिँगारिएर कक्षामा प्रवेश गर्दै गरेका शिक्षक समेतलाई विद्यार्थीले निकालिदिएका उदाहरण थुप्रै भेटिन्छन् ।

चेतनाको स्तर परिपक्व हुने क्रमसँगै शारीरिक स्तर खस्कँदै जान्छ । यो प्राकृतिक विधान हो । जति हृष्टपुष्ट शरीर रहन्छ, सिँगारपटारको सोच चरममा छ, सुटेडबुटेडको सजावटमा जिन्दगी देख्ने उन्माद रहन्छ । तर यसले शैक्षिक गुणस्तरमा रौँजति पनि योगदान दिन सक्तैन । अर्को वाक्यमा ट्वाक्क भन्ने हो भने शारीरिक आकर्षण मानसिक शून्यताको उपज हो, चेतना रहितताको अर्को मोडल हो ।

विश्वकै इतिहासमा ६५ वय पार गरेपछिका कृत्रिम दाँत वा थोते मुख, टलक्क टल्कने शिर, चाउरेर सारी मुजा पर्दाको जस्तो छाला र मौसम अनुसार लाज मात्र ढाक्न लगाउनै पर्ने कपडाको पहिरन वाहक व्यक्तिहरूलाई न्यायाधीश, प्रमुख न्यायाधीश, वकिल÷वरिष्ठ वकिल बनाइएको हुन्छ । माधवजीकै कुरा मान्ने हो भने विश्वकै राज्यव्यवस्थाका सम्पूर्ण नियम उपनियमहरूलाई नै कायापलट गर्नुप¥यो । कार्कीजीको जस्तै कुनै उरन्ठेउलो विचार हेरेर हीनताका ग्रन्थि विकसित गर्ने हो भने आआफ्ना ठाउँबाट सबैले संन्यास लिएर ती क्षेत्रमा कृषकहरू, गोठाला÷गोठाल्नीहरू, खेलाडीहरू, सिनेकलाकारहरू राख्तै उनीहरूका क्षेत्रमा शैक्षिक क्षेत्रका व्यक्तिहरू जाँदा के आकर्षण बढ्छ ? खेतीपाती सप्रन्छ ? गाईवस्तु टम्म अघाउँछन् ? न्यायालय–वार एशोसिएन चुस्त दुरुस्त रहन्छन् ? सही उत्तर खोज्यो भने नकारात्मक नै आउँछ ।

यति विश्लेषण गरिसकेपछि मलाई भित्रैदेखि के काउकुती लाग्यो भने माधवजीको गन्तव्य गलत ठाउँतिर परेछ । यस किसिमको सोच भएका व्यक्तिलाई त शिक्षक सङ्गठन÷युनियनभन्दा सिनेजगत्, खेलकुद जगत्तिरको अध्यक्ष पद पो उपयुक्त हुन्थ्यो कि ?

बहस कवि तीर्थराज अधिकारीले भनेझ्ैँ (हे. ‘शिक्षकहरू’ शीर्षकको कविता, शिक्षक २०७१, मंसीर) उङ्ने शिक्षक, माधव अधिकारीले भनेझ्ैँ विद्यार्थीका आँखाका आकर्षक शिक्षक, कृष्णकुमार कार्कीले भनेझ्ैँ अर्काले भनेको कुराबाटै ‘ह्युमिलेट’ हुने र ‘बूढा पुराना शिक्षकलाई गाली नगरिदिनोस् न हजुर’ भन्दै क्षमायाचना गर्नेको नभई व्यक्तिको नियतको हो, तरिकाको हो, प्रणालीको हो, संस्कारको हो । ऊर्जा शक्तिको भण्डारण गरेर पेशाप्रतिको दायित्वबोध गर्दै जागिर होइन, पेशाप्रतिको रमणभावमा सही ढङ्गले शिक्षा क्षेत्रमा छिरेका र निरोगी शिक्षकले बूढोपुरानोको त कुरा नगरौँ, मर्नु एकपल अगाडिसम्म पनि सुटेडबुटेड शिक्षकभन्दा बेजोड गुणस्तरीय शिक्षा विश्वका जुनसुकै शैक्षिक संस्थामा पनि दिन्छन्, दिइरहेकै छन् । अब यसतिरको बहस पो गर्ने कि ?

सिद्धिगणेश उच्च माध्यमिक विद्यालय
सोह्रखुट्टे, काठमाडौं

commercial commercial commercial commercial