‘कहीँ नभएको जात्रा सामुदायिक विद्यालयमा’

कहीँ पनि खरिदारको मातहातमा रही नासु र अधिकृतहरूले काम गरेको देखिँदैन । तर कतिपय सामुदायिक विद्यालमा भने प्राविका शिक्षकलाई प्रअको जिम्मा दिई निमावि, माविका शिक्षकहरूको मानमर्दन गरेको देखिन्छ ।

नेपालमा सामुदायिक विद्यालयको खस्कँदो गुणस्तरलाई लिएर विभिन्न टीका–टिप्पणी हुने गरेका छन् । यसमा सम्बद्ध सबै पक्ष दोषी भए पनि दोषको ठूलो हिस्सा शिक्षकहरूको भागमा पर्ने गरेको छ । व्यवस्थापनमा देखिएका विविध कमजोरीलाई पर्दा पछाडि राखेर शिक्षकहरूलाई कलंकित बनाइँदै छ । यसलाई पुष्टि गर्ने धेरै आधारहरू छन् ।

शिक्षा नियमावलीले प्रधानाध्यापकको नियुक्तिको विषयमा स्पष्ट आधार तयार गरेको भए पनि त्यसको कार्यान्वयन ज्यादै फितलो देखिएको छ । विद्यालयमा कार्यरत शिक्षहरूमध्ये उच्चतम तहको स्थायी शिक्षकमध्ये पनि वरिष्ठ शिक्षक प्रधानाध्यापकमा नियुक्त गरिनुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि त्यसको बेवास्ता गरी अहिले पनि प्रावि तहका स्थायी वा अस्थायी शिक्षकहरूलाई प्रअको जिम्मा दिई निमावि, मावि र उमाविहरू सञ्चालनमा रहेका छन् । माथिल्लो तहको स्थायी शिक्षक नभएको अवस्थामा त यसलाई सहज रूपमा लिन सकिएला तर माथिल्लो तहमा स्थायी शिक्षक नियुक्ति भइसकेपछि पनि तल्लो तहकै व्यक्ति प्रअको रूपमा रहिरहनुले धेरै शिक्षकहरूको आत्मसम्मानमा ठेस पु¥याएको छ ।

भर्खरै आयोगबाट स्थायी नियुक्ति पाएका कतिपय शिक्षकहरूले विद्यालयमा प्रवेशै पाइरहेका छैनन् भने प्रवेश पाएकाहरूले पनि आपूmभन्दा तल्लो तहका प्रअको मातहतमा रहेर काम गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ । यो पटक्कै सुहाउँदो छैन किनभने निजामती सेवामा कहीँ पनि खरिदारको मातहातमा रही नासु र अधिकृतहरूले काम गरेको देखिँदैन ।

सैनिक सेवामा हबलदारको मातहात रही लेफ्टिनेन्ट, क्याप्टेनहरूले काम गरेका छैनन् भने प्रहरी सेवामा पनि असईमातहातमा रहेर इन्स्पेक्टर र डीएसपीले सेवा गरेका छैनन् । यी सरकारी सेवाका सबै निकायमा चेन अफ कमाण्डको उचित व्यवस्था देखिन्छ र उनीहरूको मनोबल पनि उच्च रहेको छ । तर कतिपय सामुदायिक विद्यालमा भने नियम विपरीत प्राविका शिक्षकलाई प्रअको जिम्मा दिई निमावि, माविका शिक्षकहरूको मानमर्दन गरी हतोत्साहित पारेको देखिन्छ । यो पनि शैक्षिक गुणस्तर खस्कनुको एउटा कारक तŒव हो । आफूभन्दा माथिल्लो तहको स्थायी शिक्षक यस पटक विद्यालयमा प्रवेश गर्दा धेरै प्रअहरूले आफ्नो कुर्सी हल्लिएको अनुभव गरी धेरै जोडघटाउ गरेर हाजिर गराएका छन् । आफूभन्दा माथिल्लो तहको स्थायी शिक्षकलाई निर्देशन दिन प्रअले पनि सङ्कोच मान्ने र शिक्षकले पनि आफ्नो अपमान भएको सम्झ्ने कारण दैनिक पठनपाठन नै प्रभावित पनि हुन सक्छ । अब नियमावली अनुरूप योग्य व्यक्तिलाई प्रअमा नियुक्त गरी शिक्षकहरूको आत्मसम्मान बढाउन शिक्षा सम्बद्ध निकायहरूले व्यवस्थापन समितिलाई बाध्यकारी निर्देशन दिनु आवश्यक छ । कहीँ नभएको जात्रा सामुदायिक विद्यालयमा कायम रहिरहे शिक्षाको गुणस्तर अझ्ै खस्कने निश्चित छ ।

 दमाईंटार निमावि, ललितपुर

commercial commercial commercial commercial