‘बूढा–शिक्षक’ लाई किन गाली ?

शिक्षकको परिर्वतनले मात्र शिक्षाको स्तर वृद्धि हँुदैन । बरु, शिक्षकका सङ्गठनलाई नीति नियमको पूर्ण पालना गर्ने÷गराउने सङ्गठनको रूपमा परिचित गराउनुपर्छ, जसबाट नीति नियमको पालाना गर्ने संस्कृति स्थापित हुन सकोस् । वृद्ध र असक्षम शिक्षकहरूलाई समयको प्रवाहले आफैं परिर्वतन गर्दै लैजान्छ । यस्ता कुरामा बहस गर्नुको कुनै अर्थ छैन ।

शिक्षा सेवामा ४० वर्ष र उमेरले ५० वर्ष नाघेको शिक्षक हुँ । सेवाको आधाभन्दा बढी अवधि प्र.अ भई इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरेको छु । शिक्षक को मङ्सिर २०७१ मा प्रकाशित तीर्थराज अधिकारीको ‘शिक्षकहरू’ शीर्षक कविता पढ्दा मेरो शिर झ्ुक्यो । कतै धेरैजसो यस्तै शिक्षक त छैनन् ? मनमा घृणा पनि उत्पन्न भयो । अर्को पाना पल्टाएँ । हाम्रा आदरणीय अध्यक्षज्यू (माधवप्रसाद अधिकारी, पूर्व अध्यक्ष, नेपाल शिक्षक युनियन) ले लेख्नुभएको ‘चौतर्फी आक्रमणमा ढल्दै सामुदायिक विद्यालय’ शीर्षकको लेखमा त “५० वर्ष उमेर काटेका, आँखा कम देख्ने, कान कम सुन्ने, कृत्रिम दाँत हालेका वा दाँत झ्रेका, गाला चाउरी परेका शिक्षकहरू छात्रछात्राका लागि कति आकर्षक होलान्, उनीहरूको कक्षा कति प्रभावकारी होला ?” भनेर यक्षप्रश्नहरू खडा गरिएका रहेछन् ।

तर सधैंभरि हामी शिक्षकको उमेर र रूपको मात्र बहस किन हुन्छ ? पाका शिक्षकहरूको गुणस्तर र क्षमताको बहस किन हुँदैन ? किन सधंै हामी जस्ता ज्येष्ठ शिक्षकलाई गुणस्तरीय शिक्षाको बाधकका रूपमा व्याख्या गरिन्छ ? यहाँ मेरो मतलब सम्पूर्ण ज्येष्ठ शिक्षक ठीक र राम्रा नै हुन्छन् भन्ने होइन । तैपनि पूर्व अध्यक्षको यो लेखलाई एक पटक सलाम गरेँ र मनमनै अल्पिएँ— ‘शिक्षा ओरालो लाग्ने कारण यिनै वृद्ध शिक्षकहरू नै रहेछन् । अब यिनलाई हटाएपछि हाम्रो शिक्षाले सिखर चुम्नेछ !’

फेरि पढ्दै अलि तल झ्र्दै गर्दा एउटा झ्न् ठूलो कुरा भेटियो— “सडकमा ऊर्जाशील शिक्षित प्राज्ञिक प्रतिस्पर्धी युवायुवतीहरू बेरोजगारीमा छटपटाइरहेछन्, उता कक्षमा भने ऊर्जाहीन, अनाकर्षक र निष्क्रिय वृद्धहरू भने परम्परागत किताबी ज्ञान भटभटाइरहेछन् ।” ३०–३५ प्रतिशतको हाराहारीमा यस्तो सङ्ख्या सानो पनि छैन । एक पटक अतीतलाई सम्झ्ँे— ‘हिजो शिक्षक खोज्दा पाइएन, आज हामी चाहिएन ।’ हामी जस्ता शिक्षकहरू जो नेपालको शिक्षाको शुरूआती र विकासको कालखण्डमा सेवा गर्दै आजको समयसम्म आएका हौँ । हामी युवा अवस्थाका हँुदा, हामीले परिर्वतनका लागि लड्दा कोही आएन— विरोध गर्न, साथ दिन । ‘तिमीहरू नेपालको शैक्षिक विकासका लागि बाधक भयौ, तसर्थ कि आपूmलाई परिर्वतन गर कि स्थान खाली गरिदेऊ’ भन्न पनि कोही आएन । र; हामीले गरेको काम काम नभई कमाइ गरीखाने भाँडो बनाए जस्तो निष्कर्ष आयो । यो सही हो या गलत— समय र शिक्षाका उपभोगक्ताले मनन गर्दा राम्रो हुन्छ ।

उहाँहरू जस्ता व्यक्तिले सङ्गठन बनाए पेशालाई मर्यादित र देशको शिक्षामा आमूल परिर्वतन गर्छांै भन्नुभएको थियो । तर हामी सबैले सङ्गठनले गरेको काम देखेकै छांै । सही वा ठीक शिक्षक जो शिक्षा र पेशाप्रति पूर्ण बफादार रही नियमलाई शिरोपर गर्दै काम गरे, तिनको हित र समस्याको क्षेत्रमा त काम गरेको कसैले सायद देख्न पाएनन् तर योचाहिँ देखियो जो शिक्षक शिक्षण पेशा गर्नलायक नै थिएनन्, शिक्षण पेशालाई नै बदनाम गर्दै हिँडे तिनको सेवामा कटिबद्ध भएर लागे र आजको समयमा शिक्षामा बेथिति र परिणामविहीन शिक्षाको सबै दोष शिक्षाबाट अवकाशको सँघारमा पुगेकाको शरीरमा हालेर के परिणाम ल्याउन खोज्दै छन्, हामी जस्ता शिक्षकले बुझन सकेका छैनौं ।

आज ठूला विश्वविद्यालयले बूढा र अनुभवी प्राध्यापक खोजिरहेका छन्— गुणस्तरीय शिक्षा प्राप्तिको आशामा । जब शिक्षाक्षेत्रलाई राजनीतिक अभ्यास गर्ने मैदानको रूपमा प्रयोग हँुदा उहाँहरूको कलम चलेन खण्डन र प्रतिकार गर्न । शिक्षा सेवाको नीति नियमको नियामक क्षेत्रले नै पालना नगरेको अवस्था, नीति नियममै नभएको कुराको बहस र कार्यान्वयनका लागि किन लड्दै छ सङ्गठन ? आन्दोलन र विरोध कार्यक्रमका भरमा नीति नियमलाई पन्छाएर काम गर्नुपर्छ भने किन बनाउने नीति नियम ?

सङ्गठनले भएका शिक्षकको स्तर र दक्षता वृद्धि गर्ने, उनीहरूलाई हौसाला दिने, नराम्रा र पेशाको मर्यादाभन्दा बाहिर जानेलाई सजायको भागीदार बनाएर कारबाही गर्ने, शिक्षाक्षेत्रमा राजनीतिक क्रियाकलापलाई पूर्ण रूपमा प्रतिबन्ध गर्ने जस्ता कार्य पो गर्नुपर्छ; न कि समस्या चर्काउने मात्र । शिक्षकको परिर्वतनले मात्र शिक्षाको स्तर वृद्धि हँुदैन । शिक्षकका सङ्गठनलाई नीति नियमको पूर्ण पालना गर्ने÷गराउने सङ्गठनको रूपमा परिचित गराउनुपर्छ, जसले गर्दा नवागन्तुकलाई पनि सजग गराओस्, नीति नियमको पालाना गर्ने संस्कृति स्थापित हुन सकोस् । तपाईंहरूले भनेका वृद्ध र असक्षम शिक्षकहरूलाई पनि समयको प्रवाहले आफै परिर्वतन गर्दै लैजान्छ । यस्ता समयले नै अनिवार्य परिर्वतन हुने कुरामा बहस गर्नुको कुनै अर्थ छैन ।

घाटदेवी नि.मा.वि, थाहा न.पा. ५, मकवानपुर

commercial commercial commercial commercial