‘शिक्षक साथी हो, कर्तव्य नभुलौं !’

क्रमशः मेरो शिक्षण क्रियाकलाप पनि घट्यो । मैले पढाउन छाडें । तर आज पछाडि फर्किएर हेर्दा म जस्ता अल्छे र कर्तव्य बिर्सने शिक्षकका कारण देशका असल अफिसर, वैज्ञानिक र राजनीतिज्ञ बन्ने हजारौं साना नानीहरूको पढाई बर्बाद भएको पाउँछु । आफैंलाई धिक्कार्न र रुन मन लाग्दछ ।

२०४६ पुस ६ गतेदेखि शिक्षण कार्य थालनी गरें । २०५० सालमा स्थायी भएर २०६२ सालमा प्रावि द्वितीय श्रेणीमा बढुवा भई हालसम्म शिक्षण कार्यलाई निरन्तरता दिइरहेको छु । विद्यालय स्तरमा अध्ययन गर्दा भारतको पूर्णिया घर भई श्री सरस्वती मावि, खानीभन्ज्याङ, ओखलढुङ्गामा शिक्षण कार्य गर्नुहुने आदरणीय गुरु आनन्दीप्रसाद सिंहको लगनशीलता, कर्तव्यनिष्ठता तथा उहाँको नैतिक चरित्रबाट प्रभावित भई भाविष्यमा आफू पनि शिक्षक बनी नानीहरूलाई गुणस्तरीय शिक्षा दिने मनसायले शिक्षण क्षेत्रमा प्रवेश गरेको थिएँ ।

शुरूमा मलाई पढाउने राम्रै जाँगर चलेको थियो । पूर्वतयारीका साथ पढाउन जान्थें र कखरा राम्रैसँग घोटीघोटी पढाउँथे । तर पुराना शिक्षक सहकर्मीहरू भन्ने गर्थे— “लौ है कति दिन हो !” म भन्थें— “म त राम्ररी पढाउँछु !” ६–७ महीना त एकदम पढाएँ पनि । साथीहरूले भने विद्यार्थी हाजिरी ग¥यो अनि त्यही हाजिरी बेरेर ढुङ्ग्री पारी मुखले फूफू फुक्दै “पढ्पढ् नानी हो” भन्दै ढोकामा उभिने प्रक्रिया जारी राख्थे । म पनि ६–७ महीने पुरानो अनुभवी नै भइसकेको थिएँ । सोच्न थालें, ‘आखिर एउटै पद हो, तलब पनि बराबर नै छ; आफू भने मरीमरी, साथीको ताल भने त्यस्तो । लौ केटा, तँ पनि विचार पु¥या !’ क्रमशः मेरो शिक्षण क्रियाकलाप पनि घटुवा भयो । मैले पढाउन छाडें । आज पछाडि फर्किएर हेर्दा म जस्ता अल्छी र कर्तव्य बिर्सने शिक्षकका कारण देशका असल अफिसर, वैज्ञानिक र राजनीतिज्ञ बन्ने हजारौं साना नानीहरूको पढाइ बर्बाद भएको पाउँछु । आफैलाई धिक्कार्न र रुन मन लाग्छ ।

शिक्षक विभिन्न रूपले नेता हो । त्यसैले शिक्षक सक्रिय भएर शिक्षण कार्यमा लाग्दा शिक्षण सुधार नहुने कुरै हुँदैन । विद्यार्थीहरू पढाइतिर उन्मुख नहुने प्रश्नै आउँदैन । तर सामुदायिक विद्यालयमा काम गर्ने शिक्षकहरूले आफ्नो कर्तव्य भुलेका कारण हामी आफै समाजबाट आलोचित हुन पुगेका छौं । २०४६ सालयता सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्किएको मात्र होइन, विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएका कारण दक्ष नागरिक उत्पादन हुन÷गर्न नसक्ता देश धेरै पछाडि धकेलिएको छ ।

विद्यार्थीले नपढ्दा अभिभावकहरू भन्ने गर्छन्— शिक्षकले नपढाएका कारण यस्तो भयो । शिक्षकहरू भन्छन्— विद्यार्थीहरूले नपढेका कारण यस्तो भयो । अभिभावकले शिक्षकलाई दोष दिने, शिक्षकले विद्यार्थीलाई । यथार्थमा कसका कारण विद्यार्थीले नपढेका हुन् ?

राज्यले उपलब्ध गराएको तलबसुविधाबाट हामी शिक्षकले आफू र परिवार पाल्दै आफ्ना छोराछोरी पढाएको, २–४ गरा बारी जोडेको, समाजबाट प्रतिष्ठा कमाएको यथार्थ नै हो । उता अभिभावकले पनि मेरा बालबच्चाको पढाइको स्थिति कस्तो छ, दैनिक विद्यालय आउँछ÷आउँदैन, कापी, कलम छ÷छैन जस्ता कुरामा ध्यान नदिएकै हो ।

२०४६ सालमा बहुदलसँगै शिक्षामा सबै बेथिती भित्रियो; सबैलाई बहुदल आयो । शिक्षकले नपढाउँदा पनि हुने किनभने आफ्नो मानिस मन्त्री छँदै छ । नभए फेरि कुनै राजनीतिक दलको भ्रातृ सङ्गठनमा आबद्ध छँदै छ, कसले छुने ? केही गरी अपायक सरुवा भई गयो भने पनि २४ घण्टा नबित्तै थमौतीको आदेश आइहाल्छ । यो रोग सबै पेशा, वर्ग र व्यवसायमा हाबी भयो ।

विद्यालय तहदेखि कलेजसम्मको परीक्षामा चिट चोर्न पाउनु अधिकार भयो, किनभने बहुदल आएकै छ । यति त भएकै थियो; १० वर्षे माओवादी हिंसाबाट सबैभन्दा बढी स्कूलहरू प्रभावित भए । लगातार २४ दिनसम्म विद्यालयहरू बन्द हुँदाको स्थितिले शिक्षकको पढाउने बानी छुट्यो भने विद्यार्थीको पढ्ने बानी छुट्यो । वार्षिक कार्ययोजनाअनुसार पाठ्यपुस्तकका सबै पाठ पढाउने र पढ्ने कुरै भएन । त्यो आतङ्कित परिस्थितिले शिक्षक विद्यार्थीलाई त फसायो फसायो, राज्यलाई नै पछाडि धकेल्ने एउटा कारण पनि बन्यो । जबजब हरेक तहको वार्षिक परीक्षा नजिक आयो, तब प्रश्नपत्र पुस्तकका शिरपुछारबाट निकालियो ।

परीक्षामा विद्यार्थीले के लेखून् ? विचराहरू कलम टोकेर बस्नुसिवाय अर्को उपाय नै रहेन । उता शिक्षकहरूलाई विद्यालयको प्रतिशत पु¥याउनु छ, निल जोगाउनु छ तब चोरी÷चिटिङ बढ्यो, जसका कारण हाम्रा सामुदायिक विद्यालयहरूको स्थिति अरू भयावह भयो ।

अब हामी बुज्रुक शिक्षकहरू मूर्ख बन्नु हुँदैन, हामीले जेजति पायौं, पाएका छौं, त्यसैलाई आफ्नो इज्जत, मानप्रतिष्ठा र कर्तव्य सम्झ्ी हाम्रा नानीहरूप्रतिको शिक्षण सिकाइ कार्यमा सक्रिय रहेर उदाहरणीय बन्नुसिवाय अर्को विकल्प छैन । आफ्नो पेशालाई सम्मान गर्दै अल्छीपन र घरव्यवहारलाई मात्र प्राथमिकतामा नराखी नानीहरूले कसरी सिक्न सक्छन् भन्ने सवालमा ध्यान केन्द्रित गराई सरोकारवालाहरूसमेतको सक्रिय सहभागितामा शिक्षण कार्य गर्ने गराउनेप्रति सजग रहनुलाई मुख्य कर्तव्य ठान्नुपर्छ । साथमा राज्यले धेरै लगानी गरेर हामीलाई दिएको तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा जुझरु भई प्रस्तुत हुनाले समाजमा सही सूचना सम्प्रेषण भई सिकाइ र सिक्ने कार्य प्रभावकारी हुनेछ । राजनीतिककर्मीहरूले पनि आफ्नो दलबलमा हामी शिक्षक र हाम्रा नानीहरूलाई प्रेरित नगराऊन् । त्यति भए हाम्रो शिक्षाको भविष्य उज्यालो हुने कुरामा दुईमत छैन । त्यसै गरी; सही शिक्षा नीति बनाई कडाइका साथ कार्यान्वयन गरेमा पाँच वर्षभित्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा अझ्ै पनि कायापलट ल्याउन सकिन्छ । विगतमा जेजसरी चल्योचल्यो, आगामी दिनमा आफ्नो पेशालाई कर्तव्य ठानी लगनशील भएर लागौं; यसैमा हामी सबैको कल्याण छ ।

उदय प्रावि, तीनधारे, ओखलढुङ्गा

commercial commercial commercial commercial