अंग्रेज शिक्षकहरूलाई एक पाका विद्यालय निरीक्षकको सुझवः ‘खराब अभिभावकलाई हप्काऊ !’

आफ्ना छोराछोरीको पठनपाठनमा ध्यान नदिने अभिभावकलाई प्रअ तथा शिक्षकले ‘तिमी नालायक अभिभावक हौ’ भत्रु कत्तिको उपयुक्त होला ? नेपालको सन्दर्भमा विरलै कुनै शिक्षकले सीधै अभिभावकलाई त्यसो भत्रे आँट गर्लान् । तर इङ्गल्याण्डको ‘अफस्टेड’ कार्यालयका प्रमुख विद्यालय निरीक्षक सर माइकल विल्शले प्रधानाध्यापकहरूले “तपाईं खराब अभिभावक हुनुहुन्छ भनेर भत्र डराउनुहुँदैन” भत्रे टिप्पणी गरेर हलचल पैदा गरेका छन् ।

ब्रिटेनको प्रतिष्ठित दैनिक दि गार्डियन सँग कुरा गर्दै विल्शले भने, “अभिभावकका सामु शिक्षकहरू चाहिनेभन्दा बढी नरम हुन थाले भने केटाकेटीको पढाइ सुध्रँदैन । त्यसैले अभिभावकलाई सही कुरा भत्र उनीहरू पछि पर्नुहुँदैन ।”

विल्शको विचारमा आफ्ना छोराछोरीको पढाइमा ध्यान नदिने अभिभावक ‘भावनात्मक रूपले गरीब’ हुन् । उनी भन्छन्, “छोराछोरीलाई राति अबेरसम्म बाहिर जान दिने, उनीहरू कुनै कुलत वा असामाजिक र आपराधिक समूहको सम्पर्कमा छन् कि भनेर चिन्ता नगर्ने प्रवृत्ति आर्थिक गरीबीभन्दा पनि ठूलो समस्या हो ।”

यदि बाबुआमा कुनै मूल्यमान्यता — खासगरी धार्मिक मान्यताप्रति — आस्थावान् छन् भने उनीहरूका छोराछोरीले पढाइमा राम्रो गर्ने गरेको आफूले पाएको सर विल्शले बताए । “छोराछोरीको ख्याल नगर्ने प्रवृत्ति गलत हो भनेर हाम्रो समाजले भत्रुपर्छ । त्यस्ता अभिभावकप्रति हामी अलि कडा पनि हुनुपर्छ”, उनले थपे । भन्छन्, “प्रायः अभिभावक असल हुन्छन् तर केही चाहिं खराब पनि हुन्छन् । बच्चाका लागि सबैभन्दा ठूलो शिक्षक परिवार नै हो । तपाईंसँग कति पैसा छ, त्यसको कुनै अर्थ हुँदैन । तपाईं आफ्ना छोराछोरीलाई कति माया गर्नुहुन्छ ? त्यो बढी महत्वपूर्ण कुरा हो ।”

अभिभावकको आलोचना गर्ने काम त्यति सजिलो नभएको विल्श स्वीकार्छन् । “तर जसरी प्रधानाध्यापकले बालबालिकालाई तिमी अलि चञ्चले छौ भनेर भन्छन्, त्यसैगरी खराब अभिभावकलाई पनि तिमी एक खराब अभिभावक हौ भनेर भत्र सक्नुपर्छ”, उनले भने । आवश्यक परे अभिभावकलाई नसिहत पनि दिनुपर्ने उनको सुझव छ ।

६८ वर्षीय सर माइकल विल्श अढाइ वर्षअघि इङ्गल्याण्डका विद्यालयहरूका लागि मुख्य निरीक्षक नियुक्त गरिएका हुन् । त्यसयता उनले विद्यालयमा पठनपाठनको स्तर सुधार्ने सन्दर्भमा बेलाबखत विवादास्पद धारणा पनि राख्दै आएका छन् । झण्डै चार दशकसम्म अध्यापक र प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरेका विल्शले प्रधानाध्यापकको रूपमा थुप्रै समस्याग्रस्त विद्यालयहरूको कायापलट गरेका थिए ।

अफस्टेड (OFSTED) भनेको के हो ?
office for standards in education, children’s services and skills (छोटकरीमा ‘अफस्टेड’) बेलायतको एउटा सरकारी निकाय हो । इङ्गल्याण्डका चौबीस हजार भन्दा बढी विद्यालयहरूको अनुगमन गरी त्यसको वार्षिक प्रतिवेदन ब्रिटिश संसद्लाई बुझउँछ र वेबसाइटमा प्रकाशित गर्दछ । ‘अफस्टेड’ ले हरेक विद्यालयको कम्तीमा तीन वर्षमा एक पटक अनुगमन गरी प्रकाशित गर्ने प्रतिवेदनलाई स्थानीय निकाय, अभिभावक तथा संचारमाध्यमहरूले निकै महत्व दिने गर्दछन् । इङ्गल्याण्ड बाहेक बेलायतका अन्य प्रान्त वेल्स, उत्तरी आयरल्याण्ड र स्कटल्याण्डमा पनि विद्यालयको निरीक्षण गर्ने यस्ता छुट्टै निकाय छन् ।

ब्रिटेनमा विद्यालय शिक्षा अनिवार्य र निःशुल्क छ । इङ्गल्याण्डका झण्डै ९३ प्रतिशत बालबालिका शुल्क तिर्नु नपर्ने सरकारी स्कूलहरूमा पढ्दछन् भने ७ प्रतिशत बालबालिका मात्रै शुल्क तिर्नुपर्ने प्राइभेट स्कूलहरूमा पढ्दछन् ।

अफस्टेडले आफ्नो अनुगमनको आधारमा विद्यालयहरूलाई चार तहमा वर्गीकरण गर्ने गरेको छ । ती हुन्,

१. अत्यन्त राम्रो    (outstanding)
२. राम्रो (good)
३. सन्तोषजनक   (satisfactory)
४. अपर्याप्त (inadequate)

खासगरी विद्यालयहरूको पठनपाठन, कक्षागत सिकाइ–उपलब्धि, वार्षिक जाँचमा विद्यार्थीले प्राप्त गरेको नतीजा तथा पढाउने संस्कृतिलाई आधार मानेर ‘अफस्टेड’ ले त्यस्तो वर्गीकरण गर्दछ । त्यसो त अफस्टेडको मूल्यांकनले विद्यालयको सर्वोपरि क्रियाकलापभन्दा विद्यार्थीको नतीजालाई बढी महत्व दिने गरेको भन्दै बेलाबखत आलोचना पनि हुने गरेको छ । तर विल्श भन्छन्, “अफस्टेडको नियमित र वैज्ञानिक अनुगमनले राम्रा विद्यालयलाई तिनको गुणस्तर कायम राख्न प्रेरित गरेको छ भने कमजोर विद्यालयमाथि तिनको गुणस्तर सुधार्न दबाब बढेको छ ।”

अफस्टेडले कमजोर प्रदर्शन गर्ने विद्यालयहरूको संचालक समिति, प्रधानाध्यापक वा व्यवस्थापन समूहलाई हटाउन वा सचेत गराउन सक्दछ । सबैजसो अभिभावकहरू आफ्ना छोराछोरीलाई अफस्टेडले राम्रो ठहर्‍याएको विद्यालयमै भर्ना गर्न इच्छुक हुन्छन् ।

प्रमुख विद्यालय निरीक्षक विल्शले विद्यालयको पठनपाठन सुधार्न प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिंदै आएका छन् । तालीमप्राप्त तथा उत्प्रेरणा भएका शिक्षक वर्ग र सही नेतृत्व दिन सक्ने प्रधानाध्यापक विद्यालयको गुणस्तर सुधार्न अत्यावश्यक हुने उनको ठहर छ ।

“गरीब परिवारका बालबालिकाका लागि शिक्षा नै एक मात्र अवसर हो । त्यसैले धनी हुन् वा गरीब, जुनसुकै परिवारका भए पनि सबै बालबालिकाले स्तरीय शिक्षा पाउनुपर्छ भत्रे कुरामा कुनै सम्झौता  गरिनुहुँदैन”, उनी दोहोर्‍याउँछन् ।

लण्डनमा

commercial commercial commercial commercial