नेपाली बालसाहित्य अवस्था र प्रवृत्ति

  • २०७२ जेठमा भृकुटीमण्डपमा सञ्चालित पुस्तक मेलामा एउटी आमा सानो छोरो लिएर आइन् । उनले छोरासँगै बालपुस्तकको स्टल चहारिन् । छोराले एउटा चित्रपुस्तक ओल्टायो पल्टायो, मन परायो र आमासित त्यो पुस्तक किनिदिन भन्यो । आमाले पुस्तक यसो पल्टाएर हेरिन् र छोरातिर हेरेर भनिन्, “यति सानो कथा छ, यहीं बसेर पढ है !” छोरो बाध्य भयो र त्यहीं बसेर पढ्यो । त्यस्ता मेलाहरूमा बालबालिकाका किताब ओल्टाई/पल्टाई गरेर छाड्ने अभिभावक धेरै देखिन्छन् ।
     
  • अर्की एउटी आमाले उनले आफ्नो तीन वर्षको, अक्षरै नचिन्ने छोराका लागि एउटा चित्रपुस्तक किनेर ल्याइन् । घरमा भएमध्येको नयाँ र चित्र भएको किताब भएर होला, छोरालाई प्रत्येक दिन आमासित त्यही चित्रपुस्तकको कथा भनिमाग्न थाल्यो । केही दिन आमाले चित्रपुस्तकको कथा छोरालाई सुनाइन् । केही दिनपछि एकदिन छोरो आफैं त्यही चित्रपुस्तक पल्टाएर कथा भन्न थाल्यो । रोचक कुरा त के भने उसले कथा भन्दा कथामा हरेक दिनजसो केही न केही नयाँ कुरा हुन थाल्यो । कथा नै पहिलेभन्दा फरक हुन थाल्यो । माथिका दुइटा प्रसंग आपसमा तुलना हुने खालका होइनन् । विरोधाभाषी पनि होइनन् । पहिलो प्रसंगले अहिलेसम्म पनि किताबलाई हेर्ने दृष्टिकोण नफेरिएको कुरा देखाउँछ । दोस्रो प्रसंगले पढ्न सक्ने हुनु अघि देखि नै बालबालिकाका लागि किताब पढिदिने गरे मा उनीहरूमा किताबप्रतिको प्रेम मात्र होइन, उनीहरूको कल्पनाशीलता पनि बढ्छ भन्ने देखाउँछ । केही वर्षयता नेपाली भाषामा प्रकाशन हुने बालसाहित्यका पुस्तकको संख्या बढ्दो छ । बालसाहित्यले बालबालिकाको मान सिक विकास का लागि महत्वपूर्ण खुराक दिने भएकाले यसको विशिष्ट महत्व छ । तर बालसाहित्य सजिलो विधा भने होइन । बालसाहित्यको लेखन मात्रै होइन, सम्पादन, चित्राङ्कन, चित्रसम्पादन,

डिजाइन र मुद्रणलगायत सबै काममा बालबालिकाको उमेर, रुचि र मनोविज्ञानलाई ध्यानमा राख्नुपर्छ । त्यसो त बालसाहित्य कस्तो हुनुपर्छ भन्ने विषयमा पनि दुईथरी विचार पाइन्छन् । एकथरी मनोरञ्जनलाई प्रमुख मान्छन् भने अर्कोथरी सन्देशलाई । यी दुईमध्ये कुन उपयुक्त भनेर बहसगर्र्नुभन्दा सजिलो उपाय हो, मनोरञ्जन नदिने बालसाहित्य पढ्न बालबालिका रुचाउँदैनन् भन्ने तथ्यलाई स्वीकार गर्नु । तर यसको अर्थ मनोरञ्जन दिने बालसाहित्यमा सन्देश चाहिंदैन वा हुँदैन भन्ने कुरा पनि होइन । सन्देश सीधै दिनुभन्दा घटना, पात्र र चरित्रका माध्यमबाट दिंदा बढी प्रभावकारी हुन्छ । बालसाहित्यले बालबालिकालाई मनोरञ्जन मात्र दिंदैन, उनीहरूलाई रचनात्मक एवं सिर्जनात्मक हुन पे्ररणा दिनुका अतिरिक्त ज्ञान–विज्ञानका विविध विषयमा जानकारीसमेत दिन्छ । यसबाहेक बालबालिकाको जिज्ञासाको समाधान, ज्ञानको प्रवद्र्धन, चेतना र सोचको विकास एवम् परिष्कार, भाषिक क्षमताको विकास , लोकसंस्कृतिको हस्तान्तरण, पढ्ने प्रवृत्तिको विकास , राष्ट्रिय संस्कार, चरित्र र भावनाको प्रवद्र्धन एवं मानवीय मूल्य र मान्यताप्रतिको जागरुकतामा पनि यसको उल्लेखनीय भूमिका रहन्छ । वास्तवमा बालसाहित्य प्रयोजन, विषय र भाषाशैलीका कारण अन्य साहित्यभन्दा फरक हुन्छ । पाठककेन्द्रित हुनु बालसाहित्यको विशेषता हो । नेपाली भाषामा प्रकाशित बालसाहित्यिक कृतिको संख्या यति नै छ भनेर भन्न कठिन छ । यस पंक्तिकारको २०६५ सालमा मार्टिन चौतारीबाट प्रकाशित नेपाली बालवाङ्मय परिचयको श मा १ हजार २६७ बालसाहित्यिक कृतिको परिचय समेटिएको छ । त्यस कोशमा पहिलो बालकृतिगंगाधर द्रविडकोगो र्खा प ै ह्ला किताब (प्रकाशन मिति वि.सं. १९४९) देखि २०६५ सालको असोजसम्म प्रकाशित कृतिको नाम र परिचय दिइएको छ । तर त्यसमा सबै समेटिएको दाबी भने गरिएको छैन । साथै २०६५ सालको उत्तराद्र्ध देखि २०७० सम्मको अवधिमा प्रकाशित बालसाहित्यिक कृतिको सूची पनि यस पंक्तिकारले तयार गरेको छ, जसमा करीब एक हजार कृतिको परिचय छ । यस हिसाबले अहिले कुनै वर्ष ३५० र कुनै वर्ष २०० को हाराहारीमा बालसाहित्यका कृति छापिएको अनुमान गर्न सकिन्छ । अहिलेसम्मको स्थिति हेर्दा बालसाहित्य र बालपुस्तकहरूको संख्या नेपालीमा तीन हजारको हाराहारीमा हुनुपर्छ ।

बालसाहित्य लेखनको पहिलो आधार उमेर हो । बालविकास का चरणका आधारमा बालसाहित्यलाई शिशुसाहित्य, बालसाहित्य र किशोरसाहित्य गरी तीन वर्गमा विभाजन गर्ने गरिएको छ । जन्म देखि ६ वर्ष उमेर समूहसम्मका शिशुका लागि लेखिने साहित्य शिशुसाहित्य अन्तर्गत पर्छ । यसअन्तर्गत पनि दुई वर्षभन्दा कम उमेर समूहका शिशुहरूका लागि अरूले पढेर वागाएर सुनाउने बालगीत सबैभन्दा प्रभावकारी हुन्छ । २–६ उमेर समूहका बालबालिकाका लागि उनीहरूले पढ्न सक्ने किसिमको सरल शब्द, भाव, लय र अनुप्रासयुक्त बालगीतहरू ९ल्गचकभचथ च्जथmभक० उपयुक्त हुन्छन् । यसबाहेक जिज्ञासा शान्त पार्ने किसिमका चित्रकथा र सामान्य तथ्य पुस्तक पनि उनीहरूका लागि उपयोगी हुन्छन् । समूहमा पढिने बोर्ड बुक्स पनि उनीहरूका लागि दिन सकिन्छ । यो उमेर समूहका लागि केही वर्षयता निकै पुस्तक प्रकाशित भएका देखिन्छन् । ६ वर्ष देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि लेखिने साहित्य बालसाहित्य हो । यस उमेर समूहका बालबालिका सरल चित्रसहितका चित्रपुस्तक बढी रुचाउँछन् । त्यसैले लोकजीवन देखि समयसापेक्ष विभिन्न विषयसम्बद्ध बालरचनाहरू उनीहरूको रुचिभित्र पर्छन् । यसका अतिरिक्त वीरता, रहस्य र रोमाञ्चले भरिपूर्ण, काल्पनि क वा यथार्थमूलक घटनासँग सम्बन्धित, यात्राप्रसंग आदि पनि उनीहरूको रुचिका विषय हुन्छन् । १२ वर्ष देखि १८ वर्षसम्मको उमेर समूहका लागि लेखिने साहित्यलाई किशोर साहित्य मानिन्छ । यो उमेर समूहमा आइपुग्दा बालबालिकामा शारीरिक परिवर्तन अत्यधिक हुने हुँदा यस बेला उनीहरूको रुचि पनि फरक हुनु स्वाभाविक हो । यो उमेर समूहका किशोर–किशोरीको रुचि कल्पनाभन्दा वास्तविक संसारसँग बढी हुने गर्छ । त्यसैले उनीहरू यसबेला विज्ञानसम्बद्ध विविध विषयका अतिरिक्त नयाँ– नयाँ स्थान, विषय र आफ्नो शारीरिक विकास सँग सम्बद्ध विषयमा बढी रुचि राख्छन् । उनीहरूका लागि लेखिने साहित्य सोही अनुरूप हुनु बढी उपयोगी हुन्छ ।

 

विधागत प्रकाशनको स्थिति र बिक्री–वितरणको अवस्था अहिले नेपालीमा लेखिएका बालपुस्तकहरूमा विधागत रूपमा चित्रकथा सबैभन्दा बढी प्रकाशित भएका छन् । यसको संख्या यति नै भनेर भन्न नसकिए पनि २०६३ देखि यस क्षेत्रमा उत्साहजनक अवस्था देखि एको छ । धेरै प्रकाशन संस्थाको अहिलेको प्राथमिकता नै चित्रकथा हो । चित्रकविता र अन्य चित्रपुस्तकलाई पनि यसै अन्तर्गत राख्न सकिन्छ । यसपछि आख्यानतर्फ बालकथा पनि बढी लेखिने विधामध्येकै हो । तर बालउपन्यासको संख्या भने ५/६ दर्जनभन्दा नाघेको छैन । यसतर्फ बालकविता, बालगीत र बालकाव्य लेखिएका छन् । प्रकाशन संख्याका दृष्टिले यो पनि रामै्र अवस्थामा छ । नाटक भने अत्यन्त न्यून छन् । निबन्धमा विद्यालयको पाठ्यक्रममा आधारित निबन्धकृतिहरू देखि ए पनि साहित्यिक मूल्यका बालनिबन्ध कृतिको संख्या कम छ । तथ्य पुस्तक पनि हामीकहाँ प्रायः चित्रपुस्तककै रूपमा छापिने गरेका छन् । बालसाहित्यका कृतिको बिक्री–वितरणको अवस्था भने अझै सन्तोषजनक छैन । १० वर्षयता प्रकाशित यस्ता कृतिहरूको संख्या बढेको छ, तर यसलाई पाठक बढेको अर्थमा भने लिन सकिंदैन । विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूले किन्ने र विद्यालयलाई दिने कारणले मात्र यसको बजार बढेको देखि एको हो । यदि ती संस्थाहरूबाट सञ्चालन भइरहेका प्रोजेक्ट बन्द हुने हो भने धेरै प्रकाशन संस्था बन्द हुने अवस्था आउने निर्विवाद छ । अहिले केही प्रकाशन संस्थाहरूको बालसाहित्यप्रतिको रुचि पनि त्यस्ता प्रोजेक्टका कारणले मात्रै देखि एको हो । अर्कोतिर सरकारले सरकारी विद्यालयहरूलाई पुस्तकालयका लागि पुस्तक किन्न दिएको रकम पनि अन्यत्र खर्च गर्ने गरिएको देखिन्छ । पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तकप्रति शिक्षकहरू नै सौतेनी व्यवहार गर्छन् । यो स्थिति अत्यन्त दुः खपूर्ण छ । अभिभावक पनि आफ्ना बालबालिकाका लागि बालपुस्तक किन्न उत्साहित देखि एको छैन । पुराना प्रकाशन संस्थाहरूमध्ये साझ प्रकाशन, रत्न पुस्तक भण्डार, एकता प्रकाशन आदिले वर्षमा बालसाहित्यका दुई/चार कृति प्रकाशित गर्ने गरेका छन् । यस्तै विवेक सिर्जनशील प्रकाशन, शब्दार्थ प्रकाशन, एडुकेशनल इन्टरप्राइजेज, रातो बङ्गला किताब र कथालय प्रकाशन/कथालय इन्कले उल्लेख्य रूपमा बालकृति प्रकाशित गर्दै आएका छन् । बी.एन. पुस्तक संसार, बुक प्यालेस, ऐरावती प्रकाशन, स्वदेश प्रकाशन, अक्षरधाम र बुकआर्ट आदिले पनि केही पुस्तक प्रकाशित गर्ने गरेका छन् । पछिल्लो चरणमा परिचय पब्लिकेशन र काठमाडौं पब्लिकेशन यस क्षेत्रमा सक्रिय देखि एका छन् र यी दुवैले उल्लेख्य संख्यामा बालपुस्तक प्रकाशित गर्दै आएका छन् । गैर सरकारी संस्थाहरूमारूम टु रिड ले २०६३ सालपछि बालसाहित्य प्रकाशनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । से भ द चिल्ड «े न पनि २०७४ मा एकैपटक नेपालीसहित विभिन्न भाषाका ७२ वटा बालकृति प्रकाशित गरेको छ ।
के नेपाली बालसाहित्य उपदेशमा मात्र सीमित छ ? बालसाहित्य लेख्नेहरूको संख्या पछिल्लो चरणमा उल्लेख्य रूपमा बढेको छ । प्रकाशकहरू बढेसँगै लेखक बढ्नु स्वाभाविक हो । अहिले केही प्रकाशकहरू नयाँ लेखकहरूलाई लेख्न लगाएर बालसाहित्य प्रकाशन गर्दैछन् । नेपाली बालसाहित्यमा शताब्दी आयुका राष्ट्रकवि माधव घिमिरे देखि नयाँ पुस्ताका थुपै्र लेखकका कृति छन् र पुराना कृतिका नयाँ संस्करणहरू पनि निस्किरहेका छन् । केही लेखकहरू त बालसाहित्यमै केन्द्रित भएर पनि लेखिरहेका छन् । यो सकारात्मक पक्ष हो । विषयवस्तुका दृष्टिले भने नेपाली बालसाहित्यमा परम्परागत विषयकै आधिक्य छ । बालबालिकालाई ‘असल बनाउने’ उद्देश्यले लेखिएका बालसाहित्यका कारण पनि यसलाई औपदेशिकताको आरोप लाग्दै आएको हो ।

तर यसको अर्थ नेपाली बालसाहित्य त्यस्तो घेरामा मात्रै सीमित छ भन्ने कुरा पनि भ्रमपूर्ण छ । हिजो पंचतन्त्र, हितोपदेश, रामायण, महाभारत र पुराण लगायतका धार्मिकग्रन्थमा आधारित सन्देशमूलक रचना बालबालिकाका लागि दिइन्थ्यो । अहिले एकातिर नयाँ नयाँ विषयहरू आएका छन् भने हिजोका कतिपय विषय अहिले असान्दर्भिक भएका छन् । नयाँ पुस्ताको रुचि नयाँ विषयतिर देखि एको छ, जुन यो स्वाभाविक पनि हो । त्यसैले अहिले बालरुचिका नयाँ विषय र क्षेत्रलाई पहिल्याएर बालबालिकालाई समयानुसारका रचना दिने कार्यमा पनि बालसाहित्यकार हरूको रुचि र लगाव देखि एको छ । अहिले विशेष गरी शिक्षाको महत्व, सञ्चार साधनको प्रयोग, प्रकृति र सबै प्राणीको संरक्षण, वनजंगलको महत्व, जैविक विविधता, आधुनिक कृषि र विषादी, पानी र हावाको शुद्धताजस्ता विषयका अतिरिक्त सरसफाइ, रोगको उपचार, चिकित्सा सेवा, धामी–झँक्रीका कारण हुने मृत्युजस्ता विषय पनि नेपाली बालसाहित्यमा आउन थालेका छन् । २०६३ सालपछि यस क्षेत्रमा उल्लेख्य प्रगति भएको छ ।

साथै लोककथा, किंवदन्ती आदिलाई बालपुस्तकको रूपमा पुनर्कथन गर्ने क्रम पनि बढ्दो छ । यसले पनि हराम्रो बालसाहित्य परम्पराको साँघुरो घेराबाट निस्किएर व्यापक क्षितिजतिर जान लागेका प्रष्टिन्छ । यसबाहेक सामाजिक सौहार्द्रता, सांस्कृतिक सद्भाव, लैङ्गिक समान ता, सबै पेशा–वर्ग–धर्म–अग्रजप्रति सम्मान जस्ता विषयमा पनि बालकृति केन्द्रित देखिन्छन् । यहाँ उल्लेख गरिएका विषय उदाहरणका लागि मात्र प्रस्तुत गरिएका हुन् ।

तीबाहेक पनि अनेकानेक विषय नेपाली बालसाहित्यमा प्रवेश भइसकेका छन् । हिजोका कतिपय विचार हरू अहिले पुराना भएका छन् र त्यसका स्थानमा नयाँ विचार धारा अघि आएका छन् । त्यसैले हिजोका दिनैपर्ने ठानिएका कतिपय विषय अहिले असान्दर्भिक भएका छन् । हाम्रा रामायण, महाभारत लगायतका कतिपय धार्मिक आख्यानमा दुष्ट, पापी र प्रतिपक्षलाई युद्धका माध्यमबाट पराजित गरेको देखाइएको छ र युद्ध नै अन्तिम सत्य हो भन्ने शिक्षा दिइएको छ । तर अबको बालसाहित्यमा युद्ध नै एकमात्र अस्त्र भन्ने कुरा देखाउनु कत्तिको युक्तिसंगत हुन्छ, हामीले सोच्नुपर्ने बेला आएको छ । अहिलेको समय सबैको भलो हुने (‘विन–विन’) को अवधारणा अनुसार अघि बढ्नुपर्ने बेला हो । त्यसैले हामीले हाम्रा धार्मिक आख्यानमा हिंसा छ भन्दैमा ती कुरा हरू अबका बालबालिकालाई दिनुअघि गम्भीर भएर सोच्नुपर्छ । नेपाली बालसाहित्यको स्तर का बारे पनि धेरै भ्रम छन् । वास्तवमा हराम्रो अतिवादी सोचका कारण यस्ता भ्रम सिर्जना भएका हुन् ।

कुनै पनि देशको कुनै एक क्षेत्र मात्र अत्यन्त विकसित हुन गाह्रो मात्र होइन, असम्भव हुन्छ । देशको अवस्था जस्तो छ, त्यसैको प्रतिबिम्ब सबै क्षेत्रमा देखि ने हो । हराम्रो साहित्यको अवस्था कस्तो छ भन्ने तथ्य बुझेपछि हामीलाई नेपाली बालसाहित्यबारे विचार बनाउन सजिलो हुन्छ । कुनै पनि क्षेत्रको गुणस्तर का लागि पहिले त संख्यात्मकरूपमै हराम्रो उपस्थिति उल्लेखनीय हुनु जरूरी छ । अहिले हामीकहाँ वर्षमा २०० देखि ३५० को हाराहारीमा बालपुस्तक प्रकाशित भइरहेका छन् ।

यो अत्यन्त न्यून संख्या हो । डेनमार्कमा एकै वर्षमा ३ हजारको हाराहारीमा बालपुस्तक प्रकाशित हुन्छन् । त्यसैले बालसाहित्यका कृतिको प्रकाशन संख्यालाई बढाउँदै गुणस्तर तिर ध्यान दिनु आवश्यक छ । यसका लागि नयाँ विचार , नयाँ प्रस्तुति शैली र भाषिक सचेतता आवश्यक पर्छ । कुन उमेर समूहको रुचि कस्तो हुन्छ भन्ने बुझेर उनीहरूको मनोभाव र मनोविज्ञान अनुसारका विषय, भाषा र शैलीसहित अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो ।

लेखक सर्वज्ञ होइनन् नेपाली बालसाहित्यको एक प्रमुख कमजोरी— यो भौगोलिक रूपमा पहाडी परिवेश र त्यही क्षेत्रमा बसोबास गर्नेहरूकै वरिपरि केन्द्रित हुनु हो । नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय एवं बहुधार्मिक देश भएको ले बालसाहित्यमा नेपालमा रहेका सबै जातजाति, समुदाय र संस्कृतिको प्रतिनिधित्व हुनु जरूरी छ । अर्को समस्या सम्पादनको पनि हो । कतिपय प्रकाशक सम्पादनलाई फजुल खर्च ठान्छन् । अहिले सम्पादनमा पनि पहिलेभन्दा बढी ध्यान दिन थालिएको छ ।

यो सकारात्मक छ । वास्तवमा लेखक सर्वज्ञ होइन, हुँदैनन् । लेखकले लेखेका विषय, भाव, भाषा, शैली र व्याकरण ठीक छ छैन भन्न विषय पनि अत्यन्त महत्वपूर्ण छ । त्यसैले कुनै पनि बालपुस्तक लेखिसकेपछि सम्पादन गरिनु आवश्यक छ । विषय/विचार सम्पादनअन्तर्गत तथ्यगत त्रुटिहरू, संरचनागत सम्पादनअन्तर्गत कथानक, पात्र, संवाद, शैली लगायतका पक्षहरू र भाषा सम्पादनअन्तर्गत वाक्यगठन, अप्रचलित र अनावश्यक शब्दहरूको प्रयोग, आक्षेप र अपमान गर्ने भाषालगायत व्याकरणसम्मत सम्पादन बालसाहित्यमा अत्यावश्यक कुरा हो । बालपुस्तकको स्तर को कुरा गर्दा चित्रहरूको प्रसंग उठाउनु आवश्यक छ । विशेष गरी किशोरसाहित्य बाहेकका बालसाहित्यमा चित्रको प्रयोग अधिक हुने गरेका छन् । तर चित्रहरू विषयवस्तुअनुरूप हुन नसकेका कारण पनि कृति रराम्रो बन्न सकेका छैनन् । राम्रा चित्र बनाउने चित्रकार महँगो हुने कारण सामान्य चित्रकारलाई काम लगाइने गर्नाले कतिपय राम्रा बालकृति पनि चित्रका कारण नराम्रा हुन पुगेका छन् । मुद्रण अर्को महत्वपूर्ण पक्ष हो ।

त्यसैले विषयवस्तुसँगै कला र मुद्रणको पक्ष पनि बालपुस्तकको स्तरीयताका लागि आवश्यक हुन्छ भन्ने यथार्थ हामीले बुझनु जरूरी छ । अहिलेको टड्कारो समस्यामध्ये एउटा चाहिं प्रकाशित बालपुस्तक बालबालिकासम्म नपुग्नु हो । कतिपय विद्यालयमा पुस्तकालय भए पनि त्यसको अत्यन्त न्यून प्रयोग हुने गरेको छ ।

विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तकमार्पmत जीवनोपयोगी जानकारी दिनेतर्फ शिक्षक र अभिभावक दुवै सचेत देखि ंदैनन् । त्यसैले बालपुस्तकसम्म बालबालिका पुग्न सकेका छैनन् । पुस्तक पुस्तकालयमा सजाइने सामग्रीमा सीमित भएको स्थिति कतिपय विद्यालयमा देखिन्छ ।

विदेशी पुस्तकको अनुवाद कि नक्कल ? नेपाली भाषामा विदेशी बालसाहित्यको पुस्तकको अनुवाद प्रशस्त हुने गरेको छ । त्यस्ता अनुवाद अंगे्रजी, हिन्दी,रूसी, कोरियाली, जापानी, उर्दू आदि भाषाबाट हुने गरेका छन् । त्यसमा पनि सर्वाधिक हिन्दीबाट हुने गरेको छ । तर हिन्दीबाट अनुवाद गरिए पनि अनुवादक र प्रकाशकले त्यो कुन भाषाबाट अनुवाद गरिएको हो भन्ने चाहिं उल्लेख गर्ने गरेको देखि ंदैन । चिनियाँ बालसाहित्य पनि प्रशस्त अनुवाद भएका छन्, तर तिनको अनुवाद चिनियाँ भाषाबाट नभएर हिन्दीबाट भएका हुन् । कतिपय बालसाहित्यकारले विदेशी लोककथालाई पुनर्कथन गरे पनि मौलिक लेखकका रूपमा आफूलाई उभ्याएको देखिन्छ । केही बालरचनाहरू विदेशी कृतिका आधारमा पनि लेखिएको पाइन्छ भने कतिपय रचनामा विदेशी प्रभाव पनि भेटिन्छ । अनुवाद भएका बालकृतिहरूमा अत्यधिक संख्या चित्रकथाको रहेको छ ।

पत्रकार पर धान लामो समय देखि नेपाली बालसाहित्यको अनु सन्धान र विश्ले षणमा क्रियाशील छन् ।

commercial commercial commercial commercial