के छ गीतामा ?

हिन्दू धर्म, दर्शन, सभ्यता या संस्कारको कुरा कोट्याउनासाथ भागवत गीताको प्रसंग आइहाल्छ । त्यति मात्रै होइन, युद्धको होस् या शान्तिको; विद्याध्ययनको होस् या खेती–किसानीको, उद्यम–व्यवसायको होस् या देशाटनको, ज्ञानको होस् या कर्मको, धर्मको होस् या अधर्मको, स्वर्गको होस् या नरकको, राजनीतिको होस् या गृहनीति र कूटनीतिको– जुनसुकै विषयमा चर्चा गर्दा भागवत गीताको प्रसंग र यसका श्लोकहरू उद्धृत भई नै हाल्छन् ।

ज्ञानी, विद्वान्हरू गीताको व्याख्या र विश्लेषण गर्छन्; साहू महाजनहरू गीताका पुस्तक दान गर्छन्; निमुखाहरू गीताका श्लोक पढ्छन्; सुन्छन् । अर्थात् गीता सबैका लागि उत्तिकै प्रिय लाग्छ । तर, किन ? के छ गीतामा ? सामान्य नागरिक र आम शिक्षक–विद्यार्थीले कसरी बुझने गीता ? उनीहरूका निम्ति के छ त्यसमा ?

शिक्षक का पाठकहरूलाई गीता सम्बन्धी यस्ता प्रश्नसँगै गीताको समग्र परिचय र त्यसबाट विशेषतः शिक्षक–विद्यार्थीले ग्रहण गर्न सक्ने पक्षहरूबारे खुलस्त पारिदिन हामीले त्रिविका अवकाशप्राप्त प्राध्यापक डा. भूचन्द्र वैद्यलाई आग्रह गरेका थियौं । नेपाली र अंग्रेजी भाषामा भागवत गीता सम्बन्धी तीनवटा ग्रन्थ प्रकाशित गरिसक्नुभएका डा. वैद्यले यहाँ अत्यन्त सरल भाषा र सरस शैलीमा गीताको परिचय सहित त्यसको गहिराइ दर्शाउनुभएको छ ।
– सम्पादक

ज्ञान र विचारको महासागर

गएको भदौमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जापान भ्रमणमा गएका थिए । त्यहाँ उनले जापानका नरेश अकिहितोलाई भगवद्गीताको पुस्तक उपहार दिए । त्यस प्रसङ्गमा उनले भने, “उहाँलाई दिनका लागि मसित गीताभन्दा ठूलो अरू केही थिएन, र दुनियाँलाई पनि यस भन्दा धेरै केही पाउनु छैन ।” त्यो एउटा चाखलाग्दो समाचार बन्यो ।

त्यसपछि उनी अमेरिका पुगे र अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पनि भगवद्गीताको पुस्तक नै उपहार दिए । यो समाचार सुन्दै गर्दा मलाई एउटा प्रसङ्गको याद आयो । झ्ण्डै पौने दुई सय वर्ष पहिलेको वmुरा हो । सुप्रसिद्ध ईशाइ दार्शनिक थोमस कार्लाइल (Thomas Carlyle) र विश्वविख्यात् अमेरिकी दार्शनिक कवि राल्फ वाल्डो इमर्सन (Ralph Waldo Emerson) को पहिलो पल्ट भेट हुँदा कार्लाइलले इमर्सनलाई गीताको पुस्तक उपहार दिँदै भनेका थिए, “यो अत्यन्त प्रेरणादायक पुस्तक हो । यसले मेरो जीवनमा सुख, सन्तोष प्रदान गरेको छ । मलाई लाग्छ, तपाईंले पनि यस्तै अनुभूति पाउनु हुनेछ । यो पुस्तक पढ्नु होला ।” इमर्सन पनि गीताबाट निकै प्रभावित भए । उनले रचेको “ब्रह्म” शीर्षकको कविता पढ्दा गीताको दोस्रो अध्यायकै प्रतिध्वनि सुने जस्तो लाग्छ ।

अब प्रश्न उठ्न सक्छ— “भगवद्गीता के हो ? यसभित्र के त्यस्तो वmुरा छ र यो यस्तो शक्तिशाली सिद्ध भएको छ ? गीताले किन सबैलाई मुग्ध पार्न सकेको होला ?”

गीताको सरल अर्थ “भगवान्को गीत” हो । यो महाभारतको भीष्म पर्वमा वर्णन गरिएको श्रीवृmष्ण र अर्जुनबीच वmुरुक्षेत्रको रणभूमिमा भएको संवाद हो । श्रीवृmष्ण मानव रूपमा धर्तीमा अवतरित साक्षात् परमेश्वर हुनुहुन्छ भने अर्जुन त्यस बखतका सर्वश्रेष्ठ धनुर्धर । महाभारतको युद्ध धर्म र न्यायका लागि लड्न उभिएका पाण्डवहरू र अधर्म र अन्यायका पक्षपाती कौरवहरूबीच भएको थियो । अर्जुन पाण्डव पक्षका प्रमुख योद्धा मात्र थिएनन्, उनीविना पाण्डवको विजयको सम्भावना नै थिएन । तर युद्ध सुरु हुन लागेकै बेला अर्जुनले नानाथरी वmुरा गरी रणभूमि छोड्ने मनसाय देखाए । सारा मामला चौपट हुने छाँटकाँट देखिएपछि श्रीवृmष्णले अर्जुनको मन धर्मयुद्धतिर फर्काउनका लागि खोल्नुभएको जीवन र जगत्को रहस्य तथा कर्तव्य र अकर्तव्यको भेद नै गीता–ज्ञानको अमृतधारा हो । महाभारतको बारेमा भनिएको छ —“यसभित्र जे छ त्यो सर्वत्र पाइन्छ, तर यसभित्र जे छैन त्यो कहीं–कतै पाउन सकिंदैन ।” हो, जुन ग्रन्थको चुरोेको रूपमा गीता जस्तो भगवद्वाणी रहेको छ, त्यो ग्रन्थ जीवन र जगत्को अनमोल दर्पण सावित हुन्छ नै ।

गीता जीवन र जगत्को सत्य–तथ्यमाथि प्रकाश पार्ने विचार, संकेत र गूढार्थको महासागर नै हो । यसैले सबै खालका पाठकले गीताभित्र आ–आफ्नो परिस्थिति सुहाउँदो प्रसङ्ग, सन्दर्भ र ज्ञान पाउँछन् । यसैले गीताबारे वmुरा गर्नु आवश्यक र अर्थपूर्ण छ । तर गीताबारे बोल्नु, लेख्नु भनेको त्यति सजिलो काम भने होइन ।

गीता किन अत्यन्त लोकप्रिय भएको हो भन्ने प्रश्नको उत्तर गीता पढेपछि स्वतः थाहा हुन्छ । गीताका श्लोकहरू एक–से–एक अर्थपूर्ण र गहन छन् । गीता एक पल्ट पढिसकेपछि जो पनि यसबाट प्रभावित र उत्प्रेरित हुन्छ । यो हिन्दू धर्मका अनुयायीहरूले मात्रै भनेको वmुरा होइन, पाश्चात्य संसारका अनेकौं दार्शनिक, वैज्ञानिक, बुद्धिजीवि, कवि, कलाकारहरूले गीता पढेर यसबाट मोहित भएको स्वीकार गरेका छन् । थोरो (Henry David Thoreau), ह्विटम्यान (Walt Whitman), इलियट (T. S. Eliot), ब्लेक (William Blake), यिट्स (William Butler Yeats), सोपेनआवर (Arthur Schopenhuer), हम्बोल्ड्ट (Wilhelm von Humboldt) आदि दार्शनिक स्रष्टाहरूले गीताको मुक्तकण्ठले प्रशंसा गरेका छन् । गीता पढेपछि जर्मन विद्वान् हम्बोल्ड्टले आफ्नो उद्गार यसरी पोखेका थिए, “गीता पढ्ने बेला म यस कारणले ईश्वरप्रति वृmतज्ञ हुन्छु कि उहाँले मलाई यस ग्रन्थको सामीप्य नपाएसम्म जिउने अवसर दिनुभयो । यो संसारकै लागि अत्यन्त गहन र उत्वृmष्ट उपहार हो ।” विश्वप्रसिद्ध रुसी स्रष्टा लियो टाल्सटाय (Leo Tolstoy) पनि गीताबाट निकै प्रभावित थिए । परमाणु बमका निर्माता ओप्पनहाइमर (J. Robert Oppenheimer) संस्वृmत भाषा र पूर्वीय दर्शनका ज्ञाता पनि थिए । उनी गीताबाट निकै प्रभावित भए । न्यू मेक्सिकोको मरुभूमिमा पहिलो परमाणु बमको परीक्षण गरिंदा विष्फोटको दृष्य हेर्दा आपूmलाई गीताको एघारौं अध्यायका बाह्रौं र बत्तीसौं श्लोकको सम्झ्ना आएको उनले बताएका थिए ः—

“हजारौं मध्यान्हका सूर्यका प्रकाश
आकाशमा फैलिए पनि एकैसाथ,
शायद त्यो ज्वाला पनि हुन्छ फिक्का
त्यो दिव्य रूपको आलोकसमक्ष ।”
(भगवद्गीता श्लोक ११ः१२)

“भगवान् श्रीवृmष्ण भन्नुहुन्छ —
महाकाल हुँ म सब लोकका नाशक,
तत्पर छु अहिले म संहार गर्न सब ।
लड या नलड तिमी, पर्ने छैन फरक,
यी सब योद्धाको अन्त छ निश्चित ।”

(भगवद्गीता श्लोक ११ः३२)

हिन्दूहरूको सर्वमान्य र सर्वाधिक लोकप्रिय ग्रन्थ गीता एक पल्ट पढेपछि यसको प्रभावबाट उम्किन सजिलो हुँदैन । कर्तव्य पालन गर्ने सन्दर्भमा अर्जुनले सामना गरेको एउटा नैतिक उल्झ्नलाई सुल्झउन सुरु गरिएको गीताको उपदेशले विस्तारै विस्तारै जीवन र जगत्का सारा रहस्य एकपछि अर्को गरी उजागर गर्न थाल्दछ । यसले अर्जुनलाई समय र स्थानको सीमामा बाँधिएको परिवर्तनशील सांसारिक घेरा पार लगी अपरिवर्तनशील शाश्वत सत्यसित साक्षात्कार गराउँछ ।

अर्जुनका सारथिका रूपमा विराजमान श्रीवृmष्ण विश्वरूप भगवान्का रूपमा देखिनुहुन्छ । अन्तमा गएर गीताको प्रवाह अर्जुनलाई सम्पूर्ण सृष्टिचक्रकै मियोका रूपमा रहनुभएका सारा ब्रह्माण्ड तथा चराचर जीवका स्रष्टा, भर्ता, हर्ता जगदीश्वर श्रीवृmष्णकै पाउमा पु¥याएर बिसर्जन हुन्छ । ब्रह्माण्ड सिङ्गै श्रीवृmष्णमय भएको अनुभूति गराएर गीता टुङ्गिन्छ । सबैलाई महाकवि श्री लक्ष्मीप्रसाद देवकोटालाई भएजस्तै बोध हुन्छ, “आखीर श्रीवृmष्ण रहेछ एक ।” गीता पढ्दा मलाई पनि धेर–थोर यस्तो अनुभूति हुन्छ ।

गीताभित्र अद्भुत गुरूको दर्शन मिल्छ, अनुपम शिष्य भेट्टिन्छ, र गुरू–शिष्यबीचको अचम्मको संवाद सुनिन्छ । श्रीवृmष्ण असामान्य खालका गुरू नभएका भए वा अर्जुन सामान्य खालका शिष्य मात्र भएका भए गीताको प्रवाह सातसय श्लोकसम्म पुग्न सम्भव थिएन । अर्जुनले लड्दिनँ भने पनि श्रीवृmष्णले लड्नैपर्छ भन्नुहुन्थ्यो होला र लडाइँ हुन्थ्यो पनि होला । तर अर्जुनले त्यो युद्ध लड्नु उनको स्वधर्म थियो भन्ने बोध गर्नुको साटो ‘मेरा हितैषी सखा श्रीवृmष्णले भनेकोले मात्रै लडेको हो’ भन्ने भावना लिन्थे होलान् । त्यस्तो अवस्थामा दुनियाँलाई ज्ञान, कर्म र भक्तिको त्रिवेणीमा स्नान गर्ने मौका मिल्दैनथ्यो होला । तर अर्जुन अव्वल दर्जाका जिज्ञासु शिष्य थिए । उनी अचेल सभा गोष्ठीहरूमा बारम्बार भेटिने ‘विषय र सन्दर्भको ख्यालै नगरी मनमा जे आयो त्यही सोधिहाल्ने’ कर्मकाण्डी प्रश्नकर्ता थिएनन्, न उनी ‘प्रश्न गरेपछि उत्तरको वास्ता नगरी वा उत्तर नपर्खिकनै अर्को प्रश्नको रचना गर्नमा दङ्ग पर्ने’ खालका अम्मली जिज्ञासु नै थिए । उनी गुरूसमक्ष विनम्र रूपमा प्रश्न राखी आफ्नो सबै शंका निवारण गर्न खप्पिस शिष्य थिए । यस्तैगरी अर्जुनको जिज्ञासा मेट्ने श्रीवृmष्ण पनि अचेल बेलाबखत प्रकट हुने ‘मेरो वmुरा नै एक मात्र सत्य हो । जे म भन्छु त्यसको विकल्प छैन भनी हठ गर्ने र आफ्नो वmुरा नमान्नेहरूमाथि खनिने र जाइलाग्ने संकेत समेत देखाउने’ खालका असहिष्णु गुरू हुनुहुन्थेन । प्रश्न गर्ने अर्जुन जति तीक्ष्ण, विनयी र विवेकशील थिए, उत्तर दिने श्रीवृmष्ण पनि त्यत्तिकै तार्किक, सौम्य र स्नेहिल हुनुहुन्थ्यो । त्यसो नभएको भए गीता दोस्रो अध्यायमा नै टुङ्गिन सक्थ्यो । अनि हामीलाई विश्वरूपको संदर्शनको अवसर कसरी मिल्थ्यो र ?

गीता उच्चकोटिको काव्य हो । यसका पद पदमा, श्लोक श्लोकमा दिव्यध्वनि गुञ्जिरहेको अनुभूति हुन्छ र श्रीवृmष्णले हामीलाई नै सम्बोधन गरिरहनुभए जस्तै लाग्छ । यो वmुरा गीता पढ्नेले महसूस गरेकै हुन्छ । मिडियाकर्मीका लागि पनि गीताबाट प्रेरणा मिल्दछ । गीता समग्रमा सञ्जयले धृतराष्ट्रलाई गरेको रिपोर्टिङ हो । यहाँ सञ्जयले युद्ध पत्रकारिताको गजब उदाहरण पेश गरेका छन् । युद्धक्षेत्रको वर्णन तथा श्रीवृmष्ण र अर्जुनको संवाद जस्ताको तस्तै सुनाएपछि मात्रै अन्तमा गएर उनी युद्धको परिणामबारे आफ्नो मूल्याङ्कन प्रस्तुत गर्दै भन्छन्ः
“जहाँ छन् विराजमान श्रीवृmष्ण— भगवान् स्वयम् योगेश्वर,
जहाँ छन् खडा वीर योद्धा अर्जुन— महान् प्रतापी धनुर्धर,
हुन्छ त्यहाँ नै, म छु निश्चित,
सुनीति, विभूति, विजय, श्रीः ।”

(भगवद्गीता श्लोक १८ः७८)
यस्तै यस्तै कारणले गर्दा हिन्दू पृष्ठभूमिमा प्रादुर्भाव भएको भए तापनि गीता सबैका लागि प्रेरणादायी ग्रन्थ भएको छ ।

राम्रो गरे राम्रै हुन्छ
गत वर्ष (२०७० वि.सं) को असार महीनाको सुरुतिर हामीले ठूलो प्रावृmतिक बिजोग भोग्नुपरेको थियो । सुदूरपश्चिमको ठूलो भूभाग बाढी पहिरोको चपेटामा प¥यो । दार्चुला बजार उजाड भयो । उता भारतको उत्तराञ्चल प्रदेशमा विनाश फैलियो । श्रीकेदारनाथधाम क्षेत्रमा ठूलो विध्वंश भयो । धेरै तीर्थयात्रीहरू बिच्चलीमा परे । कतिपयले ज्यान गुमाए । मेरा एकजना सज्जन मित्रले जिज्ञासा राखे, “यता राम्रो कर्म गरे राम्रो फल पाइन्छ भनिन्छ । तर उता भने भगवान्को दर्शन गर्न हिंडेका तीर्थयात्रीको बेहाल हुन्छ । पहिरोमा पुरिएर मर्नुपर्छ । यसलाई कसरी बुझने हो ?” जिज्ञासा सरसर्ती हेर्दा जति सरल लाग्छ, त्यतिकै गहन छ त्यसभित्र छिपेको मर्म । मैले लामो वmुरा गरिनँ । यतिमात्रै भनेँ, “एकपल्ट भगवद्गीता पढ्नु होला र सोच्नु होला, शायद उत्तर पाइनेछ ।”

हो, धेरैको मनमा धेरै पल्ट यस्तो वmुरा खेल्न सक्छ — “राम्रो गरे राम्रै हुने हो र नराम्रो गरे नराम्रै हुने हो भने हामीले चिनेकै मध्येका राम्रो गरेर बसेकाहरूले किन बारम्बार दुर्भाग्य भोग्नुपर्ने स्थिति बन्छ ? अर्कोतर्फ हामीले चिनेकै कतिपय जाली–फटाहाहरूले किन मोजमस्तीको जिन्दगी जिउन पाइरहेका छन् ? यदि अन्तर्यामी ईश्वर अस्तित्वमा हुनुहुन्छ भने यो कसरी सम्भव हुन्छ ? न्यायी र विवेकीले दुःख पाइरहँदा, अन्यायी र अविवेकीको बिगबिगी चलिरहँदा ईश्वर के गरेर बस्दा हुन् ? आदि इत्यादि ।” मनमा यस्ता वmुरा खेल्नु अस्वाभाविक पनि होइन, किनभने सबै मानिस सुखी बन्न चाहन्छन् । सुख खोज्नु मानिसको नैसर्गिक अधिकार पनि हो । साँचो अर्थमा भन्ने हो भने यो जीवन सुखको बाटो खोल्नका लागि नै प्राप्त भएको अवसर हो ।

धेरैजनाले सुखी होइएला भन्ने विश्वास लिएर नै सभ्य र शिष्ट तौरतरिकाले जीवन यापन गरिरहेका हुन्छन् । तर आफ्नो विश्वास भन्दा फरक खालको यथार्थ जीवन र जगत्मा देखेपछि, भोगेपछि भने सत्मार्गका साधक समेत बेलाबखत दिक्दारीमा पर्छन् भने जनसाधारणको आस्था बारम्बार नडगमगाउने वmुरै भएन ।

राम्रो गर्नेको राम्रो हुन्छ कि हुँदैन ? अथवा नराम्रो गर्नेले नराम्रो परिणाम भोग्छ कि भोग्दैन ? यो प्रश्न मेरो मनमा पनि पहिले धेरै पल्ट नउठेको होइन । मेरा मनमा राम्रो गरेर बसे तापनि देखिने, देखाउन सकिने खालको राम्रो परिणाम भोग्न नपाएकाहरूको सूची छ भने नराम्रो गरेर पनि देखिने, देखाउन सकिने हिसाबले राम्रो लाग्ने परिणाम भोग्नेहरूको पनि फेहरिस्त नै छ । तर मैले राम्रो गरेर राम्रै फल चाख्ने र नराम्रो गरेर नराम्रै परिणाम भोग्नेहरूको धेरै उदाहरण पनि नभेटेको होइन । म पनि लामो समयसम्म यही प्रश्नको चक्करमा परेको थिएँ । तर श्रीवृmष्णको वृmपाले एक दिन भगवद्गीतामा मन गयो । गीता पढ्ने आदत बस्यो, आफ्नो सामान्य बौद्धिक क्षमताले भ्याएबमोजिम गीताबारे चिन्तन गर्ने धुन चल्यो । गीताको धुन गाउँदा गाउँदै मभित्रको त्यो प्रश्न, त्यो उल्झ्न त्यत्तिकै हराएर गएजस्तै भयो । उत्तर खोज्ने कष्ट गर्नै परेन ।

गीता योगशास्त्र हो । योगको सामान्य अर्थ मिलन हो भने गीताले प्रस्तुत गरेको आध्यात्मिक अर्थमा यसलाई आत्मा र परमात्माको समागमको विन्दूमा पुगी जीवनको यात्राक्रमलाई पूर्ण सुख र सन्तुष्टिकासाथ विसर्जन गर्ने विधि हो भनी बुझदा हुन्छ जस्तो लाग्छ । गीताले मुख्यतः तीनवटा यस्ता विधि वा योगको चर्चा गरेको छ । ती हुन्, ज्ञानयोग, कर्मयोग र भक्तियोग । तीमध्ये अहिलेलाई कर्मयोगको नै छोटो चर्चा गरौँ, किनभने यसको आधारमा माथि उठाइएको प्रश्नको उत्तर खोज्न सहज हुन्छ होला ।

संसारमा आएपछि कोही कसैले पनि वmुनै न वmुनै कर्म नगरी बस्न सक्दैन । जीवन धान्नकै लागि पनि कर्म गर्नुपर्ने हुन्छ । यो प्रवृmतिको नियम नै हो । त्यसैले गीताले कर्मनिष्ठ जीवन बिताऊ भनेको छ । तर कर्म गर्ने सिलसिलामा हामीले कर्मको नियमको हेक्का राख्नुपर्छ । कर्मको नियम धेरै सरल छ । यसले भनेको छ, “हामी जे रोप्छौं, त्यसैको बाली काट्छौं ।” अर्थात् प्रत्येक कारणको त्यस्तै परिणाम हुन्छ भने प्रत्येक परिणामसित त्यस्तै खाले कारण जोडिएको हुन्छ । हामी जे सोच्दछौं वा गर्दछौं, त्यो नै हाम्रो कर्म हो । त्यसैको परिणाम हामीले ढीलो–चाँडो भोग्छौं पनि । अरूको हित चिताउने, अरूलाई प्रेम गर्ने सबैको प्यारो हुन्छ भने अरूको खेदो खन्नेले आफैं खस्नाका लागि खाडल खन्दै गर्छ । वmुरा यतिमात्रै हो कि कतिपय अवस्थामा कारणले परिणाम देखाउनको लागि केही समय लिन सक्छ, र समयको अन्तरालले गर्दा हामी कारण र परिणामबीचको तारतम्य बुझन सकिराखेका हुँदैनौं ।

सबै कर्मको फल हुन्छ, फल नदिने कुनै कर्म हुँदैन । मानिसले भोग्ने सुख वा दुःख भनेको उसको आफ्नै कर्मको फल हो । जसरी हामीले विगतमा जे–जस्ता कर्म गर्दै आयौं त्यसैको फलको रूपमा अहिले सुख–दुःख भोग्दैछौं, त्यसरी नै अहिले हामी जे गर्दैछौं त्यसैको राम्रो–नराम्रो फल भविष्यमा भोग्नुपर्ने हुन्छ । हामी जे सोच्दछौं र जे गर्दछौं, त्यसैले हाम्रो भाग्य निर्माण गर्दछ । असल कर्म गर्नेको वर्तमान बेला बखत सुविधाको हिसाबले सम्पन्न नदेखिए तापनि सुखी र शान्त बन्छ नै । त्यसको भविष्य भने धेरै आनन्दमय हुनेछ ।

त्यसैले राम्रो गरेर राम्रो होला कि नहोला भन्नेतिर मन दौडाउनुमा वmुनै तुक छैन । गीतामा श्रीवृmष्णले भन्नुभएको छ —

“हुँदैन विनाश सत्पथीको, हे पार्थ,
यो लोकमा पनि, परलोकमा पनि ।
जो जन लाग्दछ कल्याण–कार्यमा,
त्यसले भोग्दैन दुर्गति कहिल्यै, हे सखे !”
(भगवद्गीता श्लोक ६ः४०)

अर्को वmुरा, नराम्रो गर्नेहरू सुखले बाँचेको देख्नु हाम्रो भ्रम मात्र पनि हुनसक्छ । नराम्रो गर्नेहरू भित्रभित्रै दुःखी हुन्छन्, पश्चाताप गरिराखेका पनि हुन्छन् । उनीहरूले आफू दुःखी भएको अरूले थाहा पाउलान् भन्ने पीरले केही नभएको जस्तो गरी बहानाबाजी पनि गरिराखेका हुनसक्छन् । किनभने केही समयका लागि सारा दुनियाँलाई नै ढाँट्न सकिए तापनि आफैमाथि नै छलकपट गर्नु सम्भव हुँदैन । तसर्थ, बदमाशी गरेर हिंड्ने मानिसले बाहिर बाहिर जतिसुकै टाइँफुइँ देखाए पनि ऊ भित्रभित्रै भयभीत भइरहेको हुन्छ, गलिरहेको हुन्छ । फेरि आफैभित्र आसीन आत्मा जो छ, त्यसलाई ढाँट्न सकिने वmुरा पनि त भएन । झ्ूठ बोल्नेले सधैं पहिले बोलेको वmुरा याद गरिराख्नुपर्ने झञ्झटमा पर्नुपर्छ । साँचो बोलौं, पहिले बोलेको वmुरा बिर्से पनि केही फरक पर्दैन ।  

अब नबुझिनहुने गाँठी वmुरा पनि गरिहालौं । हामीबाट यही जुनीमा वा विगतका जुनीहरूमा भइसकेका कर्मको फल नभोगी सुखै छैन । गीता पढ्नु वा श्रीवृmष्णको भक्ति गर्नुको अर्थ हामीले गरेका वmुकर्मबाट रिहाइ पाउनु होइन । भगवान्ले वmुकर्मीलाई बाधा–अड्काउ फुकाएर राहत दिने काम गर्नुहुन्न । भगवान्बाट हुने वृmपा भनेको वmुकर्मीमा पनि वmुकर्ममा फसेकोबारे होश खुल्नु र सुकर्मतिर मोड्ने प्रेरणा मिल्नु हो । भगवद्भक्तिमा लागेपछि पाइने भनेको त्यो अनमोल शक्ति हो, जसले हामीलाई एकातिर संचित रहेको कर्मफल भोग्ने तत्परता र धैर्य दिन्छ भने अर्कोतिर आउँदा दिनमा नराम्रो परिणाम दिने खालका कर्म नगर्ने सद्बुद्धि दिन्छ । त्यसैले कर्मयोगका अव्वल साधकहरू आफूले भोग्न बाँकी कर्मफल भोग्न नपरोस् भनी देवदेवी भाकेर हिंड्नुको साटो सञ्चित कर्मफलको हिसाब–किताब राफसाफ गर्नका लागि तम्तयार रहन्छन् र आगेको यात्रा निर्बन्ध र निर्भार रही सम्पन्न गर्न चाहन्छन् ।  

कर्मयोगले सिकाएको मूल वmुरा भनेको फलको आसक्ति वा चिन्ताबाट मुक्त रही कर्म गर्दै रहनु हो । राम्रो कर्म गर्ने बखत पनि राम्रै परिणाम मिल्छ भनेर त्यतातिर आसक्त हुनु हुँदैन । “मैले राम्रो गरे मेरो पनि राम्रै हुन्छ, मैले राम्रै फल थाप्न पाउँछु” भन्ने आशय रहेसम्म राम्रै गरेर हिंडे तापनि हडबड र अलमलमा परेर काममा चाहिने एकाग्रता भङ्ग हुन सक्छ, लक्ष्य छुट्न सक्छ, सुख शान्तिको अनुभव नमिल्न सक्छ । प्राचीनकालका सुप्रसिद्ध चिनियाँ दार्शनिक च्वाङ्ग–जु ९ऋजगबलन त्शग० भन्दछन् —

“मन भए मुक्त लालसाबाट,
धनुर्धर हुन्छ शिल्पी अति ।
जाग्दछ जब आशा, पितलकै खिप भएपनि,
हुन थाल्छ तर्कना उसको मनभरि ।
पाउने सुनेपछि सुनको तक्मा
तरङ्गित हुन्छ उसको मन पूरै ।
देख्न थाल्दछ उसले आँखासामु,
ठिंग उभिएका लक्ष्य दुई ।

सीप उही, लक्ष्य उही,
मन कहिले इनामतिर, कहिले लक्ष्यतिर ।
मोडिन्छ ध्यान जब इनामतिर ज्यादा,
धूमिल हुन थाल्दछ लक्ष्य हेर्ने नजर ।
हुन पुग्दछ अन्तमा कर बलहीन,
जितको ध्याउन्न गर्दा गर्दै ।”

संक्षेपमा भन्नुपर्दा गीताले देखाएको कर्मयोगको सन्देश हो— हामीले राम्रो गर्नु राम्रो हो भन्ने भाव लिई सक्दो राम्रो गर्नाका लागि इमान्दारिताका साथ कर्म नै पूजा हो भन्ने भावले, लगनशील भई स्वधर्म पालन गर्दै रहनुपर्छ । जे जस्तो फल मिल्दछ त्यो मेरै कर्मको फल हो भनी सहर्ष स्वीकार गरे जीवनको प्रत्येक पाइलामा सन्तुष्टि, शान्ति र आनन्दको अनुभूति मिल्नेछ । जीवन एउटा रमणीय उत्सव हुनेछ ।

commercial commercial commercial commercial