अभिभावकीय दायित्व

आजका अभिभावकले आफ्ना छोराछोरीलाई सोध्नै पर्ने केही प्रश्न छन्– आज कहाँ गयौ ? के–के काम ग¥यौ ? भोलिको योजना के छ ? साँझ्मा प्रत्येक दिन रिपोर्टिङ लिने र छड्के जानकारी पनि राख्ने गरेमा उनीहरूबाट हुनसक्ने गलत क्रियाकलाप न्यूनीकरण हुनसक्छन् ।

आलेखको प्रारम्भ विद्यालय शिक्षणका क्रममा प्राप्त अनुभवका केही दृश्य पेश गर्न चाहन्छु ।

दृश्य–१ः    विद्यालय पुग्दा बिहानको ९ बजेको थियो । कार्यालयको ढोका खोलुञ्जेलसम्म पनि फोनको घण्टी बजिरहेको थियो । हतार–हतार फोन उठाउँदै अभिवादन गरें । एकजना सज्जन बोल्दैथिए । उनी भन्दैथिए, “आज विद्यालयले मनाउन लागेको खेलकुद सप्ताहको पहिलो दिन रहेछ । यो हप्ता पढाइ नहुने नै भयो, त्यसैले मेरा नानीहरू स्कूल आउँदैनन् है सर ।” मैले बुझउने हर प्रयास गरें । तर उनका नानीहरू आएनन्, पठाइएनन् ।
– यक्ष प्रश्नः साँच्चै, खेलकुदबाट पढाइ÷सिकाइ हुँदैन त ?

दृश्य–२ः    शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्षलाई सँगै राखी ‘काँचो माटो’ नामक ‘डकुमेन्ट्री’ प्रदर्शनको तयारी भइरहेको थियो । चार दिन अगावै पत्राचार गरिएकोे भए पनि न्यून संख्यामा मात्र अभिभावकको उपस्थिति रह्यो । उपस्थितमध्ये आधाजसो अभिभावक कार्यव्यस्तताको कारण देखाई ‘डकुमेन्ट्री’ नहेरी फर्कनुभयो । साथै उहाँहरूले “सानातिना कामका लागि पत्राचार गरिरहनु पर्दैन नि सर, मिलाएर तपाईंहरू आफैंले गर्नुभए भइहाल्छ नि !” भन्ने सुझव पनि दिनुभयो ।
– यक्ष प्रश्नः विद्यालय र विद्यार्थीले अभिभावकबाट समयको अपेक्षा कतिसम्म राख्ने अथवा राख्दै नराख्ने ? अनि के अभिभावक विना पनि समग्र शैक्षिक सुधार सम्भव हुन्छ त ?

दृश्य–३ः     त्रैमासिक परीक्षाको नतीजा प्रकाशनको दिन आफ्ना बच्चाको परीक्षाको कपी र मार्कशीट हेरिसकेपछि राम्रो नतीजा नल्याएको भन्दै एक जना अभिभावक आफ्नो बच्चालाई स्कूलमा सबैका सामु नै लछारपछार पार्न थाले । हामीले उनको हातबाट बच्चा लियौं र त्यसो नगर्न भन्यौं । तर उनी भने मान्ने पक्षमा थिएनन् ।
– यक्ष प्रश्नः ती अभिभावकले दिन खोजेको सन्देश के हो ? त्यस्ता अभिभावकलाई पढाउने, बुझउने र आवश्यक परे दण्ड दिने कसले ?

दृश्य–४ः    विद्यालयको नियमित कार्यक्रम अन्तर्गत बालबालिकाहरूको झेला चेक गर्दा फेला परेका सामान अभिभावक भेलामा प्रदर्शन गर्दा अभिभावकका आँखा ठूला र मुख खुल्ला भए । झेलामा पाइएका सामानमा परिवार नियोजनका अस्थायी साधन, विषादिको रङ्गीन बोत्तल, डीभीडी आदि समेत थिए । बालबालिकाको पहुँचबाहिर हुनुपर्ने यस्ता सामान कसरी उनीहरूका किताब बोक्ने झेला हुँदै स्कूलसम्म आइपुगे ?
– यक्ष प्रश्नः बालबालिकाको दैनिक व्यवहारको जाँच गर्ने जिम्मेवारी क–कसको हो ?

दृश्य–५ः    काभ्रे जिल्लाको बनेपामा घटेको अत्यन्त क्रूर घटनामा कक्षा १ मा अध्ययन गर्ने सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको, उक्त घटनाका आरोपी पनि कक्षा ८ मा अर्कै विद्यालयका विद्यार्थी रहेको । उसले घटना अघि मोबाइलमा अश्लील भिडियो हेरेको कुरा अनुसन्धानका क्रममा खुलेको छ ।
– यक्ष प्रश्नः बलात्कार र हत्याजस्तो जघन्य अपराधमा
कक्षा ८ मा अध्ययनरत विद्यार्थीको संलग्नतालाई
अभिभावक, स्कूल र समाजले कसरी लिने ?
उसलाई मोबाइल र अश्लील भिडियो
उपलब्ध हुनुमा को–को जिम्मेवार ?

दृश्य–६ः    कक्षा २ मा अध्ययन गर्ने छात्र केही दिनदेखि विद्यालय अनुपस्थित भएपछि अभिभावकलाई फोन सम्पर्क गरियो । छात्र पुनः विद्यालय आउन थाल्यो । ऊ विद्यालय नआउनुको कारण उसको एक वर्ष अघिदेखि ओछ्यानमा पिसाब गर्ने समस्याको पोल सहपाठीका माझ्मा खुलेको रहेछ । बच्चालाई घरमा गाली गर्ने क्रममा अभिभावकबाटै उक्त पोल खुलेको रहेछ, जुन कुरा उनकै छिमेकी सहपाठी मार्फत कक्षासम्म प्रचार भएको रहेछ । उक्त बच्चालाई मेडिकल उपचारका लागि लगियो । डाक्टरले समस्याको गहन खोजीपश्चात् औषधिविहीन उपचारपद्धति सुझउनुभयो । उसलाई बाबुआमा र बहिनी सुत्ने गरेकै कोठामा, सफा ओछ्यान लगाएर सुत्ने व्यवस्था मिलाइयो (बुबा–आमाले छुन, कुरा गर्न सक्ने अवस्थामा) । परिणाम चामत्कारिक आयो । बच्चाको ओछ्यानमा पिसाब गर्ने समस्या शतप्रतिशत समाधान भयो ।
– यक्ष प्रश्नः कसरी यस्तो भयो ?

(नोटः डाक्टरको बुझइ अनुसार बुबा–आमाले बहिनीलाई मात्र माया गरेको ठानी उनीहरूको ध्यानाकर्षण गराउन उसले ओछ्यानमा पिसाब गर्ने गरेको रहेछ ।)

माथिका समस्याबाट सिर्जित प्रश्नहरूको उत्तर खोज्दा
हामी २१औं शताब्दीको समयरूपी रेलमा यात्रा गरिरहँदा केवल शिशुलाई जन्म दिएर, आधारभूत आवश्यकता पूरा गरिदिएर मात्र अभिभावक बन्न पाउँदैनौं । जन्म त जुनै प्राणीले पनि दिन सक्दछ । अभिभावक को हो ? अभिभावकका प्रमुख दायित्व के–के हुन् ? यी प्रश्नका उत्तर स्पष्ट नभई अभिभावक भनिनु किमार्थ सान्दर्भिक हुँदैन ।

अक्षर पढाएर मात्र शिक्षक बन्न सकिन्न । कक्षा कार्य र गृहकार्य गरेर÷जानेर÷सिकेर मात्र मेधावी विद्यार्थी बन्न सम्भव छैन । अब त अभिभावक–शिक्षक मिलेर विद्यार्थीलाई अक्षरको साथसाथै जीवन सिकाउनुपर्दछ । पुस्तक, अग्रज, गुरु र आफ्नै ज्ञान र अनुभव संश्लेषण गर्ने कला सिकाइनुपर्दछ ।

मेरो निष्कर्ष
१.    शिक्षा अनुभवको सँगालो हो । भविष्यको चिन्तन गर्ने गोरेटो हो । शिक्षा पुस्तकमा छ । खेलमा छ । प्रकृतिमा छ । दृश्यमा छ । अनुभवमा छ । सुखमा छ । दुःखमा छ । प्रयासमा छ । परिणाममा छ, आदि । त्यसैले शिक्षा एकथोक होइन, सब थोकको सार हो ।

गल्ती गर्दै पनि सिक्ने हो । प्रयत्न नगरी सिकाइ सम्भव छैन । किताबले मात्र शिक्षाको दायरा समेटिंदैन । शिक्षाले लक्षित गरेको उपलब्धि हासिल गर्न त दगुर्नु पनि पर्छ । उफ्रनु पनि पर्छ । घुम्नु पनि पर्छ । नाच्नु पनि पर्छ । गाउनु पनि पर्छ । चित्र कोर्नु पनि पर्छ । खेल्नु पर्छ । रमाउनु पर्छ । एकोहोरो रटानले त सुगा बनिन्छ । मान्छे कहिल्यै बनिंदैन ।    अध्ययन अनुसन्धानले पुष्टि गरेको कुरा हो । यो पंक्तिकारको कुण्ठा होइन । तर अवस्था अझ्ै के छ भने किताब पर जान थाल्यौं भने लौ पढाइ भएन भन्ने चिन्तनले पकड जमाएको छ । भत्कँदै त छ त्यस्तो पर्खाल । भत्काउनु जरूरी छ ।

बालबालिका कसरी सिक्छन् ? के सिक्छन् ? के–के सिक्नु अनिवार्य छ, यस बारेमा अभि–शिक्षण गर्नु÷गरिनु अनिवार्य रहेको देखिन्छ ।

२.    बालबालिकाको सबभन्दा नजिकका साथी भनेका बुबा–आमा हुन् । तर अहिले बुबा–आमा र बालबालिकाको (छोरा–छोरीको) दुरी बढ्दै गइरहेको छ । आजका बालबालिकाको अभाव भनेको बुबा–आमाको समय र प्रेम हो । पुस्ताबीचको दुरी पनि बढ्दो छ । व्यस्त छन् आमा–बुबा । पेशामा । व्यवसायमा । जागीरमा । व्यस्त छन् बालबालिका पनि । फेसबुकमा । भिडियो गेममा । मोबाइल गेममा । मस्त घुमघाममा । बेखबर छन् यी दुई एक अर्काको बारेमा । को कहाँ के गर्दैछ भनेर चासोसम्म लिने गरेको पाइँदैन । छोराछोरी स्वतन्त्र हुन पाएकामा मक्ख । आमा–बुबा यस किसिमको आफ्नो व्यवहारलाई माया सम्झ्न्छन् । सातामा एकपटक कतै घुम्न जाने वा घुमाउन लैजाने गर्न सके यो दुरी कम हुन्थ्यो ।

टेम्पो दुई पाङ्ग्राले चल्दैन । विद्यालयले अभिभावकको सकारात्मक साथ नपाए कसरी शिक्षण–सिकाइ वातावरणको स्तरोन्नति हुन्छ ? समय–समयमा विद्यालयमा उपस्थित भएर छोराछोरीसँगै बसेर उनीहरूका कुरा सुन्दा पनि उनीहरूले धेरै गौरव महसूस गर्न सक्छन् । खुशी हुन्छन् । आत्मबल प्राप्त गर्छन् । हामी पनि त त्यै चाहन्छौं, होइन र !

३.    हामी प्रयत्नमा सघाउन होइन, परिणाममा रमाउन चाहन्छौं ।  त्यसैले परिणाम अनपेक्षित लागिरहेको छ । अभिभावकले शिक्षक र विद्यार्थीकै अगाडि परीक्षाको परिणाम अस्वीकार गरी आक्रोश बच्चामाथि खन्याउनु असहिष्णु व्यवहार हो । साथै विद्यालयको शैक्षिक गतिविधिप्रतिको तीखो प्रहार हो । सुधार गरोस् भन्ने अपेक्षा त हो तर सुधार के–केमा गर्नुपर्छ भन्यो भने राम्रो अङ्क आउने गरी पढाउनुपर्ने कुरा मात्र थाहा छ उनीहरूलाई । यो छोरी कुटेर बुहारी तर्साउने प्रवृत्तिको पुनरावृत्ति हो ।

हामीलाई चाहिएको के ? सर्टिफिकेट कि असल सन्तान ? हामीलाई नम्बर मात्र धेर ल्याउने छोराछोरी चाहिएको कि जिम्मेवार नागरिक ? प्रयत्नमा असफल हुँदा आघात पुग्ने मानसिकता विकास गराउने कि फेरि प्रयास गर्न उत्प्रेरित हुन सिकाउने ? सिर्जनशील बन्न सिकाउने कि घोक्नमा माहिर अर्थात् ‘मेमोरी कार्ड’ बनाउने ? विद्यालयमा सीप सिकाउन घच्घच्याउने कि कुटेरै पढाउन दबाब दिने ? हामीलाई आत्मविश्वासी हृदय चाहिएको कि ग्लानि, भय र हीनताभावले भरिएको अनुहार ? सोच्नु जरूरी छ गम्भीरतापूर्वक । हामीलाई शिक्षा लिनु वा दिनु छ कि कारखानाको परम्परा धान्नु मात्र ?

४.    बालबालिकालाई साना, केही थाहा नभएका भनी हेपिएको र बालबालिकाको पहँुचमा हुनुपर्ने सामग्री कुन हो ? कुन होइन ? भन्ने ख्याल नपु¥याउँदा उब्जेको समस्या पनि महŒवपूर्ण छ । अभिभावकले गोपनीयता कायम गर्न नसकेको परिणाम हो । बालबालिका स्वभावैले जिज्ञासु हुन्छन् । बालबालिकाको नयाँ कुरा सिक्ने र अरूलाई देखाउन चाहने उत्कट इच्छाका कारण यस्तो अवस्थाको सिर्जना हुन जान्छ । बालबालिकाको दैनिक क्रियाकलपाको निगरानी तथा बालबालिकालाई पर्याप्त समय दिन नसक्नाको परिणाम हो । अभिभावकले आफ्ना बालबालिकालाई उनीहरूका क्रियाकलापमा निगरानी राख्न सक्ने गरी समयको ब्यवस्थापन गर्नुपर्दछ ।

५.    अब मायाको परिभाषा पनि फरक बन्दै गएको देखिन्छ । जस्तो कि मनपरी रूपमा दिइएको स्वतन्त्रता वा जे माग्यो त्यही उपलब्ध गराउने संस्कारलाई माया मान्ने गरेको पाइन्छ । यो माया होइन । यो प्रेम होइन । यो त सरासर गलत दिशामा अग्रसर गराउने खुला मार्ग हो ।

समस्या संख्यामा होइन चिन्तनमा निर्भर रहन्छ । उमेरभन्दा माथिका कुरामा पहुँच हुनु । नियमित निगरानी नहुनु । अभिभावकत्व गुमाउनु । आपराधिक व्यक्तिसँगको सङ्गतको परिणाम हो यो । यौन चाहनाको आपराधिक र विस्फोटको रूप हो बलात्कार । एक अपराधले अर्काे अपराध जन्माएको हो– हत्या । ‘डन’ संस्कृतिको प्रश्रयको कारण हो यो । दण्डहीनताको उपज । कम्मरमुनिको चिन्तन । कम्मरमाथि रहेको मन, मुटु र मस्तिष्कको प्रयोगहीनता । विवेक शून्यता । प्रविधिको दुरुपयोग ।
       
त्यसैले आजका अभिभावकले आफ्ना छोराछोरीलाई सोध्नै पर्ने केही प्रश्न छन्– आज कहाँ गयौ ? के–के काम ग¥यौ ? भोलिको योजना के छ ? खर्चमा नियन्त्रण गर्नु पनि अर्को जरूरी कुरा भएको छ । जस्तो ‘सँग’ उस्तै ‘रंग’ भन्छन् । त्यसैले साथी सङ्गातीमा विशेष ध्यान पु¥याउनु आवश्यक छ । साँझ्मा प्रत्येक दिन रिपोर्टिङ लिने र छड्के जानकारी पनि राख्ने गरेमा उनीहरूबाट हुनसक्ने गलत क्रियाकलाप न्यूनीकरण हुनसक्छन् ।

६.    सबथोक पाएर पनि मानिस अभाव महसूस गर्दछ भने उसले पर्याप्त माया–प्रेम, स्नेह, सद्भाव पाइरहेको छैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ । मानिसलाई बचाउने माया–ममता, प्रेम र स्नेहले हो । खराबलाई सुधार्ने पनि यी अस्त्र हुन् । यी अस्त्रहरूलाई आजका अभिभावकले सचेत मनले प्रयोग गर्नुपर्दछ । बालबालिका पनि आम मानिस सरह आत्मसम्मान चाहन्छ । आफ्नो सहभागिता खोज्छन् । उपस्थिति अपेक्षा गर्छन् । मान्यता चाहन्छन् । जुन अपेक्षा पूरा गर्न कुनै असम्भव वा अप्ठेरो केही छैन । सक्ने काम पनि हामीले जानीजानी नै गरिरहेका छैनौं भने आजै सोचविचार गरौं । हात लगाएर हैन, साथ दिएर बाल–विकासमा टेवा पुग्ने हो ।

अन्त्यमा,
    िरोबर्ट फ्रस्टले भने झ्ैं मर्नुअघि धेरै कार्य गर्नुछ ।
    िशेक्सपियरले भने झ्ैं जीवन नाटक हो, हामी नाटकका पात्र हौं । यो संसार नाट्यशाला हो । भगवान (प्रकृति) यसका निर्देशक हुन् । हामी यस्तो महान् जीवन्त नाटकका पात्र हौं कि अलिकति मात्र हामी चुक्यौं भने कसैको पूरै जिन्दगी खेर जान सक्दछ । सबैले आ–आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गर्न सकियोस् ।
    म त लागिपर्छु । तपाईं नि .?

अध्यक्ष, ‘प्याब्सन’, काभ्रे

commercial commercial commercial commercial