शिक्षक हुुनुको आनन्द

मितव्ययिता शिक्षण पेशाको अर्कोे फाइदा हो । अकुत सम्पत्ति आर्जन गर्ने कुनैै अवसर प्राप्त नहुने हुनाले यो पेशामा प्रबल रूपमा आर्थिक शुद्धता रहेको हुन्छ । जसले व्यक्तिलाई तनावमुक्त बनाउनुका साथै मितव्ययी बनाउँछ । मितव्ययी व्यक्तिको जीवन सरल, सहज र व्यवस्थित हुन्छ ।

शिक्षक को ‘आलोपालो’ अन्तर्गत २०७० फागुन अङ्कमा प्रकाशित ‘अन्तिम पछुतो’ शीर्षकको ब्रोनी वेरको ‘द टप फाइव रिग्रेट्स अफ द डाइङ ९तजभ तयउ ाष्खभ चभनचभतक या तजभ मथष्लन० को सार संक्षेपको अनुवादले मेरो मन मात्र छोएन; आफ्नो पेशागत जीवनप्रति प्रतिबिम्बन समेत गरायो । मृत्युको मुखमा पुगेर आफ्नो समग्र जीवनलाई फर्केर हेर्दा व्यक्तिले खासगरी कस्ता कुरामा पछुतो गर्दा रहेछन् भन्ने अध्ययनमा आधारित उक्त लेखको निचोड छ, ‘व्याक्तिलाई मृत्युशैøयाको समयमा समेत आफ्ना छोराछोरीको बालापन प्यारो र स्मरणीय हुँदोरहेछ ।’ त्यो सन्देशबाट प्रेरित भएपछि मलाई लाग्न थाल्यो— शिक्षक मात्र एउटा त्यस्तो सौभाग्यवान व्यक्ति रहेछ जसले आफ्नो सिंगो पेशागत जीवनभर समाजका कैयन् बालबालिकासँग समय बिताउने र आत्मीय सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त गर्दछ । तिनै निर्दोष र कर्मठ बालबालिकाको निश्छल प्रेमले आफूलाई सिंचन गरी शिक्षकहरू सदा रसिलो बनिरहन सक्दछन् । वास्तवमा बालबालिकासँगको सामीप्यता त्यस्तो ऊर्जा हो जसले कुनै पनि व्यक्तिको वर्तमान मात्र नभएर भावी अवकाशप्राप्त र एकान्तको जीवनसमेत उल्लासमय बनाइदिन्छ । यही अवसर शिक्षण पेशाको सबभन्दा लोभलाग्दो फाइदा हो भन्ने मैले ठहर गरेकी छु ।

प्रशस्त फुर्सदको समय, त्यसलाई सदुपयोग गर्ने बानी र सीप विकासको अवसर— शिक्षण पेशाको अर्को आकर्षक फाइदा हो । नेपालको सन्दर्भमा एउटा शिक्षकले वर्षभरिमा बढीमा २२० दिन मात्र विद्यालयमा व्यतीत गर्दछ । त्यसमा पनि दिनको केवल ६ घण्टा मात्र । बाँकी रहेको समय कुनै पनि शिक्षकले कुनै अनुत्पादक कार्यमा खर्च गर्नुको सट्टा शिक्षण सम्बन्धी योजना निर्माण, शैक्षिक सामग्री निर्माण वा सङ्कलन, शिक्षण सम्बन्धी छलफल, अन्तरक्रिया, चिन्तन, अनुसन्धान, समस्या समाधान, अध्ययन, खोज, सिर्जना, प्रतिबिम्बन, मूल्याङ्कन तथा सहपाठी कक्षा अवलोकन एवम् विचार अनुभव र सूचना तथा ज्ञानको आदानप्रदान जस्ता रचनात्मक कार्यमा लगाउने हो भने यसले शिक्षकको पेशागत गुणस्तरीयतामा अकल्पनीय रूपमा वृद्धि हुन्छ ।

तथापि यस्तो सीप र बानीको विकास हुनलाई सर्वप्रथम त स्वयं शिक्षक प्रवृत्तिगत रूपमा तयार हुनुपर्दछ । साथमा विद्यालय प्रशासन र व्यवस्थापन निकायले पनि सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । विद्यालय सुधार योजना, वार्षिक कार्ययोजना आदि विद्यालयका योजनाहरूमा शिक्षकलाई सक्रिय रहन मद्दत गर्ने र उनको फुर्सदलाई रचनात्मक र पेशागत कार्यमा लगाउने वा प्रोत्साहन गर्ने जस्ता कार्यक्रम राखी कार्यान्वयन गर्नु, यसका लागि आवश्यक स्रोत–साधनको व्यवस्थापन गर्नु तथा विद्यालयभित्र र बाहिर समेत त्यस किसिमको वातावरण निर्माण गर्ने जस्ता कार्यमार्फत उनीहरूलाई सक्रिय रहन सहयोग पु¥याउन सकिन्छ ।

शिक्षण पेशाको अर्को विशेष फाइदा हो सुदृढ सामाजिक सम्बन्ध । हाम्रो सन्दर्भमा अधिकांश रूपमा एउटा शिक्षक त्यही समाजको स्थापित व्यक्ति हुने र शिक्षकको बारम्बार सरुवा नहुने परिवेश छ । जसले कुनै पनि शिक्षकलाई आफ्नो सामाजिक सम्बन्ध मजबूत बनाउन अत्यन्त सजिलो पारेको हुन्छ । अर्कोतर्फ हाम्रो समाजमा अझ्ै पनि शिक्षकलाई समाजको नेता, डाक्टर, वकील, सल्लाहकार, विशेषज्ञ वा एउटा सर्वज्ञ व्यक्तित्वका रूपमा लिइने संस्कृति विद्यमान छ । शिक्षकका लागि यो एउटा अनुपम अवसर हो । यो अवसरलाई सदुपयोग गर्न सक्ने शिक्षक समाजको आदरणीय व्यक्ति बन्न सक्दछ । आफूले निर्वाह गरेको पेशागत धर्म, नैतिक जिम्मेवारी र कर्तव्यपालनाको कारण सिंगो समाजको जुनसुकै घरपरिवारमा गए पनि विशेष किसिमको श्रद्धा प्राप्त गर्न सक्ने व्यक्ति शिक्षक मात्र हो ।

मितव्ययिता शिक्षण पेशाको अर्कोे फाइदा हो । अकुत सम्पत्ति आर्जन गर्ने कुनैै अवसर प्राप्त नहुने हुनाले यो पेशामा प्रबल रूपमा आर्थिक शुद्धता रहेको हुन्छ । जसले व्यक्तिलाई तनावमुक्त बनाउनुका साथै मितव्ययी बनाउँछ । मितव्ययी व्यक्तिलाई धेरै सम्पत्ति आर्जन गर्ने बाध्यता हुँदैन; जसले जीवन सरल, सहज र व्यवस्थित बनाइदिन्छ । त्यसैकारण शिक्षक र तिनका परिवारमा कुलतमा फस्ने वा पैसाको दुरुपयोग गर्ने सम्भावना ज्याँदै न्यून रहन्छ । शुद्ध रूपले कमाउनु, त्यसमा सन्तुष्टि प्राप्त गर्नु र त्यसको सदुपयोग गर्नु कुनै पनि व्यक्तिलाई अति आवश्यक जीवनोपयोगी सीप हो । शिक्षण पेशाको यो अर्को र अनौठो फाइदा हो भन्दा अत्युक्ति नहोला ।

यस प्रकार अनेकौं फाइदा र सकारात्मक पक्षहरूका बाबजूद पनि शिक्षण पेशा आफैंमा जटिल र चुनौतीपूर्ण छ । एकातिर आफ्ना छोराछोरीलाई गर्ने व्यवहार, देखाउने सद्भाव र दिने ज्ञानका आधारमा समाजका सदस्यहरूले शिक्षकको दर्जा र मर्यादा कायम गरिरहेका हुन्छन् । अर्कातर्फ एउटा शिक्षकलाई आफ्ना हरेक विद्यार्थीको अन्तर्निहित क्षमता पहिचान गरी वर्तमानमा तिनको उजागर गर्ने र सफल भविष्यका लागि मार्गनिर्देश गर्ने जिम्मेवारी राज्य, समाज र समयले दिएको हुन्छ । समाजमा आफ्नो उच्च दर्जा र मर्यादा स्थापित गर्दै उक्त जिम्मेवारी पूरा गर्न एउटा शिक्षकको हातमा सीप, टाउकामा ज्ञान र आत्मामा सदा सिक्न र सिकाउन तत्पर रहने प्रवृत्तिको विकास र प्रयोग हुनुपर्दछ । आफ्नो पेशाप्रति आस्था र सम्मान, आफ्ना विद्यार्थीप्रतिको निःस्वार्थ प्रेम र बौद्धिक महŒवाकांक्षा राख्ने प्रवृत्तिले शिक्षकलाई त्यस्ता आवश्यक गुण, सीप र क्षमतायुक्त बनाउन मद्दत गर्दछन् । तथापि त्यस्ता गुण, सीप र क्षमता विकास गरी व्यवहारमा प्रदर्शन गर्न नसक्ने शिक्षकका लागि यो पेशा वरदान नभई अभिशाप बन्न पुग्दछ । एउटा शिक्षकको निम्ति त्यो सबैभन्दा ठूलो सजाय पनि हो । आफूलाई यो अवस्थामा पुग्न नदिन शिक्षक सदैव सचेत, होशियार, कर्तव्यनिष्ठ र पेशागत हुनु नितान्त आवश्यक छ । त्यसो भए मात्र एउटा शिक्षक सच्चा र सफल भई शिक्षक हुनुका सबै आनन्द उपभोग गर्न पाउने कुरामा कुनै सन्देह छैन ।

आदर्श उच्च माध्यमिक विद्यालय, इलाम

commercial commercial commercial commercial