पाठ्यक्रम पहिले, शिक्षक कहिले ?

पाठ्यक्रम परिवर्तन गर्नासाथ शिक्षकलाई प्याकेज बनाएर कम्तीमा पनि ६ महीना सेवाकालीन तालीम उपलब्ध गराई कक्षा संचालन गर्नुपर्छ । अन्यथा, हिंड्दैछ, पाइला मेट्दैछ सिवाय अरू केही हुँदैन ।

नेपालको शिक्षामा आमूल परिवर्तन गर्ने उद्देश्यका साथ २०२८ सालमा नयाँ शिक्षा योजना लागू गरिएको थियो । त्यही योजनाअन्तर्गत व्यावसायिक र सीपमूलक शिक्षाको सुरुआत गरियो, पाठ्यक्रम पनि तयार गरियो । तर उक्त पाठ्यक्रम कार्यान्वयन गर्ने शिक्षक नहुँदा केवल सैद्धान्तिक पक्षको मात्र सुरुआत भयो । सिलाइ, बुनाइ, कुखुरापालन, शिक्षा, कार्पेन्टी आदि विषयमा कुनै दक्षता नभएका शिक्षकलाई ती विषय पढाउन भनियो । तालीम पनि दिए जस्तो गरियो । तर न तालीम दिनेले बुझयो न लिनेले बुझयो । त्यसको शिकार हामी, मैले समेत भोग्नुप¥यो । हामीले केही नजानीकनै कक्षा पास ग¥यौं ।

शिक्षाको त्यो दुर्दशा आज पनि उस्तै छ । सीपमूलक र व्यावसायिक शिक्षा बेहाल अवस्थामै छ । २०२८ को पाठ्यक्रम असफल सावित भएपछि संशोधन गरेर लागू गरियो । त्यसलाई राष्ट्रिय हित विपरीत जनशक्ति उत्पादन हुनथाल्यो । जसले मुुलुकमा द्वन्द्व मच्चायो ।

शिक्षा र पाठ्यक्रम भनेको इँटाको फर्मा जस्तै हो, फर्मा गतिलो भएन भने इँटा बिग्रन्छ । आखिरमा घर लड्छ । यहाँ यस्तै भएको छ । विकसित मुलुकमा राष्ट्रिय जनशक्तिको उत्पादन आवश्यकता अनुसार व्यावसायिक र सीपमूलक बनाएर लगिन्छ तर हाम्रो देशमा साधारण शिक्षातर्फ मात्र जोड दिएको पाइन्छ । साधारण शिक्षाले गर्ने भनेको काम नगर्ने, अल्छी र गफाडी मानिस उत्पादन गर्छ, भएको त्यस्तै हो । हुनतः व्यावसायिक शिक्षाका लागि लगानी धेरै चाहिन्छ । हाम्रो जस्तो गरीब मुलुकले त्यति धेरै लगानी गर्न नसक्दा यो अवस्था आएको हो । अब यसलाई तुरुन्त सुधार गर्नु पर्छ । फर्मा गतिलो बनाउनु पर्छ ।

पाठ्यक्रम निर्माण गर्नुअघि ती विषय शिक्षण गर्ने, शिक्षक कस्ता छन्; उनीहरूको क्षमता कति छ भनेर मूल्यांकन गर्नु जरूरी छ । मूल्यांकन नगरी पाठ्यक्रम बनाएर लागू गर्नुको कुनै औचित्य छैन । शिक्षक उत्पादन गर्ने फ्याक्ट्री, विश्वविद्यालयहरूलाई पनि त्यसै अनुसार गर है भनिदिनुप¥यो र मात्र पाठ्यक्रम लागू गर्नुपर्छ ।

हाल कक्षा ६ बाट कम्प्युटर र व्यवसाय शिक्षा लागू गरिएको छ । त्यस्तै कक्षा ९ र १० मा सामाजिक विषय भनेर मिक्स पाठ्यक्रम लागू गरिएको छ । त्यस्तै अन्य पाठ्यक्रम पनि छन् तर के यी विषय शिक्षण गर्न सक्ने शिक्षकको बारेमा योजना आयोग, पाठ्यक्रम विकास केन्द्र आदिले सोचेका छन् त ? मानिसलाई साँच्चै व्यावसायिक, सीपमूलक बनाउनुपर्छ नै भने, योग्य, दक्ष शिक्षक र मूल्यांकन प्रणालीमा तुरुन्त सुधार गर्नु जरूरी छ । भन्न खोजिएको विषयवस्तु के हो भने पाठ्यक्रम लागू गर्ने तल्लो निकाय भनेको शिक्षक नै हो । पाठ्यक्रम परिवर्तन गर्नासाथ शिक्षकलाई प्याकेज बनाएर कम्तीमा पनि ६ महीना सेवाकालीन तालीम उपलब्ध गराई कक्षा संचालन गर्नुपर्छ । अन्यथा, हिंड्ैछ, पाइला मेट्दैछ सिवाय अरू केही हुँदैन ।
प्रअ, जनजागृति उमावि, गोलघाप, झपा

commercial commercial commercial commercial