निःशुल्क विश्वकोशः विकिपीडिया

इन्टरनेटको प्रयोगबाट व्यापार व्यवसायको प्रचारप्रसार त भएकै छ, सबैको समान पहुँच भएका अर्थात् खुला स्रोतका सामग्रीहरूको सञ्चारमा पनि ठूलो मद्दत पुगेको छ । सूचना र सञ्चारका अतिरिक्त शिक्षा स्वास्थ्य र सामाजिक भलाइका लागि पनि इन्टरनेट ठूलो सहयोगी बनेको छ । विकिपीडिया नामको अनलाइन विश्वकोशलाई यसको एउटा उदाहरणको रूपमा लिन सकिन्छ ।

तपाईंसित कुनै कुराको राम्रो जानकारी छ, त्यो जानकारी तपाईं सबैलाई बाँड्न चाहनुहुन्छ भने अब त्यो सहजै सम्भव छ । विश्व प्रसिद्ध इन्साइक्लोपेडियामा तपाईंसित भएको ज्ञान प्रकाशित गर्न सक्नुहुन्छ, त्यो पनि तपाईं आफैंले । विकिपीडिया नामक खुला विश्वकोशमा जसले पनि संसारका जुनसुकै प्रचलित भाषामा लेख–रचना प्रकाशित गर्न सक्छन् । त्यसमा अरूले शुरू गरेको लेखका बारेमा तपाईंसित थप जानकारी छ भने त्यो पनि थप्न सक्नुहुन्छ ।

इन्टरनेटमा गुगल, याहू वा अन्य कुनै सर्च इन्जिनको प्रयोग गरेर कुनै कुरा खोज्दा जुनसुकै कुराको जानकारीका लागि पनि ‘विकिपीडिया ९धष्पष्उभमष्ब० मा उपलब्ध छ’ भत्रे सन्देश आउने गरेको अवश्य पनि विचार गर्नुभएको होला । यसमा राखिएका असंख्य लेख खोजकर्ताको खोजसित कतै न कतैबाट मिलिहाल्छ । त्यसैले सर्च इन्जिनले विकिपीडियाका धेरै लेख देखाउने गरेको हो । हुन पनि विश्वका सबैजसो भाषामा विकिपीडियाका पृष्ठ छन् । जुन भाषामा खोज्यो त्यही भाषाको विकिपीडियाको लेख भेटिन्छ ।

विकिपीडिया के हो ? त्यसमा यति धेरै भाषामा सूचना, जानकारी र लेखहरू कसरी संकलित भए भनेर चाहिं हामीमध्ये धेरैले उतिसारो ध्यान नदिएका हुनसक्छौं ।

विकिपीडिया कुनै पनि जानकारीका लागि निःशुल्क सामग्री उपलब्ध गराउने अनलाइन विश्वकोश हो । यसले हाल संसारका २८७ भाषामा पाठ्यसामग्री तयार गर्ने र त्यसमा सबैलाई निःशुल्क पहुँच प्रदान गर्ने गर्दछ । यसले ‘मिडियाविकी’ नामको धेरैजनाले एउटै लेख खोलेर लेख्न, थप्न र सम्पादन गर्न मिल्ने अनलाइन सफ्टवेयरको प्रयोग गर्दछ । यो खुला विश्वकोश अभियान सफल हुनाको कारण यसको खुलापन अर्थात् जोसुकैले नयाँ लेख लेख्न र भएको लेखमा थपघट गर्न मिल्ने व्यवस्था हो । यसको लोकप्रियता र विस्तारको मुख्य कारण पनि यही हो ।

यो विश्वकोश तयार गर्ने कार्यमा सर्वसाधारणको सहभागिता उल्लेख्य रहेको छ । त्यसै कारण केही वर्षमा नै विकिपीडियाले ‘सबैभन्दा धेर खोलिने’ अनलाइन विश्वकोशको रूपमा आफ्नो पहिचान दह्रो बनायो । अहिले जुनसुकै विषयको जानकारी हासिल गर्न चाहनेहरूका लागि पनि यो एउटा विश्वसनीय स्रोतको रूपमा अगाडि आएको छ ।

हामीले देखेका छौं ‘इन्साइक्लोपेडिया ब्रिटानिका’ बीसौं पुस्तकको ठेलीका रूपमा प्रकाशित हुन्थ्यो । त्यो विश्वकोश या त निकै समृद्ध पुस्तकालयमा देख्न पाइन्थ्यो या त धनीमानीका बैठकका सोकेसमा । विगतका केही वर्षदेखि यो विश्वविख्यात विश्वकोश पनि पुस्तक आकारमा प्रकाशित हुन छाडेको छ ।

त्यसपछि निस्केको ‘इन्कार्टा इन्साइक्लोपेडिया’ कम्प्युटरमा इन्स्टल गर्न मिल्ने सफ्टवेयरको रूपमा सीडीमा प्रकाशित भएको थियो । त्यसले पनि कुनै वेला राम्रै व्यापार हुन्थ्यो । तर विकिपीडिया इन्साइक्लोपेडिया शुरू भएपछि परम्परागत सबै विश्वकोशहरू निकै पछिपरेको भान भयो । त्यसको मुख्य कारण हो यसमा हुने अपडेट अर्थात् अद्यावधिकीकरण । दश वर्ष अगाडि छापिएको इन्साइक्लोपेडियामा हालसालैका घटनाहरूको विवरण हुने कुरै भएन । सन् २०११ को जापानको फुकोसिमा आणविक ऊर्जा केन्द्रमा भएको विस्फोट त्योभन्दा अगाडि छापिएका इन्साइक्लोपेडियामा खोजेर भेटिंदैन तर विकिपीडिया अनलाइन इन्साइक्लोपेडियामा यसको अपडेटसहितको जानकारी पर्याप्त भेटिन्छ । कुनै विषयको जानकारी अपडेट रहेनछ भने तत्काल सन्दर्भ सामग्री उद्धृत गरेर त्यसलाई अपडेट गर्न पनि सकिन्छ । जस्तो ‘नेपालका प्रधानमन्त्री’ जस्ता विषयका लेखहरू परिवर्तनशील हुन्छन् । कुनै विकिपीडियामा पुरानै प्रधानमन्त्रीको नाम रहेछ भने त्यसलाई आफैं सुधार्न सकिन्छ ।

विकिपीडियामा स्रोत या सन्दर्भ सामग्री उद्धृत गरेर महŒवको जुनसुकै विषयमा लेख लेख्न सकिन्छ; त्यसैले यसमा अद्यावधिक सूचना पाइन्छ ।

विकिपीडियामा लेख लेख्ने कुनै एउटा क्षेत्रका मात्र हुँदैनन् । शिक्षा, सञ्चार, भाषा, कला, प्रविधि, चिकित्सा, औषधि विज्ञान आदि विविध क्षेत्रका मानिसले यसमा लेख्ने गर्दछन् । त्यसमा पनि शिक्षा क्षेत्रका मानिसको सहभागिता उल्लेखनीय छ ।

विकसित राष्ट्रहरूमा विद्यालय वा क्याम्पसका विद्यार्थीले धेरैजसो गृहकार्य, प्रोजेक्ट वर्क आदि पनि विकिपीडिया मार्फत गर्ने गर्दछन् । शिक्षकले पनि धेरैजसो शैक्षिक सामग्रीको सन्दर्भ विकिपीडियाको दिने गरेका छन् । उनीहरूले विकिपीडियामा त्यस्ता सन्दर्भ सामग्री लेख्ने र सुधार्ने कार्यमा समेत उल्लेख्य योगदान दिने गरेका छन् ।

विकासक्रम
अंग्रेजी भाषाको विकिपीडिया सन् २००१ मा शुरू गरिएको हो भने त्यसको डेढ वर्षपछि सन् २००२ को जून महीनामा नेपाली भाषामा विकिपीडिया शुरू भयो ।

विकिपीडिया ‘व्यक्तिहरूको स–सानो योगदानबाट विश्वलाई परिवर्तन गर्न सकिन्छ’ भत्रे मान्यताबाट अघि बढेको छ । यसका संस्थापक जिम्मी वेल्स भन्छन्, “यस्तो संसारको परिकल्पना गरौं जहाँ संसारको प्रत्येक व्यक्तिले समग्र मानव ज्ञानमा स्वतन्त्र र खुला रूपले पहुँच पाओस् । हो, हामी त्यसैका लागि लागिपरेका छौं ।” जिम्मी वेल्सको यो भनाइलाई साकार पार्न अहिले ८० लाखभन्दा बढी मानिसहरू विकिपीडियामा लेख लेख्ने वा सुधार्ने कार्यमा सक्रिय रूपमा संलग्न छन् ।

यो महान् सपनालाई पूरा गर्ने अभियानको एउटा पक्ष नेपाली विकिपीडिया पनि हो । यो हिन्दी, बंगाली, उर्दू आदि विभित्र दक्षिण एशियाली भाषाका विकिपीडियामध्ये सबैभन्दा जेठो हो । लेख संख्याका आधारमा अहिले नेपाली विकिपीडिया करीब २६ हजार लेखसहित विश्वका २८७ भाषाहरूमध्ये ९३औं स्थानमा पर्दछ । नेपालमा बोलिने नेपाल भाषामा ७० हजार, भोजपुरीमा तीन हजार, पाली भाषामा दुई हजार ५०० र संस्कृतमा १० हजार लेख पुगेका छन् । मैथिली, तामाङ, थारू, गुरूङ, अवधि, शेर्पा, लेप्चा, मगर र मारवाडी भाषाका विकिपीडियाहरू पनि निर्माणाधीन अवस्थामा छन् ।

विकिपीडियामा भएका लेख जसले पनि सम्पादन गर्न सक्छ तर गलत अथवा कसैको प्रतिलिपि अधिकार भएको लेख रचना वा जानकारी कपी पेस्ट गरेर प्रकाशित गर्न भने पाइँदैन । त्यसको रेखदेखका लागि छुट्टाछुट्टै भाषामा प्रबन्धकहरू रहेका हुन्छन् । तिनीहरूले गलत, पूर्वाग्रही र विवादास्पद सामग्रीहरू नियन्त्रण गर्ने गर्दछन् । विद्यमान लेखमा गलत सूचना भर्ने, गालीगलौज वा अश्लील शब्दहरूको प्रयोग गरिएमा त्यसलाई हेर्ने र नियन्त्रण गर्ने कार्य उनीहरूबाट हुन्छ । लामो समयसम्म लेख रचनामा योगदान पु¥याएकाहरूले व्यवस्थापक अर्थात् ‘एडमिनसीप’ को अधिकार पाउँछन् ।

विकिपीडियाका लागि गरिने सबै काम निःशुल्क वा स्वयंसेवी कार्य हो । यसको मूल उद्देश्य नै निःशुल्क जानकारी पस्किने भएकाले लेखकहरूले पनि निःशुल्क काम गरेर यसलाई योगदान दिएका हुन् ।

विकिपीडियाहरूमध्ये सबैभन्दा बढी लेख अंग्रेजी भाषामा छन् । यसमा पैंतालीस लाख भन्दा बढी लेखहरू रहेका छन् । ९ वटा भाषाका विकिपीडियामा दशलाख भन्दा बढी लेख छन् । यो दाँजोमा नेपाली भाषामा भएका लेखहरूको संख्या एकदमै न्यून देखिन्छ । यद्यपि दिनानुदिन बढिरहेका प्रयोगकर्ता र तिनीहरूको योगदानले यो संख्यामा वृद्धि भैरहेको छ ।

विकिपीडियामा योगदान
विकिपीडियामा तपाईं हामीले पनि योगदान गर्न सक्छौं । विभित्र विषयमा तपाईंसित भएका जानकारी लेखको रूपमा विकिपीडियामा पोष्ट गर्न सक्नुहुन्छ । यसका लागि इन्टरनेटको जततउस्ररलभ।धष्पष्उभमष्ब।यचन  भत्रे ठेगाना खोली आफ्नो प्रयोग खाता र पासवर्ड लिनुपर्छ । त्यो पासवर्डबाट प्रवेश गरेपछि विकिपीडियामा भएका जुनसुकै लेखको दायाँपट्टि माथि भएको सम्पादन भत्रे लिङ्क क्लीक गरेर सजिलै सम्पादन गर्न सकिन्छ । खाता खोल्ने बित्तिकै समुदायमा भएका स्वयंसेवीहरूले तपाईंलाई मद्दत गर्न थाल्छन् ।

आफ्नो जिल्ला, क्षेत्र, गाउँ, नगर, जातजाति, परम्परा, भाषा, संस्कृति जुनसुकै विषयमा पनि तपाईं लेख पोष्ट गर्न सक्नुहुन्छ । तपाईंको आसपासका स्थान परिचय, रमाइला जात्रा पर्वको जानकारी, जेसुकै पनि विकिपीडियाका लेखको विषय हुन सक्छन् । तर राजनीतिक भाषण, व्यापार, आत्मकथा, धर्मप्रचार सम्बन्धी लेख लेख्न पाइत्र ।

नेपालका भाषाहरूमा विकिपीडियाका लेख कम हुनाका निश्चित कारण छन् । जस्तो देशका धेरैजसो ठाउँमा इन्टरनेटको पहुँच नहुनु, नेपाली भाषामा (यूनिकोडमा) लेख्न मानिसहरू अभ्यस्त नहुनु र विकिपीडियामा जोसुकैले लेख्न मिल्छ भत्रे ज्ञान नहुनु आदि । नेपालका इन्टरनेट प्रयोगकर्ता मध्ये ९० प्रतिशतभन्दा बढीले मोबाइल फोनबाट इन्टरनेट चलाउने गरेको तथ्याङ्क नेपाल दूरसञ्चार प्राधिकरणको छ । सबैसँग नेपालीमा लेख्न मिल्ने मोबाइल फोन हुँदैन त्यसले गर्दा उनीहरूले नेपालीमा लेखहरू पढ्न र लेख्न सक्दैनन् ।

‘एनसेल’ मा विकिपीडिया सित्तैं !

हालसालै नेपालको एउटा मोबाइल कम्पनी एनसेलले शून्य विकिपीडिया अर्थात् विकिपीडिया चलाउँदा नेटको पैसा नलाग्ने सेवा शुरू गरेको छ । अर्को कम्पनी नेपाल टेलिकम पनि यो सेवा शुरू गर्ने तरखरमा छ ।

मोबाइल फोनबाट नेट चलाउँदा स्वाभाविक रूपमा महँगो पर्दछ । यस्तो स्थितिमा शून्य विकिपीडिया गतिलो सेवा बनेको छ । यो सेवा प्रयोग गरेर मोबाइलबाट विकिपीडिया पढ्न मात्र हैन त्यसमा लेख लेख्न र सम्पादन गर्दा पनि इन्टरनेटको पैसा लाग्दैन । मोबाइलबाट लेख लेख्न चाहनेहरूका लागि यो निकै खुशीको कुरा हो ।

विकिपीडियाले हाम्रा स्थानीय भाषामा विश्वकोश लेख्ने अवसर प्रदान गरेको छ । हामीले योगदान गरेर यो विश्वकोशलाई अरू धनी बनाउन; आफ्नो स्थानीय शैक्षिक सामग्रीको विकास, निर्माण र वृद्धिका लागि कार्य गर्न सक्छौं । नेपाली विकिपीडिया धनी भएमा हाम्रो भाषाको सन्दर्भ सामग्री धनी हुनेछ । यसको प्रभाव शैक्षिक क्षेत्रमा प्रत्यक्ष रूपमा अनुभव गर्न सकिनेछ ।

commercial commercial commercial commercial