साढे नौ लाख ‘ड्रप आउट’ कहाँ गए, कसले खोज्ने !

सधैं–सधैं मेरो सपनामा
क्षयका कीटाणु बोकेका
असंख्य टुहुरा केटा–केटी
मेरो अगाडि आउँछन्
र मसँग स्कूलको फीस
पुस्तक किन्ने पैसा
क्रिकेटको ब्याट
र पिताको चुम्बन माग्छन्
र माग्छन् सुरक्षा
र मीठो निद्राले भरिएको रात ।

– भूपि शेरचन÷सधैं–सधैं मेरो सपनामा

एकाएक विनोद हराए, पहिले स्कूलबाट, त्यसपछि परिवारबाट, त्यसपछि त देशबाटै । नेपालको सुदूरपश्चिमका विनोद कीर्तिपुर क्षेत्रको एउटा सार्वजनिक स्कूलमा पढ्दै थिए । ९ कक्षामा फेल भएपछि उनलाई कक्षा दोहो¥याएर अपमानित हुँदै बस्नुको साटो भारततिर भागेर कमाउनु निको लाग्यो होला शायद । अचेल उनी कतै कालापहाडमा पसिना बगाइरहेका हुनसक्छन् ।
विनोद हराएपछि उनका काका र परिवारजनले केही खोजी गरे । राज्यतन्त्र र स्कूलतन्त्र भने विनोदको बहिर्गमनबाट बेखबर नै रहे । केही महीना पहिले ‘कान्तिपुर’ का मकर श्रेष्ठले ‘साढे नौ लाख विद्यार्थी खोइ ?’ भनेर सोधेपछि मलाई पनि झ्ल्याँस्स सम्झ्ना भयो, त्यसरी हराएका विद्यार्थीमध्ये म पनि एक जनालाई चिन्छु भन्ने लाग्यो ।

कक्षा १ मा भर्ना भएका १३ लाख ६१ हजार ७३१ विद्यार्थीमध्ये ४ लाख १९ हजार ३५२ जनाले मात्रै २०७० सालको एसएलसी परीक्षा दिइरहेको देखेर श्रेष्ठले प्रश्न उठाएका हुन्, ‘एक दशकबीच ८ लाख ४२ हजार ३७९ अर्थात् ६९.२० प्रतिशत विद्यार्थी कता पुगे त ?’ वास्तवमा एक कक्षामा भर्ना हुने विद्यार्थीहरूमध्ये ३० प्रतिशत मात्रै १० कक्षामा पुग्ने गरेको र अरूचाहिं हराउने गरेको तथ्यबाट अब धेरै मान्छे अनभिज्ञ छैनन् । नेपाली राज्य, शिक्षा प्रशासन, शिक्षाशास्त्री र शिक्षकहरूलाई त अझ् बढी नै ज्ञान छ, ती ७० प्रतिशत बेपत्ता विद्यार्थी बारे । वर्षमा लगभग १ लाख विद्यार्थी स्कूलबाट हराएको भयावह तथ्यबारे जानकारी राख्नेहरूमध्ये धेरैले सत्य बोल्दैनन् । उनीहरू बुझ्पचाएर बेवास्ता गर्ने वा त्यसका अन्य कारण खोतल्दै हिंड्ने काममा खप्पिस छन् । उनीहरू त वार्षिक रूपमा ४ लाख विनोद जस्ता किशोर र युवा विदेशिएकाले आफ्नो सत्ता र शान्ति सुरक्षित रहेको आत्मरतिमा मग्न हुन्छन् । र, देशभित्रै बस्ने पूर्वविद्यार्थीले पनि आफ्नै कमजोरी, आफ्नै अल्छीपना, आफ्नै बुद्धिहीनताका कारण स्कूलमा फेल भएको र ‘ड्रप आउट’ भएको घोषणा गरेर कुरो टुंग्याइदिन्छ ।

०००

‘स्वस्थ’ मात्रै हेरचाह गर्ने अस्पताल जस्तो स्कूल
नेपालका विद्यार्थीका संगठनहरूलाई पनि ती बेपत्ता पूर्वविद्यार्थीबारे कुनै पत्तो छैन, न त यस्तो शैक्षिकतन्त्रबारे नै कुनै वास्ता छ । तर इटालीका पूर्वविद्यार्थीले भने सन् १९६० को दशकमै ‘शिक्षकहरूको नाममा पत्र’ लेखेर यस्तो शैक्षिकतन्त्रमाथि प्रश्न उठाएका थिए । स्कूलबाट फेल गरिएका र अनेक निहुँमा निकालिएका ती ‘ड्रप आउट’ विद्यार्थीले आफ्नै शिक्षकहरूलाई लामो पत्र लेखेर सोधेका थिए, “कमजोर विद्यार्थीलाई निकाल्दै जाने हो भने तपाईंहरूको स्कूल साँच्चै स्कूल नै रहन्छ ? तपाईंहरूको स्कूल पनि त्यस्तो अस्पताल त बन्दैन, जहाँ स्वस्थ व्यक्तिहरूको हेरविचार गरिन्छ, तर रोगीलाई भने अवहेलना गरिन्छ !” तुस्कान प्रान्तको म्युगेलो जस्ता दूरदराजको गाउँमा बस्ने ८ जना विद्यार्थी र शिक्षकहरूले लेखेका छन्, “गुरुजी, यहाँहरूका स्कूलमा ठूलो समस्या छ । यहाँहरूका स्कूलले कमजोर विद्यार्थीलाई सम्हाल्न सक्दैनन्, सम्हाल्नुको साटो उनीहरूलाई स्कूलबाटै धकेलेर बाहिर निकालिदिन्छन् ।”

यहाँ पनि विनोद जस्ता विद्यार्थी र पूर्वविद्यार्थीले यस्तो प्रश्न सोधे हाम्रा गुरुजीहरूले के उत्तर देलान्, मलाई खुल्दुली भइरहेको छ ।

इटालीको शैक्षिकतन्त्रको गम्भीर खोजपड्ताल गरेपछि बारबियाना स्कूलका ती विद्यार्थीले समाजशास्त्रीय शैलीमा लेखेका छन्, “हरेक वर्ष ४ लाख ६२ हजार बालबालिका तपाईंहरूको अनिवार्य स्कूल छाडेर हिंड्छन् र तपाईंहरू यस्तो दृश्य पनि हेरेको हे¥यै गर्नुहुन्छ । उनीहरू कहाँ बेपत्ता भए, उनीहरूको हविगत के भयो, खोज्न र थाहा पाउन पनि तपाईंहरू निस्कनु हुन्न । तर हामीले उनीहरूलाई निकै नजिकबाट चिनेका छौं । हामीलाई थाहा छ, उनीहरू कहाँ गए भन्ने कुरा ! हामी उनीहरूलाई खेत र कारखानाबाट खोजेर निकाल्ने गर्दछौं ।”

उनीहरूको ठहर छ, “सबैजसो स्कूलको प्रमुख समस्या हो, स्कूल छाड्ने विद्यार्थीको समस्या, ड्रप आउट भएका गियान्नी जस्ता बच्चाका समस्या । प्रत्येक वर्ष साढे चार लाखभन्दा बढी गियान्नीहरू स्कूल छाड्न बाध्य छन् भने तपाईंहरूका स्कूल कसरी सफल भएको मान्ने ? यस्तो स्थितिमा स्कूलसँग सम्बन्धित व्यक्तिहरूमा सबैभन्दा अयोग्य त तपाईंहरू नै हुनुहुन्छ, जसले यति धेरै ठूलो संख्यामा आफ्ना विद्यार्थी हराउनुहुन्छ र तिनलाई खोजेर पत्ता लगाउने जमर्काे समेत गर्नुहुन्न ।” बारबियाना स्कूलका विद्यार्थी तथा शिक्षकहरूले भयावह तथ्य जुटाएर शालीन क्षोभका साथ लेखेका छन्, “मिहिनेतपूर्वक जुटाइएका यी आँकडाले तपाईंहरूको अनुहारतिर हेरेर चिच्याई–चिच्याई भन्दैछन्, लाखौं बालबालिका स्कूल छाडेर भागिरहेका छन्, तर तपाईंहरू भने मौन हुनुहुन्छ । तसर्थ; तपाईंहरू या त मूर्ख हुनुहुन्छ या त पापी !”

गरीब बालबालिका किन र कसरी फेल हुन्छन् ? दुर्गम क्षेत्रका विद्यार्थी (नेपालको सन्दर्भमा दलित, जनजाति, मधेशी र सुदूपश्चिमेली विद्यार्थी) किन र कसरी स्कूलबाट बढी तिरस्कृत हुन्छन् ? यस्ता प्रश्न उठाउने क्रममा बारबियाना स्कूलका बाल–शिक्षकहरूले मजदूरका छोरा गियान्नी र डाक्टरका पुत्र पियरिनोको माध्यमबाट स्कूले शिक्षाको वर्गीय प्रकृति र विभेदकारी चरित्र उजागर गरेका छन् । डाक्टरका पुत्र पियरिनो कक्षामा हिच्किचाहटविना बोल्न सक्छन्, कहिलेकाहीं त अचाक्ली वाचाल हुन्छन् । मध्यम वर्गीय स्वार्थको सेरोफेरोमा बनाइएका किताब, पाठ्यक्रम, परीक्षा र संस्कृतिका कारण उसलाई बोल्न र उत्तीर्ण हुन सहज थियो । तर विश्व, इतिहास, विज्ञान र भूगोलबारे उसको ज्ञान सीमित थियो, वास्तविकतासँग त जोडिएकै थिएन । उता गियान्नीको मुखमा भने ताल्चा मारिएको थियो । बोल्दा पनि रेडियोलाई ‘राडा’ भन्थे भने किताब बाहिरको संसारबारे तिनको ज्ञान बलियो थियो । तर गियान्नी पटक–पटक फेल भएर कक्षा दोहो¥याउन बाध्य थिए भने पियरिनो कक्षा चढ्दै अन्ततः हाईस्कूल पुग्न सफल भए । ३० जना बच्चामध्ये तीन जना मात्रै (पियरिनोसँगै समृद्ध व्यापारीकी छोरी मारिया र अध्यापिकाकी छोरी अन्ना) हाईस्कूल गए । फेल भएका विद्यार्थीको गुनासो थियो, यिनीहरूभन्दा बढी बच्चा पनि उच्च स्कूलमा गएको भए के फरक पथ्र्याे ? पहिलो कक्षामा भर्ना भएका ६ लाख ८० हजार बच्चामध्ये गरीब मात्रै किन अनुत्तीर्ण हुन अभिशप्त भए ? वास्तवमा उनीहरूका स्कूल त एउटै वर्गको स्कूल रहेछन् । ती स्कूलले त अगाडि बढ्न धन खर्च गर्न सक्ने वर्गको मात्रै सेवा गर्ने रहेछन् । धनीहरू त वर्गवादी शिक्षालाई नै वर्गनिरपेक्ष शिक्षा भन्ने रहेछन् !

०००

रातो कलमको साटो कोर्रा लिनुस् गुरुजी !
वास्तवमा बारबियाना स्कूलका केटाकेटीको बुझइमा केटाकेटीपना थिएन । ती गरिखाने श्रमिकका बालबालिकाले त मध्यमवर्गउन्मुख शिक्षाको पोल खोल्दै पत्र लेख्ने क्रममा किताबै लेख्न भ्याएका रहेछन् । शिक्षाशास्त्री कृष्णकुमारले भने झ्ैं, त्यस पत्रमय किताबमा उनीहरूले विभिन्न ठोस प्रमाणका आधारमा राम्ररी देखाएका छन्, शिक्षाको प्रक्रिया निष्पक्ष छैन ।

शिक्षाको सामाजिक चरित्र सम्पन्न वर्गको जीवन–शैली र शक्तिद्वारा कुँदिएको छ । स्कूलको पाठ्यक्रम र कक्षाको दैनिक कार्यक्रमले पनि सम्पन्न वर्गका स्वार्थ अक्षुण्ण राख्नमा सूक्ष्म तर लगभग अदृश्य भूमिका खेल्छन् । शिक्षकहरूको स्वाभाविक व्यवहार पनि यही भूमिकाबाटै निःसृत भएको हुन्छ । आफूहरू सामाजिक अन्यायको औजार भइरहेको तथ्य उनीहरूलाई प्रायःजसो थाहै हुँदैन । र त उनीहरू ‘नराम्रा छात्रछात्रालाई पास गर्नु भनेको राम्रा विद्यार्थीलाई अन्याय गर्नु हो’ भन्ने तर्क राख्दै कमजोर विद्यार्थीहरूको कापीमा शून्य वा बेठीक चिन्ह राख्दै ‘निजी आनन्द’ उपभोग गर्नमा मस्त हुन्छन् ।

शिक्षक समुदायलाई बारबियाना स्कूलका विद्यार्थीहरूको अनुरोध छ– ‘आफ्नो रवाफ कायम राख्न हातमा केही राखिछाड्ने सोख भए कोर्रा लिएर बस्नु भए हुन्छ, तर रातो कलमचाहिं कुनै पनि हालतमा नलिनुहोला । तपाईंहरूको कलमबाट बन्ने रातो चिन्हका कारण हामी एक वर्षसम्म दण्डित हुनुपर्छ, कोर्राको निशानचाहिं एक–दुई दिनमै मेटिन्छ ।’

पत्रमा सोधिएको छ, “तपाईंहरूको पढाइबाट कसलाई लाभ प्राप्त भइरहेको छ ? स्कूललाई यति अरुचिकर बनाउँदा, गियान्नी जस्ता बच्चाहरूलाई स्कूलबाट तिरस्कृत गर्दा तपाईं के उपलब्धि हासिल गर्नुहुन्छ ? के तपाईंलाई पियरिनोका अभिभावक वा आफ्ना सहकर्मी वा शिक्षा अधिकारीहरूको डर लाग्छ ?” एक प्रिन्सिपलले आफ्नो रिपोर्टमा लेखेका छन्, “यी बच्चाहरूलाई कक्षा चढाइयो भने स्कूलको प्रतिष्ठामा धब्बा लाग्छ ।” तर यसबारे विद्यार्थीको प्रश्न र उत्तर छः “स्कूल भनेको के हो ? हामी नै स्कूल होइनौ र ? स्कूलको सेवा गर्नु भनेको हाम्रै सेवा गर्नु होइन र ?” मलाई लाग्छ, उनीहरूको जिज्ञासाको उत्तर हाम्रा लोकतान्त्रिक र प्रगतिशील साइनबोर्डधारी शिक्षक संगठनहरूले पनि खोज्नुपर्छ, आफूलाई न्यायपूर्ण र लोकतान्त्रिक ठान्ने राज्यले जस्तै ।

०००

राज्यका वेतनभोगी एजेन्टहरूले सोच्ने हो कि ?
आजसम्मका बुझइ र व्यवहारले भन्छन्, शिक्षक, प्रिन्सिपल र शैक्षिक प्रशासकको मात्रै होइन, अभिभावक र विद्यार्थीको दृष्टिमा समेत स्कूल भनेको भिन्नै संरचना हो, जहाँ कमजोर विद्यार्थीलाई कुनै स्थान हुँदैन, जहाँ बेठीक उत्तरका लागि कुनै ठाउँ हुँदैन, जहाँ अयोग्यता र असफलताका लागि पनि कुनै धरातल हुँदैन । यस अर्थमा गियोन्नी÷विनोद जस्ता विद्यार्थीलाई वर्गवादी स्कूलले सडकमा धकेल्नु (‘पुस’) र विषम समाजले सडकमा तान्नु (‘पुल’) पक्कै पनि अस्वाभाविक होइन । ‘पुस–पुल’ ९उगकज(उगिि० को शैक्षिक राजनीतिकै कारण लाखौं गियोन्नी÷विनोद शिक्षाबाट वञ्चित बनाइन्छन् । यस अर्थमा यस्तो राजनीतिले ग्रस्त स्कूल नै लाखौं बच्चाहरू ‘ड्रप आउट’ हुनुको मुख्य कारकतत्व हो । यसबारे हाम्रा गुरुजीका संस्थालगायत विद्यार्थी संगठनले पनि आफ्नो अनुभवमा आधारित जवाफ खोज्न ढीलो भइसकेको छ ।

संयोगवश, इटालीकै चिन्तक अन्तोनियो ग्राम्सीले शिक्षकहरूलाई राज्यका वेतनभोगी एजेन्टको रूपमा चित्रित गरेको तीतो सत्य हेक्का राख्न लायक देखिन्छ । उनको ठहर छ, राज्यको सामाजिक चरित्र परिवर्तन नगरिकन उनीहरूको भूमिका पनि बदलिंदैन । नेपाली राज्यको पुनर्संरचना गर्ने र चरित्र बदल्ने ठेक्का पाएका दलहरूले यसबारे कुनै भिन्न सोचाइ राख्छन् या राख्दैनन्, मलाई थाहा छैन ।

राज्यको पुनर्संरचना गर्दै त्यसको चरित्र बदल्ने काम गर्न नसकेसम्म के गर्ने त ? यसबारे बारबियाना स्कूलका १३–१५ वर्षका बाल–शिक्षकहरूले भने शिक्षकहरूलाई आफ्नो अनुहार हेर्न र व्यवहार बदल्ने हाँक दिंदै सम्भावनाको सानो ढोका खोल्न खोजेका छन् । उनीहरूले शिक्षकहरूलाई सुखद् हाँक दिएका छन्ः

‘तपाईं शिक्षकहरू; सबै बच्चा हरेक विषयमा अब्बल आऊन्् भन्ने चाहनुहुन्छ भने तपाईंहरूले आफ्नो सम्पूर्ण कौशलसहित आफूलाई यही काममा चुर्लुम्म डुबाउनुपर्छ । त्यतिखेर मात्रै तपाईंहरूले देख्नुहुनेछ, गियान्नी तपाईंहरूले सम्झ्े–बुझ्े जस्तो बुद्धू होइनन् रहेछ । त्यतिवेला तपाईं उनका लागि लड्नु हुनेछ, उसलाई अगाडि लैजान तपाईंले जीउज्यान लगाएर कोसिस गर्नुहुनेछ । तपाईं त्यस्ता तरीका पनि खोजबिन गर्नुहुनेछ, जसले गियान्नीको प्रतिभालाई निखार्नेछ । ऊ गयल भएमा तपाईं खोज्न जानुहुनेछ । बेपत्ता भएमा हारगुहार गर्नुहुनेछ । तपाईं आरामसँग बस्नै सक्नु हुने छैन । किनभने तपाईं आरामसँग बस्नुको अर्थ हुनेछः गियान्नी स्कूलबाट धकेलिएर सडकमा पुग्नु, ऊ ‘ड्रप आउट’ हुनु । यस्तो भयो भने स्कूल स्कूल कहलिन लायक रहने छैन ।”

commercial commercial commercial commercial