‘क्यास’ को दुरुपयोग बन्द गरौं !

शुरूका दिनमा ‘क्यास’ लागू हुँदा यो झ्न्झ्टिलो, बोझ्लिो र विद्यार्थी कसरी जान्ने होला भन्दै तालिम, गोष्ठीमा रडाको मच्चाउने हामी शिक्षक नै थियौं । आज ‘क्यास’ का बारे कतै कोहीबाट टीकाटिप्पणी भएको पाइँदैन । यसको कारण हामीलाई यत्ति सजिलो भएछ कि विद्यार्थी फेल गर्न हुन्न भन्ने भ्रममा ‘क्यास’ का सूचक र मापकको बेवास्ता गरी उत्तीर्णदर मात्र उच्च देखाइरहेछौं ।

सामान्यतः साना–साना कक्षामा भर्नाका लागि आउने बालबालिका अबोध र निरक्षर मात्र हुँदैनन्, कलिलो मन मस्तिष्कका कारण सीधै शैक्षणिक क्रियाकलापमा होम्न खोज्दा उसले ज्यादै कष्ट र बोझ्को अनुभव गरेको हामी शिक्षकले भोग्दै आएको समस्या हो । समयानुकूल पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि, पद्धति र परीक्षा प्रणालीमा फेरबदल हुनु अस्वाभाविक होइन, सहजपूर्ण उपायद्वारा दिगो, विश्वसनीय र भरलाग्दो सिकाइ र मूल्यांकन होस् भनी क्रमिक रूपमा कक्षा र तहगत रूपमा पूर्ण र आंशिक तवरले निरन्तर मूल्यांकन प्रणाली लागू भएको दशक बित्न लाग्यो । शुरूका दिनमा ‘क्यास’ लागू हुँदा यो झ्न्झ्टिलो, बोझ्लिो र विद्यार्थी कसरी जान्ने होला ? भन्दै तालिम, गोष्ठी, भेलामा र विद्यालयमा रडाको मच्चाउने हामी शिक्षक नै थियौं ।

आज ‘क्यास’ का बारेमा कतै कोहीबाट टीकाटिप्पणी भएको पाइँदैन । यसको कारण हामीलाई यत्ति सजिलो भएछ कि विद्यार्थी फेल गर्न हुन्न भन्ने भ्रममा ‘क्यास’ का सूचक र मापकको बेवास्ता गरी रेजा दिनमा मात्र जोड गरी उत्तीर्णदर मात्र उच्च देखाइरहेछौं । हाम्रो बुझइले सार्थकता नपाएर भनौं भने यत्तिका वर्ष यसरी नै विताएछौं ।

वास्तवमा ‘क्यास’ को मर्म र भावना विद्यार्थी फेल नगर्नु भन्दा पनि तह, उमेर र क्षमता अनुसार शिक्षण उद्देश्य पूरा हुने गरी विविध विधि र क्रियाकलापको चयन गरी अबोध र कच्चा मन मस्तिष्कका बालबालिकाको मनोभावनामा ठेस नपु¥याई ऊभित्र भएको इच्छा, भावना, रुचि र क्षमतालाई मौलिक ढंगले निर्धक्कसँग उजागर गर्न दिई सिकाइ क्षमताका आधारमा तत्कालै र ‘क्यास’ का मापदण्डहरूको अधीनमा रहेर रेजाको निर्धारण गरी विद्यार्थीमा आएको सिकाइ परिवर्तन र सक्षमताको अभिलेखीकरण दुरुस्त राख्नु हामी शिक्षकको दायित्व हुँदोरहेछ । परीक्षारूपी भुङ्ग्रे ज्वरोले कलिला नानीहरूलाई नसताओस् अनि सिकाइ क्रियाकलापका साथ शिक्षकसँग रमाउँदै हाँसखेल गर्दागर्दै उसमा आएका परिवर्तन, सीप र क्षमताको मूल्यांकन र मापन नै उदार कक्षोन्नतिको आधार बनोस् भन्ने पो ‘क्यास’ को उद्देश्य हँुदोरहेछ । यो प्रणाली आफैंमा दोषी देख्नु आफैं दोषी हुनु रहेछ ।

आज धेरै ठाउँमा धेरै विद्यालयहरूमा शिक्षकबाटै जानेर वा नजानी ‘क्यास’ को ठाडै उल्लङ्घन भइदिनाले शैक्षिक क्षतिको खाडल दिनदिनै चौडा बन्दैछ । साना साना नानीहरूमाथि आफ्नो निर्देश, आदेश र हप्कीदप्की अघि सारी हामीमा भएका सबै ज्ञान, बुद्धि आजको भोलि नै जस्ताको त्यस्तै सार्न खोज्नुलाई हामी शिक्षा दिनु ठान्दै आइरहेका छौं । शिक्षा एकबाट अर्कोमा सर्लक्कै सर्ने कुरा रहेनछ । शिक्षा र सिकाइ त त्यो हो, जसले सहयोगीको सहयोग लिई आफैंले सिकेका केही न केही नवीन सीप, कला र सिकाइलाई विवेकपूर्ण तवरले व्यवहारमा प्रयोग गर्न सकोस् । तर आज हामी शिक्षकले मात्र एकोहोरो बोेलेर यो वा त्यो गर्नै पर्छ, सिक्नै पर्छ, जान्नै पर्छ भन्ने जबरजस्ती शिक्षण गर्ने प्रवृत्तिले बालबच्चाको भावनामा चोट पुगेको रहेछ । त्यसैको परिणामस्वरुप आज पाँच कक्षा पार गर्दा पनि सामान्य लेखपढ गर्न नसकी धेरै विद्यार्थी बीचैमा स्कूल छोड्ने जस्ता कटुसत्य कसैले छोपेर छोपिन्न । सिकाएर जान्ने पार्नुभन्दा रेजाको मात्रा जोड–घटाउ गर्नमा हामी माहिर बनेछौं । रेजा र पासलाई पर्यायवाची शब्द जस्तै ठानेछौं, बरु सिकाइ र सिकिसकेपछि मात्र रेजा भन्ने हेक्का राखेको भए काम सुल्टो बन्नेथ्यो । सिकाउन मिहिनेत गर्नुभन्दा फेल चाहिं पार्न हुन्न भन्ने होहोरेमा लाग्दै उत्तीर्णदर उच्च देखायौं तर गुणस्तर र उपलब्धिलाई खोक्रो बनाएछौं । के–कस्ता उपाय र जुक्ति लगाउँदा सिकारुले सिक्न नसकेका कुरा सिक्न सक्छ भन्नेतिर सोचविचार गर्नै सम्झ्ेनछौं ।

“शिक्षा कहिल्यै सिकाएर र सिकेर नसकिने, निरन्तर चल्दै जाने प्रक्रिया हो” भन्ने विद्वान्हरूको कथन नसुन्ने विरलै हौंला । मानव जातिको अस्तित्व रहेसम्म यो प्रक्रिया चलिरहने रहेछ । यस्तो अविरल चल्ने प्रक्रियालाई हामी कसैले तोडमोड गरी अनर्थताका साथ प्रयोग गर्न खोज्नु व्यर्थ हुने रहेछ । विद्यालयमा आएका मसिना बालबच्चा के–कस्तो रहनसहन र सामाजिक परिवेशबाट आएका छन् भन्ने कुराको हेक्का विद्यालय, शिक्षकले गहिरिएर राख्नुपर्छ । उसको उमेर, रुचि, चाहना र भावना बुझने कोशिशै नगरी सतही रूपमा आफ्ना मात्र सारा ज्ञान एकैचोटि थोपर्न खोज्ने प्रवृत्तिका कारण बालक पढाइ सिकाइबाट झ्स्किंदो रहेछ ।

सिकाइ करले होइन रहरले मात्र हुँदोरहेछ । रमाइलो बालमैत्री भावनाका साथ खेल, ठट्टा, मनोरञ्जन र हाँसी–खुुशीमा रमाउँदै उसैलाई भरपूर सहभागी गराउँदै, शिक्षकले अघि सारेका क्रियाकलापलाई सिकाइसँग गाँस्न सक्ता पक्कै पनि बालकले केही सिक्न सक्छ । त्यही सिकाइको स्तरका आधारमा रेजाद्वारा मापन गर्दा ‘क्यास’ को  दुरुपयोग हुनै सक्तैन । सिकाउने काम निकै कठिन र चुनौतीपूर्ण छ । तर यसैलाई पेशा, व्यवसाय रोजिसकेपछि हामीले अलिक बढी मिहिनेती र कार्यभारप्रति संवेदनशील भइदिंदा निरन्तर मूल्यांकन प्रणाली ९ऋब्क्० अपाङ्ग हुन पाउँदैन र उदार कक्षोन्नतिले विद्यार्थीको सिकाइमा कमी–कमजोरी आउँदैन ।

सार रूपमा मेरो बुझइ के भने– बालबालिकालाई सिक्न कठिन र असहज भएका पाठ्यपुस्तकभित्र रहेका कुरा पत्ता लगाई हाम्रो विवेकले के कस्ता जुक्ति–बुद्धि लगाएर सरल र सरस ढंगले शारीरिक र मानसिक कष्ट विना नै दिगो धारणा दिन सकिन्छ र प्राप्त उपलब्धिका आधारमा रेजा अंकद्वारा मापन गरिसकेपछि मात्र अर्को पाठ्यपुस्तकमा प्रवेश गर्नु उपयुक्त हुने रहेछ ।

कक्षाका सबैले सिकून् वा नसिकून्, अनि कसरी बुझउँदा के कति सुधार आयो भन्ने कुराको छेउछाउमै नपुगी रेजा, अंक दिंदै पाठ बढाउँदै गर्र्दा आफ्नो काम त छोटिंदै जाला तर कमजोर विद्यार्थीले हासिल गर्नुपर्ने उपलब्धि र गुणस्तर माटोमा मिल्दो रहेछ । यो अपूरणीय शैक्षिक क्षति हो । विद्यार्थीको सिंगो भविष्य निष्पट्ट अँध्यारो जस्तो हुनु हो । अब ‘क्यास’ लाई जीवन्त बनाउन र सिकाइमा सुधार ल्याउन पुरानै पाराको अन्त्य गरी कक्षाकोठाभित्रैबाट ‘क्यास’ को सही प्रयोगको थालनी गर्न कसैलाई नसोधौं । हुन त सिकाइमा कमजोर भएका विद्यार्थीहरूलाई शिक्षकले नजिकबाट राम्ररी नचिनेको होइन, केवल सिकाउने काइदा र सीपको मात्र अभाव भएको रहेछ ।

आज शिक्षाको स्तर नउक्सिनुमा सबैले शिक्षकको मात्र दोषदेखि एकलौटी घोच मारिरहनु पनि अन्याय हुन जान्छ ।

अभिभावकले पनि सामुदायिक विद्यालय जाने नानीहरूको पढाइ सिकाइप्रति चासो नदेखाउनु, आवश्यक सामग्री बन्दोबस्तमा हेलचेक्र्याइँ गर्नु, शिक्षकसँग नियमित आफ्ना नानीहरूको गतिविधिबारे चर्चा नचलाउनु, नियमित विद्यालय नपठाई पास मात्रको अपेक्षा राख्नु, विद्यालयबाट पनि सिकाइसँग सरोकार राख्ने सामग्री र भौतिक व्यवस्थापनको यथोचित बन्दोबस्तमा कमी–कमजोरी हुनु साथै शिक्षासँग सम्बन्धित निकायहरूबाट प्रभावकारी नीति, निर्देशन, नियमित अनुगमन र मूल्यांकन जस्ता कारक तत्वहरूका अभावले शिक्षा लिने–दिने कार्यमा भारी असर पर्दै आएको छ । यस्ता दोष र कमजोरीको भागीदार सबैले बन्नु नै पर्छ । जिम्मेवारी लिने कोही कसैले गति नछोड्दा उद्देश्य प्राप्तिमा कठिन नहोला । भावी दिनहरूमा यिनै तथ्यहरूलाई कार्यान्वयन गर्न सकेको खण्डमा निरन्तर मूल्यांकन प्रणाली अभिशाप होइन, वरदान बन्न सक्ला ।

श्री कमला मदन आश्रित स्मृति उमावि, तोपगाछी–८, झपा

commercial commercial commercial commercial