...ती शिक्षक –कैलाश बृजवासी

सन् १९७३, जुलाईको कुरा हो । त्यसवेला म १० वर्षको थिएँ । भर्खरै मेरो स्कूल फेरिएको थियो । नयाँ स्कूलको वातावरण शुरूमा मलाई पटक्कै मन परेको थिएन । जुन स्कूलबाट म आएको थिएँ त्यहाँ कडा अनुशासन थियो । पढाउनेहरू पनि सबै ‘सिस्टर’ थिए । कुइरेका जस्ता लुगा लगाउँथे । यो स्कूलमा भने सारी लगाउने गुरुआमा, धोती लगाउने गुरुहरू थिए । यस्ता लुगा लगाउने मान्छेले पनि पढाउने काम गर्न सक्ता रहेछन् भन्ने थाहा पाउँदा म छक्क परेको थिएँ ।

म कक्षा–५ मा भर्ना भएको थिएँ । यति ठूलो स्कूल देखेर अनौठो लाग्थ्यो । स्कूलबस कक्षा भन्दा निकै टाढा रोकिन्थ्यो । बसबाट उत्रेर साथीहरूसँग आफ्नो कक्षामा आएको अनि दिनभरि कति वेला छुट्टी होला भनेर पर्खेको कहिल्यै बिर्सन्नँ । एउटा घण्टी सकिनासाथ साथीहरू बाहिरतिर दगुर्थे र अर्को शिक्षक नआउन्जेल चकचक गरिरहन्थे । म चाहिं आफ्नै बेन्चमा बसिरहेको हुन्थें । पहिलेको स्कूलबाट मैले यही सिकेको थिएँ— समयमा पानी पिउनु, समयमा बाहिर जानु, हल्ला नगर्नु आदि आदि । यहाँ कक्षामा हुने होहल्लाले म आत्तिन्थें ।


एक दिन गणितका शिक्षक ब्ल्याक बोर्डमा कुनै हिसाब गर्दैथिए, म निदाएछु । आँखा खुल्दा त शिक्षक मेरा सामु उभिइरहेका र सिंगै कक्षा हाँसिरहेको ! शिक्षकले भने– ल आऊ, बाहिर जाऊँ !’ बाहिर आएपछि फेरि भने, ‘हेर न, मलाई पनि निद्रा लागिराखेको थियो । हामी एक छिन सँगसँगै दौडिऊँ ।’

त्यसवेला मलाई पटक्कै मन नपरेको अर्को कुरा पनि थियो । त्यो के भने, हरेक विषय वेग्लावेग्लै शिक्षकले पढाउँथे । पहिलेको स्कूलमा, एउटै ‘सिस्टर’ ले सबै विषय पढाउँथिन् । त्यसैले होला, त्यहाँ मलाई सबै विषय उत्तिकै मन पर्थे । तर यो स्कूलमा ती विषय मात्र मन पर्न थालेका थिए जुन विषयका शिक्षकको व्यवहार मलाई मन पथ्र्यो । कुरो अलिक अनौठो जस्तो लाग्न सक्छ, तर मलाई लाग्छ— यसको प्रभाव पछि गएर मेरो ‘करिअर’ मा पनि पर्‍यो ।

स्कूलमा विज्ञान पढाउने घर वेग्लै थियो । तर विज्ञानको घण्टी प्रायः खाली हुन्थ्यो । त्यसैले त्यो घण्टीमा हामी एउटा ठूलो रूखमुनि खेल्थ्यौं । कुनै कुनै दिन विज्ञानका शिक्षक कक्षा लिन आउँथे । त्यतिवेला हामीलाई खूब रीस उठ्थ्यो । किनभने त्यसवेला हाम्रो खेल्ने मूड हुन्थ्यो ।

चित्रकलाका शिक्षकले कक्षामा हामीलाई भने; ‘ऊ, त्यो भित्तामा कागज राखेको छ र टेबुल माथि रंग । चाहिए जति कागज र रंग लेऊ र मन लागे जति चित्र बनाऊ ।’ त्यसभन्दा अघि कहिल्यै यस्तो भएको थिएन । चित्रकला विषयसँग मेरो नाता त्यसै दिनदेखि ज्यादै गहिरोसँग जोडियो । भावना अभिव्यक्त गर्ने यति सहज अवसर मैले अरू कुनै पनि विषयमा पाइनँ ।

सामाजिक शिक्षाका शिक्षकलाई एक दिन मैले बनाएको सूर्य र पृथ्वीको चित्र एकदमै भद्दा लागेछ । तिनले पूरै कक्षाका सामु कापी मेरो मुखमा हुर्‍याइदिए । त्यो घटनापछि म निकै दिनसम्म स्कूल गइनँ । जान थालेपछि पनि टाउको उठाएर ती शिक्षकको अनुहार हेर्न सकिनँ । अरू त अरू, ब्यागबाट सामाजिक शिक्षाको किताब निकाल्दा र राख्ता पनि म झस्किन्थें  ।  तपाईंलाई पत्यार नलाग्ला, तर यो घटनापछि पनि म आठ वर्षसम्म त्यही स्कूलमा थिएँ, कैयौंपल्ट ती शिक्षकसँग मेरो जम्काभेट पनि हुन्थ्यो, परन्तु नमस्कार गर्नु त परै जाओस्, उनलाई देख्नासाथ म अर्कैतिर लाग्थें ।

हरेक दिन बिहान प्रार्थनाभन्दा अघि झण्त्तोलन कार्यक्रम हुन्थ्यो । त्यसवेला व्यायाम र कहिलेकाहीं शारीरिक सफाइको निरीक्षण पनि हुन्थ्यो । ६ कक्षामा हुँदाको कुरा हो । एक दिन हिन्दीका शिक्षकले मेरो कपाल लामो भएका कारण मलाई लाइनबाट बाहिर निकाले र सबैका सामु जोडसँग जगल्ट्याए । त्यसो त मलाई मात्र लाइनबाट निकालिएको थिएन, कपाल लामो हुने अरू चार–पाँच केटाहरूलाई पनि निकालिएको थियो । तर, सजाय मलाई मात्र दिइएको र फोहोरी शब्दमा गाली पनि गरिएकाले ती शिक्षकप्रति मेरो मन सदाका लागि वितृष्णाले भरियो ।

संस्कृत नै त्यस्तो विषय थियो, जसको सबैभन्दा बढी गिल्ला गरिन्थ्यो । सबै विद्यार्थी व्यंग्यात्मक शैलीमा संस्कृतका वाक्य बोल्ने गर्थे । तर फेरि संस्कृतकै कक्षामा बस्न हामीलाई मजा लाग्थ्यो । कारण स्पष्ट थियोः संस्कृत पढाउने महिला शिक्षकको व्यक्तित्व । उनको बोली वचन राम्रो थियो र व्यवहार पनि स्नेहपूर्ण हुन्थ्यो । हामीले संस्कृत र उर्दूमध्ये एउटा विषय लिनुपथ्र्यो । शिक्षकको व्यक्तित्वको प्रभाव हेर्नोस्— उर्दू विषय एक–दुई जनाले मात्र लिन्थे । किनभने उर्दू पढाउने शिक्षक बूढा, भद्दा जीउका र रिसाहा अनुहारका थिए । हामी आपसमा कुरा गथ्र्यौं, संस्कृत पढाउने मिसले नै उर्दू पढाए, उर्दू पढ्न कति मजा आउँथ्यो होला !

स्कूलमा छँदा म खास गरी दुइटा ‘पिरियड’ को विशेष प्रतीक्षा गर्थें । एउटा टिफिनको छुट्टी (डेढ घण्टाको) र अर्को सबैभन्दा पछि आउने खेलको घण्टी । टिफिनका वेला हामी थरी–थरीका खेल खेल्थ्यौं, तर खेलको घण्टीको कुरा फरक हुन्थ्यो । त्यसवेला खेलाइने फूटबल, हकी, बास्केटबल, भलिबल आदि खेलहरूमध्ये हामीले एउटा खेल छान्नुपथ्र्यो र वर्षभरि त्यही खेल्नुपथ्र्यो । अर्को खेल खेल्न पाइँदैनथ्यो । त्यो इच्छा हामी टिफिनका वेला आफूलाई मन पर्ने खेल खेलेर पूरा गथ्र्यौं । खेल शिक्षक असाध्यै कडा हुन्छन्, उनीबाट डराउनुपर्छ भनिन्थ्यो । उनी निकै कडा अनुशासनका साथ खेल खेलाउँथे पनि । तैपनि उनी हामीलाई ज्यादै मन पर्थे । किन ? यसबारे शायद अनुसन्धान नै गर्नुपर्ला । मलाई लाग्छ, विद्यार्थीसँग एक प्रकारको दूरी कायम राखे पनि खेल खेलाउँदा झल्किने उनको आत्मीयताका कारण यस्तो भएको हुनुपर्छ ।

छैटौं कक्षामा विज्ञान पढाउने मिसले पहिलो दिन नै मेरो मनमा जुन डर बसाइदिइन् त्यो आजसम्म कायम छ । “म तिमीहरूलाई विज्ञान पढाउँछु । कक्षामा हल्ला गरेको मलाई पटक्कै मन पर्दैन । मैले पढाउँदा कसैले चुइँक्क गर्ने होइन । नत्र म तुरुन्तै कक्षाबाट निकालिदिन्छु”, उनले भनेको कुरा मलाई अहिलेसम्म याद छ । एक दिन बेन्चमा सँगै बसेको साथीसँग पेन्सिल कटर मागेको निहुँमा मलाई उनले कक्षाबाट निकालिदिइन् र पूरै एक हप्ता कक्षामा पस्न दिइनन् । यो घटना मलाई ज्यादै पीडा दिने खालको थियो । अरू कक्षामा जाने कुरा भएन; पूरै एक हप्ताभरि आफ्नो कक्षाको ढोका बाहिर उभिएर बिताउनु—बिर्सन खोज्दा पनि बिर्सन सकिने घटना कहाँ हो र ? दश कक्षासम्म हामीलाई तिनै मिसले पढाइन् । तर, तिनले पढाएका कारण विज्ञान र पछि रसायनशास्त्रलाई मैले आफ्ना शत्रु जस्तै ठान्न थालें ।

हामी ६ कक्षामै छँदा एक जना नयाँ मिस आइन् । उनले हामीलाई अंग्रेजी र चित्रकला दुवै विषय पढाउन थालिन् । पहिलो दिन नै उनले भनिन्, ‘तिमीहरू किन यसरी चूपचाप बसेका ? यस्तो कक्षा मलाई मन पर्दैन । म पनि कुरा गर्छु, तिमीहरू पनि कुरा गर, अनि पो पढाइमा मजा आउँछ ।’

भोलिपल्टदेखि हामी तिनै मिसको कक्षा कहिले आउला भनेर पर्खिरहेका हुन्थ्यौं । दुई–चार जनालाई मात्र होइन, कक्षाका सबै विद्यार्थीलाई उनले उत्तिकै माया गर्थिन् । त्यसको महत्व के हो भन्ने मलाई धेरै पछि मात्र थाहा भयो ।

इतिहास र सामाजिक शिक्षा पढाउने मिस पनि लगभग यस्तै थिइन् । एक दिन उनले भनिन्, ‘तिथि–मिति र साल–संवत्का कारण तिमीहरूलाई इतिहास गाह्रो लाग्छ भने तिनलाई वास्ता नगर । इतिहासका घटनालाई कथा जस्तो ठानेर पढ । पछि परीक्षामा लेख्दा तिथि–मिति तलमथि परे पनि म नम्बर काट्ने छैन ।’ कुरा त शायद सानै थियो, तर यसले हाम्रा निम्ति कठिन इतिहासलाई एकदमै सरल बनाइदियो । इतिहास यति राम्रो लाग्यो, मैले स्नातक तहसम्म इतिहास विषय छोडिनँ ।

नौ कक्षादेखि हामीले विशेष विषय लिनुपथ्र्योः विज्ञान र गणित, विज्ञान र जीवविज्ञान अथवा आर्टस्मध्ये एउटा । विडम्बना हेर्नोस्, नचाहँदा नचाहँदै पनि मैले विज्ञान र गणित विषय लिनुपर्‍यो । आमा–बुबाले मलाई इन्जिनियर बनाउन चाहेर त्यो विषय लिन दबाब दिएका पनि होइनन् । यस मामिलामा त म निकै भाग्यमानी थिएँ । किनभने यही विषय पढ्नुपर्छ भनेर उहाँहरूले कहिल्यै दबाब दिनुभएन । कुरो के पर्‍यो भने मेरा नजिकका सबै साथीले विज्ञान र गणित लिए, अनि त साथीहरूसँग छुट्टिनुपर्ला भनेर मैले पनि त्यही विषय लिएँ ।

तर, जब कक्षा ९ को पढाइ शुरू भयो, विज्ञान पढाउने उही ‘कठोर मिस’ पाउँदा म निराश भएँ । विज्ञान र गणित दुवै कठिन लाग्न थाले । रसायनशास्त्रको प्रयोगशालामा पसेको पहिलो दिन नै मिसले हामीलाई ल्याबमा हुनसक्ने दुर्घटना र खतराहरूका बारेमा यति विस्तारपूर्वक बताइन्, त्यसपछि जम्मै उपकरण डरलाग्दा देखिन थाले । ट्यूबमा कुनै केमिकल हाल्दा त झ्न् बढी डर लाग्थ्यो । आफ्नो फाइलमा प्रयोगसँग सम्बन्धित चित्र बनाउन मात्र मन पथ्र्यो ।


विज्ञान पढाउने मिसले पहिलो दिन नै मेरो मनमा जुन डर बसाइदिइन् त्यो आजसम्म कायम छ । “म तिमीहरूलाई विज्ञान पढाउँछु । कक्षामा हल्ला गरेको मलाई पटक्कै मन पर्दैन । मैले पढाउँदा कसैले चुइँक्क गर्ने होइन । नत्र म तुरुन्तै कक्षाबाट निकालिदिन्छु”, उनले भनेको कुरा मलाई अहिलेसम्म याद छ । तिनले पढाएका कारण विज्ञान र पछि रसायनशास्त्रलाई मैले आफ्ना शत्रु जस्तै ठान्न थालें ।

बीच–बीचमा केही सोध्न मन लाग्थ्यो । तर मिसको डरले गर्दा कसैले केही सोध्दैनथ्यो । हामी आपसमा सोधपूछ अवश्य गथ्र्यौं तर प्रयोगशालाबाट बाहिर निस्केपछि । अँ, त्यसवेला ल्याब असिस्टेन्ट पनि भर्खरै भर्ना भएका थिए र उनी पनि हामी जस्तै प्रयोगशालाको चालचलन सिक्तैथिए । यसैले होला, उनी हामीसँग मित्रतापूर्ण व्यवहार गर्थे । वेलाबखत हामी उनैलाई केही सोध्थ्यौं ।

स्कूलमा भौतिक विज्ञान र रसायनशास्त्रका प्रयोगशाला सँगसँगै थिए । भौतिक विज्ञानको प्रयोगशालामा भने हामी खूब मजासँग, आपसमा छलफल गर्दै प्रयोग गथ्र्यौं । किनभने, यस विषयका शिक्षक खूब रमाइला थिए । उनी आफ्नै पारामा रमाएर पढाउँथे र हामीलाई पनि रमाइलोसँग काम गर्न दिन्थे ।

भौतिक विज्ञानको प्रयोग गर्दा कहिलेकाहीं त यति हल्ला हुन्थ्यो, पल्लो प्रयोगशालाबाट रसायनशास्त्रकी शिक्षक हामीकहाँ आइपुग्थिन् र भन्थिन्, ‘कस्तो हल्ला गरेको ? यस्तो पनि प्रयोगशाला हुन्छ ? मेरो प्रयोगशालामा आएर हेर त, विद्यार्थीहरू कति शान्तिपूर्वक काम गरिरहेका छन् !’ एकछिन त हामी चूप लाग्थ्यौं । जब उनी फर्किन्थिन्, रसायनशास्त्रका शिक्षकको मुखतिर हेथ्र्यौं । उनी मुस्कुराइरहेको देखेर हामी पनि हाँस्न थाल्थ्यौं । त्यसवेला उनी नक्कली रिस देखाउँदै श...श...श... भनेर पल्लो प्रयोगशालातिर देखाउँथे । खूब रमाइलो हुन्थ्यो ।

गणितको कुरा गर्दा, यसका शिक्षक र यो विषय दुवै मलाई कहिल्यै मन परेनन् । कक्षा १० सम्ममा सात जना शिक्षकले आ–आफ्नो पाराले हामीलाई गणित पढाउने प्रयास गरे । हरेक वर्ष मेरो सबैभन्दा कम अंक यही विषयमा आउँथ्यो । सात कक्षामा छँदा एक दिन गणितका शिक्षक ब्ल्याक बोर्डमा कुनै हिसाब गर्दैथिए, म निदाउन पुगें । आँखा खुल्दा त शिक्षक मेरा सामु उभिइरहेका र सिंगै कक्षा हाँसिरहेको ! उनले मलाई भने– ल आऊ, बाहिर जाऊँ !’ बाहिर आएपछि भने, ‘हेर न, मलाई पनि निद्रा लागिराखेको थियो । हामी एकछिन सँगसँगै दौडिऊँ ।’ हुन त त्यस दिन हामीहरू दौडेनौं तर उनको मित्रवत् व्यवहारले मलाई डराउन दिएन । दुर्भाग्य नै भन्नुपर्छ, ती शिक्षक स्कूलमा ६ महीना मात्र रहे ।

हिन्दीकी मिस निकै भावुक थिइन् । हिन्दी सबै कक्षामा अनिवार्य थियो, अनि अरू विषयको तुलनामा सजिलो मानिन्थ्यो । मिसका कारण हिन्दीको कक्षा हामीलाई रमाइलो लाग्थ्यो । उनको आवाज निकै सानो थियो । अन्तिमका दुइटा बेन्चमा बसेकाहरूले त पढाएको सुन्न नै गाह्रो हुन्थ्यो । एक दिन केही विद्यार्थीले प्रिन्सिपलकहाँ गएर शिकायत गरेछन्— हिन्दीकी मिसले पढाएको हामीहरू बुझदैनौं । उनको आवाज एकदमै सानो छ, उनी ज्यादै विस्तारै बोल्छिन्, कक्षामा अभ्यास गराउँदिनन् आदि आदि । अर्को दिन कक्षामा आउँदा उनी निकै गम्भीर थिइन् । उनले बडो शान्तिपूर्वक एउटा पाठ पढाइन् र अन्त्यमा सोधिन्ः
‘यो पाठ तिमीहरूले बुझयौ ?’
‘बुझयौं मिस’, सबैले जवाफ दिए ।
‘पढाएको वेला मेरो आवाज सबैले सुन्यौ ?’
‘सुन्यौं, मिस ।’
‘त्यसो भए... अनि किन त ...’ भन्दाभन्दै उनी भक्कानिएर रुन थालिन् ।

उनको भनाइ थियो– तिमीहरूले आफ्नो समस्या प्रिन्सिपललाई भनेर एकदमै राम्रो गर्‍यौ । तर यो समस्या मसित सम्बन्धित भएकाले पहिले सीधै मलाई भनेको भए म आफ्नो पढाउने तरीका सुधार्न कोशिश गर्थें । तर तिमीहरू सोझै प्रिन्सिपलकहाँ गयौ । तिमीहरूलाई थाहा छ— यो मेरा लागि कति अपमानको कुरा हो ?

हामी स्तब्ध भएर उनलाई हेरिरहेका थियौं । कुनै शिक्षक कक्षामा रोएको देख्नु यस्तो घटना थियो जसले मलाई यसो गर्नु गलत रहेछ भन्ने कुरा भित्रैदेखि बुझयो । साथै, त्यो घटनापछि एउटा कुरा मेरो मनमा गडेर बस्न पुग्योः जो सोझे–सरल र आफ्नो कामसँग मात्र मतलब राख्ने हुन्छ, उसलाई अरूले अवश्य दुःख दिन्छन् ।

(‘शैक्षिक सन्दर्भ’ मई–जून १९९७ बाट साभार)
भाषान्तरः शरच्चन्द्र वस्ती



 

commercial commercial commercial commercial