किन बेहोश हुन्छन् छात्रा ?

शारीरिक कमजोरीले भन्दा मानसिक आघातका कारण बेहोश हुने विद्यार्थीको अनुपात धेरै छ । यसरी मनोवैज्ञानिक कारणले हुने बेहोशीका धेरै कारणमध्ये ‘अटेन्सन सिकिङ सिन्ड्रोम’ अर्थात् अरूको ध्यान आफूमा परोस् भन्ने अवचेतनमा रहेको चाहना पनि एक हो ।

भर्खरैको कुरा हो, म स्कूलको चौरमा हिंडिरहेकी थिएँ, कक्षा ९ का दुई छात्राले उनीहरूकी एक साथीलाई दुईतिर समातेर माथिबाट ल्याइरहेका रहेछन् । ती छात्रा रोइरहेकी थिइन् । के भएको रहेछ भनी बुझन उनीहरूतिर गएँ । उनीहरूको जवाफ थियो, “मिस, छोपेको ।” मैले उनीहरूलाई सहयोग गर्दै ती छात्रालाई साना नानीहरूको खेल कक्षामा लगेर सुताएँ, पानी खुवाएँ र हात माडिदिन थालें । मैले ती छात्रालाई सुम्सुम्याएको देखेर अर्की छात्राले भनिन्, “मिस, यस्तो वेलामा त यिनीहरूले मरेको मान्छेसँग कुरा गरिराखेको देख्छन् रे ! त्यसैले उनीहरूलाई छोपेको वेलामा माया गर्नुहुँदैन आत्मा झ्न् उक्सिन्छ रे, बरु गाली ग¥यो भने छोड्छ रे !” उनको कुरा सुनेर एकछिन त म अवाक् भएँ, अनि एकछिनपछि यो केहीले छोपेको होइन तनावले गर्दा यस्तो भएको हो भनेर कक्षातिर पठाइदिएँ ।

विद्यार्थी बेहोश हुने समस्या धेरै विद्यालयमा देखिन्छ । मलाई आफ्नो स्कूलका दिनहरू सम्झ्ना आउँछन् । धेरै विद्यार्थी भएका कारण प्रायः हरेक दिन कोही न कोही बेहोश भएकै हुन्थे, कोही प्रार्थनामा त कोही कक्षामा, कोही यसै मैदानमै पनि बेहोश हुन्थे ।

गर्मी ठाउँमा त कैयन् विद्यार्थी प्रार्थनास्थलमै पनि बेहोश हुन्छन् । यो शारीरिक कमजोरीका कारण हुने भएकाले यसको नियन्त्रणका लागि विद्यालयले नै ख्याल पु¥याउनुपर्ने हुन्छ । गर्मी हुने ठाउँ र मौसममा बाहिर मैदानमा प्रार्थना गराउनुको साटो कक्षाकोठामै गर्न सकिने क्रियाकलाप गराउने (जस्तैः– राष्ट्रिय गान, स्कूल गीत, सरस्वती बन्दना), प्रशस्त खानेपानीको व्यवस्था गर्ने तथा हरेक कक्षामा पङ्खाको व्यवस्था गर्ने हो भने यो समस्या धेरै हदसम्म नियन्त्रण हुन्छ । शारीरिक समस्याकै कारण बेहोश हुने अन्य कारण भनेको टाउकोमा भएको चोटपटक, मस्तिष्कमा भएको समस्या आदि हुन् । यसरी बेहोश हुनेको संख्या गर्मी महीनामा अत्यधिक भए पनि वर्षका अरू समयमा न्यून रहेको हुन्छ ।

यी त भए बालबालिका बेहोश हुनुका शारीरिक पक्ष । यो भन्दा अझ् ठूलो समस्या होः मानसिक, अझ् भनौं मनोवैज्ञानिक पक्ष जसका कारण विद्यार्थी बेहोश हुने गर्छन् । शारीरिक कमजोरीले भन्दा मानसिक आघातका कारण बेहोश हुने विद्यार्थीको अनुपात धेरै छ । यसरी मनोवैज्ञानिक कारणले हुने बेहोशीका धेरै कारणमध्ये ‘अटेन्सन सिकिङ सिन्ड्रोम’ अर्थात् अरूको ध्यान आफूमा परोस् भन्ने अवचेतनमा रहेको चाहना पनि एक हो । पढाइ, लेखाइ तथा अन्य कुराहरू जस्तैः साथी बनाउने, खेलकुद तथा अन्य क्रियाकलापमा ओझ्ेल परेका विद्यार्थीले शिक्षक÷शिक्षिकाको ध्यान कमै पाइरहेका हुन्छन्, उनीहरूको मस्तिष्कमा आफू पछिपरेको महसूस भइरहेको हुन्छ । अरू साथीहरूले गुरुहरूको स्याबासी पाइरहँदा आफू खाली हात हुनुले उनीहरूमा हीन भावनाको विकास हुन जान्छ । अन्य कुनै क्रियाकलापबाट अरूका ध्यान आफूतिर खिच्न नसक्दा दिमागमा परेको तनावका कारण बेहोश हुन जान्छन् । आफ्नो बेहोशीका अवस्थामा अरूबाट पाएको सहानुभूति उनीहरूको चेतनामा बस्न जान्छ । फलस्वरुप त्यसपछि त्यही विद्यार्थी बेहोश हुने क्रम धेरै मात्रामा चलिरहन्छ ।

विद्यार्थी बेहोश हुनुको अर्को कारण हो, कमजोर मानसिक स्थिति । शिक्षकले प्रश्न सोध्दा आफूलाई उत्तर दिन आएन भने त्यत्ति नै खेर बेहोश हुने विद्यार्थी पनि देखिन्छन् । यस्ता विद्यार्थीको मानसिक अवस्था यति कमजोर हुन्छ कि जब प्रश्नको जवाफ आउँदैन तब त्यसको परिणाम उनीहरूको दिमागमा घुम्न थाल्छ; अब शिक्षकबाट मैले कस्तो सजाय पाउने हो, साथीहरूले के भन्लान्÷सोच्लान् जस्ता कुराहरूले उनीहरूको दिमागमा दबाबको सृजना हुन्छ र त्यसलाई सहन गर्ने क्षमताको कमीले गर्दा बेहोश हुने गर्छन् ।

हामी यो विषयमा गम्भीर हुनु जरूरी छ किनभने यी बालबालिकाको कमजोर मस्तिष्कको यो असर बेहोश हुनुमा मात्र सीमित रहँदैन, उनीहरूको भविष्य निर्माणमा समेत असर पु¥याउँछ । बाल्य अवस्थामा व्यक्ति जुन विचार, भावना र सोचबाट संचालित हुन्छ त्यसैले उसको व्यक्तित्वको निर्माण गर्छ । त्यति मात्र होइन, यतिवेला उनीहरूको अवचेतनमा बसेको कुराले उसको व्यवहारमा समेत असर गर्दछ । जो व्यक्ति बाल्य अवस्थामा मानसिक रूपले स्वस्थ, सक्षम र सबल छ, ऊ पछि गएर पनि आत्मविश्वासी, सृजनशील र सन्तुलित हुने सम्भावना बढी हुन्छ । समग्रमा भन्नु पर्दा एक वयस्क व्यक्तिको मस्तिष्कले के सोच्छ भन्ने कुरा समय र परिस्थित अनुसार बदलिन्छ तर कसरी सोच्छ भन्ने कुरा उसको बाल्यावस्थाले नै निर्धारण गर्छ ।

यसरी मनोवैज्ञानिक तवरले हेर्दा बालबालिका बेहोश हुने समस्या उनीहरूको भविष्यका लागि नै घातक हुने भएकाले यसमा त्रिपक्षीय (अभिभावक, विद्यालय र शिक्षक) ध्यानाकर्षण हुनु जरूरी छ । घर नै खेलमैदान र परिवारका सदस्य नै साथी भएपछि बालबालिका घरमै रमाउँछन् । सहजताका साथ छोराछोरीसँग मित्रवत् व्यवहार गर्न सकियो भने उनीहरूका मनमा कुनै कुण्ठाले स्थान पाउँदैन र मानसिक तवरले स्वस्थ रहन्छन् । विद्यालयले बालमैत्री र सहभागितामूलक शिक्षण पद्धति अपनाउने हो भने कुनै पनि बालबालिकाले आफू ओझ्ेलिएको महसूस गर्न पाउँदैनन् । दण्ड भन्दा पुरस्कारमा जोड दिई उनीहरूका गल्तीलाई माफ गर्दै उनीहरूले गरेका काम गलत भएको र त्यसले अरूलाई पनि असर पर्ने हुँदा एक असल नागरिकका हैसियतले उनीहरूले त्यस्ता काम गर्न नहुने कुरालाई उनीहरूले बुझने गरी सहजताका साथ सम्झउनुपर्दछ ।

विद्यार्थीका बुझइमा शिक्षकले जति कसैले पनि जानेको हुँदैन र शिक्षकलाई सबै कुरा आउँछ भन्ने रहेको हुन्छ । हरेक विद्यार्थीले शिक्षकको सामीप्य चाहिरहेको हुन्छ; कोही प्रस्तुत गर्छन् कोही सक्दैनन् । यसरी पूर्ण अपेक्षा गरिएको व्यक्तिबाट वास्ता नगरिंदा उनीहरूलाई आफू राम्रो वा असल नभएको महसूस हुन जान्छ र हीन भावले जन्म लिन्छ । यही पछि उनीहरूको मानसिक असन्तुलनको कारण बन्न जान्छ । यसर्थ बालबालिकाको शारीरिकका साथसाथै मानसिक पक्ष सबल बनाउनका लागि अभिभावकत्व स्तरमा रहेका सम्पूर्ण पक्षले जिम्मेवारीका साथ आफ्नो कर्तव्य पालन गर्नुपर्ने देखिन्छ ।

ज्ञानोदय मावि, बाफल, काठमाडौं

commercial commercial commercial commercial