बच्चाहरूलाई किन लाग्दैन पढ्न मन ?

‘होमवर्क कत्तिको दिन्छन् स्कूलमा ? परीक्षा भयो ? कुन ग्रेड आयो ? फस्र्ट, सेकेण्ड हुन्छ कि हुँदैन ? ट्यूसन शुरू भयो ? भनेको कत्तिको मान्छ ? होस्टलमा छ कि घरमा ? घरमा कत्तिको पढ्छ ? टीभी, मोबाइलमा भुल्छ कि भुल्दैन ?’ यही हो सबैको गुनासो ।

‘विद्यालयमा कडा अनुशासन छैन, गृहकार्य अलिअलि दिएर झरा टार्छन् । महीनैपिच्छे लिनुपर्ने परीक्षा यो महीना त हुँदै भएन । मेरो बच्चा ‘ए ग्रेड’ भन्दा माथि जाँदै गएन । खै स्कूलको पढाइ पनि के हो ? शिक्षक देखेर पनि बच्चाहरू डराउँदैनन् । हामीलाई त झन् गन्दै गन्दैनन् । खाली खेल्नमा मात्रै मन गर्छन्, टीभी, मोबाइल पाएसम्म खाना पनि चाहिंदैन । कपी, कलम हेर्न मनै गर्दैनन्, होस्टल राखेर राम्रो पढाउने भनेको बोल्दै बोल्दैन । हैन पढ्नु हाम्रा लागि हो र ? उसैको भविष्यका लागि त हो नि ! के गर्ने, बुद्घि नभएकालाई कति सम्झउनु, पछि दुःख पाउँदा थाहा पाउँछ । अचेलका बच्चाहरूमा त अनुशासन भन्ने त नामै छैन, भनेको पटक्कै मान्ने हैन, खाली खेल्ने, खाने, टीभी, फोन चलाउने... ।’ शिक्षक होस् वा अभिभावक सबैको गुनासो ।

माथिका चासो र गुनासा हाम्रो समाजका दर्पण हुन् । यी र यस्ता पक्षहरूको भित्री मर्ममा पसेर समस्याको कारण र समाधान खोज्ने प्रयास गरिएको छ यस लेखमा । 

हो, धेरैजसो विद्यार्थी पढ्न वा विद्यालय जान मनै गर्दैनन् । कपी, कलम, विद्यालय एवं घरका भौतिक सामग्रीको माया नगर्ने मात्र हो र, तोडफोडै गरिदिन्छन् । फोहोरमैला गर्नु, शिक्षक अभिभावकप्रतिको अनादर गर्नु, नजिक नपर्नु, भनेको भन्दा उल्टो गर्ने, झैं–झगडा, घमण्ड जस्ता क्रियाकलाप सतही रूपमा गलत देखिए पनि अन्तर्यमा स्वाभाविकै देखिन्छ । यो प्रवृत्ति अझै बढोत्तरी हुँदैछ । किन त ? त्यसको कारण के हुनसक्छ ?

वितृष्णाका अनेक कारण
१. विवाह २० वर्ष पछि किन ? प्रजनन् अङ्गहरूको पूर्ण विकास नभई बच्चा जन्मउँदा आमा र बच्चा दुवैको स्वास्थ्य बिग्रन्छ । त्यसैगरी, शिक्षा पनि मस्तिष्कको विकासको गति र प्रक्रिया अनुसार दिनुपर्छ । अन्यथा शिक्षाप्रति नै वितृष्णा र अक्षमता बढ्न सक्छ ।

२. करीब १२ वर्षसम्म बच्चाको देब्रे मस्तिष्कको विकास कम हुन्छ । त्यसैले घोक्ने, कण्ठ गर्ने क्षमता कम हुन्छ, तर हामी त्यही काम लगाइरहेका छौं । त्यही समयमा दाहिने मस्तिष्क धेरै सक्रिय हुन्छ । जसले विचार, चिन्तन, अनुसन्धान गर्ने तथा नयाँ अनुभव, धारणा निर्माण गर्ने, सिर्जनात्मक क्षमता विकास गर्ने एवं खेलद्वारा शारीरिक विकास गर्दछन् । हामी त्यही कार्यमा रोक लगाइरहेका छौं ।

३. शिक्षा लिनु राम्रो कुरा हो । राम्रो कामको पनि त मात्रा हुन्छ, अति सर्वत्र वर्जयेत् भने झैं, मात्रा नमिलेको औषधि विष भए जस्तै बनेको छ हाम्रो शिक्षा पनि, हाम्रा बालबालिकाको लागि ।

४. बच्चाको शारीरिक, मानसिक एवं सामाजिक विकास खेलबाट हुन्छ । विशेषगरी सम्पन्न, सभ्य र शहरियाहरू सुरक्षा, सङ्गत र फोहोर–मैलालाई कारण बनाएर बच्चालाई घर बाहिर जान दिंदैनन्, कुण्ठा बोकेर घरभित्रै थुनिनु परेको छ बच्चाहरूले ।

५. हाम्रो शिक्षा प्रणालीले बच्चालाई भन्दा पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा, अंग्रेजी भाषा, आज्ञाकारिता र शास्त्रीय अनुशासनलाई केन्द्रमा राखेको छ । 
६. पढ्नु बच्चाको भविष्यको लागि नभएर शिक्षक, अभिभावक र शैक्षिक संस्थाको प्रतिष्ठाको लागि बन्दै गएको छ ।
७. बाल संवेदना, कठोर अनुशासनको कारणले आफ्नो विचार, तर्क, सिर्जना, परिकल्पना, जिज्ञासा, अनुभव, सीप व्यक्त गर्न नपाउँदा वा नसक्दा घर, विद्यालय, शिक्षा, शिक्षक, अभिभावकप्रति नै वैराग्य र आक्रोश पैदा भएको छ बच्चाहरूमा ।
८. खेल्ने, चल्ने, जिस्कने गर्दा बच्चाको मानसिक बोझ् घट्छ, मनोविकार फालिन्छ, भोक, तिर्खा, निद्रा लाग्छ, आनन्द प्राप्त हुन्छ । त्यतिवेला मात्र बच्चाले नयाँ कुरा सिक्न सक्छ । दुर्भाग्यवश आजको शिक्षित, सभ्य र सम्पन्न भनिएको समाजबाट बच्चाले यो मौका पाउनै सकेन ।
९.  रुँदा मन खोलेर रुन, हाँस्दा धीत पुग्ने गरी हाँस्न, सुत्दा निद्रा पुग्ने गरी, खेल्दा थाक्ने गरी, उत्तर आफ्नै जिज्ञासाको, अध्ययन प्रकृतिको, बाल विकासका आधार स्तम्भ हुन् हामीले ख्यालै गरेनौं ।
१०. धेरैजसो विद्यालयमा गृहकार्य र ट्यूसन शिक्षकको खेती, अभिभावकको प्रतिष्ठा, विद्यालयको नियमितता र बच्चाको बाध्यता बनेको छ । जसको कारणले शिक्षकमा थकान, अभिभावकमा आर्थिक बोझ्, प्रशासनलाई अपजस र विद्यार्थीमा शिक्षाप्रति नै वैराग्य पैदा भएको छ ।
११. अभिभावकलाई बच्चाको नजिक रहन समय छैन, सहकार्य र सहानुभूति व्यक्त गर्न झ्र्को लाग्छ । बच्चाले बोल्दा हल्ला हुन्छ, खेल्दा, चल्दा घाउचोट लाग्न सक्छ, फोहोर हुन्छ । त्यसैले धेरै गृहकार्य, ट्यूसन वा होस्टल राख्न चाहन्छन् । भौतिक सुविधासम्पन्न तर मानवतारहित जीवनशैलीमा ।
१२. अभिभावक भौतिक सुविधा उपलब्ध गराएकोमा गर्व गर्छ, शिक्षक धेरै पढाएकोमा, तर बच्चाहरू मानवीय सम्बन्धको अभावमा पिल्सिरहेका छन् ।
१३. बच्चा हाम्रो छहारी चाहन्छन्, हामी सेप लगाइदिन्छौं । ऊ आफैंभित्रको सुगन्धले मग्मगाउन चाहन्छ, हामी सुगन्धित तेल लगाएर तत्कालै परिणाम निकाल्न चाहन्छौं ।
१४. बच्चा विशाल पुस्तकरूपी प्रकृतिबाट सिक्न चाहन्छ । तर हामी सीमित र निर्देशित पाठ्यपुस्तक भित्र बन्देज गर्न ।
१५. बच्चा जितार बन्न चाहन्छ, शायद जीवनका हरेक प्रतिस्पर्धात्मक खेलहरूमा जित्नको लागि प्रकृतिले नै तयार गराएको होला । हामी पनि जित्नै चाहन्छौं, आफ्नो अहं र दम्भ थोपर्न चाहन्छौं शायद बलियो भएर होला । बच्चालाई जित्न दिनुपर्छ, आत्मबल बढाउनुपर्छ, तर अहंकार बढ्न दिनुहुँदैन । जितभित्र सदाचार विकास गराउनुपर्छ, फलेको वृक्षको हाँगो जस्तै ।
१६. घर वा विद्यालयमा अभिभावकले होस् वा शिक्षकले सधैंजसो पढ–पढ, होमवर्क गर, राम्रो गर, अझै गर, फेरि गर मात्र भनिरहँदा उनीहरूको बाल्यकाल विरसिलो, बालापनरहित भएर बित्न थालेको छ । जसको कारणले बच्चामा पढाइप्रति अरुचि र शिक्षक अभिभावकमा अनास्था बढ्दै गएको छ ।

हामीले शिक्षक, अभिभावक बनेर बच्चालाई हे¥यौं, त्यो दृष्टि हो, स्थूल जगतको दृश्य । बच्चा नै बनेर सोचौं, त्यो अन्तरदृिष्ट हो, सूक्ष्म जगतको बुझइ । दृष्टि र अन्तरदृष्टि मिलेर ब्रह्म बन्छ । ब्रह्म बुझन प्रकृति र पुरुष दुवै बुझनुपर्छ त्यो चिन्तन हो । शायद स्वतन्त्र रूपमा मात्र सिकाइ नहुन पनि सक्छ, तर सिकाइमा स्वतन्त्रताको अनुभूति गराइनुपर्छ, त्यो कला हो । बच्चाको सफल भविष्यको लागि चिन्ता गरेर आक्रान्त बन्नु, रोग निम्त्याउनु र आयु घटाउनु भन्दा चिन्तन गरेर दुवै पक्षको हित हुने बाटो अवलम्बन गर्नुपर्छ, शिक्षक एवं अभिभावक सबै सबैले । 
श्री भवानी मावि, गोरखा
२०७६ फागुन अंकमा प्रकाशित ।  

commercial commercial commercial commercial