प्रतिक्रिया र सुझाव
पढ्दा स्वाद आयो
शिक्षक को पहिलो अङ्क पढ्न पाउँदा ज्यादै खुशी लाग्यो । बजारमा निस्कन थालेका थुप्रै पत्रपत्रिका, म्यागाजिनको हुलमा ‘शिक्षक’ बकुला जस्तै फरक देखि यो ।
चार घण्टाको एउटै बसाइमा मैले पत्रिका पढिसकेँ । शिक्षण पेशामा लागेपछि मेरो सबभन्दा चासोको विषय भनेको यो पेशालाई कसरी मर्यादित बनाउन सकिन्छ र शिक्षामा भएको अति राजनीतिकरणबाट कसरी अलग्याउन सकिन्छ भन्ने थियो । यी विषय सम्बन्धी नै लेख रचना छापिएकोले शिक्षक पहिलो अङ्क पढ्दा स्वाद आयो ।
भगीरथ योगीको लेख अनुसार बेलायतको शिक्षा र शिक्षकको स्तर हराम्रो देशको अवस्थासँग दाँज्न नमिले पनि शिक्षाप्रतिको बेलायतका सम्बन्धित व्यक्ति र समुदायको सोच हराम्रो लागि मननयोग्य मान्नुपर्छ ।
साहित्यकार कमलमणि दीक्षितको यस उमेरमा स–साना नानीहरूलाई सिकाउने जाँगर शिक्षण पेशालाई हेलाको दृष्टिले हेर्ने सबैलाई ठूलो जवाफ हो । पैसाको पछाडि मात्र दौडने नेपाली प्रवृत्तिलाई ठूलो व्यङ्ग्यको रूपमा दुई बेलायती दम्पती सेवा प्रसङ्ग अत्यन्तै प्रेरणादायी छ । नेपालको शिक्षा विकास मा लागिपरेका यस्ता विदेशी स्वयंसेवीहरू थुप्रै छन्; तिनीहरूको योगदानलाई पनि यस पत्रिकाले समेट्नु पर्दछ ।
नेपालको सबभन्दा ठूलो रोग विद्यालय र कलेजहरूलाई राजनीतिको थलो बनाउने संस्कृति हो । यस समस्यालाई वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी ले ज्यादै सटिक रूपमा कोट्याउनुभएको छ भने शिक्षण पेशा र शिक्षक दुवैलाई मर्यादित गर्ने सवालमा शिक्षकको आफ्नै ठूलो भूमिका हुनुपर्नेे प्रसङ्ग हराम्रो जस्तो सरकारको तलब खाएर पार्टी कार्यालय र पार्टीको भजनमण्डली भएर दिन बिताउने शिक्षकहरूको बिगबिगी भएको देशमा त्यतिकै सान्दर्भिक देखिन्छ ।
प्रा. महेन्द्र पी. लामा, शिक्षामन्त्री प्रदीप नेपाल र यस वर्षको मदन पुरस्कार विजेता महेशविक्रम शाहले आफ्ना गुरुहरूप्रति देखाउनुभएको श्रद्धाभाव र आफ्नो व्यक्तित्व विकास मा उहाँहरूको योगदानको चर्चा तथा पत्रकार केदार शर्माको आफ्ना गुरुहरूप्रतिको गुनासो पनि त्यतिकै मननयोग्य देखिन्छ । तर पत्रकार शर्माले विद्यालयमा त्यतिबेला जस्तो व्यवहार शिक्षकहरूबाट भोग्नु परयो त्यसमा ती शिक्षकहरूको मात्र दोष छन् भन्ने पक्षमा म छैन, किनकि हामी आफ्ना गुरुहरूबाट जे सिक्छौं त्यसको प्रभाव हामीमा हुन्छ र हामी पनि त्यसरी नै सिकाउन खोज्छौं । अझ् प्रस्ट भन्नुपर्दा ‘विद्यार्थीलाई साथीको रूपमा शिक्षकले लिनुपर्छ’ र ‘शिक्षकले सबै कुरा जानेका हुन्छन् र विद्यार्थीहरूलाई केही थाहा हुँदैन’ भन्ने मान्यताबाट आज पनि मुक्त नभएको हराम्रो परिवेशमा हामीले विद्यालयमा पुराना शिक्षकहरूबाट त्यस्तो व्यवहार भोग्नुपरेको हो जस्तो लाग्दछ ।
ओशोको ‘शिक्षक र मर्यादा– परिभाषा नै बदलिएको छ’ लेख विचार ोत्तेजक एवं आधुनिक शिक्षाको सन्दर्भमा ज्यादै उपयुक्त छ । तीब्रगतिमा अघि बढिरहेको विश्व समाज मा आफ्नो सीमित र अद्यावधि न गरिएको ज्ञानको आधारमा ‘मै जान्ने हुँ’ भन्ने शिक्षक ‘कान्लाको भ्यागुतो’ मात्र सावित हुने यथार्थ प्रस्ट्याउँदै शिक्षकहरूलाई आफ्नो ज्ञानको दायरा फराकिलो पार्न यसले घच्घच्याएको छ ।
शिक्षक दरबन्दी सम्बन्धी रिपोर्टले सरकारी विद्यालयहरूमा सम्बन्धित निकायको लापरबाही तथा शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणलाई उजागर गरेको छ । त्यस्तै आवरण लेख अति नै मार्मिक लाग्यो । एक जना निहत्था शिक्षक जोसँग केही विषयका सीमित ज्ञान, उसको दैनिकगुजारा चलाउनुपर्ने बाध्यता र एउटा वैचारिक आस्थाबाहेक के नै हुन्छ र ? राजनीतिक आस्थाको आधारमा यसरी शिक्षकलाई अमानवीय रूपमा हमला गरी उसको भौतिक जीवनलाई समाप्त पार्न उद्दत जोसुकैको कार्य भएपनि घृणित र अति निन्दनीय छ । जनयुद्धको नाउँमा विगत १२ वर्षमा शिक्षकहरूको निर्ममतापूर्वक हत्या हुँदा पनि विभिन्न खेमामा विभाजित शिक्षक सङ्गठनहरूले सशक्त आवाज उठाउन नसक्नुले फगत यी संस्थाहरू राजनीतिक पार्टीका स्वार्थ सिद्ध गर्न मात्र स्थापना भएका त होइनन् भन्ने प्रश्न खडा भएको छ । यस सवालमा शिक्षक सङ्गठनहरूले पत्रकार महासंघबाट धेरै सिक्नुपर्ने सन्देश समेत दिएको छ ।
यो पत्रिका प्रकाशन गर्नु पर्नाका जुन कारणहरू सम्पादकीयमा उल्लेख गरिएका छन् त्यसमा विमति जनाउनुपर्ने कुनै ठाउँ देखिँदैन । ती सातै वटा उद्देश्यहरू अति सान्दर्भिक र सम्बोधन गरिनुपर्ने विषयहरू नै हुन् । सम्पूर्ण देशका कर्णधार र भावी मानवीय स्रोतहरू जस्तो अति संवेदनशील विषयको जिम्मा लिएका शिक्षक र शिक्षण पेशा समाज र सरकारबाट उपेक्षित र अपहेलित हुनुपर्ने अवस्था भनेको ठूलो बिडम्बना नै हो । यस्तो पक्षलाई मियो बनाएर जसरी यस पत्रिका प्रकाशनको थालनी भएको छ त्यो ज्यादै सराहनीय कार्य भएको छ । वरिष्ठ पत्रकार एवं लेखक बसन्तथापा लगायतका अन्य सम्बन्धित शिक्षाप्रेमी, पत्रकार महोदयहरू र सेभ द चिल्ड्रेन नर्वेलाई म र मेरो विद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्द छु । - योगेन्द्रमान बिजुक्छे प्रिन्सिपल, जेन्यूइन स्कूल, भक्तपुर
साहित्य चाहियो
खोजमूलक, ज्ञानबद्र्धक अनि समयसापेक्ष मासिक पत्रिका शिक्षक अत्यन्त पठनीय लाग्यो । नेपाली शिक्षकका वास्तविकतालाई स्थलगतरूपमै उठाएर पाठकका आँखामा पुरयाउने रिपोर्ट तथा कमल दीक्षितको शिक्षण अनुभव, राधेश्याम अधिकारी र ओशोको बहसलगायत प्रदीप नेपालको संस्मरण मननीय छन् ।

पत्रिकामा साहित्यको स्तम्भ नपाउँदा अलिकति खल्लो महसूस भयो । आगामी भेटमा जसरी पनि साहित्यको स्तम्भ लिएर शिक्षक हामी पाठकको हातमा आउनु पर्छ । मलाई आशा छ शिक्षकले राजधानी मात्र हैन मोफसलमा आफ्नो पहुँच पुरयाउने छ । - प्रकाश न्यौपाने फूलासी ५, रामेछाप
शुभ चुनौती “शिक्षक” लाइ
शिक्षक को पहिलो अङ्कमा एकसरो नजर डुलाएपछि अनन्ततर्फको प्रथम पाइलो दह्रो ढङ्गबाटै चालिएको हो कि जस्तो लाग्यो । पक्ष–विपक्षमा मत जाहेर गर्नु अलि छिटो हुने ठानेँ । तर पनि मन थाम्न सकिनँ । त्यसैले
- भोलिको समुन्नत, सुसंस्कृत र सभ्य नेपालको भविष्य आजका विद्यार्थीको काँधमा छ । ती विद्यार्थी र आफैँ शिक्षकको भविष्य– उनको त्याग, समर्पण र प्रतिबद्धतामा हुन्छ भन्ने तथ्यलाई उजागर गर्न सक्नुपर्छ ।
- आफ्ना कामका तरिकाप्रति पूर्ण जवाफदेही शिक्षक र शिक्षा प्रणालीको सृजना गर्न खबरदारी गर्नु पर्छ ।
- शिक्षण पेशाको सम्मान र मर्यादालाई पुनः प्रतिस्थापित गरी गुरुप्रति आदरभाव जगाउन मद्दत गर्नु पर्छ ।
- हाम्रा शिक्षकलाई विश्व रङ्गमञ्चसम्म र सिङ्गो विश्वलाई कुनाकन्दराका शिक्षकसम्म पुरयाउने सम्बन्ध सेतुको रूपमा पहिचान दिन सक्नुपर्छ ।
- चाकरी हैन चुनौतीसहित विद्यमान शिक्षा प्रणालीसँग सहकार्य गर्न सक्नुपर्छ
- प्रमाणपत्र वाहकहरूको हुल हैन प्रमाण–पात्रहरूको उत्पादन गर्ने सच्चा शिक्षकहरू तयार पार्न योगदान दिनुपर्छ ।
- मुलुकमा निष्पक्षता र स्वाभिमान को खडेरी लागिरहेको बेला पत्रिकाजगतमा अलग पहिचानका साथ निष्पक्ष र निर्भिकताका साथ सतिसाल जस्तै ठिङ्गो उभिँदै ‘प्रार्थना गर्ने ओठहरू भन्दा श्रम गर्ने हातहरू पवित्र हुन्छन्’ भन्ने सन्देश दिन सफल रहोस् ।
सुदूर भविष्यतर्फ थालिएको यो कठिन यात्रा बीचमै नटुङ्गियोस् र पाइलाहरू नलडखडाउन्– जस्तै विपत्तिमा पनि । सुधार चाहने र सुध्रन चाहनेहरू सबैको साझ मञ्च बनोस् । राजधानीमा मात्र हैन मोफसलका सबै शिक्षकमा हात– हातमा सजियोस्– शिक्षक । यही छ हार्दिक शुभ चुनौती शिक्षक लाई ! - बाबुराम पौडेल, उप–निर्देशक, शिक्षा विभाग
शिक्षक हुनु - हेमराज पहारी
शिक्षक हुनु– अँधेरोगोरेटोमा एउटा सानो जूनकिरी हुनु हो, शिक्षक हुनु– स्कूलका कारखानाहरूमा देशका मगज बनाउनु हो,
शिक्षक हुनु– अज्ञानता विरोधी लडाइँमा अग्रिमपङ्क्तिमा बसेर ज्ञानको मोर्चा कस्नु हो,
शिक्षक हुनु– अँध्यारा खोपडीहरू भित्र पसेर ज्ञानका खापाहरू खोल्नु हो, शिक्षक हुनु– मूर्तबाट अमूर्तमा सरलबाट जटिलमा र, विशेषबाट साधारणमा जानु हो ।
शिक्षक हुनु– वैयक्तिक भिन्नताहरूले जेलिएको कक्षाको जटिल वातावरणमा प्रत्येक छात्र–छात्राहरूको रुचि, स्तर र मनः स्थिति अनुसार यन्त्रवत् अहोरात्र चल्नु हो, शिक्षक हुनु– अरूलाई प्रकाश दिँदा–दिँदा आफैँ खिइएर बिलाउने एउटा मैनबत्ती भएर बल्नु हो ।
शिक्षक हुनु– धमिलो पृष्ठभूमिमा चहकिलो चित्र कोर्न खोज्नु हो, शिक्षक हुनु– पानी माथिको ओभानो हुन छाडेर टाउको दुखाउने पेशा रोज्नु हो ।
शिक्षक हुनु– शारीरिक, मान सिक र संवेदनात्मकरूपले अति थकित हुनु हो, शिक्षक हुनु– ‘हामी प्रकाश–प्रेमी हौँ’ भन्नेहरूले जूनकिरीहरूको उपेक्षा गरेको देखेर अति चकित हुनु हो ।
(शिक्षक मासिकको सफलताको कामना गर्दै कवि पहारीले आफू शिक्षक रहँदा २०३२ सालमा लेख्नुभएको ‘शिक्षक हुनु’ शीर्षकको लामो कविता प्रकाशनार्थ पठाउनुभएको मा स्थानाभावका कारण त्यसका केही अंश मात्र यहाँ छाप्न सकेका छौँ । उक्त कविताको पूर्ण पाठ कविको कविता सङ्ग्रह ‘देशको अविभारा’ मा प्रकाशित छ । – सं.)
शिक्षक को प्रथम अङ्क हेर्दा रराम्रो लाग्यो । आफू शिक्षक नभए पनि आफ्ना शाखासन्तान सबै त्यही भएको नाताले रिठ्ठो नबिराई लेखहरू धेरै दिन ल गएर पढेँ । ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेजस्तो भएन भने शिक्षक अत्यन्तै रराम्रो छ । यसरी नै अगाडि बढ्यो भने यसले छिट्टै आफ्नो स्थान फराकिलो बनाउने छ । शिक्षकका खोजमूलक लेखहरू छापियोस्, शिक्षकका राम्रा पक्ष मात्र हैन नराम्रा पक्ष पनि उदाङ्गो पारोस् । पत्रिकाभित्र अलिकति साहित्यलाई ठाउँ दिए अझै रराम्रो हुन्थ्यो । - रीता श्रेष्ठ ‘रोशनी’ ओखलढुङ्गा, ६, भैरवटोल
निरन्तरता पाओस्
शिक्षक को प्रथम अङ्क आद्योपान्त अध्ययन गरिसकेपछि मलाई लाग्यो ढिलै भएपनि प्रेसजगतको लोकतान्त्रिक एवं समावेशी छवि प्रकट भयो । समग्र शिक्षण पेशा र शिक्षकको हकहित हुने प्रयास अगाडि बढाइदिनुभएको मा हिमाल एसोसिएसन तथा प्रकाशक/सम्पादक बसन्तथापाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्द छु ।
राजनीतिकै सेरोफेरोलाई प्रमुखताका साथ अँगालिरहेको प्रेसजगतले असुरक्षित एवं उपेक्षित शिक्षक तथा शिक्षण पेशालाई संरक्षण, सम्बद्र्धनका साथसाथै सुरक्षा तथा मान सम्मान का निमित्त यसै गरी आवाज उठाउने छ भन्ने अभिलासा हामीजस्ता तमाम शिक्षकले लिएका छौं । प्रथम अङ्क भएतापनि सम्पूर्ण सामग्रीहरू चाखलाग्दा, रोचक, ज्ञानबद्र्धक एवं समग्र शिक्षकहरूका लागि उपयोगी छन् । आगामी दिनमा पनि यसरी नै उत्कृष्टताका साथसाथै शिक्षक सम्बन्धी तालिम, कला, साहित्य आदिलाई समेट्दै शिक्षक भनेको धर्मनिरपेक्ष तथा राजनीति निरपेक्ष रहनु पर्ने कुरा लाई सदैव आत्मसात् गरिरहोस् भन्दै शिक्षक को उत्कृष्टता, सफलता एवं अनन्त निरन्तरताको निमित्त शुभकामना ज्ञापन गर्द छु । - रविबाबु प्रतीक्षा बलिया ८, भुरुवा, कैलाली
यात्रा सफल होस्
संसारलाई पुरानो सोच, सामन्ती व्यवहार र तानाशाही प्रवृत्तिबाट मुक्तगराइ समयानुसार परिवर्तन गराउने ध्येय भएका पत्रिका, कलमजीवीहरू थोरै हुन्छन् । जसले समाज परिवर्तनको तीब्र चाह सँगालेर कलम चलायो, विचार को जल पिलायो, उसको कदम अजर, अमर बन्छ, आस्था, श्रद्धा र विश्वासको प्रतीक बन्छ । समाज लाई उसको पुनित कदमले अघोरै ऋण बोकाउँछ । कलमले पराक्रम देखाइदिनाले संसारका ठृ्ूल्ठूला अत्याचारी शक्तिहरू जनतासामु झुकेका छन् । यस्तै ओजस्वी कलम र विचार का धनी विचार कहरूलाई शिक्षक मासिकले समेट्न सकेको रहेछ ।
शिक्षक मासिकले सप्तकोशी झैँ अनवरत यात्रा तय गर्दै नेपाली जनताको हृदयमा बासगरोस् भन्ने कामना गर्द छु । विचार सम्प्रेषणमा कतैबाट कन्जुस्याइँ नभएझैँ भाषिक शुद्धतामा अलिक बढी ध्यान जान पनि उत्तिकै जरुरी छ किनकि विचार को प्रवाहसँग हेलिँदा हेलिँदै डुङ्गा अल्झ्ँिदा नमीठो अनुभूति हुँदोरहेछ । शिक्षक मासिकले शैक्षिक जगतका राम्रा नराम्रा पाटाहरूलाई जनसमक्ष ल्याउन भरमग्दुर कोशिश गर्ने छ भन्ने कुरा मा आशावादी छु । - नन्दलाल आचार्य, तपेश्वरी १, उदयपुर प्रिन्सिपल, लिट्ल फ्लावर मा.वि, nandalal_acharya@yahoo.com
कर्मकाण्डी प्रवृत्ति
शिक्षक ले नेपाली शिक्षक, समाज र सरकारबाट उपेक्षित हुनुका कारणको खोज प्रारम्भ गरेको पाउँदा खुशी लाग्यो । समाज बाट शिक्षक किन उपेक्षित हुँदै गयो ? किन शिक्षण पेशाले सामाजिक प्रतिष्ठागुमाउँदै गयो ? भनेर खोज्दै जाने हो भने यसो हुनुमा शिक्षक स्वयं पनि जिम्मेवार भेटिन्छन् । शिक्षकहरू समाज ले हामीलाई उपेक्षा गरयो भन्छन् तर आफ्नो कर्मकाण्डी प्रवृत्ति त्याग्ने सोचमा चाहिँ छैनन् । पुरस्कार र दण्डको व्यवस्था नभएको ले पनि शिक्षकहरू बढी कर्मकाण्डी स्वभावका बन्दै गएका हुन्, यसका लागि सरकार प्रमुख जिम्मेवार छ ।
शिक्षणलाई पूर्ण पेशाको रूपमा नलिई अर्को पेशाको रूपमा लिने, अनि शिक्षक भन्दा बढी व्यवसायी र राजनीतिक दलको कार्यकर्ता बन्ने प्रवृत्तिका कारण शिक्षण पेशाको सामाजिक प्रतिष्ठागुम्दै गएको हो ।
कर्मकाण्डी प्रवृत्ति त्याग्ने, शिक्षणलाई पूर्ण पेशा ठान्ने र व्यवसायी एवं दलको कार्यकर्ता भन्दा बढी शिक्षक हुन थालेकै दिनबाट शिक्षण पेशाकोगुम्दै गएको प्रतिष्ठा पुनः प्राप्त हुनेछ अनि शिक्षक उपेक्षित हैन मर्यादित हुनेछन् । - रमेश विकल राम्झकोट–८ तनहुँ
शिक्षक प्रथम अङ्क, माघ २०६४ नियाल्न पाउँदा खुशी लाग्यो । समग्रमा शिक्षक कुन स्थानमा रहेको रहेछ त भन्ने कुरा को जानकारी पस्किनुभएको मा सम्पादक एवं प्रकाशकमा आभार व्यक्त गर्न चाहन्छु । आवरण, फोटो, कला देखि लिएर सम्पूर्ण लेख सामग्री ज्ञानबद्र्धक एवं जानकारीमूलक लाग्यो । पत्रिकाको प्रारम्भिक लक्ष्य, उद्देश्य समय सापेक्षित रहेको पाएँ । अन्त्यमा यस पत्रिकाले शिक्षा र शिक्षण क्षेत्रमा नयाँ आयाम थप्न सकोस् भन्ने शुभेक्षासहित निरन्तरताको कामना गर्द छु । - सूर्यभक्त कर्माचार्य (शिक्षक) पनौती नगरपालिका–६ काभ्रेपलाञ्चोक



