जाडो छल्ने र जाडो खप्ने प्रकृतिको काइदा

ठण्डीका पिरले मानू हिम आफैं उँधो-तिर
बसाइ बस्न आयो कि बनाइ काँठमा घर ?

कविशिरोमणि लेखनाथ पौड्यालको खण्ड-काव्य ऋतु-विचार ले शिशिरको ठण्डी छल्न काँठतिरको बसाइसराइँ कति स्वाभाविक हुन्छ भन्ने कुराको बोध गराउँदछ । जीवप्राणी मात्र हैन हिउँ आफैं पनि तल–तलसम्म फैलने प्रकृतिको स्वभावलाई कविले जीवन्त चित्रण गरेका छन् । हाम्रो पर्वतीय जीवनमा लेक–बेंसीको उँभौली–उँधौली गर्ने परम्परा वातावरणीय अनुकूलन हासिल गर्ने प्राकृतिक उपाय हो । पौषशुक्ल पूर्णिमा अर्थात् धान्यपूर्णिमाका दिन नेपालको पूर्वी पहाडलाई उँधौली पर्वले छमछम नचाउन थाल्छ । उत्तरी गोलाद्र्धका सबै भूगोलमा यो बेला सबभन्दा लामो रात र सबभन्दा छोटो दिन हुन्छ भन्ने सांस्कृतिक मान्यता हुन्छ । वैज्ञानिक दृष्टिमा अंग्रेजी महीनाको डिसेम्बर २३ तारेखलाई सबभन्दा छोटो दिन र सबभन्दा लामो रात मान्ने गरिन्छ । यो तथ्य सूर्यमानको घटनामा आधारित हुने भए तापनि हाम्रो संस्कार र संस्कृतिले त्यसलाई चन्द्रमानको तिथिमा ढाल्ने चलन हुन्छ । चन्द्रमा नै तिथि–मितिको सबभन्दा प्रत्यक्ष साक्षी हुन्छ हाम्रो दैनिकीमा ।

नेपालको पर्वतीय जीवनमा लेकाली उत्पादकत्वको सबभन्दा भरपर्दो आधार पशुपालन हो । लेकतिर पालिने भेडा–च्याङ्ग्रा, चौरी, याक–नाक आदि पशुधनको उचित व्यवस्था मिलाएर मानिसहरू आफ्नो गोठ र बस्ती समेत छाडेर जाडो छल्न काँठ वा औलतिरका बस्तीमा झ्र्दछन् । उँधोतिरको यात्रा अर्थात् उँधौली सम्पन्न भएबापत सांस्कृतिक नाचगान गरी विशेष पर्व मनाउने चलन छ । जाडो छल्ने बसाइसराइँको यो प्रक्रिया विभिन्न पशुपक्षीमा पनि चालू हुन्छ । यस सन्दर्भमा क¥याङकुरुङको उँभौली र उँधौली विशेष उल्लेखनीय हुन्छ । यिनीहरू हजारौं किलोमिटरको यात्रा तय गर्दछन् र हिमालकै थाप्लो नाघेर आवात–जावत गर्दछन् । जाडो छल्न बसाइसराइँ नगर्नेले जाडो खप्न सक्नुपर्छ ।

जाडो खप्ने प्राकृतिक उपाय अर्थात् प्राकृतिक वरदान प्राप्त प्राणीहरूको भित्री शारीरिक तापमान वातावरणको फेरबदलसँगै परिवर्तन हुन्छ । यस्ता प्राणीमा झयाउँकिरी, भँवरा, बारुला आदि कीटपतङ्गहरू पर्न आउँछन् । त्यसका साथै जलचर मत्स्य प्रजाति, जल र स्थल दुवैमा जीवन बिताउने भ्यागुता जस्ता उभयचर प्रजाति, कछुवा एवं सर्प जस्ता घस्रने सरीसृप प्रजातिका प्राणीहरू पनि आफैंले आफ्नै ठाउँमा बसेर जाडो खप्ने गर्छन् । यसैगरी माटोभित्रका गड्यौला जस्ता कीराहरू पनि आफ्नो ठाउँ नछोडिकन जाडो खप्ने प्राणीको कोटिमा पर्दछन् । जाडो खप्ने शक्तिको प्राकृतिक प्रक्रियालाई जीवशास्त्रीहरू ‘हाइबरनेशन’ ९ज्ष्दभचलबतष्यल० भन्दछन् । यस प्रक्रियाले विभिन्न प्राणीलाई शीतनिद्रामा डुबाएर प्रायः अचेत अवस्थामा शिशिर ऋतुको प्रतिकूल समय कटाइदिन्छ । त्यस अवस्थामा शरीरले खाना माग्दैन । श्वास–प्रश्वास न्यून गतिमा हुन्छ । हृदयगति पनि ज्यादै कम हुन्छ । शीतनिद्रामा निदाउनुभन्दा केही समयअगावै यी प्राणीहरू मनग्गे आहारा खाने गर्दछन् र त्यसपछि उपयुक्त सुरक्षित स्थानमा गुँड वा गुफा खोजेर निश्चल जीवन बिताउन थाल्छन् । माहुरीहरू भने आफ्नै चाकामा झ्ुम्मिएर झ्ुण्ड बाँधी करीब तीन महीनाको विश्रान्ति (छुट्टी) मनाउँछन् । 

यस्तै विश्रान्ति मनाउन भनेर काठमाडौंका विद्यालयमा हामीलाई मीन पचासको छुट्टी दिइन्थ्यो । माछालाई पनि जाडो लाग्ने दिन भनेर हरेक मंसीरको २० गतेबाट स्कूल बन्द हुन्थे । जाडोका ती पचास दिन माछाहरू प्रायः निश्चल बस्न मिल्ने ठाउँमा कमसेकम खाना र कमसेकम अक्सिजनको प्रयोग गरेर अर्धनिद्रामा छुट्टी मनाउने गर्दछन् । तालको पानी जम्ने हिमाच्छादित प्रदेशमा भने तालको पिंधतिर लाग्दछन् । त्यहाँ पानी जमेर ढिक्को हुन सक्तैन । शून्य डिग्री सेल्सियसमा पानी जम्छ तर त्यसभन्दा पनि कम तापमानको अवस्थामा पानी तरल रूपमा बस्ने प्रकृतिको हुन्छ । ताल ढिक्को भएर जम्दा पनि पिंधमा तरल पानी मौजूद हुन्छ । प्रकृतिको त्यस लीलाले गर्दा माछाहरूको प्राण रक्षा हुन्छ । पानीको त्यस गुणको फाइदा लिन सामुद्रिक कछुवा लगायतका अरू प्राणी पनि जाडोमा समुद्रको पिंधतिर बसाइसराइँ गर्दछन् ।

शीतनिद्राको त्यस अवस्थामा तिनका हृदयगति अति न्यून हुन्छ । एक अध्ययनले यतिसम्म देखायो कि जलकछुवाहरूको प्रतिमिनेट चालीस (४०) पटक धड्कने मुटु जाडोको शीतनिद्रामा प्रति दश (१०) मिनेटमा एक पटक मात्र ढुक्क गर्दो रहेछ । यस्तै गरी भ्यागुताहरू पनि शीतनिद्रामा निदाउन थोरै पानी भएका ठाउँ वा सिमसारका सुरक्षित स्थान भेट्टाउँछन् । केही स–साना भ्यागुताहरू भने वनका सोत्तर, पात–पतिङ्गरको थुप्रोमा घुस्रिएर सुरक्षित शीतकाल बिताउँछन् । सर्प भने जमिनमुनिका दुलो खोज्दछन् । हिमालतिर पाइने आँधो सर्प ९ज्ष्mबबिथबल उष्त खष्उभच० पाँच हजार मिटरको उचाइमा पनि जमिनमुनिका दुलोमा सुरक्षित जाडो बिताउँछन् । शीतनिद्रामा रहँदा यी सर्प पूर्ण अचेत भने हुँदैनन् । जाडो खप्ने प्रकृतिको यस्तो लीला विशेष गरेर ‘चिसो रगत’ ९ऋयमि दयियमभम० का प्राणीमा निहित हुन्छ । 

यस्तो सहनशक्ति सबै प्राणीमा हुँदैन । विशेष गरेर स्तनधारी प्राणी र चरा प्रजातिमा शीतनिद्राको क्षमता हुँदैन । यी प्राणीका शरीरभित्र सञ्चार हुने रगतको तापमान जाडो–गर्मीले गर्दा फेरबदल हुँदैन । उदाहरणका लागि मानिसको शरीरभित्रको तापमान ९८०६ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियस) मा प्रायः स्थिर हुन्छ । बाहिरी तापमानको फेरबदलले त्यसलाई बदल्न सक्तैन । शारीरिक अस्वस्थतामा भने ज्वरो बढ्ने र घट्ने हामी सबैले भोगिआएकै कुरा भयो । मानिस लगायत सबै स्तनधारी प्राणी तथा पक्षीहरूको रक्तसञ्चार र शारीरिक तापमान एकैनाशले कायम हुन्छ । यस्ता प्राणीलाई ‘न्यानो रगतका प्राणी’ ९ध्बचm(दयियमभम बलष्mब०ि भन्ने चलन छ । यी प्राणीहरू जाडो खप्नेभन्दा छल्ने उपायतिर लाग्दछन् । नभचरहरू बसाइसराइँको लामो यात्रा तय गर्दछन् । स्थलचर प्राणीहरू पनि आ–आफ्ना अनुकूल स्थानतिर लाग्दछन् । कतिपय पशुपक्षीको शारीरिक बनोट नै जाडो खप्ने विशेष खालको हुन्छ । त्यसमा ध्रुवीय पक्षी ‘पेन्गुइन’ ९एभलनगष्ल० र हाम्रै हिमाली हिमचितुवा ९क्लयध भियउबचम० उपयुक्त उदाहरण हुन् । यी प्राणीहरू हिमाच्छादित पर्यावरणमा पूर्ण जीवन बिताउँछन् र शीतनिद्रामा पनि जाँदैनन् । सधैं सचेत र सक्रिय रहन्छन् । पेन्गुइनको प्वाँख ज्यादै बाक्लो घनत्वमा पलाउँछ र यस पक्षीको छालाको मुनितिर हावाका स–साना थैलीको एकपत्र जडिएको हुन्छ । यी हावाका थैलीले बाहिरी ठण्डीलाई भित्रसम्म पुग्न रोक्छन् र शरीरको न्यानो बाहिर फैलिएर जान पनि दिंदैनन् । त्यस्तै, हाम्रो हिमचितुवाको पनि ज्यादै बाक्लो भुवादार छाला र छालाभित्र बोसो जमेको हुन्छ । खुट्टाका पञ्जा पनि बाक्लो र चौडा हुन्छन् । हिमाच्छादित क्षेत्रको यो रैथाने जीवले बसाइसराइँको कष्ट गर्नु पर्दैन । र, शीतनिद्राको विलास पनि यिनलाई छैन । शीतनिद्राको विलासी जीवन बिताउनेहरूमा सेतो ध्रुवीय भालु ९एयबिच दभबच० र हाम्रो हिमाली कालो भालुको चर्चा अधिक हुने गरेको छ । तिनमा अध्ययन र अनुसन्धानको सिलसिला पनि अधिक छ । 

ध्रुवीय भालु हिउँ जस्तै सेतो हुन्छ जसले गर्दा उसलाई शिकार गर्न सजिलो हुन्छ । समुद्रका शिल नामक प्राणी यिनका मुख्य शिकार हुन् । ध्रुवीय भालु पनि हाम्रै कालो भालु जस्तो ठूलो कदको दुई–तीन मिटर लम्बाइको ४५० किलोग्राम तौलको हुन्छ । यिनीहरू प्रायः एक्लाएक्लै डुल्ने र शिकार गर्ने बानी हुन्छ । जाडो लागेपछि हिउँ खनेर सुरक्षित ठाउँमा गुफा बनाउँछ । त्यसभन्दा पहिले सकेसम्म अधिक खाना खाएर मोटाएर शीतनिद्रामा जाने तयारी गर्छ । गर्भवती ध्रुवीय भालुहरू यही शीतनिद्राको समयमा पेटको बच्चालाई हुर्काइ आफ्नै ओडारमा जन्माउने गर्दछन् । वसन्तको आगमनपछि मात्रै यी भालु ओडारबाट निस्केर बाहिर चहार्दछन् । हाम्रा काला भालुहरू पनि प्रायः यस्तै प्रकारले शीतनिद्रामा डुब्ने गर्छन् । शीतनिद्रामा रहँदा भालुहरू खानापिना मात्र हैन दिसापिसाब पनि रोकेर बस्ने गर्दछन् । हाम्रा काला भालु सेता भालु झ्ैं पूर्ण मांसाहारी हुँदैनन् । उनीहरू पाएसम्म जंगलका फलफूल, कन्दमूल र माहुरीको मह पनि खाने गर्दछन् । त्यसले नपुगेमा भेडा–बाख्रा आदि पाल्तु जन्तु समेत मारेर खाने गर्दछन् । हाम्रो हिमाली क्षेत्रमा भालु बाहेक फ्याउमुसा ९ःबचmयतक० पनि शीतनिद्रामा सुत्दछन् । न्यानो रगतधारी ९ध्बचm दयियमभम० अन्य पशुपक्षीमा यस प्रकार शीतनिद्रा धारण गर्ने प्राणीमा केही जातका लोखर्के, केही चमेरो, केही छुचुन्द्रो तथा फूलको रस चुस्ने ‘हमिङ बर्ड’ ९ज्गmmष्लन दष्चम० को पनि चर्चा हुन्छ । तर शीतनिद्राको चर्चामा भालुको प्रसंग नै अधिक हुने गरेको छ । 

अन्त्यमा,
ऋतुको हेरफेरमा शिशिरले हाम्रो जीवन चरियालाई निकै प्रभाव पार्दछ । प्रकृतिको यस्तो फेरबदललाई आत्मसात् गर्न सक्ने विभिन्न उपायहरू रच्न सक्षम प्राणीको जीवन नै सफल हुन्छ । अन्यथा डाइनोसरको नियति भोग्न बाध्य हुनुपर्छ । यसै सिलसिलामा प्रकृतिसम्मत संस्कृति विकासको एउटा द्योतक हो हाम्रो उँभौली–उँधौली पर्व । लेकाली क्षेत्रको पशुपालन तथा जडीबुटी एवं कन्दमूल आदि विशेष उत्पादन सोहोरेर उँधौलीको उँधो यात्रा सम्पन्न गरिन्छ । औल–बेंसीको बालीनाली पनि भकारी बाँधेर बसेका आफ्ना स्थायी बसोबासमा मनाइने उत्सव उँधौली अर्थात् साकिला पर्वको अर्थ र मर्म वर्तमान पिंढीले बिर्सनुहुँदैन । विद्यालय शिक्षा प्रणालीमा चलिआएको मीनपचास जस्तो जाडो छल्ने छुट्टीको महŒवलाई बिर्सनु पनि ऋतृ–विचार ज्ञानको अल्पता हो भन्दा अत्युक्ति नहोला । नेपाल जस्तो विविध वातावरण र विविध संस्कृतिले सम्पन्न देशमा शैक्षिक सत्रले विविधताको मर्म कायम राख्नु नै उचित हुन्छ । 
संसार बदलिंदो छ । बदलिंदो संसारले सिर्जेको जलवायु परिवर्तनसँग मानव–जाति विशेष सतर्क हुनुपर्छ भन्नेमा अन्तर्राष्ट्रिय चासो पनि बढ्दो छ । पृथ्वीको ध्रुवीय प्रदेश र हिमालय जस्तो हिमाच्छादित क्षेत्रमा जलवायु परिवर्तनको नकारात्मक असर बढ्दो छ । ध्रुवीय सेतो भालु बिलाउनु वा हिमाली कालो भालु लोप हुनु– वन्यजन्तु संरक्षणको चिन्ता मात्र हैन, सम्पूर्ण मानव एवं अन्य प्राणी वा वनस्पतिको संकटापन्न अवस्थाको सूचक पनि हो भन्ने बुझनुपर्छ । यहाँनिर कवि कृष्णप्रसाद पराजुलीको सय थुँगा फूलको अन्तिम थुँगालाई स्मरण गर्न चाहन्छु

हेर्नु नहेर्नु के फरक भयो, छातीमा लहर उर्लन्न भने,
मेघ गर्जनुको सार गयो, खडेरीमा पनि बर्सन्न भने ।
जीवन यात्रा हो यो– घाम पानी सबथोक हुन्छ,
बस्नु नबस्नुको के अर्थ रह्यो नयाँ ऋतु फर्कन्न भने ।।  

commercial commercial commercial commercial