हाउगुजी होइन

कार्यमूलक अनुसन्धान औपचारिक अनुसन्धान जस्तै जटिल हुन्छ भन्ने भ्रमले हामी यसको प्रयोग गर्न हिचकिचाउने गरेका छौं । तर यो धेरै सरल, लचिलो र समस्या समाधानमा तत्काल प्रभावकारी सहयोग पुर्‍याउने अचूक विधि हो । शिक्षकका लागि त यो रामवाण जस्तै हो ।

परिचय
कार्यमूलक अनुसन्धानलाई क्रियात्मक अनुसन्धान वा कार्यगत अनुसन्धान पनि भनिन्छ । यसको सुरुआत मनोविज्ञानवेत्ता कुर्त लेविन (१८९०–१९४७) ले गरेका हुन् । उनका अनुसार कार्यमूलक अनुसन्धान भनेको योजना, कार्यान्वयन र नतीजाको पहिचानसहित तीन चरणको चक्रीय प्रक्रिया हो । उनले कार्यमूलक अनुसन्धानको आवश्यकतालाई यसरी प्रष्ट्याएका थिएः Research that produces nothing but books will not suffice (Lewin 1946 : 202-3) । स्टेफेन (१९५३) का अनुसार अनुसन्धानकर्ताले आफ्नै समस्या अध्ययन गरी आफ्ना कार्यहरू परिमार्जन गर्ने प्रक्रिया नै कार्यमूलक अनुसन्धान हो । केमिस र म्याक टेग्रेट (१९९२) का अनुसार कार्यमूलक अनुसन्धान गर्नु भनेको योजना बनाउनु, कार्यान्वयन गर्नु , अवलोकन गर्नु र प्रतिबिम्बन गर्नु हो जुन कुरा सावधानीपूर्वक, सिलसिलाबद्ध रूपमा एवं गम्भीरतापूर्वक सम्पत्र गरिन्छ । टागार्ट (१९९६) का अनुसार कार्यमूलक अनुसन्धान, अनुसन्धान विधिको टेम्प्लेट मात्र होइन, सामाजिक खोजका सिद्धान्तहरूलाई अभ्यास मा ल्याउने, अवलोकन गर्ने र समस्या समाधान गर्ने प्रतिबद्धता पनि हो ।

सन् १९६० को दशकतिर कार्यमूलक अनुसन्धानको लोकप्रियता घटेको थियो । ७० को दशकमा दोस्रो पुस्ताको कार्यमूलक अनुसन्धानका रूपमा यसलाई सङ्गठन विकास मा प्रयोग गर्न थालियो । ८० को दशकमा समालोचनात्मक र उन्मुक्तिपरक कार्यमूलक अनुसन्धानका अवधारणा अगाडि ल्याइए । त्यसपछि चौथो पुस्ताका रूपमा सहभागितामूलक कार्यमूलक अनुसन्धानको सुरुआत भयो । लेविनको कार्यमूलक अनुसन्धान सम्बन्धी पुस्तक प्रकाशित भएपछि स्टेफेनले यसको प्रयोग शिक्षा क्षेत्रमा गरेका हुन् । अहिले कार्यमूलक अनुसन्धानलाई विद्यालय र कक्षाकोठामा आधारित अध्ययनका रूपमा हेरिन्छ, प्रधानाध्यापक र शिक्षकले नै संचालन गर्द छन् र समस्या समाधानमा केन्द्रित गरिएको हुन्छ ।  

अनुसन्धानका चरण
कार्यमूलक अनुसन्धानका चरणहरूलाई चक्रको रूपमा यस प्रकार हेर्न सकिन्छः

योजना अन्तर्गत समस्याको पहिचान, प्रमाणीकरण, कारणको खोजी, उपाय अर्थात् प्रयत्नहरूको खोजी, कार्यान्वयनमा ल्याउने उपायको छनोट, अध्ययन साधन विकास, अध्ययनको खाका तथा प्रस्तावना विकास सबै पर्दछन् । कार्यान्वयन अन्तर्गत वास्तविक कार्यक्षेत्रमा गई समस्या समाधानका उपायहरू कार्यान्वयन गर्ने अर्थात् सुधारका प्रयत्न शुरू गर्ने कुरा पर्दछन् ।

कार्यान्वयन सधैं योजना मुताबिक नै हुन्छ । अवलोकन अन्तर्गत सुधार अर्थात् प्रगतिको अवस्था पहिचान गर्ने, छलफल र अन्तरक्रिया गर्ने, मापन गर्ने, अभिलेख राख्ने, रुजु गर्ने, रुब्रिक्स प्रयोग गर्ने आदि कुराहरू पर्दछन् जसबाट कार्यान्वयन अघि र पछिको अवस्थामा आएको भिन्नता तुलना गर्न सहयोग पुग्दछ । त्यसैगरी प्रतिबिम्बन अन्तर्गत प्रगति र उपलब्धिका बारेमा मनन गर्ने, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने, सबल र कमजोर पक्षहरू पहिचान गर्ने, निष्कर्षमा पुग्ने र प्रतिवेदन तयार गर्ने, सिकाइको प्रबोधीकरण गर्ने आदि कुराहरू पर्दछन् । योजनाबाट शुरू भएको चक्र प्रतिबिम्बनमा टुङ्गिए जस्तो देखि ए तापनि यो टुिङ्गदैन ।

समस्या समाधानका सबल पक्षहरूलाई कायम राखी कमजोर पक्षहरूलाई सुधार गर्न पुनः योजना, कार्यान्वयन र प्रतिबिम्बन गर्नु पर्ने हुन्छ । त्यसैले यो चक्र निरन्तर चलिरहन्छ । यसलाई चक्रीय प्रक्रिया भन्नुको तात्पर्य पनि यही हो ।

आफ्नो पेशा वा व्यवसायमा आइपरेका समस्या समाधान गरी पेशालाई सबलीकरण गर्न मानिसले कार्यगत अनुसन्धान गर्नु जरूरी हुन्छ । गरिरहेको पनि हुन्छ, भलै त्यो कार्यमूलक अनुसन्धान हो भन्ने उसले थाहा नपाएको होस्, अथवा उक्त चक्र अनुसार कार्य गरेर पनि डकुमेन्टेसन न गरेको होस् । उदाहरणका लागि, एक जना किसानले व्यावसायिक रूपमा कुखुरा पाल्न शुरू गरे तर कुखुरा मरे र नाफा भएन । उनले समस्या पहिल्याउँदै सोका कारणहरू पहिचान गरे । समाधानका उपायहरू पत्ता लगाए र कार्यान्वयन गरे । कुखुरा मरेनन् र उनी नाफा कमाउन सफल भए । यसबाट उनले केही पाठ सिके ।

त्यस्तै, एक जना शिक्षकले राम्ररी मिहिनेत गरेर पढाउँदा पनि अधिकांश विद्यार्थी अनुत्तीर्ण भएका थिए । उनले आफ्नो शिक्षण प्रक्रियामा रहेका समस्याहरू खोजी गरे । सुधारका उपायहरू पहिचान गरे । उपायहरूलाई एकएक गरी कार्यान्वयनमा ल्याए । फलतः अधिकांश विद्यार्थी उत्तीर्ण भए । उनले आफ्नो सफलताका अनुभवहरू लिपिबद्ध गरी अरू शिक्षकहरूसँग पनि बाँडे । उनको पेशागत विकास मा सहयोग पुग्यो । दुवैले वास्तवमा कार्यमूलक अनुसन्धान गरेका हुन् ।
कार्यमूलक अनुसन्धानका चरणलाई चक्रीय रूपमा देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

विशेषता
- कार्यमूलक अनुसन्धानका विशेषताहरू यस प्रकार रहेका छन्ः
- वैज्ञानिक विधि प्रयोग गरी वर्तमान समस्याको व्यावहारिक समाधान निकालिन्छ ।
- वर्तमान अभ्यास को सुधार र परिमार्जनमा जोड दिइन्छ ।
- कार्यको माध्यमबाट व्यक्तिगत वा सामूहिक समस्या अध्ययन गरिन्छ ।

- काममा संलग्न व्यक्तिबाट आफ्नो काममा सुधारका लागि समस्या अध्ययन गरिन्छ ।
- व्यावहारिक समस्या समाधान गर्ने क्षमता अभिवृद्धि हुन्छ ।
- सहभागितामूलक र सहकार्यात्मक हुन्छ ।
- आफैं भित्रको सामाजिक प्रणाली र परिवर्तन प्रक्रिया बुझन मद्दत पुग्छ ।
- वर्तमान परिस्थितिमा भर पर्दछ ।
- तत्कालै मुकाबिला गर्नु परेको समस्यामा जोड दिइन्छ ।
- उपयोगी र व्यावहारिक प्रतिफल प्राप्त हुन्छ ।
- अन्य परिस्थितिमा सामान्यीकरण गर्न सकिंदैन ।

औपचारिक अनुसन्धान भन्दा फरक

यस तालिकाबाट स्पष्ट हुन्छ, कार्यमूलक अनुसन्धान भनेको घटना/मामला अध्ययन भन्दा भित्र कुरा हो र यो समस्याको समाधानमुखी अर्थात् सुधारमुखी हुन्छ ।

कार्यमूलक अनुसन्धानको उपयोग

विद्यालय सुधार
“कार्यमूलक अनुसन्धान सुधारका लागि हो प्रमाणित गर्नका लागि होइन (ACTION  RESEARCH IS TO  IMPROVE  NOT TO  PROVE)   ।” यसबाट विद्यालय सुधारमा मद्दत पुग्दछ । जस्तैः
- विद्यालयको कार्य–वातावरणमा सुधार आउँछ ।
- शिक्षक तथा प्रधान अध्यापक (प्रअ) हरूमा आफ्ना समस्याको अध्ययन गर्ने वैज्ञानिक अभिवृत्ति विकास हुन्छ ।
- शिक्षक तथा प्रअहरूको कार्यदक्षता अभिवृद्धि हुन्छ ।
- विद्यालयमा सिकाइ–अनुकूल वातावरण सिर्जना हुन मद्दत पुग्दछ ।
- विद्यार्थीहरूको उपलव्धि बढोत्तरीमा सहयोग पुग्दछ ।
 
शिक्षकको पेशागत विकास
पेशागत विकास का तीन मोडलहरू छन्ः क्राफ्ट मोडल, एप्लाइड साइन्स मोडल र प्रतिविम्वनात्मक मोडल । कार्यमूलक अनुसन्धान प्रतिबिम्बनात्मक मोडलभित्र पर्दछ ।

प्राप्त ज्ञान अन्तर्गत आँकडा, तथ्य, सिद्धान्त, अनुसन्धानका प्राप्ति आदि पर्दछन् जुन कुरा आफ्नो पेशासँग सम्बद्ध हुन्छ । अनुभवजन्य ज्ञान अन्तर्गत अभ्यास , कार्यको प्रतिविम्वन, अवलोकन आदिबाट हासिल गरेको ज्ञान पर्दछ । शिक्षकले आफ्नो वर्तमान ज्ञान संरचना अर्थात् अनुभवजन्य ज्ञान र प्राप्त ज्ञानका आधारमा अभ्यास र प्रतिबिम्बनका माध्यमबाट पेशागत विकास गर्द छन् ।

अनुसन्धान प्रस्तावना
अनुसन्धानको प्रस्तावना तयार पार्नु सामान्यतः झन्झटिलो काम मानिन्छ । तर कार्यमूलक अनुसन्धानको प्रस्तावना तयार पर्नु आफैंमा रमाइलो पनि छ । प्रस्तुत छ एउटा उदाहरणः

हिमालय माविका गणित शिक्षक हुन् । उनले कार्यमूलक अनुसन्धानको प्रस्तावना तयारीका लागि सर्वप्रथम आफूले सामना गर्नु परेको र समाधान गर्न जरूरी ठानेको एउटा समस्या टिपोट गरे । उनको कक्षाका अधिकांश विद्यार्थीहरूले x2+5x+6=0 स्वरूपका वर्ग समीकरण हल गर्न सकेका थिएनन् । उनी यो समस्याको रूपमा छ भत्रे कुरा को प्रमाण जुटाउनतिर लागे । उक्त पाठमा विद्यार्थीहरूको औसत प्राप्ताङ्क ५० प्रतिशत थियो र ४० प्रतिशत विद्यार्थीहरू मात्र उत्तीर्ण भएका थिए । विद्यार्थीहरूको उत्तरपुस्तिका, कक्षा कार्य, गृह कार्यको अवलोकनबाट पनि सो कुरा देखि एको थियो । उनले समस्याका सम्भावित कारणहरूको सूची तयार पारे । जुन यस प्रकार थियोः

क) विद्यार्थीहरूगुणन तालिकाको स्मरणमा कमजोर छन् ।
ख) विद्यार्थीहरू कोष्ठमा कुन संख्या राख्ने भत्रे कुरा मा स्पष्ट छैनन् ।
ग) विद्यार्थीहरू कोष्ठभित्र कुन क्रिया गर्ने भत्रे कुरा मा स्पष्ट छैनन् ।
घ) विद्यार्थीहरूले कोष्ठभित्रका संख्याहरूगुणन गर्न र जोड गर्न जान्दैनन् ।

पेम्बाले त्यस सूचीबाट आफूलाई सबैभन्दा महत्वपूर्ण लागेको एउटा कारण छाने । त्यो थियो– “विद्यार्थीहरूगुणन तालिकाको स्मरणमा कमजोर छन् ।”

उनले उक्त समस्या समाधानका उपायहरूको सूची पनि तयार पारेः
क)    गुणन तालिका स्मरण अभ्यास गराउने ।
ख)    मौखिकगुणन प्रतियोगिता गराउने ।
ग)    लिखितगुणन प्रतियोगिता गराउने ।
घ)    गुणन तालिकाको पोस्टर कक्षामा टाँस्ने ।
पेम्बाले ती उपायहरूमध्ये पनि आफूलाई बढी उपयुक्त लागेको एउटा उपाय छाने । त्यो थियो– “गुणन तालिका स्मरण अभ्यास गराउने ।”

उनले उक्त उपाय कार्यान्वयन गर्ने क्रमबद्ध चरणहरूको सूची बनाए । जस्तैः
दुई हप्तासम्म, कक्षामा प्रवेश गर्दा प्रत्येक पटक
क) गुणन तालिका सम्बन्धी हाजिरीजवाफमा पाँच मिनेट समय खर्च गर्ने ।
ख) जवाफ लेखिएको कापी जम्मा गरी परीक्षण गर्ने र गल्ती भएका ठाउँमा सच्याएर विद्यार्थीलाई फिर्ता गर्ने ।
ग) विद्यार्थीहरूलाई आँखा बन्द गरी आधारभूतगुणन तथ्य तालिका सम्झ्न लगाउने ।
घ) त्यसपश्चात् रुटिन अनुसारको पाठ शुरू गर्ने (त्यस दिनको पाठ वर्ग समीकरण नहुन पनि सक्छ) ।
उनले उक्त प्रयास प्रभावकारी भए–नभएको यकिन गर्ने तरीकाको पनि सूची बनाए–
क) उपायको कार्यान्वयन पूर्व वर्ग समीकरणका १० प्रश्न निकाली परीक्षा लिने ।
ख) उपाय कार्यान्वयनको दुई हप्ता पश्चात् वर्ग समीकरणका १० प्रश्न निकाली परीक्षा लिने ।
ग) दुई परीक्षाको नतीजा तुलना गर्ने ।

यसका साथै पेम्बाले अनुसन्धानको उपकरण, नमूना छनोट, उपाय कार्यान्वयनको अवधि, अनुसन्धानको शीर्षक र अनुसन्धानको उद्देश्य उल्लेख गरे । त्यसपछि अनुसन्धानको उपलव्धि सम्बन्धमा प्रतिविम्वन गर्ने कुरा लेखे । यसरी कार्यमूलक अनुसन्धानको प्रस्तावना तयार भयो ।

प्रतिवेदन
कार्यमूलक अनुसन्धान एक प्रकारको अनौपचारिक अनुसन्धान हो । औपचारिक अनुसन्धानको जस्तो यसको प्रतिवेदनको कुनै निश्चित खाका हुँदैन । तैपनि यसलाई निम्न प्रकारले प्रस्तुत गर्न सकिन्छः क. सफलताको कथा लेखेर, ख. योजना, कार्य, अवलोकन र प्रतिबिम्बन उपशीर्षक अन्तर्गत समेटेर अथवाग. साधारण अनुसन्धान प्रतिवेदनको खाकामा लेखेर । प्रतिवेदन जसरी र जुन रूपमा तयार गरे पनि हुन्छ तर त्यसमा कार्यमूलक अनुसन्धानका क्रममा योजना कार्यान्वयन, अवलोकन र प्रतिबिम्बन अन्तर्गत चक्रीय रूपमा उपायहरू योजनाबद्ध किसिमले कार्यान्वयन गरिएको कुरा स्पष्ट तवरमा प्रतिबिम्बित हुन आवश्यक छ । हामीले कार्यमूलक अनुसन्धानका सबै चरण पूरा गरे तापनि त्यसलाई प्रतिवेदनका रूपमा डकुमेन्टेसन न गरेकाले सम्पत्र भएका, गरेका उदाहरणीय कामहरू पनि प्रकाशमा आउन सकेका छैनन् । यसतर्फ हामी सबैले ध्यान दिनु जरुरी छ ।

निष्कर्ष
कार्यमूलक अनुसन्धान भनेको पेशागत समस्या समाधानका लागि निरन्तर चलिरहने चक्र हो । यो पेशागत विकास को माध्यम अर्थात् साधन पनि हो । हामीले कार्यमूलक अनुसन्धानलाई समस्याको पहिचान गर्ने , समाधानको उपाय खोज्ने, उपायको कार्यान्वयन गर्ने र नतिजाको प्रतिबिम्बन तथा विश्लेषण गरी सोको अभिलेखीकरण गर्ने सरल कार्यको रूपमा लिन जरूरी छ । यसलाई जुनसुकै पेशाकर्मीले सजिलै सम्पत्र गर्न सक्ने लचिलो अनुसन्धानका रूपमा बुझेर यसका माध्यमबाट हामी आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्न सक्छौं र यस्तो गर्नु आवश्यक पनि छ ।

सन्दर्भ सामग्री
1.    McTaggart, R. Educational Action Research, Routledge, Volume 2, No. 3, 1994
2.     Kemmis, S., & McTaggart, R. (2000). Participatory action research. In N. Denzin & Y. Lincoln (Eds.), Handbook of qualitative research (2nd ed., pp. 567–605).Thousand Oaks, CA: Sage. 



 

commercial commercial commercial commercial