खाँचो साझ नीति र योजनाको

खाँचो सर्वस्वीकार्य विकासे नीतिको हो । सरकार त नेपालमा भन्दा छिटो छिटो जापानमा फेरिएको छ तर त्यसले जापानको विकास कोगति रोकिएको छैन । त्यसैले अब विकास को त्यस्तो नीति अवलम्बन गर्नु जरुरी छ, जसले नेतालाई विकास मा राजनीति हैन विकास को राजनीति गर्न बाध्यगराओस् ।

विकास त्यो हो जसले हरेक मानिसको आधारभूत आवश्यकताका साथै इच्छा, चाहनालाई सम्बोधन गर्छ । तर मानिसको आधारभूत आवश्यकता र चाहना समयक्रममा फराकिलो हुँदै जान्छ । मानिसको चाहनाको पनि गति हुन्छ । मानिसको बदलिंदो चाहनालाई सम्बोधन गर्न विकास सधैंगतिशील हुनुपर्छ । विकास कोगति मानिसको आकांक्षाकोगतिभन्दा कम भए, अनेकन समस्या देखि न थाल्छ । यस्तै भएको छ देशमा । स्थानीय स्रोतसाधनको नवीन ढंगले प्रयोग गरी बढ्दो जनसंख्या र घट्दो उर्वराशक्ति बीच तादात्म्यता राख्नु आजको विकास को आवश्यकता हो । राज्यले हरेक क्षेत्रमा स्थानीय उत्पादन बढाउनुका साथै त्यसको विनिमयको व्यवस्थापन र सबैको क्रयशक्ति वृद्धि गर्नु पर्छ । यस्तो विकास ले नै आम मानिसको आहार, शिक्षा, स्वास्थ्यको आवश्यकता पूर्ति र रोजगारीको अवसर सृजना गर्छ ।  

भौगोलिक विकटता– देशको भौतिक विकास मा चुनौती बनेको छ । तर भौगोलिक विकटताले जैविक विविधता पनि दिएको छ । जैविक विविधताले अनेकन सम्भावनालाई उजागर गरेको छ । त्यो सम्भावना पहिल्याउने र प्रयोगमा ल्याउने विकास को योजनाबद्ध खाका चाहिएको छ । समुचित, न्यायोचित र सन्तुलित विकास को खाका र त्यो अनुरुप नीतिको खाँचो छ । त्यसको लागि स्थिर सरकार भए रराम्रो, तर हुनैपर्छ भन्ने छैन । निर्दलीय व्यवस्थामा होस् वा लोकतात्रिन्क पद्धतिमा, नेपालमा सरकारहरूले कहिल्यै स्थायित्व पाएनन् । कुनै लोकतान्त्रिक सरकारले पूरा कार्यकाल काम गर्न पाएन । विकास कोगति सुस्त हुनुमा, अस्थिर सरकारलाई अगाडि सारिन्छ । तर वास्तवमा स्थायित्व भन्दा पनि खाँचो सर्वस्वीकार्य विकासे नीतिको हो । समग्रमा प्राथमिकता र योजनाको अभाव हो । सरकार त नेपालमा भन्दा छिटो छिटो जापानमा फेरिएको छ । तर त्यसले जापानको विकास कोगति रोकिएको छैन । त्यसैले अब विकास को त्यस्तो नीति अवलम्बन गर्नु जरुरी छ, जसले नेतालाई विकास मा राजनीति हैन विकास को राजनीति गर्न बाध्यगराओस् । समाज विभिन्न दर्शनमा विभाजित छ तर समाज को चाहना सधैं एउटै छः समृद्धि । तसर्थ राजनीतिलाई दर्शनमा विभाजित गराउने भन्दा पनि समाज को आवश्यकतामा एकीकृत गराउनु पर्छ । त्यसको समयसीमासहितको विभिन्न योजनाको खाका पनि कोरिनुपर्छ । यो किन पनि आवश्यक छ भने, विकास का सैद्धान्तिक परिभाषा एउटै भए पनि , यसका व्यावहारिक पक्षहरू एकै हुन्नन् ।

विकास को काम वा प्रक्रियालाई भौगोलिक स्थितिसँगै, स्थानीयको चेतनास्तर ले पनि प्रभाव पार्छ । तसर्थ भिन्न भिन्न स्थानलाई भिन्न भिन्न विकास को मोडल वा सूत्र चाहिन्छ । फरक कार्यतालिका र योजना चाहिन्छ । तर उद्देश्य भने स्थानीय स्रोत साधन र सम्पदाको अधिकतम प्रयोग गर्ने नै हुनुपर्छ । ती प्रयोगले जीविकोपार्जन तथा आयआर्जनको बाटो खोल्नै पर्छ । उदाहरणको रूपमा, पूर्वी पहाड र कर्णाली अञ्चलको वस्तुस्थिति र सम्भावना फरक फरक छ । कर्णालीको योजनामा स्याउ उत्पादन र यार्सा गुम्बा संकलनमा जोड दिनुपर्छ भने पूर्वी पहाडमा अलैंची र चिराइतोको खेतीमा । पर्यटनकै सवालमा पनि कर्णालीमा राराको आकर्षण बढाउनुपर्छ भने, पूर्वमा कञ्चनजंघालाई प्राथमिकतामा राख्नुपर्छ ।

कहिलेकाहीं विकास ले व्यक्तिमा विलासिताको सपना जन्माउँछ । ती सपना आवश्यकता वा प्रतिष्ठामा बदलिन्छन् । समृद्धिको शिखरमा जीवन बाँचिरहेका अमेरिकी तथा युरोपेलीहरू विज्ञानले निर्माण गरेका प्रविधि तथा विलासिताका सामग्रीप्रति बढी मोह राख्छन् । यिनै अमेरिकी तथा युरोपेलीको सपना १०० वर्ष अगाडि भिन्नै थिए । अर्थात् समाज को आवश्यकताले विकास को सूचक निर्धारण गर्ने हो । प्रगतिले समाज को आवश्यकता पनि बढाउँछ । हराम्रो देशका एकाधले मात्र आजका युरोपेली तथा अमेरिकीको जस्तो समृद्ध जीवनको चाहना राख्छन् । धेरैको चाहना शिक्षा, स्वास्थ्य, रोजगारीसँगै जोडिएको छ । अझ् कति भेगका मान्छे त भोकमरीको चपेटामा छन् । धेरैको संख्यामा कमजोर जीवनस्तर बाँचिरहेका प्रति लक्षित योजना बन्नु पर्छ । सबै भेगमा यातायात, बिजुलीको विस्तार, स्थानीय उत्पादनको बढोत्तरी र त्यसबाट गाँस, बास, कपास, साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता नै हराम्रो विकास ले समेट्ने कुरा हुन् । अहिलेको विन्दुबाट हेर्दा नेपाल नेपालीको लागि यी काम भए विकास भएको ठहरिन्छ ।

विकास र वातावरणको सम्बन्ध जहिले पनि विपरीत हुन्छ । कसरी कमभन्दा कम वातावरणीय क्षतिमा अधिक विकास गर्न सकिन्छ ? हराम्रो योजना र प्रयास त्यसतिर लक्षित हुनुपर्छ । एक्काइसौं शताब्दीमा विकास को कुनै पनि काम मान्छेले मात्र सम्पन्न गर्न सक्दैन । आधुनिक प्रविधि र यन्त्रलाई मानव शक्तिको सहयोगीको रूपमा प्रयोग गर्नै पर्छ । आधुनिक यन्त्रको प्रयोगले आवश्यकताभन्दा बढी जमिनमा हलचल ल्याउन सक्छ । त्यसले विनास पनि निम्त्याउन सक्छ । साथै त्यस्ता प्रविधि तथा यन्त्रको प्रयोग गर्दा पेट्रोल, डिजल जस्तो खनिज इन्धनको अत्यधिक खपत हुन्छ । खनिज इन्धनको अत्यधिक खपतले वायुमण्डलमा असर पार्छ । त्यसै कारण जलवायु परिवर्तन भई तापक्रम बढ्छ र बढिरहेको पनि छ । तापक्रम वृद्धिले देशको पहिचान र सम्पदाको रूपमा रहेको हिमालको सुन्दरतामा ह्रास आउन थालेको छ । मौसम परिवर्तन भई जीवनयापन तथा खेतीपातीको काममा असर परेको छ । पृथ्वीको तापक्रमलाई स्थिर राख्न वनजंगल बचाउन र बढी भन्दा बढी हरियाली कायम गर्नु जरुरी छ । साथै ठूला ठूला निकुञ्ज र जंगल मास्ने योजनाहरू कम गर्नु पर्छ ।

माथि उल्लिखित काम गर्नलाई समुचित, सन्तुलित र योजनाबद्ध विकास को खाका चाहिन्छ । तर आजसम्मका धेरै योजना हचुवाको भरमा बनेका छन् । विकास को क्रममा स्थानीय भूगोलको स्थिति र स्थानीयवासीको भावना कमै बुझने गरिएको छ । साथै स्रोतलाई समान वितरण गर्नु को सट्टा पहुँचवालाकोमा थुपारिन्छ । यसले विकास को काममा समतामूलक र लोकतान्त्रिक विधिलाई अंगीकार गरिएको छैन भन्ने देखाउँछ । विकास को योजना विज्ञले नै बनाउनुपर्छ तर स्थानीय अनुभव र भावनालाई उपेक्षा गर्नु हुँदैन । जो, जहाँ वर्षाैं देखि बसिरहेका छन्, त्यो ठाउँमा उनीहरूकै अनुभवलाई उपेक्षा गरेर गरिएको विकास दिगो नहुन र त्यसले उनीहरूको भावना र आवश्यकतालाई नसमेट्न पनि सक्छ । तसर्थ कुनै पनि विकास को योजना बनाउँदा स्थानीयको अनुभव र भावना समेट्नु जरुरी छ । जनसहभागितामा बनेका योजना तथा नीति दिगो र प्रभावकारीरूपले लागू हुन्छन् । जसले विकास कोगतिलाई द्रुत बनाउँछ । समृद्धिको सपनालाई साकार बनाउन मद्दत गर्छ ।

देश विकास को निम्ति प्रसस्त छलफल भइरहेका छन् । यस्ता छलफल स्थानविशेषको भेला तथा सभामा मात्र हैन, सामाजिक सञ्जाल वा ‘भर्चुवाल’ दुनियाँको पर्खालमा पनि प्रसस्तै हुने गरेको छ । त्यस्ता छलफल र बहसबाट आएका विकास का विविध विचार वा खाका समेटेर देश र जनताको विकास को निम्ति आएका साझ खाका कोरिनु जरुरी छ ।

क्रमिक सुधार गरेर नेपालीको जीवनशैली समृद्ध बनाओस् विकास ले; यसको लागि योजनाग्रामीण क्षेत्रमा बढीभन्दा बढी केन्द्रित हुनुपर्छ । प्रयोगमा नआएका स्रोत साधनलाई स्थानीयको आयआर्जनको माध्यम बनाउनुपर्छ । जसको लागि आस्थामा विभाजित नभई साझ धारणा बनाउन सक्ने फराकिलो सोचको विकास गर्नु पर्छ । फराकिलो सोचको विकास नभई समृद्ध विकास हुँदैन ।
सिकैचा–३, ताप्लेजुङ

commercial commercial commercial commercial