उत्तम विकल्प एमजीएमएल पद्धति

हाम्रो विद्यालयमा बहुकक्षा बहुस्तर शिक्षण पद्धतिमा आधारित पढाइ शुरू गरिएको चार वर्ष पुग्न लाग्यो । भारतको आन्ध्र प्रदेशको ऋषिभ्याली स्कूलमा भारतीय दार्शनिक जे कृष्णमूर्तिको शिक्षा अवधारणामा आधारित रहेर अभ्यास गरिएको बहुकक्षा बहुस्तर (multi grade multi level –MGML) को अवधारणा नै हामीले यहाँ क्रियान्वयनमा ल्याएका हौं । हामीले शिक्षा मन्त्रालयको अग्रसरता र सहयोगमा नै यो शिक्षण पद्धतिबारे जानकारी पाउन र लागू गर्न सकेका हौं ।

यस पद्धतिमा सिकाइलाई पाँच चरणमा बाँडिन्छ । पहिलो, परिचयात्मक । दोस्रो, अभ्यासात्मक । तेस्रो, मूल्यांकनात्मक । चौथो, सबलीकरण र पाँचौं, सुधारात्मक । यिनै चरणहरूमा आधारित रहेर त्यस्ता क्रियाकलाप हरूको विकास गरिएको हुन्छ, जसले विद्यार्थीहरूमा ज्ञानको निर्माण गर्न सकोस् । परिचयात्मक चरणमा कुनै पनि नयाँ विषयवस्तुको अवधारणाबारे परिचयगराइन्छ । बालबालिकालाई नयाँ कुरा को प्रारम्भिक जानकारी दिने काम यस चरणमा हुन्छ । अवधारणा बुझाइसकेपछि दोस्रो चरणमा त्यसबारे व्यावहारिक रूपमा बुझन र आत्मसात गर्नको लागि अभ्यास गराइन्छ, जसलाई अभ्यासात्मक चरण भनिन्छ ।

बालबालिकालाई नवीन अवधारणा दिएर मात्र उनीहरूमा ज्ञानको निर्माण हुँदैन, त्यसनिम्ति उनीहरूले व्यावहारिक अभ्यास नै गर्नु पर्छ भन्ने यस सिकाइ पद्धतिको मान्यता छ । अभ्यासात्मक चरण पूरा गरिसकेपछि मूल्यांकनको पालो आउँछ, जहाँ उनीहरूले के कति बुझे, सिके भन्ने कुरा को मापन गर्ने गरिन्छ । चौथो चरण हो, सबलीकरण । यस चरणमा बालबालिकालाई सम्बन्धित विषय वा अवधारणाबारे थप अभ्यासात्मक क्रियाकलाप गराइन्छ, जसले उनीहरूमा त्यस बारे गहिरो ज्ञान र समझदारी निर्माण गराउँदछ । पाँचौं चरणमा सुधारात्मक सिकाइ पर्दछ । मूल्यांकन गर्दा अपेक्षित सिकाइ भएको देखि एन भने यस चरणमा त्यस्ता विद्यार्थीलाई सुधारात्मक शिक्षण गरिन्छ, जसले उनीहरूमा नबुझेका वा नजानेका कुराहरू बोध गराइदिन्छ ।

परम्परागत शिक्षण कार्य पाठ्यक्रम भन्दा पाठ्यपुस्तकमुखी हुन्छ, पाठ्यपुस्तकमा लेखिएका कुरा मुखाग्र आयो कि आएन भन्ने कुरा मै जोड दिइन्छ । तर यस शिक्षण पद्धतिमा पाठ्यक्रम र विद्यार्थीको वास्तविक सिकाइमा ध्यान दिइन्छ । त्यसैले यस पद्धतिमा सिकाउन खोजेको कुरा लाई उपयुक्त क्रियाकलाप हरू गराए र ठोस ज्ञान निर्माण गर्ने प्रयत्न गरिन्छ । यसमा घोक्ने वा कण्ठ गर्ने कुरा लाई कुनै स्थान हुँदैन । हामीले यहाँ पाठ्यक्रमको सिकाइ उपलब्धि हासिल हुने गरी उपयुक्त सिकाइ क्रियाकलाप सञ्चालन गर्छौं । अतः यस पद्धतिमा कक्षागत पाठ्यपुस्तक भन्ने नै हुँदैन । यहाँ बालबालिकाका निम्ति च्यातिएको पत्रिका देखि सिन्कासम्म सबै सिकाइ सामग्री हुन् । उनीहरू स्कूलमा पढ्न होइन, सिक्न आउँछन् भन्ने यस पद्धतिको मान्यता हो । बच्चाहरूमा सिक्ने प्रवृत्ति र सीपको विकास गराउने कुरा लाई धेरै महत्व दिइन्छ । बच्चालाई स्कूलमा बिताउने हरेक मिनेट रोचक, आनन्ददायी र सिकाइको दृष्टिले पनि उपलब्धिमूलक होस् भन्ने कुरा मा विशेष ध्यान पुर्‍याएर यो शिक्षण पद्धतिको विकास गरिएको छ । करीब चार वर्षको मेरो अनुभवले भन्छ, बच्चालाई सिकाउने यो नै सही तरिका रहेछ । हाम्रा बालबालिकाले यो पद्धतिलाई कति मन पराएका छन् भने ‘हाफ टाइम’मा पनि चौरमा खेल्न जान भन्दा कक्षामा बसेर आफ्नो काम गर्न बढी मन पराउँछन् । जबकि परम्परागत कक्षाका बच्चाहरू कतिबेला ‘हाफ टाइम’ होला भनेर व्यग्र प्रतीक्षारत हुन्छन् । तर हाम्रा बच्चाहरू कक्षामैै झुम्मिरहेका हुन्छन् । किनभने उनीहरूले त्यहाँ मन लागेको काम गर्न पाएका हुन्छन् । उनीहरूले कक्षामा शिक्षकको पट्यारलाग्दो लेक्चर सुन्नु वा कुनै पाठ कण्ठ गर्नु पर्दैन ।

हामीले सरकारी पाठ्यक्रमलाई नै यस पद्धतिमा ढालेर शिक्षण सिकाइ क्रियाकलाप लाई माथि उल्लिखित पाँच चरणमा बाँड्ने गर्दछौं । माइलस्टोन (पाठ्यक्रमको सिकाइ उपलब्धिलाई खण्डीकरण गरेर स–साना सिकाइ उपलब्धि दिने गरी योजनाबद्ध र एकीकृत रूपमा तयार पारिएका क्रियाकलाप हरू) मा आधारित यस पद्धतिले सिकाइ व्यक्तिगत हुन्छ भन्ने आधुनिक शिक्षाशास्त्रको मान्यतालाई व्यवहारमा साँच्चिकै उतारेको छ, जुन आजसम्मका अरू शिक्षण शैलीले गर्न सकेका थिएनन् । यहाँ हरेक बच्चाले आफ्नैगतिमा सिक्छ । कुनै बच्चाले ‘माइलस्टोन एक’ पूरा गर्दै गर्दा अर्को बच्चाले ‘माइलस्टोन तीन’ शुरू गर्न पनि सक्छ । सिकाइ उपलब्धि सुनिश्चित गरिएको एउटा माइलस्टोन पूरा न गरी अर्थात् त्यो राम्ररी नसिकी अर्को माइलस्टोन शुरू गरिंदैन । परम्परागत तरिकामा सबै बच्चाले एउटा पाठ राम्ररी नबुझे पनि नयाँ पाठ शुरू गरिन्छ । एवं रीतले त्यो वर्षको पढाइ सकिंदा कुनै कुनै बच्चाले त हरेक पाठको अवधारणागत कुरा समेत बुझन सकेको पाईंदैन । तर यस पद्धतिमा त्यो समस्या आउँदैन । किनभने, यहाँ हरेक बच्चाले अघिल्लो पाठ अर्थात् माइलस्टोन पूरा गर्दा उसले नजान्ने कुरै आउँदैन । कण्ठ या घोक्ने कुरा नभई क्रियाकलाप को अभ्यास बाट ज्ञान आर्जन गरिने भएकाले त्यो ज्ञान दिगो हुन्छ । यस्ता कक्षामा विद्यार्थीहरू चार समूहमा विभक्त गरिएको हुन्छ, ) शिक्षकले पूरापूर सहयोग गर्ने समूह, ख) आंशिक सहयोग गर्ने समूह,ग) साथी समूह र ) स्वावलम्बी समूह । नयाँ माइलस्टोन को सिकाइ आरम्भ गर्दा जुनसुकै विद्यार्थी ‘क’ समूहमा हुन्छ, बिस्तारै शिक्षकको आधा सहयोगमा ऊ आफैं क्रियाकलाप गर्न समर्थ हुन्छ । अनि ऊ साथीसित मिलेर सिक्दै अन्त्यमा स्वावलम्बी बन्दछ ।

यो पद्धति अनुसरण गरे पछि थाहा भयो— बच्चालाई परीक्षामुखी बनाएको त परम्परागत शिक्षण र जाँच पद्धतिले पो रहेछ ! हामीले आजसम्म अत्यन्त रुढ, अवैज्ञानिक र बच्चालाई गलत कुरा सिकाउने पद्धति अपनाएका रहेछौं, जसले बच्चालाई जाँच पास गर्न मात्र पढ्नुपर्छ भन्ने सोचको विकास गराउँछ । यसो गर्दा बच्चामा सिक्ने, पढ्ने भन्ने त जाँचको लागि मात्र हो भन्ने बुझाइ निर्माण गरिदिने रहेछ, जसले गर्दा शिक्षाको मुख्य लक्ष्य नै ओझाेलमा पर्न गयो । हाम्रो चार वर्षको अनुभवले भन्छ, बच्चालाई वास्तवमै सिक्ने प्रवृत्तिको विकास गर्ने हो भने, जिज्ञासु बनाउने हो भने, सिक्ने तरिका सिकाउने हो भने, सृजनात्मक क्षमताको विकास गराउने हो भने र उसमा अन्तरनिहित प्रतिभा र क्षमता उजागर एवं विकास गराउने हो भने यो पद्धति सबभन्दा उत्तम हो । यस पद्धतिमा हरेक दिन बच्चाले के के क्रियाकलाप गरयो, के के सिक्यो भन्ने कुरा प्रष्टै थाहा पाइन्छ, अभिलेखन समेत गरेर राखिएको हुन्छ, मूल्यांकन पनि दैनिक जसो हुन्छ । बच्चाले के जानेन, त्यो पनि प्रष्टै देखिन्छ र नजानेको कुरा तत्कालै सिकाइन्छ । त्यसैले यहाँ बच्चाले नजानी वा नबुझी अघि बढ्ने संभावना नै रहँदैन ।

यस पद्धतिमा मूल्यांकनका पनि विभिन्न तरिकाहरूको विकास गरिएको छ । सिकाइ नै क्रियाकलाप बाट आरम्भ गरिने भएकाले मूल्याङ्कन पनि क्रियाकलाप बाटै हुन्छ । यसनिम्ति विद्यार्थीलाई प्रयोगात्मक क्रियाकलाप र गतिविधिहरू गर्न लगाइन्छ । त्यसपछि परियोजना कार्य गर्न दिएर त्यसमा विद्यार्थीले कसरी काम सम्पन्न गरयो भन्ने कुरा हेरेर सोका आधारमा मूल्याङ्कन गरिन्छ । यस अन्तर्गत व्यक्तिगत क्रियाकलाप र सामूहिक क्रियाकलाप पनि पर्दछन् । अर्को शब्दमा भन्नुपर्दा, यहाँ विद्यार्थीले आफ्नो वास्तविक जीवनमा के कस्तो क्षमता र प्रतिभा प्रदर्शन गर्द छन्, के कस्तो व्यवहार गर्द छन्, कसरी कार्य सम्पादन गर्द छन्, कसरी सोच्दछन् भन्ने कुरा लाई नै मूल्याङ्कनको आधार बनाइन्छ । त्यसैले हाम्रा विद्यार्थीले मूल्याङ्कनको कार्यलाई पनि उत्तिकै उत्सुकताका साथग्रहण गर्द छन् ।

यो पद्धतिमा हरेक विद्यार्थीको सिकाइ क्षमता र शैली अनुसार अघि बढ्न पाउने भएकाले समूहमा आधारित कक्षामा जस्तो सुस्त विद्यार्थीको मारमा जेहेन्दार विद्यार्थी पर्नु पर्दैन । परम्परागत कक्षामा छिटो हिंड्ने गोरु रगले गोरु नारेर जोत्न सकस परे जस्तै कक्षामा पनि नजान्ने र जान्ने विद्यार्थी बीचको अन्तरले शिक्षकले अप्ठेरो झेल्नुपर्दछ । शिक्षकले मात्र होइन, जान्ने विद्यार्थी र नजान्ने दुवै खालका विद्यार्थीका निम्ति पनि सकसपूर्ण हुन्छ । जसले जानिसकेको छ, उसका निम्ति कक्षामा पुरानै कुरा दोहो¥याइरहँदा त्यो पट्यारलाग्दो र अनुत्पादक हुन्छ भने नजानिकन पाठ अघि बढ्दा कमजोर विद्यार्थीहरू त झन् ठूलो मारमा पर्दछन् । शिक्षक र यी दुवै खालका विद्यार्थीलाई यस झ्ण्झ्टबाट मुक्ति दिने एक मात्र उपाय भनेको यही शिक्षण पद्धति नै हो ।

एमजीएमएल पद्धतिमा विद्यार्थीहरू पास वा फेल हुँदैनन् । यहाँ विद्यार्थीहरूले माइलस्टोन पूरा गरे कि गरेनन् भन्ने मात्र हेरिन्छ । बरु यहाँ सिकेका कुरा नबिर्सनु भनेर बेला बेलामा पुनः स्मरण (revision) चाहिंगराइन्छ । एउटा विषयको ५ माइलस्टोन पूरा भइसकेपछि एक पटक सरर्र सबै क्रियाकलाप दोहर्‍याएर गर्न लगाइन्छ । एवं रीतले वर्षभरिको माइलस्टोन पूरा भएपछि एकपटक दोहोरयाएर क्रियाकलाप गराइन्छ, जसले उनीहरूलाई आफूले सिकेका कुरा हरू; खास गरी अवधारणात्मक पक्षलाई ताजा तुल्याइदिन्छ । त्यसैले एमजीएमएल पद्धतिमा जाँच भन्ने कुरा नै हुन्न । यसको प्रयोग पछि हामी  झल्याँस्स ब्युँझ्एि जस्ता भएका छौं, जाँच भन्ने अवधारणा नै आवश्यक रहेनछ । सिकाइ प्रक्रियालाई पो जीवन्त, व्यावहारिक, तार्किक र उपलब्धिमूलक बनाउन चाहिं सक्नुपर्ने रहेछ ।

यस पद्धतिको प्रयोगबाट थाहा भयो, सिकाइ क्षमता व्यक्तिपिच्छे फरक फरक हुँदोरहेछ । केही विद्यार्थीले आठ देखि नौ महीनामा वर्षभरिको कोर्स पूरा गर्दारहेछन् भने केही त्यस्ता पनि विद्यार्थीहरू हुँदारहेछन् जसका लागि त्यही माइलस्टोन पूरा गर्न एक वर्षमा पनि मुस्किल पर्दोरहेछ । यदि हामीले कक्षा आठसम्म यही पद्धति अपनायौं भने छिटो सिक्ने क्षमता भएको विद्यार्थीले ६ वर्षमै आठ कक्षासम्मको सिकाइ पूरा गर्न सक्ने रहेछ । उनीहरूलाई अनावश्यकरूपले वर्षभरि उही कक्षामा राख्नै पर्छ भन्ने के छ र ? सरक्क कक्षा चढाइदिए भै’गो नि !

हाम्रो विद्यालयमा कक्षा ३ देखि ५ सम्म निरन्तर मूल्यांकन पद्धति (क्यास) अनुसरण गरिएको छ । त्रैमासिक परीक्षा लिने परम्परागत तरिकाको परीक्षा भन्दा ‘क्यास’ अवश्य पनि रराम्रो छ । कम्तीमा यहाँ जाँचमुखी भन्दा बच्चाको सिकाइलाई प्राथमिकता दिइन्छ । तर पाठ अनुसारको सिकाइ उपलब्धि हासिल गर्ने गरी विद्यार्थीलाई सिकाउने ठोस र सही क्रियाकलाप चाहिं निर्माण गरिएको छैन । आखिर बच्चाले सिक्ने त क्रियाकलाप बाटै हो । उपयुक्त क्रियाकलाप को अभावमा क्यास औपचारिकतामा सीमित हुन पुगेको छ । जबकि एमजीएमएलमा हरेक माइलस्टोन पूरा गर्न ११ वटा फरक फरक क्रियाकलाप पूरा गर्नै पर्दछ । त्यस दृष्टिमा भन्नुपर्दा, एमजीएमएलले क्यास को मर्मलाई व्यावहारिक रूपमा साकार तुल्याएको छ ।

आजसम्मको हराम्रो प्रयोग र परीक्षणको निष्कर्ष हो, सिकाउने शैली र मूल्याङ्कन दुवै पद्धति एमजीएमएलकै उत्तम रहेछ । यो पद्धतिका राम्रा पक्षहरूलाई अनुसरण गर्ने हो भने हाम्रा लाखौं बालबालिका जाँचको बोझ्बाट मुक्त भई साँचो अर्थमा सृजनशील मानिसका रूपमा विकसित हुन पाउँछन् ।

(पौडेल विष्णु आध्यात्मिक संस्कृत प्रावि बाह्रबिसे, सिन्धुपाल्चोकका प्रअ हुन् ।) (वार्तामा आधारित)

commercial commercial commercial commercial