राज्यले हेप्यो भन्दैमा बाटो नबिराऊँ !

म एक सामुदायिक विद्यालयमा पढाउने शिक्षक । २७ वर्षको शिक्षण अनुभवमा पूर्वाद्र्धका १० वर्षसम्म पेशाप्रति पूर्ण सन्तोष नभए पनि शिक्षण कार्यमा लागेकोमा गर्व नै लाग्थ्यो । अहिले शिक्षकका सबै सुविधाहरू दोब्बर भएका छन् । पेशा बढी सुरक्षित भएको छ । अब त कक्षामा अटाईनअटाई विद्यार्थीको चाप पनि व्यहोर्नुपर्दैन । तर शुरूका १० वर्ष भन्दा पछि का १७ वर्षमा आफैंलाई आफूले गरेको शिक्षणप्रति सन्तोष लाग्न छोडेको छ ।

त्यतिबेला निजी विद्यालयको प्रभाव खासै नभएको ले धनी– गरीब सबैका छोराछोरी एकै ठाउँमा पढ्थे । शिक्षण पेशामा लाग्नु भनेको सबै कुरा मा पारङ्गत हुनु हो भन्ने सामाजिक बुझाइ पाइन्थ्यो । सामाजिक रूपमा आफ्नो मान आफ्नै कारणले घट्छ कि भनेर शिक्षकले सधैं सजगता अपनाएको अवस्था थियो । शिक्षक र विद्यार्थीबीच आपसी विश्वासको सम्बन्ध थियो । घरमा व्यक्त गर्न नसकेका कुरा शिक्षकसँग विद्यालयमा व्यक्त गर्दथे ।

हो, विगतलाई राम्रो देखेर मात्र अब अगाडि बढ्न सकिंदैन । विगतका राम्रा कुरा टिकाइराख्न नसक्नु सरोकारवाला सबैको कमजोरी भए पनि शिक्षकको भागमा बढी प्रतिशत पर्न आउँछ । जानेका र बुझेका कुरा लाई जबसम्म व्यवहारमा उतारिंदैन तबसम्म न त बुझाइ भयो न त सिकाइ । आफूले प्रयोग गरेका शैक्षिक सामग्रीबाट धारणा स्पष्ट पार्छ भन्ने आफैंलाई भर लाग्दैन । आज सिक्न आएका केटाकेटीको अवस्था देख्दा पढाउने जाँगर समेत सेलाएर जान्छ । कक्षामा आधा विद्यार्थी भोकै आउँछन् । कुपोषणले सताइएका विद्यार्थीलाई सन्चो भनेको महीनामा ५/७ दिन मात्र भेटिन्छ । विद्यार्थीको यस्तो अवस्थाबाट जाँगर मर्छ । विद्यालय प्रशासनसँग सामाजिक न्याय भएको पाइँदैन । प्रअहरूलाई पूर्ण जवाफदेही नबनाएर हो या क्षमता भएकाले नपाएर हो; सामुदायिक विद्यालयमा पनि निजी बोर्डिङमा झै विद्यालयको आर्थिक, सामाजिक कुराहरू अरू शिक्षकका नजरबाट टाढा राख्ने वातावरण पाइन्छ । विद्यालयप्रति अभिभावकमा उत्तरदायित्व नभएर अधिकार भएको बुझाइ विकसित हुनु जस्ता समस्याले शिक्षा लिनेदिने कार्य न्यून कोटिको बनेको छ ।

सुधारका केही उपाय
योजनाः शिक्षण पेशामा प्रवेश गर्न खोज्नुको कारण के हो ? प्रअ तथा सहायक प्रअ बनाइँदा विद्यालय सुधार गर्ने कार्यक्रमहरू के के छन् ? तयार पारेका कार्यक्रमहरू त्यस विद्यालयमा लागू हुनसक्छन् कि सक्दैनन् ? विद्यालय अभिभावक, विद्यार्थी, सरकारी निकाय, गैर सरकारी निकायहरू सबैसँग को समन्वयको पक्ष कति प्रबल छ ? गुणस्तरीय पढाइका योजना, विद्यालय भौतिक विकास का योजना; सामाजिक गतिविधिका योजना, आर्थिक पारदर्शिताका योजना जस्ता कुरा जिम्मेवारी दिनुअगावै छनोटका विषयहरू बनाइन सक्नुपर्दछ । निश्चित समयका लागि तयार पारेको योजनाले अन्त्यमा कति सफलता पायो ? असफल भएका क्षेत्रको निक्र्योल र कारणहरू पत्ता लगाइनुपर्दछ । योजनाको सफलता र असफलताको जिम्मेवारी लिने गर्नु पर्दछ ।

लगनशीलता र अनुशासनः उच्चकोटिको शिक्षा प्रदान गर्न विद्यार्थीभन्दा शिक्षक बढी अनुशासित र लगनशील बन्नु पर्दछ । अभिभावकहरूको अनुशासनको पनि कम भूमिका रहँदैन । विद्यार्थी २४ घण्टामा ६ घण्टा मात्र विद्यालयमा रहने भएकाले तिनले स्कूलमा ६ घण्टामा सिकेका कुरा हरू १८ घण्टामा घरमा मेटिन सक्दछन् ।

जिम्मेवारीः शिक्षकले आफ्नो विषयमा लिने निर्णयमा बालबालिकाको सहभागिता जति बढी हुन सक्यो उनीहरूलाई उति नै बढी जिम्मेवार बनाउँदछ । विद्यार्थीलाई पढाइ, अतिरिक्त कार्यकलाप, कक्षा व्यवस्था जस्ता उनीहरूको क्षमताले सक्ने क्षेत्रमा जिम्मेवारी दिन पछि पर्नु हुदैन । विषयप्रतिको जिम्मेवारी, विद्यालय अभिभावकप्रतिको जवाफदेही हुँदै समूह नेताको रूपमा काम गर्ने प्रअलाई आवश्यक सहयोग पुरयाउने जिम्मेवारी सबैको रहन्छ । प्रअले पनि विद्यालयका, शिक्षकका, अभिभावकका, सामाजिक, आर्थिक, राजनीतिक समस्या आउँदा सामूहिक छलफल मा लैजान हिचकिचाउनुहुदैन । प्रअ निष्पक्ष, पारदर्शी, विश्वसनीय, भरपर्दो समूह नेता बन्न सक्नुपर्दछ ।

शिक्षणलाई मूल पेशा बनाएर अगाडि हिंड्ने निर्णय नै गरिसकेपछि पेशा कसरी रराम्रो बनाउन सकिन्छ ? कसरी मर्यादित हुन्छ ? विद्यार्थीहरूमाझ् लोकप्रिय कसरी बन्ने ? रराम्रो पक्षबाट उदाहरणीय र अनुकरणीय कसरी बन्ने ? भन्ने विषयमा हरेक शिक्षकले सोच्नु नै पर्दछ । हो, शिक्षा विकास र सुधारको जिम्मा लिएर बसेका शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षे.शि.नि. जिल्ला शिक्षा कार्यालय र त्यहाँका जिम्मेवार व्यक्तित्वहरू दोष जति शिक्षकको भागमा पारेर आफूहरू कमजोरी र जिम्मेवारीबाट उम्कने कसरतमा लागेको पाइन्छ । तर पनि समाज ले आश गरेको, विद्यार्थीले भर गरेका मर्यादित पेशालाई राज्य पक्षले सामाजिक न्याय दिन नसकेकै कुरालाई आधार बनाएर शिक्षकले अन्यायको बाटो समात्नु झनै राम्रो मानिंदैन ।

श्री बालमन्दिर विद्यालय, विराटनगर–१०, मोरङ

commercial commercial commercial commercial